All about Sunuwar

कल्पना सुनुवार याता सागितिक क्षेत्रमा उदाउदै ।

सामुयल सुनुवार “साम”, २२ असार, कतार । सांगीतिक क्षेत्रमा सुनुवार समुदायको आसा लाग्दो लोकदोहोरी क्षेत्रमा उदायमान भएको छिन। “हुने बिरुवाको चिल्लो पात” भने झै रामेछाप जिल्ला बेतालिमा जन्मिएकी गायिका कल्पना सुनुवार सानै उमेर देखि गितसागितमा रुचि राख्ने साथै कलाकार बन्ने उदेश्य लिएकि र स्कुल, गाउघरमा हुने प्रत्येक कार्यक्रमहरुमा पनि सहभागी जनाउथिन । आफुलाई सुनुवार भएर जन्मिएको र सुनुवार भनेर चर्चामा आउनु नै सिङ्गो सुनुवार समुदायको प्रतिनिधित्व गर्नु हो भन्ने कुरामा गर्व गर्छिन । सरल र फरक बिचार बोकेकि गायिका सुनुवार हासिली स्वभाबकि, सबै सग समान ब्यहार र अरुको दुख, सुखमा साथ सहयोग गर्न रुचाउछिन ।उनी भन्छिन कलाकारिता क्षेत्रमा लागेर जिबनको अरोहा अबरोहाहरुमा धेरै तितामिठा अनुभबहरु पनि बटुलेकी छिन । आफुले भोगेका अनुभबहरुलाई आत्मसाथ गर्दै कल्पना सुनुवारले सानै उमेर देखि बोकेको सपना कलाकरिता क्षेत्रलाई अगाल्दै बहुचर्चित लोकदोहोरी गायक बिरही कार्की सगको सहकार्यतामा “डाडैमा बिजुली आयो” पहिलो पल्टा बजारमा ल्याएकि थिईन । सगितिक क्षेत्रमा अघि बढन बिरही कार्की ठूलो भुमिका रहेको साथै हौसला, प्रेरणा पाएको र पहिलो प्रस्तुतिमा यति धेरै स्रोता दर्शकहरुको मन जित्न र चर्चमा आउनुको श्रेया पनि बिरहि कार्कीलाई दिन्छिन । यस गितमा लय शब्द बिरही कार्कीको रहेको छ । मौलिक शब्द सृजना रहेको यस गीतलाई सुनखानी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको थियो। यो गितले चर्चा मात्र हैन छैटौं म्युजिक खबर म्युजिक अवार्ड – २०७४ को म्युजिक अवार्डमा सहभागी हुन आएका करिब १५ सय गितसगितलाई उछिन्दै उत्कृष्ट पाँच बिधामा मनोनयनमा पर्न सफल भएको छ । अवार्डको लागि आगमी साउन २२ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा छिनोफानो हुनेछ । कलाकरिताको मिहेनतलाई मुल्यांकन साथ निष्पक्ष निर्णय भएमा पाँच वटा बिधा मध्ये अवार्डको हक्दार भन्ने कुरामा बिश्वासरत छिन । यहि उत्साह साथ स्रोत, दर्शकहरुको माया पाईरहन दोस्रो एल्बम बिरहि कार्कीको शब्द लय र बिरही कार्की, कल्पना सुनुवार स्वारबद्द “आखै नलाउनी” बोलको लोकदोहोरी छिटै सर्बजानिक गर्ने तयारिमा जुटि रहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *