All about Sunuwar

Literature

now browsing by category

Literature, Songs, Poems

 

ख्युःरा

 

– कोइँच बु काःतिच

यति रिस उठी रा छ कि अहिले –

चोक, गल्ली, चिया पसल र चौतारीमा

देश बनाउने सुन्दर सपना बुन्न

अविरल बौद्धिक वेश्यवृत्ति गर्नुहुने श्रद्धेय महानुभावहरुसँग ।

रिङ–ने दा,

यति रिश उठी रा छ कि अहिले

यति रिस उठी रा छ –

जसको आफ्नो पछाडि चार जना मान्छे जम्मा पार्ने छाँट छैन

जसको अगाडि चार वित्ता हिडेर जानुपर्दा सकस खप्ने आँट छैन

जसले आफ्नो आकार प्रकार र तौलको हेक्का राखेको छैन

जसले सानो र ठूलो आयतन वीचको भेद चाखेको छैन

जसले अगेनामा आगो बालेर पाङ्दुरे रोटी डामेको छैन

जसले देश, काल, समय र परिवेशलाई छाँमेको छैन

जो खुला आकाशमुनि भोको पेट एक रात सुत्न सक्दैन

जो नियालेर आफ्नो र अर्काको धराताल छुटाउन सक्दैन

बेकाम्म,

खोपडीमा सापटी गिदी फत्फत् चेँख्ला खामे फत्फताउँछ

चोक, गल्ली–गल्ली, चिया पसल र चौतारी निर्लज्ज सक्सकाउँछ

त्यस्ता महामहिमहरुका

बढो धुमधामको चर्काचर्की, बेतोडको घम्साघम्सी

वाध्यताले अन्तहीन लोसे कुस्तीको रमिते बन्नु पर्दा । Read More

अब तुइन तर्दैन मेरो देश

सोम सुनुवार

हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ
मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ
मेरो देश तुइन तर्दैन अब
तराईमा रेल र पहाडमा केवुल कार चढ्छ
बामे सरेको छ इलाम त
अब कर्णाली आकाशमा राशन खोजदैन
जौ, फापर जे फल्छ ऊ निहुरिएर बारीमै मेहनत गर्छ
नाक घोक्राउदैन मेरो देश
पहिचानको गर्वले ढक्क छाति फुल्याउछ
बरु लालच छाडेर त्यागी दिन्छ तेरो, मेरो र द्धेश
भागबण्डा र लुच्छाचुंडीको सर्त मान्दैन अब मेरो देश ।

मनोद्वन्द्व : यो पनि कविता

-कोइँच बु काःतिच
के के न गरेँ जस्तो लाग्थ्यो, ‘देन ए सेरेम फु’ कोइँच भाषामा पहिलो पटक कविता सङ्ग्रह प्रकाशित हुँदा । तातो न छारो । लाजै पो लागेर आउँ बा, ङच्िचा दाँत देखाएर हाँस्न पनि ।
केही हुँदै नहुनु हो, कसैले वास्ता नगरेको कुरामा पहिलो हुनु भनेको । जहाँ केही नौलो गर्नका लागि केही नौलो हुँदै हुँदैन । कसैको आँखै नलाग्ने कुरामा आँखा लगाउँदा, कसैले लेख्दै नलेख्ने, पढ्दै नपढ्ने कुरामा पुस्तक लेख्नु, छाप्नु कुनै ठूलो र आनौठो कुरा पनि होइन । (मलाई एक जना खसभाषी बामान विद्वानले साहित्य नभएको भाषा, भाषा होइन । त्यस्तोलाई भाषा होइन कुरा भनिन्छ, भनेपछि भाषा बनाउन कोइँच भाषामा कविता संग्राह तयार पारेँ । जसलाई क्युइँतिच द्वय रणवीर सुनुवार र अतित मुखियाले प्रकाशन गरिदिनु भएको थियो चुप्लु समाजको व्यानरमा ।)
आजकाल सोच्छु, गम्छु- कोइँच-सुनुवारको बुद्धि पछि आउँछ भन्थे, हो रहेछ । अरु साथीहरु जस्तै पहिला खस भाषामा लेखेर, छापेर कोइँच भाषामा अनुवाद गरेको भए क्या राम्रो गरिस भनेर स्यावासी पनि पाइने रहेछ ! सबै हुने रहेछ- नाम, दाम, काम र ठूलो विद्वान पनि कहलिने रहेछ । कोइँच भाषामा मात्र लेख्नले पाखैमा बाँजो पल्टेर टक्सिए टुहुरा सिर्जनाहरु ।
‘लेख्न त लेखिस् कामै नलाग्ने ठाउँमा, कहाँ गइस् हराउने विलाउनेमा । कसले पढ्छ – कोइँचले पढ्छ – ल राख बाजी, तेरो कोइँच भनौदा सुनुवारहरुले त तेरो कोइँच भाषाको पुस्तक किनेर त परै जावोस् सित्तै दिँदा पनि पढ्दैनन् । के बाजी राख्छस् -‘ भनेर खसबाहुन मात्र होइन केही कोइँच साथीहरुले सुझाएको सम्भिmन्छु । सोच्छु, किन किन चित्तै बुझदैन । खसबामान साथीहरुको गिदी सापटी मागेर आफैंलाई धिक्कार्न मन लाग्छ- थुइय्या ! बुद्धि नभएको चितुवा, किर्वा । ल यो पनि बना कविता- ल्वाङ, मरिच, सुक्मेल हालेको मगमग वास आउने ।

कसी

-कोइँचबु काःतिच
यसो आफ्नै जिन्दगीलाई
स्वस्थ परिक्षणको क्रममा
एमआरआइ गरेर हेरेको त
के भनौं,
लाजै मर्दो रिपोर्ट पो देखा पर्‍यो, गाँठे !
कतै डाँडाकाँडा
कतै खोल्साखोल्सी
कतै खाल्डाखुल्टी
कतै ढिस्काढिस्की
ग्राबेलै ग्राबेल
धुलैधुलै कच्ची सडक जस्तो
के नमिलेको के नपुगेको
रिङ्ने,
यस्तो पनि के जिन्दगी ! Read More

हाइकू–‘राजनीति’

अरु पछार्न
सडकमा फालेको
केराको बोक्रा ।

सोम सुनुवार, इलाम सदरमुकाम, इलाम ।

कुण्ठित मौन सङ्कल्प

-कोइँचबु काःतिच
देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट
अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले
झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा
एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि
एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ ।

पक्का मलाई विश्वास छ कि
त्रि्रो सुगठित बलिष्ठ शरीरसँग
त्रि्रो सबै प्रेमिकाको उत्तिकै आशक्ति छ भन्न सक्दिन ।
यो पनि थाहा छ कि
त्रि्रो बाहु बलले सधैं साथ दिन सक्ने छैन
एक दिन अवश्य अंगभंग हुने छ, जर्ीण्ा हुनेछ
हो, म त्यतिबेला त्रि्रो चर्तिकलाको एक्लो साँक्षी हुने छु ।

गर, जे जति गर्न सक्छौ
भन, जे जति भन्न सक्छौ
लेख, जे जति लेख्न सक्छौ
बङ्गाउ, जति बङ्गाउन सक्छौ
भ्रमको खेती गर, जति गर्न सक्छौ
सक्छौ ब्रहृम-विष्णु-शिव, जिसशको सेपमा राखा मलाई
सक्दैनौ बहुपहिचान, मिश्रति पहिचानको ओझेलमा पार मलाई
तर बुझ,
इतिहास तिमीले कहिल्यै मेट्न सक्ने छैनौ
इतिहास, इतिहास नै हो यो ध्रुव सत्य हो
हो, म त्यही इतिहासको साँक्षी बनेर बाँचेको छु
पक्क हो स्खलित सपनाहरु मृत्यु हुन्
चरु होम पोली सकेको वेवरिसे यज्ञ जस्तो
हिलो एक दिने फुलेर फुर्ति लगाउने कमल जस्तो ।
अब,
म जिउँदा सपनाहरुको खोजीमा छु
म त्यही जिउँदा सपनाहरुको उरुङभित्र
सत्य र न्यायको सुरुङभित्र बाँचीरहने छु
रक्त वीज बनेर मेरो चिनारीको युद्धमा उत्रिने छु
ओ यो सृष्टिको एक्लो व्याख्यता !
सक्छौ आऊ मेरो इतिहास नुनचुक दलेर मेटाऊ
स्वीकार, ए ब्रहृमज्ञानी सिद्ध स्वामी !
निक-बाकु, ठेङको फुरु लिँख पानी, आराकु सागुन शाँबु र्छर्केर
मृत्यशैय्याबाट व्यूँझेको मेरो जिउँदो सपनाहरु जन्माउने चुनौती ।

प्रणय दिवसमा प्रेमिकासँग मनको कुरा

-कोइँचबु काःतिच

मेरी प्रिय,

यो प्रणय दिवसको औसरमा

अलिकति

बजारमा चलेको समावेशी, सहभागिता

र, असली सामुहिक अधिकारको कुरा गरौं है,

हुन्छ हैन त ?

१) प्रिय सोच त, पिजडाको सुगा र वनको सुगाको के अन्तर छ –

२) अब भन त, वनको सुगाले कस्तो अधिकार खोज्ला ? अनि पिजडाको सुगाले कस्तो अधिकार खोज्ला ?

३) विचार गर त, पिजडाको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ कि ? वा वनको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ ?

४) कल्पना गर त, मानिसले पिजडाको सुगाको अधिकारलाई सम्बोधन गर्ला कि वनको सुगाले खोजेको अधिकारलाई सम्बोधन गर्ला –

५) अनुमान लगाउ त, मानिसले कसलाई बढी मन पराउला वनको सुगा कि पिजडाको सुगा ?

६) प्रिय भन त, भावी सन्ततीको लागि पनि सोच्ने हो भने मानिसले कस्को अधिकारलाई स्थापित गर्न विचार गर्नु पर्ला ?

७) हजुर, यता सुन न मेरी प्रिय – हामी पनि प्रष्ट हुनु छ कि पिजडाको सुगाले सम्पूण् सुगाको व्यथा बुझन सक्दैन । उ मानिसको संगत, वस, मोहमा परेको छ । मानसिक, शारारीरिक विकलङ्ग भै सकेको हुँदा सुगामा हुनु पर्ने गुण हराइसकेको छ । उसलाई दुध भात प्यारो हुन्छ । मानिसले जे बोल्यो त्यही बोली प्यारो लाग्छ । उडेर जंगल पस्न मन लाग्दैन । र, मानिसकै चाकरी गर्छ । मानिसको खेेलौना र शौख बनेर बाँच्न बस्न मन पर्छ । उ माथि मानिसले गरेको ज्यादाती, अन्यय-अत्यचार कुनै पनि हालातमा महशुस हुँदैन । बरु वनका सुगालाई अभागी ठान्छ, काम नलाग्ने ठान्छ, र, मुर्ख भन्छ । पिजडाबाट मानिसले छाडी दिँदा पनि उ मानिसको आँगन छाडेर आफ्नो पुख्र्यौली थलो वन जङ्गल जाँदैन । उ आफ्नो पिजडालाई आधुनिक अन्य सुगाले बस्न र सोच्न पनि नसक्ने सुखसयल सम्पन्न महल ठान्छ । आफुलाई बन्दी भएको कुनै पनि हालातमा सोच्दैन । बरु सबैलाई पिजडामा कैद बन्न उक्साउँछ ।

अँ प्रिय महशुस गरेका छौ नि, हिजोआज जतासुकै आदिवासी जनजातिको समावेशी र सहभागिता भएको देखिन्छ । तर मानिसको बोलीको नक्कल गर्न सिकेका पिजडाका सुगा मैनालाई घरमा पालेर वन जङ्गलको चराको प्रतिनिधित्व छ, समावेशी र सहभागिता भएको छ भने जस्तै भएको छ । त्यस्तो प्रतिनिधित्वले उठाउने कुरा भनेको आफ्नो असली बोली र व्यवहार, थाँतथलो विर्सको सुगा मैनाले बाराम्बार बोल्ने उही “गोपीकृष्ण कहु” जस्तो मात्रै हो ।

यसैले प्रिय, हामी आदिवासी जनजातिले कहिल्यै विर्रर््सनु हुन्न कि “हाम्रो संस्थागत प्रतिनिधित्वको सुनिस्चितता हुनुपर्छ भन्न” । अनि मात्र हाम्रो सामुहिक अधिकारको सुनिस्चितता हुने छ । हाम्रो संस्कार-संस्कृति, भाषा, भेषभूषा, चालचलन, जीवनशैली, परम्परागत सीप ज्ञान र थाँतथलोको संरक्षण हुने छ ।