All about Sunuwar

मातृभाषी स्रष्टा पुरस्कृत

सुनुवार डट ओआरजी समाचारदाता । विश्व मातृ भाषा दिवस २०६९ को उपलक्ष्यमा चार मातृभाषी स्रष्टालाई राष्ट्र मातृभाषा सेवा पुरस्कार प्रदान गरिएको छ । जनही रु. १५ हजार नगदसहित डा. नोबलकिशोर राईले बाम्बुले भाषी गणेश राई, तामाङभाषी अमृत योञ्जन, उराँवभाषी बेचन उराँव र थारुभाषी कृष्ण सर्वहारीलाई फुलमाला लगाएर सम्मान गर्नुभएको छ ।
सम्मान गरेर दिएको पैसामा करकट्टा गर्ने भनेको कमाएको पैसामा हो । यहाँ मैले करकट्टी भन्ने मेरो सानो आँखाले देखेँ । अबदेखि प्रतिष्ठानले त्यसो नगरोस् प्रमुख अतिथिको सम्बोधनमा सन्दर्भमा बोल्नुभयो ।
मातृभाषा दिवसको उपलक्ष्यमा थुँगा नामक राष्ट्र मातृभाषाका कविता संगालो ३ पनि सार्वजनिक गरिएको थियो जसमा ३२ भाषाका कविता समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *