Recent Comments

कोङ कोरोरो फोलफोल

कोइँचबु का:तिअ्च (उत्तम)

उहिले उहिलेको कुरा हो । त्यतिबेला मानिसहरुले लुगा लगाउने चलन थिएन । रुखका झ्याउ बोक्रा र पात लहरालाई नै लुगा बनाएर लगाउने चलन थियो । जंगलमा शिकार गर्ने, जंगली फलफुल, जंगली अन्न, कन्दमूल खोजेर खाने गर्दथे । त्यतिवेला खानेकुरा पकाउने चलन पनि कमै थियो र अहिलेको जस्तो हात हतियार पनि थिएन । पशुपंक्षीहरुलाई पाशामा पारी मार्थे । त्यस्ता पशुका माशुहरु पोलेर खाने गर्थे ।
मानिसहरुको वस्ती पनि थिएन । झुण्ड झुण्ड बनेर बस्ने चलन थियो । बेला बेलामा एक झुण्डा र अर्को झुण्डा वीच झगडा भई नै रहन्थ्यो । यस्तो अवस्थामा कति जोडा जोडीहरु छुट्थे । कति जोडा जोडीहरु मारिन्थे । कति मानिसहरु भाग्नेक्रममा हराउँथे । कति अपहरित हुन्थे । कति बालबच्चाहरु जंगलमा छुट्थे ।
यस्तो क्रम धेरै समय चल्दै गयो । मानिसहरुले दुःख बेसाउँदै आएका थिए । एक समय यस्तै दुई झुण्डको लडाई झगडामा एक जोडी दम्पत्तिको मृत्यु भयो । उनीहरुको जोडी सन्तान थियो । छोरा सानै थियो भने छोरी भने अलिकति ज्ञान छिप्पिएको थियो । उनलाई भने आफ्नो आमाबुबा कसरी मारिएको थियो भन्ने पूरा सम्झना थियो ।
विस्तारै यी दुदी भाई बढ्दै गयो । जसरी आफ्ना पूर्खाहरुले जीवन गुजरा चलाएको थिए त्यस्तै गरी ओडारमा बसेर जीवन निर्वाह गर्दै गए । विस्तारै आफ्नो रक्षा गर्ने कलाको विकास गर्दै गए । छोरी मान्छे एक्लै । घनघोर जंगल । एकतिर विभिन्न झुण्डा मानिसहरुको फिरन्ते जीवन । साथमा सानो भाई । जसको शक्ति उसको भक्तिको समय । उनलाई आफ्नो एक्लो माइतीको रक्षा गर्दै आफु पनि बाँच्नु थियो । उनले चिने जानेको आफ्नो झुण्डाको मुलिच, गाउरोच, ङावाच, नाअÞसोच, बजु र आमाबुबा बाहेका अरु कोही थिएनन् । उनले उन्कै आमालाई सधै सम्झिरहन्थिन र आफ्नो समस्या । र, हरेक रात उनलाई सपनामा आमाले विभिन्न रक्षात्मक कलाहरु सिकाउँथिन । यसरी सपनामै उनलाई आमाले आफ्नो इष्ट देउता इँगि होपो साया होपोको आराधना गर्न सिकाइन । चमन्कारिक युद्धकलाहरु सिकाइन । लगाउने लुगा र खाने तरिकाहरु सिकाइन । चलाउने हतियार बनाउन सिकाइन । जसले सामाजिक थिति बसल्ने प्रक्रिया सिकाइन । विस्तारै उनीहरु सबै कुरामा निपुण भए । अरु झुण्डालाई नियन्त्रण गर्न सक्ने भए । उनीहरुको प्रभाव बढेर गएको हुँदा अर्को झुण्डाको राम्रो चालचलन भएको सुन्दर युवा तथा राम्री गुणवती युवतीसँग दिदी भाईको विवाह भयो । ती दिदी भाईले चलाएको सभ्य चलनलाई नै पछिका मानिसहरुले मान्दै आएका हुन रे ।
त्यसैले कोइँच जातिमा सपनामा सिकाउने आमा बुबा, बजुबाजेलाई कालिमामा कालिपिपि बच्चको रक्षकको रुपमा लिने चलन छ भने दिदीभाईको सम्बन्धमा चेलीको सम्मान गर्ने  चलन यथावत छँदै छ ।

_____________________________

आदिवासी कोइँचमा कसरी लुगा लगाउने चलनको विकास भयो र किन उनीहरुले चेली तथा बजु, आमालाई रक्षकको रुपमा लिने गर्छन् अर्थात् किरात समुदायमा महिलाको भूमिका किन महत्वपूर्ण मानिन्छ ? उनीहरुको परम्परागत पा७शाला तथा विद्या हस्तान्तरण प्रक्रिया के कस्तो थियो । सुरक्षा कला कसरी सिक्थे र किन सिक्थे ? सिक्ने र सिकाउने चलन वा प्रक्रिया कस्तो थियो । अहिलेको सभ्या समाज निर्माण हुनालाई के कसरी हाम्रा पूर्खाहरुले बलीदान दिए ? जस्ता धेरै जिज्ञासाहरुको लामो विस्तृत मिथक रहेका भए पनि यहाँ सबै कुरा उल्लेख हुन अति लामो हुने हँुदा सारंशामा मात्र उल्लेख गरिएको हो । अभैm पनि कोइँचहरुमा बच्चा जन्मिने वित्तिकै कालिपिप पूजा गर्नु नै पर्दछ अर्थात् गरिरहेका छन् त्यो गुढ अर्थ नबुझि गरिएको होस् वा परम्परा धान्नकै लागि किन नहोस् ।

4 Responses to “कोङ कोरोरो फोलफोल”

  • shiva mukhiyaa:

    dami chha hai baje malai ekdamai man paryo yo dantekatha jasto lagyo yeslai euta cd ma tecording garnu parchha jasto lagyo kasto lagchha mero idea tapai lai bracket ma baje????

  • SKoinch:

    “Chuchche Dhungo uhi Toongo.” Koinchko maatra hoina yo sampurna manaw sabhyataako satya katha ho.

  • The historical background of sunuwar described here is very superficial. Can sunuwar samaj little bit contemplate on this issue? Its a beauty and pride for any person belonging to his/her own tribe and we can see the glory of God through diversity in His creation of this entire mankind and universe.Basically what I am trying to say here is that we can be a proud sunuwar samaj and light to the entire mankind if we can present our origin starting from God ,our start in this earth, migration to different parts of the earth ,for example middle east, Mongolia, china, Nepal, USA etc. how we got separated from other ethnic groups. Basically we all were one at the start and we are not different from others at present aswell. But, its our obligation to preserve our God given identity, not to segregate ourselves from others instead we can present it for the glory of God and benefit for the entire mankind. In order to do that , in my opinion we should promote our own alphabets, language, need some research work, cite the evidence,after that present it at the international level. Things are going on but first ground work should be strong-vision and mission should be set. There are people who are interested to know our culture, tradition but all can not read Nepali,sunuwar or English. At least these three languages should be considered for whatever the media used for communicating this nobal deed of sunuwar samaj. Our mission is to bring Glory to God and unite all mankind through this unique approach. God bless.

  • बाजे बेलेस दाे म दारशाेत दाेम दारशाे

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives