All about Sunuwar

नाम्सि फु कोइँच भाषाको गीति एल्बमको रेकर्डिङ शुरु : फिल्म पनि बन्ने

¬कोइँचबु काःतिच ।
१५ फागुन, काठमाडौं ।
२०५२ सालमा देउसी खेलेर जम्मा गरेको रकमबाट सेरेम फु सांगीतिक समूहले पहिलो कोइँच गीति एल्बम रेकर्ड भएको २० वर्ष पछाडि बल्ल चौथो गीति एल्बम “नाम्सि फु” रेकर्ड शुरु भएको छ । अहिले हङकङमा हुनुहुन्छ, सुनुवार सेवा समाजका संस्थापक मोहन सुनुवार । उहाँले ताइबनी एउटा गीति एल्बम ल्याएर मोकुसु, विश्व, प्रेम हाँबालीहरुलाई सुनाएपछि कोइँच भाषाको गीति एल्बम पनि निकाल्ने सल्लाह भयो, तत्कालिन समयका समाकालिन खडोस सुनुवार बताउनु हुन्छ । त्यो ताइबनी गीति एल्बमले जगाएको रहर पछिबाट सेरेम पूm साङ्गीतिक समूह नै जन्म्यो । त्यो समूहले हार्मोनियम, कङ्गो, मादल, गितार जस्ता साङ्गीतिक वाध्यवादन किन्यो । समूहका संयोजक राष्ट्रिय कला निर्देशक पुरस्कार प्राप्त विश्व मुखिया थिए । र गीत लेखन तथा संगीत भर्ने काम चाहिँ प्रेम हाँबली र मोहनकुमार सुनुवारले गर्नुभयो । त्यतिबेलाका चर्चित गायिका सुमन मुखिया समेतको स्वर समेटिएको सेरेम फु पछि अर्को एल्बम निस्कन झण्डैले एक दशक आधा नै लाग्यो ।
उनीहरुको सपना धेरै थियो । फिल्म बनाउने, बनेपाको शान्ति सेना तालिम केन्द्रमा गएर लाहुरे दुम्शा लाइँतिनि गीतको भिडियो बनाउने । गाउँ गएर रेउ यिता रागि सुम्शा गसिमि हुरुरु भिडियो बनाउने । अनेक अनेक । त्यसको वीस वर्षपछाडि लगभग त्यस्तै सपना बुनिदै छ । यस सपनाको साकारको अभियानमा दोमोका दार्शो सेरेम फुका उत्पादक सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवार सुरज, इन्द्रकुमार सुनुवार, मदन सुनुवार लगायत सवि शिवानी सेकुवा घरका प्रोप्राइटर श्याम सुनुवार (रिल्मा) जुट्नु भएको छ ।
आज दोमोका दार्शो सेरेम फुका गायक महेश क्याब सुनुवार र बबिता सुनुवारले बोइमात नाम्सिफु मुल चिँ दोहरी र बबिताले जुजिल चुइँचिमि सलाक गीत रेकर्ड गरेका छन् ।
“हाम्रो यो नाम्सि फु परियोजना भाषा संस्कृति बचाउनका लागि हो । यो कुनै आम्दानी गर्नको लागि हो । धेरै मानिसहरु कामभन्दा कुरा गर्छन् तर हामी काममा विश्वास गर्छौं । हामीले केही वर्ष दोमोका दार्शो सेरेम फु पनि भाषा संस्कृतिको संरक्षणको लागि नै एल्बम निकालेका थियौं । यस कार्यमा हाम्रा देश विदेशमा रहेको साथीहरुले सम्झिनु नै हुने छ भन्ने लागेको छ ।” अभियानका संयोजक पाम सुनुवार कोइँच भाषाको गीति एल्बम निकाल्नुको उद्देश्य बताउनु हुन्छ ।
जसरी २० वर्ष अगाडि स्टुडियो ज्ञान नभएकाहरुको भीड थियो, त्यस्तै नाम्सि फुमा पनि केही फरक कसैलाई स्टुडियो गायनको ज्ञान नभएको कसैलाई कोइँच भाषाको ज्ञान नभएका कलाकारहरुलाई सहभागी गराउने काम गरिएको छ ।
“ए हो गरेर देखाउने हो । धेरैले हामीलाई पत्ताएका छैनन् । हाम्रो त्यो ठाडो भाकाको गीत राम्दले त १६रै आना हिट हुन्छ । कुनै शंका नै छैन । एक से एक । हाम्रो एल्बमको गीतको प्रतिस्पर्धी अर्को कुनै गीत नै छैन । आफु आपैंmमा प्रतिस्पर्धा गर्ने भए । दोहरी उस्तै छ । नाम्सि फु शिर्ष गीत त झन रेकर्ड नभै सबैको मुखमा झुण्डिना थाल्यो । टुङ्न र बास्सै बाजाको गीत त ए वान । अब एउटा चिँ केही न केही गर्नु नै पर्ने भएको छ । हामीले हाम्रो कोइँच सुनुवार जातिमा पनि के कस्तो मौलिक गीत छन् भनेर देखाउनै पर्ने भो । त्यसैले म यो अभियानमा सामेल भएको छु । ठेट गाउँको संस्कृति झल्किने फिल्म नै बनाउने योजना छ । नाम त सुनि हाल्नु भो नाम्सि फु । अब नाम्सि फु मा के छ भन्ने कुरा चिँ सबै बताइहाल्नु हुन्न । जे होस् अहिलेसम्म कतै रेकर्ड नभएको नयाँ गीत र कथामा काम गरिरहेको छौं । गीत रेकर्डिङ शुरु भै सक्यो कथा पनि फाइनल भयो । अब अन्तिम पटकथा लेखनमा गृह्यकार्य हुँदैछ ।” साथीहरुलाई हौसाइरहने टिमको अर्का सदस्य श्याम सुनुवार उत्साही बन्नुहुन्छ ।
खस भाषामा स्थापित गायकहरु पुस्कर सुुनुवार, शिशिर सुनुवारले पनि यो एल्बममा स्वर दिनुहुने छ । रमिला, बबिता, सर्मिला, राजकुमार सुनुवार जस्ता नयाँ गायकगायिकाहरु समेटिएको यस टिमको एल्बममा दोहरीएका गायक हुन शिबा मुखिया र महेश क्याःब सुनुवार ।
“अब फिल्म, म्यूजिक भिडियो एकै चोटी गर्ने हो । शुटिङ गर्ने लोकेशन पनि तय भै सक्यो । कोइँचको आफ्नोपन र कोइँच पुख्र्यौली भुमि फिल्ममा देखाउनु पर्ने भएको हुँदा हामी बैशाखको पहिलो हप्तामै शुटिङको लागि कोइँच गाउँ पसीसकेका हुने छौं ।” अभियानका सदस्य मदनकुमार सुनुवार योजना सुनाउनुहुन्छ ।
कुनै पनि काम मुखले बोलेर हुँदैन मैदानमा ओर्लेर गर्नु पर्नेहुन्छ । चुप्लु समाजले विगत एक दशक अगाडिदेखि भाषा संस्कृतिको लागि यस्तो अभियान चालेको हो । भाषाको लागि साहित्य र सञ्चार अभियानसहित निरन्तर लागि परेको चुप्ल समाजले यस अभियानमा पनि प्रवद्र्धनको जिम्मा लिएको छ । सुनुवार डट ओआरजि र रेडियो लिखु मिडिया पार्टनरका रुपमा काम गर्ने भएका छन् ।
“साथीहरुले ल हाम्रो भाषा संस्कृतिको लागि केही गरौं । उहिलेको जस्तो जमना रहेन । अब त जतासुकै सुनुवार संगठित भए, कार्यक्रम बढ्यो । जता गयो पनि नाच्नु प¥यो कोइँच गीतमा दिनु न । हाम्रो कार्यक्रम छ, भन्न थाले । देखा पनि त्यही शाँदार सिल हाँ हाँ हासाल हासाल नदेखा पनि त्यही हाँ हाँ हासाल हासाल । २०५८ सालदेखि काठमाडौंमा हा हा हासाल ले केही विकास गर्न नसकेको हुँदा म पनि यस अभियानमा सहभागी भएको हुँ । मलाई लाग्छ यो गीति एल्बमा बजारमा आए पछि हाम्रा नानीहरुलाई स्कूलको अविभावक दिवासमा ¥याम्पमा हिड्न होस् या त नाच्न वा त युवाहरुलाई कतै मौलिक आफ्नै कोइँच सुनुवार नृत्य लिएर सहभागी हुन होस्, अबश्य पनि अभाव हुँदैन भन्ने मेरो विश्वास छ” इन्द्रकुमार सुनुवार ढुक्क हुनुहुन्छ ।
तिसुप रिस्सेको रचना, संगीत तथा लय सङ्कलन रहेको नाम्सि फुको संगीत संयोजन भने चर्चित एक्स व्याण्डका शिवा मुखियाले गर्नु भएको छ । नयाँ जोश जाँगार र नयाँ आशा जागेको छ अहिले कोइँच युवामा । “यो जाँगरमा अरु कोही साथीहरु हातेमालो गर्न आइ पो हाल्छन् कि ? आउनेलाई ढोका खुलै छ । वेलकम, जेम्लाहाअÞसि । स्वागत छ ।” श्याम सुनुवार आपैंm पुलकित हुनुहुन्छ आफ्नो कामको गुणस्तरसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *