All about Sunuwar

किरात सुनुवार महिला समाज युके अध्यक्षमा मीना सुनुवार

kirat mahila४ मार्च सन् २०१७ आइतबार बेलायत स्थित फान्ब्रोरोमा किरात सुनुवार महिला समाज युकेको ऐतिहासिक प्रथम अधिबेशन भब्यताको साथ सम्पन्न भएको छ l श्रीमती गङ्गा माया सुनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा, नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष श्रीमती बिमला कुमारी राइको प्रमुख आतिथ्य रहेको थियो l अधिबेशन कार्यक्रमलाई सभा अध्यक्ष र प्रमूख अतिथि दुवारा पानसमा दिप प्रज्वलित गरेर समुद्घाटन गरिएको थियो l बेलायतमा छरिएर बसोबास गरेका किरात सुनुवार महिलाहरुको एकता ,व्यक्तित्व र नेतृत्व बिकासको उद्देश्ले सन् २०१३ मा किसुमस युकेको स्थापना भएको थियो l १०७औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर “परिबर्तनको लागि साहस ” लाइ आत्मसात गदै,महिला सशक्तिकरण र सचेतना खातिर आफुहरु पूर्ण रुपमा जागरुक रहेको भन्दै, सहभागी महिलाहरुबाट नारी दिवसको शुभकामना ,आमन्त्रित अतिथिहरुबाट मन्तब्य एबम संस्थाको संगठानिक प्रतिबेदन प्रस्तुति संगै पहिलो चरणको कार्यक्रमलाइ बिट मारिएको थियो l कार्यक्रमको दोस्रो चरणमा श्रीमती मीना देवी सुनुवारको अध्यक्षतामा किसुमस युकेको प्रथम कार्य समितिको चयन गरिएको छ जसमा निम्न पदाधिकारिहरु चयन भएका छन् ।

पदाधिकारीहरु 
१ )अध्यक्ष – मीना देवी सुनुवार
२ ) उपाध्क्ष – सुशिला देवी सुनुवार
३ ) उपाध्क्ष – गङ्गा माया सुनुवार
४ ) उपाध्क्ष – कौशिला सुनुवार
५ ) सचिव – परिष्पा सुनुवार
६ ) सह सचिव – सुमीरा सुनुवार
७ ) कोषाध्क्ष – सान्दिरा सुनुवार
८ ) सह कोषाध्क्ष – चुना सुनुवार
सदस्यहरु
९ ) सबिना सुनुवार
१० ) हेमलता सुनुवार
११ ) इन्द्र माया सुनुवार
१२ ) संगीता सुनुवार
१३ ) नन्दु सुनुवार
१४ ) गोमा सुनुवार
१५ ) थीना सुनुवार
१६ ) सोम माया सुनुवार
१७ ) यसोधा सुनुवार
१८ ) हेम कुमारी सुनुवार
१९ ) मन कुमारी सुनुवार
२० ) राधा सुनुवार
२१ ) बिष्णु सुनुवार
नव कार्य समितिको सम्पूर्ण पदाधिकारीहरुलाई प्रमूख अतिथि राइ दुवारा सपथ ग्रहण गराउनुको साथै बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तब्य व्यक्त गरिएको थियो । यसै गरि उपस्थित सबैले नव कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।कार्यक्रम संचालन किसुमस युकेकी संयोजक भावना परिष्कृत सुनुवार दुवारा गरिएको थियो ।
– भावना परिष्कृत सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *