All about Sunuwar

धन भएर के गर्नु ? मन हुनुपर्छ : मानबहादुर विष्णुमाया छात्रवृत्ति स्थापना

bhaktaman–काःतिच

धन होइन मन हुनुपर्छ । धन हुने सुनुवार समाजमा गनी नसक्नु छन् । छन् यसकारण भन्दै छु कि उनीहरुको तडकभडक, रवाफ, फुर्ति र जीवनशैलीले अनुमान गर्न सकिन्छ । तर सबैको मन भक्तमानको जस्तो नहुनसक्छ । सुनुवार समाजको इतिहासमा पहिलो छात्रवृत्ति, विद्वत्तवृत्ति अनि कोइँच गाउँका विद्यालयको लागि शैक्षिक सामाग्री प्रदान गरिने कोष स्थापना भएको यही हो । रामेछाप गुप्तेश्वर १ निवासी तीन कोरी उमेरबाट भर्खरै एक खुड्कीलो उक्लेका भक्तमान सुनुवारले जन्म दिने आप्mनो बुबाआमा मानबहादुर र विष्णुमाया सुनुवारको नाममा मानबहादुर विष्णुमाया सुनुवार स्मृति छात्रवृद्धि कोष स्थापना गर्नुभएको हो । छोरा हुन त भक्तमान सुनुवार जस्ता । यो कोषबाट प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई १२०००, १२००० हजार र स्नाकोत्तर सकेर शोधमा लागेका शोधकर्तालाई २०००० हजार प्रदान गर्ने र कोइँच गाउँको विद्यालयमा चक्रीय प्रणाली अनुसार १०,००० बराबरको शैक्षिक सामाग्री प्रदान गरिने छ ।
आफुले पढ्न नपाएकोमा धेरै थक्थकी लागेको बताउनु हुने छात्रवृद्धि संस्थापक भक्तमान सुनुवारले हरेक सरकारी कार्यालयमा जाँदा कतै कोइँच सुनुवारको उपस्थिति नदेखिएको हुँदा युवायुवतिहरुको शैक्षिक स्थिति सुधार गरि सरकारी जागिरमा अभिप्रेरित गराउने लक्ष्यानुसार कोष स्थापना गरेको बताउनुभयो ।
सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज र कोषका संस्थापक वीच तीन पटक बारम्बार बसेर छलफल गरेपछि प्लस टु गरेका एक छात्र एक छात्रालाई लगातर व्याच्लर नसकिएसम्म छात्रवृत्ति र डिग्री सकेर थेसिसको तयारीमा बसेको तर कोइँच भाषा संस्कृतिका वारेमा शोधपत्र तयार गर्ने विद्यार्थीका लागि शोध विद्वत्तवृत्ति दिने निस्कर्ष निकालिएको हो ।
धेरैले बाबुआमाको नाममा चौतरा बनाउँछन्, पानी धारा थाप्छन् अनि पाटीपौवा बनाउँछन् त कतिपयले अरु नै काम गर्छन् । तर सचेत पवित्र आत्मले भने भक्तमान सुनुवारले जस्तै छात्रवृत्ति र विद्वत्तवृत्ति दिएर बुबाआमाको आत्म शान्तिको कामना सहित बुबाआमाको इच्छा र गर्न नसकेको काम गराउँछन् ।
लगभग ३, ४ बर्षको छलफल पछि छात्रवृत्ति कोष स्थापनाको निस्कर्ष निकालिएको हो । किरात सुनुवार सेवा समाज युकेको सचिव रहँदै पनि केही विद्यार्थीहरुलाई पढाउने काम गरिरहनु भएको उहाँले शुरुमा १ लाखको संस्थापक कोष स्थापना गरिदिने कुरा गर्नु भएको थियो । तर पछि त उहाँको मनमा सोचाईको परिवर्तन आयो । उहाँ आफैं एक्लै प्रत्येक वर्ष ५०,००० नगद उपलब्ध सुनुवार सेवा समाजलाई ३ विद्यार्थीकोलागि छात्रवृत्ति र एउटा स्कूलको लागि १०००० बराबरको शैक्षिक सामाग्री प्रदान गर्ने योजनामा सरिक हुनुभयो । उहाँको लक्ष्य सबै मिलेर ५० लाखको छात्रवृत्ति कोष स्थापना गर्ने थियो तर पछिल्लो समय आफैंले वार्षिक ५०,००० हजार दिने मनसाय व्यक्त गर्नु भयो । छात्रवृत्ति
विद्यार्थी तथा विद्यालय छनौट र वितरण भने सुनुवार सेवा समाज केन्द्रीय समितिले आफ्नो वार्षिक कार्ययोजनामा उल्लेख गरी प्रत्येक वर्षको भदौ महिनामा उहाँको बुबाको स्वर्गे भएको तिथिमा प्रदान गरिने छात्रवृत्ति कोष संस्थापक र सुनुवार सेवा समाज वीच आज सम्झौता भएको छ । यसरी सुनुवार सेवा समाजले सबै काम जिम्मा लिँदा सही व्यक्तिमा पुग्ने र अन्य कार्यालयमा गरिनुपर्ने कुनै पनि झन्झट नहुने र नियामित हुने पनि उहाँले बताउनुभयो ।
हामीले १३ बुँदे घोषणापत्रमा एक घर एक स्नाकोत्तर अभियान सञ्चालन गर्ने उल्लेख भए अनुसार कोइँच भिलेज कल्चुरल टुरिजम पछि शैक्षिक गतिविधिलाई सक्रियरुपमा अगाडि बढाउने अभियान शुरु गरेको छौं । अहिलेसम्म सुनुवार सेवा समाज अन्तर्गत सिङ्गपुर पुलिस विद्यार्थी छात्रवृद्धि कोष, कञ्चना सुनुवार स्मृति कोष स्थापना भईसकेको छ । यस्ता धेरै कोष स्थापना हुने हो भने हामीले वार्षिक सय जना स्नाकोत्तर उत्तीर्ण विद्यार्थी निकाल्न सक्यौं भने पनि कोइँच भाषा संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै कोइँच पहिचान अक्षुण्ण राख्न सकिने छ भन्नुहुन्छ सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार । आजै हामी पनि आफ्नो आफन्त बुबाआमाको नाममा केही स्थायी कोष पो स्थापना गर्ने हो कि । मरी लानु के छ र ? इतिहास बनाइराखे युगौं युग बाचिन्छ जसरी सुकारात, प्लेटो, अरिस्टोटल, माक्र्स बाँचीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *