All about Sunuwar

दोस्रो आदिबासी जनजाती कप फुटबल-२०७३ सुसेस ललितपुरलाई ।

winnerसुनुवार डट ओआरजी समाचारदाता ।

१ जेठ , ललितपुर । “एकताले नै सपना साकार हुन्छ” भन्ने मुल नाराका साथ किरात कोइँच स्पोर्टस क्लबले आयोजना गरेको दोस्रो अदिबासी जनजाती कप–२०७३ फुटबलको उपाधि सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएको छ । प्रतियोगिताको फाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीबीच भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ५–४ गोलले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो । खेलको छैठौ मिनेटमा सुमन मगरले गोल गर्दै ट्याक्सी व्यवसायीलाई अग्रता दिलाएको थिए । खेलको दोस्रो हाफमा ट्याक्सी व्यवसायीलाई ६३औं मिनेटमा बसन्त तामाङको गोलले खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो प्रतियोगिा भरिको क्रमशः उच्च गोलकर्ता दुरा सेवा समाजबाट निर्मल दुरा, उत्कृष्ट रक्षक कमल तामाङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट फरवार्ड सुमन मगर अञ्चल ट्याक्सी व्यवसायी, उत्कृष्ट गोलकिपर सोम सामताङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट मिडफिल्डर त्रिलोक दुरा दुरा सेवा समाज र प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी रवि थिङ सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएका छन् । पुरस्कृत खेलाडीलाई प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले वितरण गरेका थिए । प्रतियोगितामा क्रमशः सुनुवार विद्यार्थी समाज चौथो, दुरा सेवा समाज तृतीय, सुनुवार अञ्चल ट्याक्सी व्यवसायी दोस्रो र सुनुवार सेवा समाज ललितपुर प्रथम भएको थियो । विजेता टोलीलाई नगद, प्रमाण–पत्र तथा ट्रफी वितरण गरिएको थियो ।

प्रतियोगिताको प्रथम हुने टोलीलाई राजेश सुनुवार कतारबाट ट्रफी, मेडल तथा नगद ५० हजार सुनुवार सेवा समाज शाखा यूएईले सहयोग गरेको थियो । त्यसैगरी दोस्रो हुने टोलीलाई सुनुवार सेवा समाज शाखा दक्षिण कोरियाले ट्रफी, प्रमाण–पत्र तथा नगद २५ हजार सहयोग गरेको थियो । त्यस्तै तृतीय टोलीलाई अशोक ङवाचा सुनुवारले स्व. भाई गोविन्द सुनुवार प्रति समर्पित गर्दै ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद १५ हजार सहयोग गरेको थियो ।

त्यसैगरी अन्य सहयोगी संस्था सुनुवार सेवा समाज कतारबाट फेयर प्ले टोलीलाई ट्रफी लगायत अन्य विविध विधाको खेलाडीहरुलाई ट्रफी प्रयोजन गरी सहयोग गरेका थिए । त्यस्तै सुनुवार सेवा समाज शाखा मलेसिया, ओखलढुंगा एकता समाज मलेसिया, युकेबाट व्यक्तिगत सहयोग समेत यस प्रतियोगिताका लागि सहयोग गरेका थिए ।

प्रतियोगितालाई उच्च मनोबलको हौसाला प्रदान गर्न निम्ति भेट्रान टोलीलाई पनि आयोजकले समावेस गरेको थियो टोलीमा सुनुवार को–आपरेटिभ लि. , आदिवासी जनजाति फुटबल क्लब (आइएफसी) र नेपाल आदिवासी जनजाति प्रतिष्ठान गरी ३ टोलीको सहभागी थियो । भेट्रान टोलीमा सुनुवार को–अपरेटिभ लि.ले उपाधि जितेको थियो । उपाधिका लागि निरबहादुर सुनुवार कतारबाट स्वा. बुबा प्रति समर्पित गर्दै ट्रफी, मेडल र प्रमाण–पत्र सहयोग गरेका थिए । यसैबीच देश विदेशबाट आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई कदर–पत्र सहित आयोजक किरात कोइँच स्पोर्ट्स क्लबले सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *