All about Sunuwar

बसले ठक्कर दिँदा घटनास्थलमै नवराज सुनुवारको मृत्यु : अभैm गाडी पत्ता लागेन ।

atiram–कोइँच बु काःतिच
८ फागुन, काठमाडौं । काठमाडौं आउँदै गर्दा धुलिखेल नजिर्क जंगलमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक नवराज सुनुवारको घटनास्थलमै मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे रामेछाप जिल्ला, भुजि गा. वि. स. वडा नं. तीन ठिन्केपु नि. मा. वि. पिपलडाँडाका शिक्षकद्वय नवराज सुनुवार र रामेछाप कठजोरका राजन सुवेदी काम विशेषले काठमाडौं आउँदै गर्दा धुलीखेल नजिकै जंगलको घुम्तीमा सेतो रङ्गको बसले ठक्कर दिँदा नवराज सुनुवारको मृत्यु भएको हो । अहिलेसम्म सो सेतो बसलाई प्रहरीले समातेको छैन । राजन सुवेदीको काठमाडौंमा काम भएको हुँदा साथीभाई काठमाडौं घुम्ने पनि काम पनि गर्ने भनेर आउँदा यस्तो अप्रिय घटना घट्न पुगेको हो ।
एकान्त जङ्गलमा घटेको घटना भएकोले प्रत्यक्षदर्शी हालसम्म भेटिएको छैन । मोटरसाइकलमा आएका सहयात्री राजन सुवेदीको होस खुलेपछि नवराजको बहिनी शोभालाई बताए अनुसार उनीहरु भकुण्डेबेँसीमा कार र मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको देखेपछि डराएर विस्तारै जाने भन्दै चिया खाजा खाएर प्रति घण्टा १५, २० को गतिमा आएका थिए । धुलिखेल आइपुग्न लाग्दा जङ्गलको घुमाउरो बाटोमा अति तिव्र गतिमा आएको सेतो रङ्गको बसले मोटरसाइकलको अगाडिको भागमा ठक्कर दिएपछि उनीहरु सडकमुनि खस्न पुगे । त्यसपछि उठेर सडकमा आइ हारगुहार मागेपछि गाडिमा राखिएको र गाडिमा राख्दा मेरो साथी छ, खोइ भनेर सोधेको र विनोद सुनुवार लगाएत अन्यको नाम मोबाइलमा हेरेर खबर गरिदिन भनेकोसम्म याद भएको त्यसपछि थाहा नभएको जानकारी दिएका छन् । प्रहरीले एउटा बसलाई समातेको तर त्यो बस हो कि होइन एकिन नभएको पनि जानकारी प्राप्त भएको छ ।

होसियार तपाईँलाई पनि यस्तो हुनसक्छ : दबाब आवश्यक
जसको यो समाजको उन्नतिको लागि धेरै आशा थियो, अचानक उसैले यो सन्सार छाडेर गएपछि सपनाहरु अधुरै विचल्लीमा परेका छन् । बढो दुःखद घटनालाई मनले नमानी नमानी पनि स्वीकार गर्नु पर्ने भएको छ । अनुभूती शुन्य यो पीडा । किन, हामी जुन व्यक्ति प्रति धेरै अपेक्षा गरीरहेका छौं उही व्यक्ति हामीसँग टाढा हुन्छ ? शायद राज्यको नीति नियमलाई सही र चुस्तरुपमा कार्यान्वयन गरेको भए यस्तो घटना घट्ने थिएन । हिजो तीन बजे वरपरको अनुमानित समयमा घटेको घटना हो । सरकारले चाह्यो वा प्रहरीले चाह्यो भने नवराज सुनुवारलाई मार्ने बस समात्न कुनै त्यस्तो अप्ठ्यारो पर्ने छैन । तर नेपाल सरकार हामी जस्ता कुनाका मान्छेहरुलाई न्याय दिँदैन । पहुँचवाला र पैसाको चलखेल भएपछि सर्वोच्चले अपराधी घोषित गरेको व्यक्तिलाई आफ्नै अगाडि नदेख्ने प्रहरी प्रसाशनले आफ्नो कर्तव्य त्यति सहजरुपमा स्वीकार्छ कि स्वीकार्दैन आज दिनभरमा पत्ता लाग्ने छ । तर यस घटनाको दोषीलाई समातेर पीडित व्यक्तिहरुलाई क्षतिपूर्ति दिलाउनु हामी सबैको कर्तव्य हो । हामीलाई थाहा छ, विना दबाब नेपालमा कुनै काम चुस्तदुरुस्त हुँदैन । रामेछाप जिल्लालाई भोट बैंक बनाएर राजनीति गर्छु भन्ने कुन कुन दलले यो लापर्वहीलाई चासो दिन्छन् हेर्नु छ ।
होसियार, तपाईँलाई पनि यस्तो घटना पर्न सक्छ, यस्ता घटना न्युनीकरण गर्न र दोषीलाई समातेर कारवाही गराउन दबाबको लागि धुलिखेल हस्पिटलमा पुगौं । काभ्रे जिल्ला प्रशासनलाई दबाव दिऔं । सरकारलाई गुहारौं । जिल्लाका नेताहरुलाई तपाईँ आफ्नो क्षेत्रबाट ज–जसको जे जस्तो पहुँच छ जानकारी गराऔं र पीडित परिवारलाई उपयुक्त क्षतिपूर्ति दिलाऔं, समाजसेवी गोपालबहादुर सुनुवारले अनुरोध गर्नुभयो ।
अहिले घाइते राजन सुवेदी धुलिखेल अस्पतालमा उपचार हुँदै छ । र, नवराज सुनुवार पनि सोही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *