Articles
now browsing by category
Articles
कोइँच सुनुवारहरुबीच पुनः यस्तो दशा नदोहोरियोस्
विशेष सम्पादकीय
किरात कोइँच सुनुवारहरुको सामाजिक संरचना बुझ्न नसकी सुन कमाउने सुनार भनेर राजधानीको एउटा पत्रिकाले छापिँदाको आक्रोशबाट संगठित भएर आफ्नो पहिचान स्थापित गर्नुपर्दछ भन्ने हेतुले २०४५ सालमा सुनुवार सेवा समाजको जन्म हुन पुगेको सर्वविदितै छ । पञ्चायती कठोर शासकहरुको आँखा छल्दै संगठित भएका कोइँच सुनुवारहरुले बहुदलीय व्यवस्थापश्चात् खुलेर अगाडि आउने मौका मिल्यो ।
संस्था केवल समाजमा आफ्नो पहिचान स्थापित गर्ने हेतुले स्थापना भएकोले केही समयसम्म सामाजिक संस्थाका रुपमा निर्विवाद अगाडि बढ्यो । जहाँसम्म केही राम्रा कामका थालनी भए अनि सुनुवारहरुबीच संगठित हुने सुनौलो अवसर पनि जु¥यो । यस किसिमले चौथो समितिसम्म आइपुग्दा केही मतमतान्तरका आवाजहरु गुन्जन थाले । ती आवाजहरु भित्रभित्रै चर्किन थाले पनि सुनुवार सेवा समाजले कुनै पनि प्रतिउत्तर दिन चाहेन अन्ततः ती आवाजहरु केही हदसम्म हौवा भएको सबै कोइँच सुनुवारहरुले बुझे ।
२०४६ पश्चात् दलीय राजनीति स्थापना भएपछि पाँचौ समितिबाट राजनीतिक खिचातानीको झड्का महसुस कोइँच सुनुवारहरुले गरे । जसका कारण निकै समय पदाधिकारीबीचको समन्वय हुन नसकी दुईतीनजना पदाधिकारीहरुमाथि मात्र यसको जिम्मेवारी रहेको हो कि भन्नेसम्मको बोझ महसुस भयो । राजनीतिक अभिष्ट प्रवेश भएको यो समितिबाट प्रस्ट देखिन्छ । जुनबेला नेपाली कांग्रेसका व्यक्तिहरुले नेतृत्व लिएकै कारण निकै कटाक्ष रहेको सुनिन्थ्यो । यो कटाक्ष उत्पन्न हुन स्वभाविक पनि थियो यस अर्थमा कि संस्था खण्डित गर्ने मनस्थितितिर केही समूहहरुको सोचाइ बढिसकेको थियो । संस्थामा रहेका चलअचल सम्पत्तिलगायत संस्थाबाट सञ्चालित सांस्कृतिक कला प्रशिक्षण केन्द्र बन्द गर्ने खेल सुरु भयो । अन्ततः सांस्कृतिक कला प्रशिक्षण केन्द्रलाई तुहाउन दुवै पक्षको ठूलो हात रह्यो ।
माइक्रोसफ्टका सिनियर इन्जिनियर टंकराज सुनुवारद्वारा प्रदान गरिएको कम्प्युटर, प्रिन्टरलगायत संस्थाका सांस्कृतिक बाजागाजा पटक–पटक गरी चोरी भयो । यसपछि पदाधिकारीहरु संस्थाको कार्यालयमा उपस्थित हुन पनि चाहेनन् कारण संस्था रहेको घरभाडा दिनानुदिन बोझ हुँदै गएको थियो । एकातिर पार्टी मानसिकताले जरो गाडिदै गयो अर्कोतिर संस्था रुग्न हुँदै गयो । यसैक्रममा देशमा राजनीतिक खिचातानीले गर्दा २०५६ को आमनिर्वाचनमा केही कोइँच सुनुवारहरुले उम्मदेवारको टिकट प्राप्त गरे । जसअनुसार रामेछापबाट कमलप्रकाश सुनुवार, हरिकुमार सुनुवार र राधादेवी सुनुवार, ओखलढुंगाबाट चम्पक सुनुवार, सिरहाबाट हिराबहादुर सुनुवार, सिन्धुलीबाट खड्गबहादुर सुनुवार र रामबहादुर सुनुवार र पाँचथरबाट बुद्धमाया मुखिया रहेका थिए ।
आम कोइँच सुनुवारहरुको प्रतिनिधित्व हुने आशामा सुनुवार युवाहरुको एक टिमले ‘सुनुवार उम्मेदवार सहयोग समिति’ बनाइ निर्वाचनका लागि आर्थिक संकलनमा अग्रसर हुँदा देशविदेशका सुनुवारहरुबाट दिल खोलेर सहयोग प्राप्त भयो । जुन सहयोगबाट एक मात्र उम्मेदवार रामेछापबाट कमलप्रकाश सुनुवार निर्वाचित भए । सुनुवारहरुको प्रतिनिधिका रुपमा अगाडि सारिएका कमलप्रकाश सुनुवारले कहिल्यै आफ्नो समाजलाई फर्केर हेर्न भ्याएनन् । बरु पटक–पटकको अभिव्यक्तिमा सुनुवारहरुले के गरे मेरो लागि भन्ने पनि सुनिन थाल्यो । यस्ता अभिव्यक्ति दिनु कतिको उचित थियो भन्ने कुरा आम सुनुवारहरुले सजिलै बुझिसकेका छन् ।
यसपछि सुनुवार सेवा समाज पटक–पटकको आह्वानपछि पाँचौ कार्य समितिले पाँच वर्षपछि सम्मेलन गर्न सफल भयो । उक्त सम्मेलनपश्चात् राजनीतिक ध्रुविकरण स्पष्ट रुपमा देखियो । राप्रपा नेतृत्व भएको संस्था भन्ने हल्ला बेलाबेलामा सुनिन थाल्यो र एकहदसम्म राप्रपाकरणको झल्को झल्किएको पनि यथार्थ हो । राजनीतिक आक्षेपका लागे पनि यो समितिले ऐतिहासिक कार्य संस्थाको भवन निर्माण सम्पन्न भने गरेको छ । जुन संस्थाको भवन निर्माणका लागि देश–विदेशका सुनुवारहरुले छाती खोलेर सहयोग गरे पनि राजनीतिक पटाक्षेपका कारण केही समूह असहयोगको खेल खेल्न पछि परेन । पटाक्षेपले स्पष्ट रुप देखाउँदै जाँदा सातौं सम्मेलनमा खुलेर एमालेको प्रवेश भयो । त्यतिबेलासम्म संस्थामा राजनीतिक विजारोपण भइसकेको थियो ।
राजनीतिक विजारोपण बढ्दै जाँदा देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको थियो । आदिवासी जनजातिका मुद्दा संघीय राज्य, आत्मनिर्णयको अधिकार र राज्यमा समानुपातिक प्रतिनिधित्वको चर्को आवाज उठिरहेको थियो । जसमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा हुँदा जातीय संस्थाको प्रतिनिधि अनिवार्यता थियो । यसमा सुनुवार सेवा समाजले सहभागिता जनाउँदा संस्थागत उपस्थिति न्यून रह्यो । जहाँ दुइतीनजना पदाधिकारीहरुमा मात्र सीमित रह्यो । चर्को विरोध उठिरहँदा सुनुवारहरुको उपस्थिति न्यून भएको टिप्पणी पनि अन्य संस्थाबाट नउठेका होइनन् । यी कुरा उठ्दाउठ्दै अर्को जमात सुनुवारहरुको उपस्थिति सोही कार्यक्रमहरुमा बाक्लो देखिन्थ्यो । यसबाट के स्पस्ट हुन्छ भने संस्थागत नेतृत्व शून्य बनाएर पार्टीको उपस्थिति बलियो छ भन्ने प्रमाणित गर्न खोजिएको स्पस्ट देखिन्थ्यो ।
यस्ता सानातिना भूलले गर्दा नै आठौं सम्मेलनमा भएका भाँडभैलोहरु शायद यसैका परिणाम थिए । संस्थामा राजनीतिक रुप विकराल हुँदै गएका कारण नै आयोजक समितिले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको पनि स्वीकारि सकेका छन् । राजनीतिक विजारोपणले जन्मिएको भद्रगोल स्थिति आयोजक समितिको प्रतिनिधि चयनका त्रुटिहरुले देखाइसकेको छ । जुन ठाउँबाट प्रतिनिधि चयन हुनुपर्ने थियो त्यो नभएर संगठन विभागको कमजोरीको फाइदा उठाउँदै असम्बन्धित प्रतिनिधि प्रवेशले विवादका विषय चुलिएको थियो । यही विवादका कारण जिल्ला प्रशासन कार्यालयदेखि सर्वोच्च अदालतसम्म संस्थाले अनावश्यक झन्झट व्यहोर्नु परेको थियो । जसले गर्दा पुनः साधारणसभाको आह्वान गर्न संस्था बाध्य भयो ।
सुनारको आक्षेप मेटाउन स्थापित भएको यो संस्था आज अपरिपक्व राजनीतिक उचाचाक्लीले आम सुनुवारबीच कोकोहोलो मात्र मच्चाएको छैन आफू सुनुवार भए पनि जनजाति दलित उत्थान केन्द्र नामको संस्था चलाएर बसेका व्यक्तिहरुले यसलाई पुनः दलित महासंघमा दर्ज गराउन त प्रयासरत छैन भन्ने सम्पूर्ण सुनुवारहरुको मनमा शंका उब्जिएको छ । अर्कोतर्फ संस्थाप्रति माया अत्यन्त भएको भन्ने जिम्मेवार भद्रभलाद्मीहरुले नै संस्थाको प्रतिवादीका रुपमा खुलेर अभिव्यक्ति दिँदा छर्लङ्ग भएको छ कि को सँग कति माया रहेछ यो संस्थाप्रति ? यस्तो दहिचिउरे अभिव्यक्तिका कारण यो संस्था आज अवसानको घडीमा पु¥याउने कोसिस भएको छ । त्यसैले यो संस्थाको रक्षा गर्न तमाम सुनुवारहरुको दायित्व होइन र ?
साहसिक व्यक्तित्व सानुबाबु सुनुवार
–भावना परिष्कृत सुनुवार
यो जगत् र हामी मानिसको जीवन हाम्रो विचारको विस्तार हो । हामी जे सोच्छौँ त्यहीअनुरूप हाम्रो व्यक्तित्व बन्छ । हामी जुन दृष्टिभावले संसारलाई नियाल्छौँ त्यही दृष्टि र विचार मुताबिक नै संसारको रूप देख्दछौँ । सकारात्मक भाव र सोचले अनि सिर्जनशील अभ्यासले मानिसलाई जीवनमा सधैँ सफल र असल बन्ने अवसर मिलेर आउँछ जसले खुशी र सुखी हुन सघाउँछ । तर नकारात्मक भाव र सोचले पूरै जीवन असफलताको भुमरीमा फस्न पुग्दछ, साथै निरास र दुःखबाहेक हामीले केही पाउन सक्दैनौँ । तर फेरि असल सोच र सकारात्मक भाव राख्दैमा मात्र पनि लक्ष्य प्राप्ति भने सजिलै हात पर्दैन । यसको निम्ति त कडा अभ्यास र निरन्तर साधना चाहिन्छ । स्वयम् आफैमाथि पनि विश्वास गर्न सक्नुपर्छ, तबमात्र जस्तोसुकै महान लक्ष्यको मार्ग पनि सहज र सरल बन्दै जान्छ र अन्तमा व्यक्तिले आफ्नो सपनालाई शिखरमा विजयको झण्डा फहराएरै छाड्छ । यसरी आफ्नो महान लक्ष्यलाई साकार रूप दिँदै विश्वकै अग्लो हिमाल सगरमाथाको चुचोरोमा पुगी त्यसभन्दा ३० मिटरमाथि प्याराग्लाइडिङ गरी पुग्न सफल भए सानुबाबु सुनुवार । यसरी प्याराग्लाइडिङ गरी शिखरबाट सतहमा झर्ने उनी नै नेपालमा पहिलो व्यक्ति हुन् । Read More
विगतको सम्झना र आगतको योजना :दोमोका दारश-शो सेरेफुको जन्मको कारण
दोथामे ताथामे मादेनेन
लोः काः देनुङ ओत-थि नेनेन ।
थोलेमि फँु साप-पा यिमे बाअत
इँनकालि मिम-चा पिमे बाअत ।
ब्लुकुम चिल चिल, ब्लुकुम चिल चिल ।
शाँबु रितेक खेमेरे
थापो चुइतेक ते-मेरे ।
होल-फा गिल-फा रिःनि कोँ
सु सु राल-मा कोःनि कोँ ।
नेल-कालि खाप-शा ख्लेनि कोँ
आदार पिदार पानि कोँ ।
दिः ताःमि मार दुम कोःनि कोँ
गिवात खावात चोःनि कोँ ।
सेकि सेकि सेलेले, सेकि सेकि सेलेले
सेक सेक सेलेले …
…………
नामसेवाल, वार-चिपुकि,
यो गीत सुन्ने वित्तिकै म एक दसक अगाडिको रेडियो नेपालको प्रत्यक्ष प्रसारण कार्जेकाराम फुलबारी कार्जेकाराम झल्झली सम्झन्छु । अकास्मत मिरा राना लगायत चुपचाप रमिता हेरेर बासेका दर्शकहरु उप्रिmए कर्कल ध्वनी र तालीसहित ।, काँधमा फेनेरेल्फु र कम्मारमा क्लाःतोलि लगाएर इन्द्रेणीमय भएका लोकप्रिय दाइ तीन फिट माथि उप्रिmएर झनै हातमा माइक सामातेर चिच्चाए ‘सेकि सेकि सेलेले, सेकि सेकि सेलेले ।’ पाण्डब सुनुवार, अतीत मुखिया (इश्वरकिरण सुनुवार) उहाँलाइ साथ दिँदै उप्रिmनु भयो । बाद्यवादनमा आनन्द ङावाच सुनुवार (हाल कोरिया), आसिश सुनुवार (पाँचथर), अर्को एकजना भाइ (को हो विर्से । सम्भवतः मोहनमिलन हुनुपर्छ ।), र म (काःतिच उकुसु) थियौं । मलाइ गानाबजानाको खासै ज्ञान थिएन । तर तीनै जना भाइ गायक भए पनि कोइँच बाद्यवादनको नेतृत्व गर्ने (झेम्टा बजाउने) काम मैले नै गरेको थिएँ ।
विहान १०.३० तिर कला केन्द्र, कुपण्डोलमा लोकप्रिय दाइले लो फुलवारीमा ढोल बजाउन जानु पर्छ भन्नु भयो । टेँ टेँ टेँ टेँ … यसरी पियानो बजाउँछ अनि ढोल यसरी बजाउने । यसरी पियानो बजेपछि यसरी बजाउने भनेर सिकाएका थिए । संगीत कम्पोज कसरी गरेको छ, थियो केही थाहा थिएन । जे सिकाउनु भयो । त्यो मनमा राखियो । तर के थाहा हुनु मुखले टेँ टेँ टेँ … गर्दै Read More
कोइँच (सुनुवार) राष्ट्र र राष्ट्रिष्ता : पहिचानको सुनिस्चितता
कोइँचबु काःतिच (उत्तम)
‘गो नेललि कोइँच नाइ शाँ’ भन्छौं । र, ‘खिँ तेःमे ? तेको चुपलुङा ? तेको जेँङा ? मार मुइलि (मुल) मे ? मार मुइग्यो सुइँसिबा मिनु तेको फिते ?’ कोइँच असली चिनारी खोज्दा सोधिने प्रश्न यही हुन् । सुनुवार आपै+mले आफुलाई सम्बोधन गर्ने नाम वा चिनाउने आदिवासी जनजाति नाम हो ‘कोइँच’ । अन्य नजीकका छिमेकी आदिवासी जनजाति तामाङले बोङजा, शर्ेपाले डाङबु, थुलुङले सारसेसी, बाहिङले खिन्ची, दुमीले सुक्सेविम भन्दै आएका छन् । दस किरात एक चेली, एक भान्सा कथनका एक किरात सुहाचेप्पा, जुमुहाङका सन्तान मानिने कोइँचलाई रिस उठ्दा अन्य जातिले मुखमा स्वाद फेर्न चितुवा, किरुवा भन्ने गर्दछन् । खस-बाहुन राज्यले ‘सुनुवार, सुनवार, सुन्वार, सुँदार’ कहिले कहीँ झुक्किएर वा हेपेर जानाजान ‘सुनार’ पनि भनि दिन्छन् । कोइँच (सुनुवार) लाई ‘सुनार’ दलित जाति भनि लेखेको बोलेको विषयलाई लिएर अनेक संर्घष्ा भए, गरिए । यस्तो जातीय विभेदमा बाँच्नु पर्दा पर्दै पनि खसबाहुनले के भन्लान् भनेर हिन्दु मनु सोँचबाट ग्रस्त बाहुनवादी कथित उत्तराधुनिकवादको लिस्नु चढेर कतिपय कोइँच बन्न नसकेका सुनुवार आपै+m आफ्नो खाँटी पहिचान, कोइँच, कोइँच लोः, कोइँच धर्म-संस्कृतिको खुलेर ब्याख्या गर्न नचाहेर, नसकेर वा दिन सक्ने क्षमताको अभावमा हिन्दू, बौद्ध, क्रिश्चियन धर्म अवलम्बन गर्ने र र्राई, मगर, तामाङ, गुरुङ, किरण बनेर आफुलाई चिनाइ आएका वा अरुले भिराएको पहिचानमा नाक फुलाएर खोक्रो गर्व गरिरहेको तीतो सत्य हामी माझ छँदै छ । यो रोग कोइँचमा मात्र नभएर आदिवासी जनजाति सबैको हो । अहिलेसम्म कोइँचलाई किन सुनुवार भनियो भन्ने यकिन भएको छैन । र, कोइँचको ठ्याक्कै अनुवाद सुनुवार पनि होइन । यथार्थसँग भागेर समस्याको हल कहिल्यै हुँदैन । अरुले के के भन्छन्, भने, भन्लान भनेर दुःख मान्नु र सशंकित हुनु भन्दा पनि हामी को हौं ? के हौं ? हाम्रो मुल कहाँ हो ? हाम्रो संस्कार संस्कृति, परम्परा, भेषभूषा के कस्ता छन् ? हामी आपै+mले हाम्रो चिनारीको खोजी गर्नु अति महत्वपर्ूण्ा कार्तव्य हो ।
आदिवासी जनजाति चेतको जागरण र पहिचानको मापदण्ड
सन् १४९२ अक्टोवर १२ मा एक स्पेनीस सामुन्द्रिक यात्रा दलका नेता क्रिष्टोफर कोलोम्बसको नेतृत्वमा युरोपियनहरु अमेरिका पुगे । -युरोपियनको दृष्टिमा नयाँ मुलुक पत्ता लगाइएको भनिए तापनि अमेरिकन आदिवासीहरु युरोपियन साम्राज्यको विस्तारको शुरुआत मान्छन् । किनकि त्यो नयाँ भनेको मुलुकमा मानिस नै नभएको सुनसान भूमि थिएन । जस्तो कि नेपालमा पनि एकिकरणको कुरा गरिन्छ जुन एक देश टुक्रिएर धेरै देश भएको थिएन । छुट्टा छुट्टै राज्य, राष्ट्रहरुमा राज्य विस्तार गरी हिन्दू संस्कार लादिएको थियो ।) त्यतिबेला त्यहाँका आदिवासीहरु प्रकृतिपूजक थिए, युरोपियनहरु इर्साई । उनीहरु खासगरी रोम साम्राज्य स्थापनापछि इशाई समुदायलाई सभ्य र गैर इर्साईलाई असभ्य वा नास्तिक मान्थे । उनीहरुमाथि विजय गर्नु न्यायोचित अधिकार ठान्थे । यसैले स्पेनिस सेनाले अमेरिकामा एक हातले इर्साई धर्म दिने अर्को हातले इन्डियनहरुको र्सार्वभौमसत्ता छिन्ने काम गर्यो । जसले त्यस्तो आदेशको उल्लंघन गर्छ, उसले ज्यानको नोक्सानी व्यहोर्नु पथ्र्यो । अमेरिकन आदिवासीहरूलाई जबर्जस्ती मजदुर बनाइयो । उनीहरु ठूलो समूहमा आफ्नो पूख्र्यौली भूमिबाट विस्थापित भए, घरेलु, बधुवा, मौसमी र आप्रवासी मजदुर बन्न बाध्य भए । उनीहरुको श्रम शोषण भयो । Read More
आदिवासी कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणाली
कोइँचबु काःतिच (उत्तम)
सूचना तथा सञ्चार हरेक आदिवासीको अभिन्न अंग भए जस्तै आदिवासी कोइँचको लागि पनि अभिन्न अंग हो । आदिवासी जनजाति कोइँचको परम्परागत संस्था कोइँच चुपलु हो । यस सामाजिक तथा राजनैतिक संस्थामा गाउरोखिँ, दाइशशाखिँ, मुइलि (मुलि) खिँ, ङावाखिँ, तोँखिँ, दिगारखिँ, लुमोखिँ हुन्छ । स्थानविशेष यी कार्यालयहरुको नाम विभिन्न किसिमको पाइन्छ । कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणालीको प्रभाव, अनुगमन तथा मुल्याङ्कन गर्ने व्यवस्था छ । सूचनालाई सूचनाको रुपमा छाड्नु भन्दा पनि कस्तो, कुन प्रक्रिया र माध्यमाबाट के, कसरी सूचना पस्किँदा त्यसको प्रतिफल के कस्तो आयो वा निस्क्यो भन्ने पृष्ठापोषण छलफल गर्ने परम्परागत चलन छ । सही सूचनालाई तोडमोड गरेको खण्डमा सूचना प्रवाहकलाई सजयको व्यवस्था पनि पाइन्छ ।
सूचनाको प्रकृति
· दामलो पाइचचा : कुनै काम गर्न सम्बन्धित व्यक्ति निकायबाट जानकारीको लागि राखिएको सूचना वा सूचकले दिने सूचनालाई दामलो भनिन्छ र सुचनालाई विशेष संकेत सूचक शब्दलाई ठूलो स्वरले वा सुसेलेर, कराएर, कुनै पनि साधन प्रयोग गरी लेखेर प्रसार गर्नुलाई दामलो पाइचचा भनिन्छ । जस्तै ः रोकाको मह काढ्दा होः होः, ख्योलो, खोइततो भनिन्छ । Read More
किरात याक्थुङ र कोइँच मुक्दुम : समानता र विविधता
-कोइँचबु काःतिच (उत्तम)
‘हिन्दूहरुको वेद, इसाइहरुको बाइबल र मुसलमानहरुको कुरान जस्तै किरातहरुको मुन्दुम, दर्शन र साँस्कृतिक श्रोत हो । पृथ्वी, र्सर्ूय ग्रहहरु तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरुको उत्पत्ति र प्राकृति सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोचक र तर्कपर्ूण्ा ढंगले गरिएको छ । मुन्दुमविद्हरुका भनाइ अनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भईसकेको थियो ।’ किराँती विद्वान जितपाल किरातका यी भनाईसँग फरक छैन किराँती विद्वान तथा इतिहासका ज्ञाता मञ्जुल याक्थुम्बाका यी भनाइ- ‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु-पंक्षी, झार-जङ्गल तथा मानव श्रृष्टिका तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’
लिम्बुवान (पल्लो किरात), खम्बुवान (माझ किरात) मा किरात धर्म र मुक्दम प्रतिको धारणा, सोचाइ, बुझाइ, अभ्यास र व्याख्या जे जसरी भएको छ त्यससँग आनका तान फरक छ भन्ने लाग्दैन र छैन कोइँचवान (वल्लो किरात) मा पनि । आदिवासी जनजाति किराँतीहरु प्रकृतिलाई र्सर्वेर्सव ठान्दछन् । प्रकृतिको सम्मानपर्ूवक पूजा पर््रार्थना गर्दछन्, अनि प्रकृति र भूमिलाई मानव भन्दा जेठो मान्दछन् । आफ्नो इष्टदेवताको रुपमा प्रकृतिलाई नै सहर्षस्वीकार्छन् । प्रकृतिको परिवर्तनबाट आउने समयलाई सम्मान गरी पूजाअर्चना गर्ने गर्दछन् । किरात धर्म र किराती चार्डपर्व, क्रियाकलापहरु प्रकृतिवादसँग अत्यन्त घनिष्ट छ कोइँचवानमा । जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू र्सवव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पर्ूखाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दैर् इश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।
Read More
एमाले समर्थित आदिवासी जनजाति नेताहरुको माग तर कोइँचबन्न नसेका सुनुवार एमाले नेता भने मौन
वर्तमान परिस्थितिका सम्वन्धमा हाम्रो मत
१. विषय प्रवेश
छ दशक लामो जन संघर्ष एवम् ०६२/०६३ सालको शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अहिले देश सामन्तवादवाट पूँजीवादतर्फ, एकात्मक राज्यवाट संघात्मक राज्यतर्फ संक्रमण गरिरहेको छ भने संविधानसभाको प्रथम वैठकले देशमा गणतन्त्र संस्थागत गरिसकेको छ । यस युगान्तकारी परिवर्तनको ऐतिहासिक मोडमा हामीले पार्टीको आठौै राष्ट्रिय महाधिवेशन आयोजना गरी पार्टीको नयाँ कार्यदिशा, नीति र सिद्धान्तहरू अगाडि सारेका थियौं । यस महाधिवेशनले जनताको बहुदलीय जनवादले अघि सारेको राज्य प्रणालीलाई एकात्मकबाट सङ्घीय प्रारूपमा ढाल्नुका साथै परम्परागत लोकतन्त्रको सट्टा समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई पनि जनताको बहुदलीय जनवादको अभिन्न अंग बनाएको थियो । चालु जनक्रान्तिका तीन मुख्य उपलब्धीहरू ः सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्दै जनक्रान्तिलाई पूर्णतामा लानु पर्दछ र यस व्यवस्थालाई समाजवादतर्फ उन्मुख गराउनु पर्दछ भन्ने कुरामा हाम्रो निरन्तर प्रतिबद्धता थियो । त्यसको लागि मुलुकको सामाजिक–आर्थिक रूपान्तरण सहित राज्यको समग्र पुनर्संरचना हुनु पर्दछ भन्ने हाम्रो दुष्टिकोण रही आएको छ । तर मुलुक शान्तिपूर्ण जनक्रान्तिको ऐतिहासिक संक्रमणको अन्तिम चरणमा प्रवेश गरेको वखत हाम्रो पार्टीले आठौं महाधिवेशन र केन्द्रीय कमिटीका पटक पटकका निर्णयहरू विपरीत राज्यको पुनर्संरचनाको सन्र्दभमा उल्टो दिशा पक्रन पुग्यो । हाम्रो पार्टीले आठौैं महाधिवेशनका सही निर्णयहरू र संविधानसभा निर्वाचन घोषणापत्रमा जनता सामु गरिएका प्रतिबद्धताहरूको आधारमा नयाँँ संविधानका अन्तरवस्तुहरूको ठोस प्रस्ताव अगाडि नसारेको मात्र होइन, त्यसको ठीक विपरीत अडान राख्न पुग्यो । पार्टीको यस्तो नीतिले संविधानसभाको माध्यमवाट नयाँ संविधान जारी गर्ने हाम्रो बारम्बारको प्रतिबद्धतालाई निरर्थक वनाएको मात्र छैन, नेपाली जनताको छ दशक लामो संघर्षवाट प्राप्त संविधानसभालाई नै विघटन गराएको छ । Read More