Recent Comments

हौसाउने कोही भएनन् अब कुनै इरादा छैन

क्या. तिलक बहादुर सुनुवार

–कोइँचबु काःतिच÷रणवीर सुनुवार

‘धेरै लाहुरे (यो शब्दबाट अहिलेका ब्रिटिश गोर्खाहरु उन्मुक्तिको कोशिश गरिरहेका छन् ।) हरु ऐश आराममा अधिकांश समय र पैसा खर्चिन्छन्, विगतका आफ्नो औकात बिर्सीदिन्छन् । कोदोको ढिँडो र गन्द्रुकको झोल चटक्कै बिर्सीएर पोरिज र सुप भन्छन् । वनको गिठा भ्याँकुर खाएका उनीहरु पश्चिमी दासात्व स्वादलाई यति चाँडो अँगालो मार्छन् कि त्यो कुनै चटकीले कुनै चटक गर्दैछ । आफु जन्मेको, आफुले बाँच्नु पर्ने धरातल विर्सेर कता के नमिलेको कता के नपुगेको सृष्टिकर्ताले पहिलो पटक बनाएको सुली र खरानीको मानव जस्तै हुन्छन् । तर त्यस्ता लाहुरे पनि छन् जस्ले आफु जन्मेको माटो, भाषा, धर्म, कला–संस्कृति र आमालाई रातदिन मनमस्तिष्कमा बोकेर परेड खेल्छन् र उनीहरु हाम्रो मनमष्तिस्कमा परेड खेलीरन्छन् ।’ (सुनुवार भाई, सुनुवार समाजको यथार्थ चित्रण, चेतना ४:१, पृ.२०)
हिमालचुलि दाँदामि
ना दापचा थालेपतु जालामालला
कुमसो थालेशो बालबालला
लेकङा किससे कासतुरि
मादेसङा गाइँदा आराना
सिल पाइबा जिलके दिश जाना चाउ
पारेचा नाइला साराना … ।
लोङफुल, जाइदाना, आङगुर
सुमातरा फुइलि दाङगुर
सेअ्शा सोःपा लेअ्निमि
रासिलो देस हो देँनिमि
फालाम तेलके बेपारा
सिङगापुरङा बाजारा
पाइसा सेलनिमि हाजारा … ।
हजुर, आफुले देखे भोगेका ठाउँहरुलाई र सरल ढंगमा प्रस्तुत् गरिएका कोइँच गीतहरुमा आगन्तुक कुराहरुको भने प्रशस्तै प्रयोग भएका छन् । कोइँच भाषामा मात्र होइन खस भाषामा पनि उनको गीत तथा कविताहरुले सरल रुपमा मानवीय मनोभावनाहरु छताछुल्ला पोखिएका छन् ।
२०१५ सालमा पक्ली हावा बृटिश गोर्खा केन्द्रबाट ब्रिटिस सेनामा भर्ना भए । तर आफुले घाँस दाउरा गरेको गाउँघरलाई बिर्सिएनन् । हलो कोदालो गरेको पाखोपखेरोलाई भुलेनन् र २०२० सालदेखि मनमा मडारिएको उकुसमुकुसलाई कागजमा ओकलीरहे । फलस्वरुप २०३४ साल असोजमा उनको सत्ताइस वटा खस तथा कोइँच गीत (सेलो, भजन, आधुनिक) कविता ब्लाःज (मिश्रीत) सँगालोले मुर्तरुप पायो । कोइँच भाषाको सेलो पाराको गीतमा तत्कालीन कोइँचहरुको जनजीवनलाई छर्लङ्ग पारेको पाउँछौं । सैनिक जीवनमा आफुले जे देखे, सोचे र आफ्नो जन्मघर फर्किँदा उकाली ओराली हिँड्दा जे जस्तो दुःख भोगे यी सबै अनुभूतिको सजिव चित्रण उनका गीत तथा कविताहरुमा पढ्न पाइन्छ ।
जो जहाँ जान्छ जे बुझ्छ, जे देख्छ, जे अनुभूत गर्छ त्यही लेख्छ । उनले देखेको भोगेको कुरालाई कविता र गीतको माध्यमबाट अभिव्यक्त गरे । यो उनको जन्मभूमि प्रतिको इमान्दारिता थियो, आमा प्रतिको ममता पनि थियो । आफ्नो मातृभाषा प्रतिको मायाप्रेम, अलिकति धर्म, अलिकति सन्देश, अलिकति दर्शन, अलिकति यथार्थ । समग्रमा कवि राष्ट्र बनाउन तल्लीन देखिन्छन् तर कोइँच राष्ट्र आफु राष्ट्र भएको महसुस गर्दैनन् । उनको अनुभूति छ जति गर्दा पनि कोइँच कोइँच बन्न सकेनन् । कोइँच हुनको लागि शुद्ध नाक, मुख, हातखुट्ट भएको मान्छे भएर मात्र पुग्दैन । कोइँच हुनको लागि भाषा, कला, धर्म–संस्कृति, सामाजिक चालचलन, परम्परागत ज्ञान र सीप, न्याय प्रणालीमा गर्व गर्ने, जान्ने बुझ्ने, संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता हुनु पर्दछ ।
‘मुल दा माराइ इरादा यो माबा । साइ गाइङा इरादा नेललि बेअ्ने थुमतु ।’ आफ्नो खल्तीको पैसा (६०० हङकङ डलर) निकालेर आर्यभूषण प्रेस ब्रह्माघाट, वाराणसी १ मा पासतोक छपाएर निःशूल्क बाँड्दा तत्कालिन कुनै पनि कोइँच (सुनुुवार) बुद्धिले उनको यस्तो कामलाई स्विकारेर हौसला दिने काम नगरेकोमा उनको मन यसरी कुँडियो । जस्लाई जति नै पुनःर्ताजगि पार्न खोजे पनि ग्लिमसिङाग्लिमसि भयो । यसो भनौं कोइँच लोःमा साहित्य लेखनको कुरा गर्दा पित्तलको भाँडामा मोही राखेर खुवाए जस्तै महसुस गर्नु हुन्छ । २०३४ सालदेखि अहिलेसम्म समयले ठूलो फड्को मा¥यो । तर कोइँच भाषाको साहित्य विकास जाहीँको ताहीँ छ । जसको कारण कोइँचको पहिचान पनि संकटमा परेको छ । कोइँचहरु पैसा कमाएका छन् तर कोइँच जातिय परियच वा पहिचानको इज्जत कमाउन सकेका छैनन् भन्दा अत्युक्ति नहोला । उनीहरु अभैm हिन्दू वर्णाश्रमानुसार शुद्र, अछुत भएरै बाँच्न बाध्य छन् । तर कोइँचलाई कोइँच पहिचान चाहिएको हो कि होइन भन्न वा प्रष्ट गर्न गाह्रो छ । कोइँच पहिचान न त क्रिश्चियन भएर बाँच्छ, न त हिन्दू, न बौद्ध न अंग्रेजी पढ्दा लेखदा वा खस नेपालीमा साहित्य सिर्जना गर्दा । कोइँच हुनको लागि कोइँचको माटोसँग अटुट सम्बन्ध हुनु पर्छ । आफ्नो पूख्र्यौली थलो छाडेर सम्पत्ति कमाएको धाक रवाफमा कुनै अर्को ठाउँ, देशमा भतुवा वस्ती बसाल्दैमा कोइँचको पहिचान सुरक्षित हुन्छ भन्ने भ्रम कसैले पाल्छ भने भोलिको शराणार्थी जीवनको तयारी हो भन्दा अनर्थ नहोला ।
‘म नाम लिन चाहन्न । मैले चिनेको आफन्त व्यक्ति नै हुन् । मेरो पासतोक पढुन् र उनीहरु पनि साहित्य लेखन कार्यमा रुची बढाहुन् । इच्छा जागृत होस भनि खुब हौसिएर किताब बाँडे । तर उनीहरुले उल्टो सोचे । पढ्नु लेख्नु प्रति होइन । उनीहरुको छोरा नातिलाई पनि म जस्तै लाहुरे हुन उक्साउने काम गरे – ‘तायि इ ओँदे लाहुरे दुम देँशो । लाहुरे दुमशोनु ओँदे किताब सामने जामसिबा ।’ म लाहुरे भएर कसैलाई फुर्ति लगाउन किताब छापेको थिइनँ । पहिचानको लागि कोइँच इतिहास राख्नको लागि लेखेको थिएँ ।’
आफुले सिकेको आधुनिक कृषि प्रणाली गाउँघरमा स्थापित गर्न नसक्नुलाई जिन्दगीको सबै भन्दा ठूलो असफलता ठान्छन् । आपैंm गल्ती महसुस पनि गर्छन्– ’सडक नपुगेको, बजार नभएको ठाउँमा आधुनिक कृषि प्रणाली भित्राउनु खोज्नु नै मेरो गल्ती रहेछ । फेरि परिवारको पनि साथ पाइन । सबै छोराछोरी पढ्न शहर बजार पसे । म एक्लै । कसले साथी गथ्र्यो र ?’
एक जना किराँती कोइँच लाहुरे जो राज्यबाट कुटनैतिकरुपमा बेचिएका थिए । उनी बेचिनुमा न उनको दोष थियो न उनको पूर्खको । हिन्दु मनु सोँच बोकेका वाहुनवादी विस्तारक गोरखा राज्यको ढाल बनेर ब्रिटिशको सेवा गर्दा गर्दै जागेको चेतलाई जतिसुकै प्रशंसा गर्दा पनि कम हुन्छ । उनको यो चेतमा अहिलेसम्म थै–थाप गर्ने चेत पसेको अर्को ब्रिटिश गोर्खा सैनिकको जन्म भएको छैन । उनको चेतले हौसाएर अहिलेसम्ममा कोइँच भाषा लेखनले पनि केही प्रगति गरी सकेको छ । हुन त हिजो आजका ब्रिटिश गोर्खाहरु उनीभन्दा धेरै पढेलेखेका (अहिले त विद्यावारिधी गरेको ब्रिटिश–गोर्खा कोइँच पनि) छन् उनीहरुकै दृष्टिमा । कोइँच आदिवासी कोणबाट हेर्दा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ । तर हिजोआजका चेत पसेको सम्झिने कोइँचहरुले आफुमाथि भएको कुटनैतिक व्यापार कसरी भएको छ भन्ने कुरा कति बुझे र बुझेका भए त्यसलाई कति लिपिवद्ध गरे भनेर खोज्नु अँध्यारोमा जुनकेरी उज्यालो जस्तै मात्र हुन सक्छ ।
हो, ती तीसको दशकमै कोइँच पहिचानको चेत पसेका व्यक्तित्व हुन् बुबा खड्गबहादुर र आमा सन्तमाया सुनुवारका कान्छा छोरा १९९६ माघ १९ गते विहीवार फाचे नेपाने, दोलखामा (हाल हाँवा गाविस ४) कवि तथा गीतकार क्या.तिलक बहादुर सुनुवार । जवानीमा विभिन्न खेलकुदमा सहभागी उनी अहिले थलो परेर धोवीघाट ललितपुरको घरको कोठामै दिन बिताइरहेका छन् । ब्रिटिशको सेवा गरेको चिनो देखाउँदै भन्नु भयो– ‘क्यानाडाको कोर्स गर्दा गर्दै मोटर दुर्घटनामा परेको तुस अहिले भोगीरहेको छु । हिँड्न सक्दिन । नाकमा पनि औषधि राखिराख्नु पर्छ । राम्ररी सुत्न पनि सक्दिन । पहिला पहिला त पहाड नै बोक्छु भन्ने लाग्थ्यो । बल नभए पछि केही गर्न सकिँदो रहेन छ ।’
कोइँच भाषामा साहित्य लेखे त पनि अहिलेसम्म कुनै पनि कोइँचले चासो देखाएर सोध्न भेट्न नआएको र कोइँच भाषा संस्कृति प्रति कुरा गर्दा पनि तर्किएर हिडेको उनको अनुभूति छ– ‘आहाँ आहाँ सुइ जाअ्शो माबाअ्निमि । ’साइः इनकाः जाअ्शो नानि । मेकेला खादोस नु पेरेम जाअ्चा दुमता । कोःचा हायु मुयुकेन बा इन ब्लेअ्शोपुकि ।’
तपाईले चालेको बाटोमा अब धेरै काम भई सक्यो । छ–सात वटा कोइँच भाषाको किताबहरु निस्केका छन् । ५ कक्षासम्म पाठ्यापुस्तक निर्माण कार्य भइरहेको छ । पाक्षिकरुपमा गोरखापत्रमा समाचार प्रकाशित हुन्छ, साप्ताहिक रुपमा रेडियो कार्यक्रम सञ्चालन भइरहेको छ । कोइँच भाषामा गीति एल्बम तथा म्यूजिक भिडियो बनीसकेको साथै लघु चलचित्र, वृत्तचित्र बनेको छ भनी जानकारी गराउँदा पूर्णरुपमा वितृष्ण भएर बसेका कवि क्या. तिलक सुनुवारमा कुनै चमक र आश्चर्यता थिएन । उनले सामान्यरुपमा प्रतिक्रिया दिए, ‘राम्रै भए छ । राम्रो गर्दै जानुहोस् ।’
समय र परिस्थितिले मानिसलाई आकाश जमिन फरक बनाउँदो रहेछ । कोइँच भाषामा चारवटा मात्रै गीत लेखे त पनि कोइँच साहित्यको लेखनको उठान उनैबाट शुरु भयो । भलै त्यो जसरी लेखिएको होस । कोइँच भाषालाई पनि लेख्न सकिन्छ भन्ने चेत भर्ने काम गरेको कवि तथा गीतकार क्या. तिलकमा अब कुनै युयुत्स छैन– ‘उहिले जाँगर चलेको बेला अहिलेको जस्तो हौसाउने कोही भएनन् अब कुनै इरादा छैन ।’
सन्दर्भ सूची
१. सुनुवार भाई, २०६१, सुनुवार समाजको यथार्थ चित्रण, चेतना ४:१, पृ.२०, सुनुवार विद्यार्थी समाज
२. भुल्को (चेरे) ६:१, २०६२, पृष्ठ १७–२१, ३५–३७
३. आन्तरिक कल्पना, २०३४
४. बाअ्शो दाइशो थामा लोः, २०६५, चुप्लु समाज

One Response to “हौसाउने कोही भएनन् अब कुनै इरादा छैन”

  • chandra prk sunuwar:

    [Namasewal katich hajur] I bow with great respect on you.This is nothing new histry for me as son but what i notice about you since we keep in touch through our web.I saw you have got unprecidented talent and skill.You really got talent in literature which is hidden inside you.it’s shining like gold and you are being able to show yourself who you are and also serving all sunuwar society.you really got talent that means sunuwar society got talent.Let it break and spill like himalayan water and keep flow until you get in your final destination the vast ocean and be calm and calm us.Let us take to that destination like Himalayan putri goddest ganga flow from mountain to the indian ocean.Ganges the river,river of life and civilization please be like that for all sunuwar society.

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives