All about Sunuwar

कतारमा कोइँच संस्कृतिको रौनक : शाँदार पिदार मनाउँदै सुसेस कतार ।

भानु सुनुवार, २१ मे, दोहा ।
किरातीहरुको महान चाड “सालिवा शाँदार पिदार÷याक्वा तङनाम÷साकेला उभौली, येले थोचे÷येले तङबे÷येले दोङ्ग सम्वत्–५०७७ लाई तीन किरातीहरुले कतारमा गत १९ मे, शुक्रवारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
तीन किराती कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज कतारका अध्यक्ष सायमुल सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दोहामा स्थापित राजनीतिक, साजिक तथा जातिय संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाज सेवी र व्यवसायिकहरुको आतिथ्य रहेको थियो ।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान र ज्ञात अज्ञात शहिदहरुका लागि एक मिनेट मौधारण गरिएको थियो । यो धरती चुम्ने पहिलो हामी हौ मूलवासी भन्ने बोलका गीतमा तीनै सस्थाका कलाकारहरुले सामुहिक स्वागत गरे पछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका सह– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका का. वा.अध्यक्ष कतार शाखाका अध्यक्ष हर्क खजुमले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका सह– संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एकराज राईले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातीहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए ।
प्रकृति तथा पित्री पुजक एउटै किरात धर्म मान्ने किरातहरु पनि बिविध भाषा–भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार,संस्कृति र महान चाडहरु । सुनुवारका पुजारी (नासो)ले द्धारा सुख समृद्धि तथा शान्तिको कामना गर्दै प्रकृतिको पूजा (पिदार) गरे । त्यसै गरि लिम्बुका फेदंवाले पनि सोही कामना गर्दै प्रकृतिका पूजा गरेका थिए । सुनुवारका कलाकारहरुले श्याँदार सिल, लिम्बुका कलाकारहरुले धान नाच र राईका कलाकारहरुले साकेला सिली प्रस्तुत गरेका थिए । कार्यक्रम अवधिभर तीनवटै सस्थाका कलाकारहरुको गीत तथा नृत्य प्रस्तुतिले उपस्थित सबैलाई थप मनोरञ्जन प्रदार गरेको थियो ।
किराती तथा गैर किरातीहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रम बिहान १० बजे देखि साँझ ४ः३० बजेसम्म चलेको थियो । कार्यक्रम मूल समितिका सदस्य सचिव तथा कियाचु कतारका महा–सचिव सागर लिम्बु तुम्बाहाङफेको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *