All about Sunuwar

सुसेसा शाखा दोहा, कतारद्वारा बिधाई कार्यक्रम ।

bidhaiसामुयल / भानु सुनुवार समाचारदाता, दोहा, कतार ।
दोहा, कतार, जैद्द स्थित ट्पफर्म होटेलको हलमा प्रमुख अथिति सुसेसा शाखा दोहा कतारका प्रमुख सल्लाकार भानु सुनुवारको अथित्य र विशेष सल्लकार पुरुषोतम सुनुवार, पुर्ब अध्यक्ष किशोर सुनुवार अथिती र सुसेसा शाखा दोहा कतारका अध्यक्ष नर बहादुर सुनुवार(सोम)को सभापतित्वमा बिगत दुई बर्षदेखि बैदेशिक रोजगारिको शिलशिलामा दोहा,कतारलाई आफ्नो कर्मभूमी बनाउँदै आउनुभएका सुनुवार सेवा समाज शाखा कतारका पूर्व कोषाध्यक्ष श्री अर्जुन सुनुवार तथा सचिव श्री रुपक सुनुवार आफ्नो कतार बसाईलाई बिट मार्दै जन्मभूमी नेपाल फर्किनु लाग्नु भएको हुँदा उहाँहरुलाई सुसेस शाखा दोहा कतारले औपाचरिक कार्यक्रम गरि बिधाई गर्‍यो ।
सो कार्यक्रममा उपस्थीत सबैलाई सुसेसा शाखा दोहा कतारका उपाध्यक्ष सामुयल सुनुवारले स्वागत मन्तब्य राख्नु हुँदै प्रबासमा रहेर पनि आफ्नो जाती, भाषा र समाज प्रति कठिन परिस्थिमा पनि साथ सहयोग हौसला दिनुभएकोमा उहाहरु प्रति आभार प्रकट ब्यक्त गर्नु हुँदै जहाँ रहे, जस्तो परिस्थिमा रहे, पनि सुनुवारहरुको एकतामा उहाहरुको ठूलो भुमिका रहनेछ, भन्दै सफल यात्रा साथै अग्रेजी नव बर्ष २०१६ को सबैमा शुभकामना ब्यक्त गर्नु भयो । त्यसै गरि सुसेसा शाखा दोहा कतारका पुर्ब आध्यक्ष किशोर सुनुवारले उहाहरु दोहा कतारमा रहुन्जेल जसरि समाजलाई खुलेर साथ सहयोग गर्नु भयो यसमा जति प्रशंसा गरे पनि कमि नै हुनेछ । सुनुवार एकताको लागि सुसेसा शाखा दोहा कतार एउटा उदाहरण मात्र हो । अहिले बिश्वमा सुनुवार समाज गठन र एकता पहल भईरहेको अवस्था छ सबै सुनुवारको योगदान र एकता हुनुपर्छ सबैले आफ्नो ठाउबाट पहल गर्न आनुरोध गर्नुभयो ।
सुसेसाका विशेष सल्लाकार पुरोषोतम सुनुवारले पनि उहाहरुको समाज प्रतिको योगदानलाई खुलेरा प्रशंसा गर्दै हामीले समाजबाट बहुमुल्य उपाहार त दिन सकेनौ, तपाईहरुको योगदान सदैब हामि बिच रहिरहने छ फलस्वरुप जुन कदर पत्र हामीले तपाईंहरुलाई प्रदान गरेका छौ यसलाई एउटा कागजको टुक्रा नसम्झी दिनु होला । बहुमुल्य उपाहार त मूल्य तिरेर किन्न पाइन्छ । तर यो कदर पत्रले तपाइहरुको योगदानलाई सदैब मुल्यकन गरिरहने छ भन्नू भयो । सुसेसाका दितिय उपाध्यक्ष हेम कुमार सुनुवारले पनि उहाहरुको समाज प्रतिको योगदानलाई जति तरिफ गरे पनि कमिनै हुनेछ आफ्नो जाती भाषा, भेषभुषामा हामी सुनुवार धनी छौ तपाईहरु कतारबाट गए त पनि हामी तपाईंहरुलाई बिर्सिने छैनौ जहाँ भए त पनि हामि सुनुवार हौ भनेर चिनिने काममा लागि रहन अनुरोध गर्नु भयो ।
प्रमुख अथिति तथा सुसेसा शाखाका प्रमुख सल्लाकार, बिशेष सल्लाकार र अध्यक्षबाट खादा लगाएर कदर पत्र प्रदान गरिएको थियो । उपस्थित सबैले खादा लगाएर सफल यात्राको शुभकामना दिएका थिए । कदर पत्र प्रदान पश्चात समाजले उहाहरु प्रती यसरि कदर गरि दिनु भएकोमा सुसेसा दोहा, कतारका सम्पुर्ण समिती सद्स्यहरु कतारमा रहेका सुनुवारहरु प्रती धन्यबाद ब्यक्त गर्दै यो बिधाई कार्यक्रमले हाम्रो जिम्मेवारी सकिएको हैन अझ बढी जिम्मेवारी थपिएको महशुस भएको र हाम्रो सुनुवार प्रती प्रतिबदाता साथ आफ्नो क्षमताले भ्याए सम्मा लागि रहने बताउनु भयो र यो बिधाई भन्ने शब्द भन्न जति सजिलो छ त्यति पिडादायी नि छ भन्दै उहाहरु दुबै मन्तब्य दिने क्रममा भाबुक भन्दै उपस्थित सबैमा महोल नै भाबुकमय बनेको थियो ।
सोहि क्रममा प्रमुख अथिति सुसेसा शाखा दोहा कतारका प्रमुख सल्लाकार भानु सुनुवारले कतारमा हामी समाजको मात्र सदस्यको रुपमा मात्र सिमित नभएर हामी एउटै परिवार भएर हातेमालो गर्दै आएका थियौ । एउटा परिवारबाट छुटिनु सबैमा पीडादायी हुन्छ तर यहाँ हाम्रो कर्मभुमी मात्र भएकोले हामी सबै एक दिन आफ्नो जन्म भुमी फर्किनु पर्ने हुन्छ । त्यही अनुरुप उहाहरु दोहा कतारबाट आफ्नो जन्मभूमि फर्किंदै हुनुहुन्छ । नेपालमा गएर सुनुवार समुदाय प्रति उहाहरुको सक्रिय अझ तिब्र रुपमा होस् र सुनुवार सेवा समाजमा आबद भएरआफ्नो गाउ ठाउमा पनि सुनुवारको हितमा काम गर्नु हुनेछ भन्ने आशा लिएका छु भन्दै सफल यात्राको शुभकामना ब्यक्त गर्नु भयो ।
अन्त्यमा सुसेसा शाखा दोहा कतारका अध्यक्ष कार्यक्रमका सभापतित्व नर बहादुर सुनुवार (सोम) सुसेसा शाखा कतारमा रहदा समाजमा आबद भएर जिम्मेवारी पद कोषध्यक्ष र सचिबमा रहेर समाजले गरेका हरेक गतिविधिमा आर्थिक, भौतिकमा सहायोग पुरयनु भएकोमा सुसेसा शाखा दोहा, कतार परिवार सदैब आभारी रहनेछ , तनमन लगाएर समाजमा लागी पर्ने दुई जना जेम्मेवारी सदस्यलाई बिदाई गर्नु पर्दा हामि सम्पूर्ण कार्यसमिति लगायत दोहाबासी सुनुवारहरुमा तपाईहरुको कमि हामीलाई महसुश हुनेछ आफ्नो गाउ ठाउमा पनि सुनुवारको एकताको लागि तपाईहरुको अहम भूमिका रहनेछ । भबिष्यका योजनाहरु सफल रहोस र सफल यात्राको शुभकामना साथै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद र नव वर्षा २०१६ को शुभकामना ब्यक्त गर्नु भयो ।
कार्यक्रम संचालक महासचिव निर बहादुर सुनुवारबाट कार्यक्रमको बिचबिचमा सुसेसा शाखा दोहा कतारमा सुनुवार एकताबारे दोहा कतारमा भै रहेको गतिबिधि बारे सबैमा जानकारी गराउदै भविष्यमा हुने गतिविधिमा दोहा कतारमा रहनु हुने सम्पुर्ण सुनुवार हातेमालो गर्ने माहोल बनोस र बनौ भन्दै उपस्थित सबैमा अपिल गर्नु हुदै नव वर्षा २०१६ सबैलाई फलदायी, लाभदायी, प्रगति र उनन्ति होस् भन्दै शुभकामना ब्यक्त गर्नु भयो । दोहा कतारमा कार्यरत सुसेसामा आबद भएका सुनुवारहरु बिधाई गरेर पठाउदा सस्थामा पनि रेकर्ड होस् भन्ने हेतुले स्मारिका बुक बनाएको र दुवै जनाले उक्त स्मारिकामा भाब ब्यक्त गरि हस्तक्षर गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *