All about Sunuwar

कालीमाया सुनुवारलाई आर्थिक तथा जिन्सी समान सहयोग ।

kali mayaजीवन सुनुवार किरात
१२ चैत लप्चे गाउँ, पात्ले-८, ओखलढुंगा। बिगत १० बर्ष देखि कष्टकर जीवन बिताउदै ढुंगाको ओडारमा बस्दै आउनु भएका काली माया कोर्मोच सुनुवार ज्युलाई रोजगारको सिलसिलामा प्रवासमा रहनु भएका नेपालीहरुद्वारा आर्थिक तथा जिन्सी समान सहयोग प्राप्त भएको छ। पात्ले गाबिसको लप्चे गाउँमा जन्मनुभई सोही ठाउँमा विवाह गरि बस्नुभएका करिब ७५ बर्ष उमेरकी काली मायाको परिवार कोहि छैनन्।उनका एक छोरी र एक छोरा मध्य छोरीको बिबाह भएर नि मृत्युु भैसकेको र छोरा लामो समयदेखी बेपत्ता छन भने श्रीमानको पहिले नै मृत्यु भैसकेको हो।बिगत लामो समयदेखि एकल जीवन जिउदै आउनुभएका काली मायाको आर्थिक अबस्था सारै नाजुक र मानसिक रुपमा पनि बिक्षिप्त भएको कारण ओडारमा बसेको गाउलेहरुको भनाई छ।गाउँलेहरुले हेरचाह गर्दै रहेको अबस्थामा केही बर्ष अघि राष्ट्रिय दैनिक कान्तिपुर र शेर्पा खबर डटकममा उनको बारे समाचार प्रकाशित भएपछि जिल्ला लगायत अन्यत्र ठाउँहरुमा ध्यानाकर्षण भएको हो। समाचार सम्प्रेषण भए पश्चात् सहयोग प्राप्त हुने क्रममा हाल रोजगारको सिलसिलामा परदेशमा रहनु भएका नेपालीहरुबाट आर्थिक तथा जिन्सी समान सहयोग प्राप्त भएको छ। र हाल गाबिसमा रहेको नबज्योती बहुउद्देश्यीय युवा क्लब पात्ले अन्तर्गत रहेको “काली माया सुनुवार सरोकार समिती” गठन गरि सो समितिले रेखदेख गर्ने गरेको छ।
सुनुवार सेवा सामाज शाखा साउदी अरेबियाको सहकार्य र कतारमा कार्यरत नेपालीबाट प्राप्त सहयोग बिबरण # साउदी रियल –
१) सुसेस साउदी अरेबिया कोष -५००/-
२) गणेश कुमार सुनुवार -१००/-
३) दिनेस सुनुवार -२००/-
४) मोहन सुनुवार -५०/- जम्मा ८५०/- (रु.२४,५००/-)

# कतार रियल –
१) नानु घले – १००/-
२) अमर सुनुवार -२००/-
३) प्रकाश सुनुवार -१००/-
४) ओम सुनुवार -५०/-
५) दिपा शाही -५०/-
६) राजन परियार -४०/-
७) किशोर सुनुवार -१७०/- जम्मा ७१०/- (रु.२०,०००/-)

# आङ दामु शेर्पा (अमेरिका)-रु.५,०००/-
# मोहन सुनुवार (नेपाल)-रु.५,०००/-
# टेकेन्द्र बहादुर सुनुवार (नेपाल)-रु.१,०००/-
# एक नेपाली चेली (नेपाल)-रु.१,०००/-
# भुकम्प राहत संकलनबाट रु.२०,०००/- जम्मा रु.७६,५००/-(छहत्तर हजार पाँच सय)
# हेम सुनुवार (नेपाल)- टेक्ने लट्ठी साथै सङ्कलित रकमबाट मजेत्रो, गुन्यु, चोली, सुइटर, जुत्ता, ओढ्ने कपडा, खानेकुरा लगायत अन्य सामग्रीहरु खरिद गरि रकमको साथमा “काली माया सुनुवार सरोकार समिति” लाई हस्तान्तरण गरिएको छ। साउदी अरेबियाबाट प्रवास प्रतिनिधिको रुपमा आउनु भएका देब ङावाच सुनुवार ज्युले समितिलाई हस्तान्तरण गर्नुभएको थियो।

यसअघि प्राप्त सहयोग विवरण १) नबज्योती बहुउद्देश्यीय युवा क्लबको सहकार्यमा- रु.२५,०००/- बराबरको एक कोठे घर निर्माण २) देन्बा सामुदायिक केन्द्रको सहकार्यमा- धारा तथा चर्पी निर्माण ३) नेपाल पत्रकार महासंघ मार्फत कोरियाबाट- रु.२५,०००/- ४) सुनुवार सेवा समाज केन्द्रिय समितीबाट हस्तान्तरण – रु. ३२८८५/-

समितिमा जम्मा भएको रकमबाट नै काली माया सुनुवारलाई रेखदेख गर्ने गरिएको छ। र जम्मा भएको रकम समितिका सदस्यहरुलाई आवश्यक परेको खण्डमा न्यून ब्यजदरमा चलाउदै आएका छन।

“काली माया सुनुवार सरोकार समिती”
१) अध्यक्ष – श्री शारदा देबि सुनुवार
२) सचिब – श्री लेख माया सुनुवार
३) कोषाध्यक्ष – श्री काजी तामाङ
४) सदस्य – श्री सीता बिक
५) सदस्य – श्री लालबहादुर सुनुवार
६) सदस्य – श्री देउ माया सुनुवार
७) सदस्य – श्री तिलछरी माया तामाङ हाल समितिका शारदा देबि सुनुवार ज्यु र छिमेकी इन्दिरा सुनुवार ज्युले काली मायाको दैनिक गतिबिधीहरुमा हेरविचार र सहयोग गर्दै आउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *