August, 2012

now browsing by month

 

केन्द्रीय तथ्याङ्क विभागद्वारा सुनुवार सेवा समाजसँग परामर्श

चुपलु दामलोच । केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना-२०६८ को तथ्याङ्कलाई अन्तिम तालिकीकरण गर्ने तयारीका क्रममा सुनुवार सेवा समाजलगायत दशनामी र कपडी जातिसँग विभाग निर्देशकले परामर्श लिइएको छ । उक्त छलफल कार्यक्रममा सङ्कलित तथ्याङ्कको प्र्रशोधन अन्तिम तयारीमा रहेकाले कसरी आफ्नो जाति वा समुदायको सही आँकाडा निकाल्न सकिन्छ र उक्त प्रशोधन कार्यका लागि सम्बन्धित जाति वा समुदायको प्रतिनिधि कसरी चयन गर्ने भन्ने बारेमा केन्द्रित रह्यो ।
राष्ट्रिय जनगणनामा गणकहरुले कतिपय स्थानहरुमा सही प्रश्न नसोधी आफूखुशी लगत भरेको र प्रश्न गर्दा पनि सही उत्तर नआएको भनी आफ्नै ढङ्गले तथ्याङ्क फाराम भरेको हुनाले लगतमा सोधिएका प्रश्नहरुको जवाफ गणकले टिप्दा आएका भिन्नतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने परामर्शसहित अन्तिम प्रशोधनमा सम्बन्धित प्रतिनिधिको चयनका बारेमा छलफल भयो ।
राष्ट्रिय जनगणना-२०६८ मा सुनुवार सेवा समाजले विभिन्न जिल्लाहरुमा जनगणनासम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन किङलो चुप्लु रेडियो उपत्यका काठमाडौं तथा हजुरको रेडियो रामेछापबाट जनचेतनामूलक प्रचार सामाग्रीहरु प्रसारण गरिएको थियो ।
उक्त परामर्श कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवार प्रथम उपाध्यक्ष रनबीर सुनुवार र संस्कृति तथा अनुसन्धान विभाग प्रमुख उत्तमकुमार सुनुवारको उपस्थिति रहेको थियो ।
सुनुवार सेवा समाजले जनसंख्या तथ्याङ्क प्रशोधनका लागि केन्द्रीय तथ्याङ्क विभागलाई विभिन्न बुँदागत जानकारीसहित ज्ञापनपत्र बुझाएको थियो ।

Share

निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

सुनुवार डट ओआरजि समाचारदाता
यालाखोम, भाद्र ८ । सुनुवार सेवा समाज, भक्तपुर कार्य समिति दोस्रो जिल्ला अधिवेशन समापन भएको छ । कार्यक्रमा प्रमुख अथिति मन प्रसाद सुनुवार, सभापति गंगा सुनुवार हुनुहुन्थ्यो भने अथितिमा टिकाराम मुलिचा, लोकप्रिय सुनुवार, रनबिर सुनुवार, भुपेन्द्र सुनुवार, गोपाल सुनुवार, चन्द्र प्रकाश सुनुवार (शाङखु), मनोज सुनुवार हुनुहुन्थ्यो ।  अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वात भएका छन् ।
१. अध्यक्ष ः     गंगा बा. सुनुवार
२. उपाध्यक्ष ः    बीर बा. सुनुवार
३. सचिव ः    सुदिप सुनुवार
४. सहसचिव ः    दुर्गा माया सुनुवार
५. कोषाध्यक्ष ः    केवलमान सुनुवार
सदस्यहरु ः Read More

Share

विगतको सम्झना र आगतको योजना :दोमोका दारश-शो सेरेफुको जन्मको कारण

दोथामे ताथामे मादेनेन
लोः काः देनुङ ओत-थि नेनेन ।
थोलेमि फँु साप-पा यिमे बाअत
इँनकालि मिम-चा पिमे बाअत ।
ब्लुकुम चिल चिल, ब्लुकुम चिल चिल ।

शाँबु रितेक खेमेरे
थापो चुइतेक ते-मेरे ।
होल-फा गिल-फा रिःनि कोँ
सु सु राल-मा कोःनि कोँ ।
नेल-कालि खाप-शा ख्लेनि कोँ
आदार पिदार पानि कोँ ।
दिः ताःमि मार दुम कोःनि कोँ
गिवात खावात चोःनि कोँ ।
सेकि सेकि सेलेले, सेकि सेकि सेलेले
सेक सेक सेलेले …
…………
नामसेवाल, वार-चिपुकि,
यो गीत सुन्ने वित्तिकै म एक दसक अगाडिको रेडियो नेपालको प्रत्यक्ष प्रसारण कार्जेकाराम फुलबारी कार्जेकाराम झल्झली सम्झन्छु । अकास्मत मिरा राना लगायत चुपचाप रमिता हेरेर बासेका दर्शकहरु उप्रिmए कर्कल ध्वनी र तालीसहित ।, काँधमा फेनेरेल्फु र कम्मारमा क्लाःतोलि लगाएर इन्द्रेणीमय भएका लोकप्रिय दाइ तीन फिट माथि उप्रिmएर झनै हातमा माइक सामातेर चिच्चाए ‘सेकि सेकि सेलेले, सेकि सेकि सेलेले ।’ पाण्डब सुनुवार, अतीत मुखिया (इश्वरकिरण सुनुवार) उहाँलाइ साथ दिँदै उप्रिmनु भयो । बाद्यवादनमा आनन्द ङावाच सुनुवार (हाल कोरिया), आसिश सुनुवार (पाँचथर), अर्को एकजना भाइ (को हो विर्से । सम्भवतः मोहनमिलन हुनुपर्छ ।), र म (काःतिच उकुसु) थियौं । मलाइ गानाबजानाको खासै ज्ञान थिएन । तर तीनै जना भाइ गायक भए पनि कोइँच बाद्यवादनको नेतृत्व गर्ने (झेम्टा बजाउने) काम मैले नै गरेको थिएँ ।
विहान १०.३० तिर कला केन्द्र, कुपण्डोलमा लोकप्रिय दाइले लो फुलवारीमा ढोल बजाउन जानु पर्छ भन्नु भयो । टेँ टेँ टेँ टेँ … यसरी पियानो बजाउँछ अनि ढोल यसरी बजाउने । यसरी पियानो बजेपछि यसरी बजाउने भनेर सिकाएका थिए । संगीत कम्पोज कसरी गरेको छ, थियो केही थाहा थिएन । जे सिकाउनु भयो । त्यो मनमा राखियो ।  तर के थाहा हुनु मुखले टेँ टेँ टेँ … गर्दै Read More

Share

कोइँच (सुनुवार) राष्ट्र र राष्ट्रिष्ता : पहिचानको सुनिस्चितता

कोइँचबु काःतिच (उत्तम)

‘गो नेललि कोइँच नाइ शाँ’ भन्छौं । र, ‘खिँ तेःमे ? तेको चुपलुङा ? तेको जेँङा ? मार मुइलि (मुल) मे ? मार मुइग्यो सुइँसिबा मिनु तेको फिते ?’ कोइँच असली चिनारी खोज्दा सोधिने प्रश्न यही हुन् । सुनुवार आपै+mले आफुलाई सम्बोधन गर्ने नाम वा चिनाउने आदिवासी जनजाति नाम हो ‘कोइँच’ । अन्य नजीकका छिमेकी आदिवासी जनजाति तामाङले बोङजा, शर्ेपाले डाङबु, थुलुङले सारसेसी, बाहिङले खिन्ची, दुमीले सुक्सेविम भन्दै आएका छन् । दस किरात एक चेली, एक भान्सा कथनका एक किरात सुहाचेप्पा, जुमुहाङका सन्तान मानिने कोइँचलाई रिस उठ्दा अन्य जातिले मुखमा स्वाद फेर्न चितुवा, किरुवा भन्ने गर्दछन् । खस-बाहुन राज्यले ‘सुनुवार, सुनवार, सुन्वार, सुँदार’ कहिले कहीँ झुक्किएर वा हेपेर जानाजान ‘सुनार’ पनि भनि दिन्छन् । कोइँच (सुनुवार) लाई ‘सुनार’ दलित जाति भनि लेखेको बोलेको विषयलाई लिएर अनेक संर्घष्ा भए, गरिए । यस्तो जातीय विभेदमा बाँच्नु पर्दा पर्दै पनि खसबाहुनले के भन्लान् भनेर हिन्दु मनु सोँचबाट ग्रस्त बाहुनवादी कथित उत्तराधुनिकवादको लिस्नु चढेर कतिपय कोइँच बन्न नसकेका सुनुवार आपै+m आफ्नो खाँटी पहिचान, कोइँच, कोइँच लोः, कोइँच धर्म-संस्कृतिको खुलेर ब्याख्या गर्न नचाहेर, नसकेर वा दिन सक्ने क्षमताको अभावमा हिन्दू, बौद्ध, क्रिश्चियन धर्म अवलम्बन गर्ने र र्राई, मगर, तामाङ, गुरुङ, किरण बनेर आफुलाई चिनाइ आएका वा अरुले भिराएको पहिचानमा नाक फुलाएर खोक्रो गर्व गरिरहेको तीतो सत्य हामी माझ छँदै छ । यो रोग कोइँचमा मात्र नभएर आदिवासी जनजाति सबैको हो । अहिलेसम्म कोइँचलाई किन सुनुवार भनियो भन्ने यकिन भएको छैन । र, कोइँचको ठ्याक्कै अनुवाद सुनुवार पनि होइन । यथार्थसँग भागेर समस्याको हल कहिल्यै हुँदैन । अरुले के के भन्छन्, भने, भन्लान भनेर दुःख मान्नु र सशंकित हुनु भन्दा पनि हामी को हौं ? के हौं ? हाम्रो मुल कहाँ हो ? हाम्रो संस्कार संस्कृति, परम्परा, भेषभूषा के कस्ता छन् ? हामी आपै+mले हाम्रो चिनारीको खोजी गर्नु अति महत्वपर्ूण्ा कार्तव्य हो ।

आदिवासी जनजाति चेतको जागरण र पहिचानको मापदण्ड
सन् १४९२ अक्टोवर १२ मा एक स्पेनीस सामुन्द्रिक यात्रा दलका नेता क्रिष्टोफर कोलोम्बसको नेतृत्वमा युरोपियनहरु अमेरिका पुगे । -युरोपियनको दृष्टिमा नयाँ मुलुक पत्ता लगाइएको भनिए तापनि अमेरिकन आदिवासीहरु युरोपियन साम्राज्यको विस्तारको शुरुआत मान्छन् । किनकि त्यो नयाँ भनेको मुलुकमा मानिस नै नभएको सुनसान भूमि थिएन । जस्तो कि नेपालमा पनि एकिकरणको कुरा गरिन्छ जुन एक देश टुक्रिएर धेरै देश भएको थिएन । छुट्टा छुट्टै राज्य, राष्ट्रहरुमा राज्य विस्तार गरी हिन्दू संस्कार लादिएको थियो ।) त्यतिबेला त्यहाँका आदिवासीहरु प्रकृतिपूजक थिए, युरोपियनहरु इर्साई । उनीहरु खासगरी रोम साम्राज्य स्थापनापछि इशाई समुदायलाई सभ्य र गैर इर्साईलाई असभ्य वा नास्तिक मान्थे । उनीहरुमाथि विजय गर्नु न्यायोचित अधिकार ठान्थे । यसैले स्पेनिस सेनाले अमेरिकामा एक हातले इर्साई धर्म दिने अर्को हातले इन्डियनहरुको र्सार्वभौमसत्ता छिन्ने काम गर्‍यो । जसले त्यस्तो आदेशको उल्लंघन गर्छ, उसले ज्यानको नोक्सानी व्यहोर्नु पथ्र्यो । अमेरिकन आदिवासीहरूलाई जबर्जस्ती मजदुर बनाइयो । उनीहरु ठूलो समूहमा आफ्नो पूख्र्यौली भूमिबाट विस्थापित भए, घरेलु, बधुवा, मौसमी र आप्रवासी मजदुर बन्न बाध्य भए । उनीहरुको श्रम शोषण भयो । Read More

Share

आदिवासी कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणाली

कोइँचबु काःतिच (उत्तम)
सूचना तथा सञ्चार हरेक आदिवासीको अभिन्न अंग भए जस्तै आदिवासी कोइँचको लागि पनि अभिन्न अंग हो । आदिवासी जनजाति कोइँचको परम्परागत संस्था कोइँच चुपलु हो । यस सामाजिक तथा राजनैतिक संस्थामा गाउरोखिँ, दाइशशाखिँ, मुइलि (मुलि) खिँ, ङावाखिँ, तोँखिँ, दिगारखिँ, लुमोखिँ हुन्छ । स्थानविशेष यी कार्यालयहरुको नाम विभिन्न किसिमको पाइन्छ । कोइँच परम्परागत सूचना तथा सञ्चार प्रणालीको प्रभाव, अनुगमन तथा मुल्याङ्कन गर्ने व्यवस्था छ । सूचनालाई सूचनाको रुपमा छाड्नु भन्दा पनि कस्तो, कुन प्रक्रिया र माध्यमाबाट के, कसरी सूचना पस्किँदा त्यसको प्रतिफल के कस्तो आयो वा निस्क्यो भन्ने पृष्ठापोषण छलफल गर्ने परम्परागत चलन छ । सही सूचनालाई तोडमोड गरेको खण्डमा सूचना प्रवाहकलाई सजयको व्यवस्था पनि पाइन्छ ।

सूचनाको प्रकृति
·    दामलो पाइचचा : कुनै काम गर्न सम्बन्धित व्यक्ति निकायबाट जानकारीको लागि राखिएको सूचना वा सूचकले दिने सूचनालाई दामलो भनिन्छ र सुचनालाई विशेष संकेत सूचक शब्दलाई ठूलो स्वरले वा सुसेलेर, कराएर, कुनै पनि साधन प्रयोग गरी लेखेर प्रसार गर्नुलाई दामलो पाइचचा भनिन्छ । जस्तै ः रोकाको मह काढ्दा होः होः, ख्योलो, खोइततो भनिन्छ । Read More

Share

किरात याक्थुङ र कोइँच मुक्दुम : समानता र विविधता

-कोइँचबु  काःतिच (उत्तम)
‘हिन्दूहरुको वेद, इसाइहरुको बाइबल र मुसलमानहरुको कुरान जस्तै किरातहरुको मुन्दुम, दर्शन र साँस्कृतिक श्रोत हो । पृथ्वी, र्सर्ूय ग्रहहरु तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरुको उत्पत्ति र प्राकृति सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोचक र तर्कपर्ूण्ा ढंगले गरिएको छ । मुन्दुमविद्हरुका भनाइ अनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भईसकेको थियो ।’ किराँती विद्वान जितपाल किरातका यी भनाईसँग फरक छैन किराँती विद्वान तथा इतिहासका ज्ञाता मञ्जुल याक्थुम्बाका यी भनाइ- ‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु-पंक्षी, झार-जङ्गल तथा मानव श्रृष्टिका  तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’
लिम्बुवान (पल्लो किरात), खम्बुवान (माझ किरात) मा किरात धर्म र मुक्दम प्रतिको धारणा, सोचाइ, बुझाइ, अभ्यास र व्याख्या जे जसरी भएको छ त्यससँग आनका तान फरक छ भन्ने लाग्दैन र छैन कोइँचवान (वल्लो किरात) मा पनि । आदिवासी जनजाति किराँतीहरु प्रकृतिलाई र्सर्वेर्सव ठान्दछन् । प्रकृतिको सम्मानपर्ूवक पूजा पर््रार्थना गर्दछन्, अनि प्रकृति र भूमिलाई मानव भन्दा जेठो मान्दछन् । आफ्नो इष्टदेवताको रुपमा प्रकृतिलाई नै सहर्षस्वीकार्छन् । प्रकृतिको परिवर्तनबाट आउने समयलाई सम्मान गरी पूजाअर्चना गर्ने गर्दछन् । किरात धर्म र किराती चार्डपर्व, क्रियाकलापहरु प्रकृतिवादसँग अत्यन्त घनिष्ट छ कोइँचवानमा । जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू र्सवव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पर्ूखाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दैर् इश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।
Read More

Share

ओखलढुङ्गाका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु

ओखलढुङ्गाका आदिवासी जनजातिले मनाएका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

Share