All about Sunuwar

राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको दिमाग भुट्ने काम गरेको छ

silver imageसुनुवार डट ओआरजि समाचारदाता ।
२५ वैशाख, यालाखोम । सुनुवार सेवा समाजको पच्चीसौं वर्षगाँठमा आज विशेष कार्यक्रम गरी सम्पन्न भएको छ ।
‘एउटा खच्चड खेद्दै जाँदा खच्चड खेद्ने मान्छे बास बस्ने ठाउँमा पुगेछ । बास बस्ने ठाउँमा पुगेपछि उसको खच्चड नौ वटा रहेछ । नौ वटा खच्चडलाई बाँध्दै जाँदाखेरि आठवटा खच्चडलाई बाँध्ने चाहिँ रस्सी रहेछ । एउटा खच्चडलाई बाँध्ने रस्सी हराएछ । अनि त्यसपछि हराएपछि आठ वटा खच्चडलाई बाँध्दै बाँध्दै गयो । नौ खच्चडलाई बाँध्ने रस्सी छैन । अनि उल्ले सोच्यो अब मैले खच्चड कसरी नियन्त्रण गर्ने ? भने पछि उसले के सोच्यो भनेदेखि सधै बाँध्ने बेला यसको खुट्टा समात्थेँ । अब मैले यसको दिमाग भुट्नु पर्छ । अब यसको खुट्टा दारो गरी समातेँ भने मलाई बाँधेको छ भन्ने बुझ्छ । जसले गर्दा यो बसी राख्ला भन्ने उसले अनुमान लगायो र त्यसै गरी उ सुत्यो । रात भरि उसलाई निद्रा लागेन । कसैको बालीनाली खायो कि भोलि अर्मोल तिर्नु पर्ने पो हो कि ? अलिक एक घन्टा अगाडि पुगेर हेर्दा नौ वटै खच्चड रहेछ । अनि आठ वटा खच्चडलाई फुकाउँदै जाँदा सबै गए र नवौं खच्चडलाई त बाँधेको छैन त्यसैले त्यसै धपायो हिड्दैन । लट्ठी हान्छ जाँदैन । अनि पछि खच्चड खेद्ने मान्छेले हिजोको कुरा सम्झ्यो र खच्चडको खुटटा छोइ दियो । खच्चड बुर्कुसी मारेर उफ्रीए कुलेलाम ठोक्यो । त्यसले गर्दा त्यस्तै नै खच्चडलाई जस्तै हामी आदिवासी जनजातिलाई खुट्टा छोइ दिएको छ । दिमाग छोइ दिएको छ । जस्ले गर्दा कुनै कुनै मान्छेलाई झलनाथ जीले फुकाइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई सुशिल कोइराला जीले छोइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई प्रचण्ड जीले फुकाइदिनु पर्छ । त्यसैले गर्दा हाम्रो एकता भाँजिएको छ । हाम्रो एकता विग्रीएको छ । तसर्थ म यहाँहर के भन्न चहान्छु भने हाम्रो दिमागलाई भुट्ने काम गरिएको छ । विचारका आधारमा एमाले हुन सकिन्छ, काङ्ग्रेस हुन सकिन्छ, माओवादी हुन सकिन्छ । तर हाम्रो विषयमा, हाम्रो साझा सवालमा, हाम्रो अधिकारको विषयमा हामी केन्द्रीत हुने कि नहुने ? यसैले सनुवार समुदायका साथीहरुले आदिवासी जनजातिको मानव अधिकारको लागि सबै एक जुट हुनु पर्दछ न कि एमाले, काङ्ग्रेस भएर ।’ नासालमा दियोमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई प्रमुख अतिथि झकबहादुर थापाले वर्तमान परिवेशमा आदिवासी जनजातिहरुले आफ्नो खुट्टामा आपैंmले बञ्चरो हान्न नहुने बताउनु भयो ।
आदिवासी जनजातिको आन्दोलन वहुसंख्याकले हाँक्न सक्दैन न त अल्प संख्याकले । सबैको अधिकार बराबार हुनु पर्छ । ओल्लो किरातको लागि नगेन्द्र कुमाल लडीरहने छ – आदिवासी जनजातिले पहिचान र समानताको लागि लडीरहनु पर्ने नेपाल कुमाल समाजका अध्यक्ष नगेन्द्र कुमालले बताउनु भयो ।
हङकङ सुनुवार समाजले कोइँच (सुनुवार) पहिचानको लागि सुनुवार व्याच बनाएर सुनुवार सेवा समाज केन्द्रीय समितिको कोष वृद्धिको लागि प्राप्त व्याच समेत सार्वजानिक गरिएको दिए थियो । उक्त व्याच सबै सुनुवारले मन पराएका थिए । कार्यक्रममा सुनुवार सेवा समाजले सुनुवार समाज हङकङलाई विशेष धन्यवाद दिएको छ ।
सुनुवार सेवा समाजको पच्चिसौं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम तथा रजत वर्ष २०७० को घोषणा सभामा साहित्यकार मनबहादुर मुखिया, सुनुवार विद्यार्थी समाजको अध्यक्ष सुदिप सुनुवार, किरात सुनुवार सेवा समाज यूके का अध्यक्ष जंगबहादुर सुनुवार, पूर्व सभासद दालकुमारी सुनुवार, शान्ति जिरेल, पूर्व प्रतिनिधि सभा सदस्य कमलप्रकाश सुनुवार, पूर्व अध्यक्ष इश्वरकिरण सुनुवार शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचाले सुनुवार सेवा समाजको स्थापनाका लागि तातो रगत भएका युवाहरु नरेश सुनुवार, टंकराज सुनुवार, मोहनकुमार सुनुवारलाई सम्झिनु भएको थियो ।
सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज तथा सुनुवार सेवा समाज संस्कृति तथा अनुसन्धान विभागले ५ वटा कोइँच भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए । जसमा बारी थुँ इन बानाबोसीङा गीतमा बृषमान सुनुवारको कोरियोग्राफीमा पिदार गर्दै केक काटेर सबैलाई खुवाएका थिए ।
कार्यक्रमको अन्तमा धनुषवाणा प्रतियोगिता, निवन्ध प्रतियोगिता, राष्ट्रव्यापी नृत्य प्रतियोगिता, अन्तरक्रिया तथा विचार गोष्ठी गरिने र जिल्ला, गाउँ समिति सबै ठाउँमा सुनुवार सेवा समाजको रजत वर्ष लोगो तथा नारा पहिचान र समानताको लागि हाम्रो प्रतिवद्धता प्रयोग गरेर कार्यक्रम गरिने जानकारी सहित अध्यक्ष मनप्रसाद सुनुवारले रजत वर्ष २०७० को घोषणा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *