All about Sunuwar

सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना

Sunuwar.org Damloch/Preeti, Dandagaun, ramechhap

माघ १३\सुनुवार सेवा प्रीति गाउँ समिति स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा खुला अन्तर गाउँ विकास समिति स्तरीय सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०६८ माघ १३–१४ गते सुनुवार सेवा समाज प्रीति गाउँ समितिको आयोजना सञ्चालन भइरहेको छ ।
कार्यक्रममा प्रीति गाउँ समिति लगायत छिमेकी गाउँ समिति भूजि, गुप्तेश्वर, कुँबुकाँस्थली गाउँ समिति लगायत विभिन्न ठाउँ १० प्रतियोगी टोलीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । कार्यक्रममा सुनुवार सेवा समाज प्रीति गाउँ समिति, प्रगतिशील युवा संस्था– ४, तिलौरी खोला माइव्रmोहाइड्रो– ५, बेँसी गाउँ लिखु समाज– ५, नयाँ सिर्जना परिवार प्रीति– ३, ग्युदु, सरस्वती मा.वि.– ५, कालीकादेवी निमावि– २, क्याःबा संघ– ९, चण्डेश्वरी उच्च मा.वि.– ७ र गुप्तेश्वर गाउँ समिति परिवारको नामलगायतका टोलीहरुले प्रतियोगितामा भाग लिइरहेका छन् । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा एवम् नतिजा २०६८ माघ १४ गते घोषणा एवम् सम्पन्न गरिने जानकारी आयोजक समितिका सहसचिव एवम् कार्यक्रम सञ्चालक चन्द्रकुमार सुनुवारले बताउनु भयो ।
उक्त कार्यक्रम सुनुवार सुनुवार सेवा समाज केन्द्रीय समिति काठमाडौंका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवार, महासचिव खडोस सुनुवार, ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्याम सुनुवार, सदस्य फत्तमाया सुनुवार, सुनुवार सेवा समाज केन्द्रीय समितिका भाषा तथा संस्कृतिक अनुन्धान प्रमुख कोइँचबु काःतिच (उत्तमकुमार सुनुवार), सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका केन्द्रीय अध्यक्ष श्री अमृत सुनुवारको सहभागितामा सम्पन्न भइरहेको जानकारी आयोजक समितिका अध्यक्ष सञ्जीवकुमार सुनुवारले बताउनु भयो ।
सांस्कृतिक कार्यक्रमका साथै केन्द्रीय समितिले आठौं राष्ट्रिय सम्मेलनमा पारित भावी नीति तथा कार्यक्रमको अवधारणा अनुसार सचेतना एवम् जनचेतना अभिवृद्धि कार्यक्रमको प्रशिक्षण गराइने जानकारी समेत आयोजक समितिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *