Recent Comments

बाँदो (कथा)

–कोइँचबु काःतिच
आगो बली रहेको छ । अगेनामा रक्सी पारिँदै छ । तोअशिलको भाउजु मिकुन बाटाबाट पानी फाल्दैछिन् । तोअÞशिल विरामी भएको तीन दिन भइसकेको छ । उ ओच्छ्यानमा पल्टीरहेको छ । जोखना हेर्न काँसाको थालमा तोअÞशिलको आमा, क्लेम्लीले अक्षेता दालसोर पोइँबोलाई दिन्छिन् । तोअÞशिल खुइ गर्दै भित्तामा सिरानीको अडेश लागेर यि सबै गतिविधि हेरीरहेको छ । उसको ओच्छ्यानको छेउमै एलोपेथिक औषधि, पानीको भाँडा छन् ।
दालसोर, तीन औंलाले अक्षेता च्यापेर थालमा राख्छ । सुइ सुइ सुसेला हल्दै चिङ–गा हेर्दै जान्छ ।
ला ला केटाको ग्रह बलियो भएर मात्र हो भाउजु, नभए त चानचुने मान्छे खप्दैनन् त । अलि साह्रो गाहे नै भएको रहेछ । टाउको हल्लाउँदै दालसोरको आमा क्लेम–लिलाई बताउँछ । ला भाउजु मेसेल्मीलाई बाँदो उठाएर पिदार गर्नुपर्छ । अलि खर्च र दुःख त हुन्छ । तर डराउनु पर्दैन । निको हुन्छ ।
क्लेम–लिले कोदो, रातो सेतो ध्वजापतका, भेटी ल्याएर राख्छिन् । दालसोरले तोअÞशिललाई यताउता मन्साउँछ । र, चामल, बेसार मोलेर खुवाउँछ । अनि तीन महिनाभित्र पिदार गर्ने वाचा बन्धन गर्दै मेसेल–मिको बाँदो उठाउँदै बाँधो बाल बच्चा र अन्य जातिले छुन नसक्ने गरी दलिनमा झुण्डाउँछ दलसोरले । बाँदो उठाएपछि साँच्चिकै चमात्कारिक रुपले तोअÞशिलको विमारमा परिवर्तन र क्रमशः सुधार हुँदै आउँछ । उ पहिलेको जस्तै गाउँभरको हरेका कार्यक्रममा संलग्न हुन पुग्छ ।
गाउँकै उच्चा मा.वि.बाट १२ पास गरेर बसेको, नयाँ जोश जाँगरले भरिएको तोअÞशिल, जहाँ पनि जोसुकैसँग घुलमिल गर्ने सरतरे सहयोगी छ । उ कहिल्यै निराशावादी कुरा गर्दैन । सधैं आशावादी छ । गाउँको हरेक काजभोज, विवाह, छेवार, पास्नी, कास, ख्येँगुमा  हर्ताकर्ता हुन्छ । सुनुवार सेवा समाज र सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आदिवासी जनजातिको ज्ञान र राजनीतिक मुद्दा भन्ने विषयमा अनुशिक्षण कार्यक्रम हुन्छ । आपतविपतमा पनि उ अग्रणी भूमिका निर्वाह गर्छ । उसँग पहाडै फोरांैला भन्ने युवा जोश र जाँघर छ ।
भाउजुको बहिनी निमाविको पढाई सकेर तोअÞशिलकै गाउँमा पढ्न आएकी छे । साइनोले साली पर्ने भएको हुँदा तोअÞशिलले सिर्मीलाई विहे गर्छु भनेर जिस्काइरहन्छ । तर सिर्मी भने नखरा देखाउँछे ।
बाँदो उठाएपछि जाँड पकाउनु हुँदैन । अनि रक्सी पार्नु पनि हुँदैन । यसैले तोअÞशिलको परिवार बाँदो उठाएको बाचा बन्धनानुसार सगुन गर्ने तर्खरमा छन् । दालसोर पोइँबोले धुपौरोमा धुप पोल्दै पुनः देवदेवादि पुकार्दै पहिला झुण्डाएको बाँधो निकालेर फुकाउँछ । भेटी र ध्वजापतक छुटाएर फेरि पोका पार्छ र कोदो भने जाँड पकाउन ठिक पारेको कोदोको थुप्रोमा खन्याउँछ । अनि मुक्दुम फलाक्दै निक–बÞाकु छर्किन्छ । सिर्मी र तोअÞशिल कोदो फोल्न थाल्छन् ।
सिर्मीलाई तोअÞशिलले जिस्काउँछ । सिर्मी फुपुलाई पोल लगाउँदै कोदो फोल्न छाड्छे । तोअÞशिल सिर्मीलाई फकाउँछ । जाँड खाँदै दालसोरले गफ छाड्छ– होइन ए तोअÞशिल । के फकाएर बसेको साली भदैनी त हक लाग्ने कुरा हो त । कि सागुन पिदारसँगै ठोक्ने हो ।
सिर्मी ओठे जवाफ दिन्छे – यि यस्तो बाँदर जस्तो राक्षससँग म विहे गरुम्ला । यस्तोसँग विहे गरेँ भने त पाँच मिनेट पनि बस्न सक्दिन ।
अम्मुई, भन्दा भन्दै दालसोर खाँदै गरेको जाँडले सर्किन्छ । सबै गलल हाँस्छन् । ल हाई मापाको पो छिन त भदैनी त । होस गर है तोअÞशिल । तह लाउलिन जस्तो छ ।
सिर्मी ओख्लीलाई लडाएर नाङ्लोमा कोदो खनाउँछिन् । मिकुन, मकै केलाउँदैछिन् । दालसोर पिढीको खाटमा पलेटी कसेर बसेको छ । आमा क्लेम–लि दालसोरलाई रक्सी थापी दिन्छीन् र भन्छिन् ः ताँ मिनु सागुन पाशो माबाअÞबा । शाँबु केचा माताइँसे । नाम–सोच जाअÞमानु यो शाँबु माबाअÞतिके दोकÞ–खाका दोक–खाका काका दुम–ता ।
सिर्मी र तोअÞशिल आँगनमा कोदो फोल्दै छन् । दरालेको मकैको फप्लेटा निफन्दै छिन् मिकुन ।
अचानक भुकम्पको झड्का लाग्छ । सिर्मी र तोअÞशिलले केही थाहा पाउँदैनन् । मिकुनलाई ख्लिनु आएकोमा झस्को लाग्छ । दालसोर राक्सी खाँदै गर्दा हल्लिन्छ । र, भन्छ, मामे ख्लिनु कुत हाइ । तर उठ्दैन । तेस्रो झड्कामा जमिन बढी नै हल्लिन्छ । घरभित्रबाट मिकुन निस्कीन्छे । हतार हतार दालसोर आँगनमा निस्कीन्छ । मिकुन पनि उठेर सासु समातेर बारीतिर भाग्छे । सिर्मी भने आँत्तिएर मुस्ली फालेर तोअÞशिललाई अँगालो मार्छे । डरले छोड्दै छोड्दीन । तोअÞशिल पनि सिर्मीलाई अँगालो मार्दै अगाडि भाग्छ ।
सुरक्षित ठाउँ डाँडामा निस्किएर हेर्दा हेर्दै घर सबै चर्किन्छ । वारी पारि कुहिरी मण्डल छ । कोही रुएका छन् । नभत्केको घरको छानोको ढुङ्गा खसेको छ । अभैm पनि झड्का आएको आयै छ । सिर्मी तोअÞशिललाई समातेर छोड्दीन सँगै बस्न अनुरोध गर्दै आप्mनो घरमा के भयो होला भनेर चिन्ता गर्छे ।
भूकम्पले जंगल सबै आँधिबेहरी चलेर रुख हल्लिएका छन् । वरिपरी मानिस कराइरहेका छन् । हल्लीखल्ली मच्चेको छ । सबै आँत्तिएका छन् । लगापर्गी भएको मुलघर भत्किन्छ । जाँड पकाउन फोलेको कोदो सबै छरिएको छ । ढिकी लडेको छ । बाँदो उठाएर सागुन गर्ने कबुल भताभुÞङ्गा भएको छ । सबै आप्mनो आफन्तको चिन्तामा छन् । भुकम्पको झड्का महशुस गर्दै मोबाइल कानमा राखेर घर बाहिर, चोक, दोबाटोमा जम्मा भएर आफन्तलाई फोन लगाईरहेका छन् ।
समाचारको लागि रेडियो, टिभी केही चलेको छैन । काठमाडौं पुरै भताभुÞङ्गा भयो । धरहरा ढल्यो भन्ने अपुष्ट खबर सुनिन्छ काठमाडौंमा फोन लगाउँदा । हुँदा हुँदा केही समय पछि फोन पनि लाग्दैन । सिर्मी पनि घरमा फोन गर्छे । फोन लाग्दैन । आँत्तिन थाल्छ ।
सिरमि आप्mनो घर जान आतुर हुन्छे । केटी मान्छे एक्लै कसरी जाँने ? भन्दै मिकुनले तोअÞशिललाई साथी पठाउँछ । सिर्मी बाटोमा पनि एकहोरो सुक्सुकाउँदै लगातर अगाडि बढ्छे । तोअÞशिलको कुरा नसुनी दौडिन्छे । साँच्चिकै गाउँ नजिकै पुग्दा घर देखिँदैन । मानिसहरुको भिड मात्र देखिन्छ । सिर्मी आँतिन्छे र डाको छाडेर रुँदै दौडिन्छे । तोअÞशिल सम्झाउँदै पछि पछि लाग्छ । सिर्मीले नसुनी एकहोरो दौडिँदै घर पुग्दा आमा बुबा दुबै घरले थिचिए भन्ने खबर पाउँछे । भीड हटाउँदै भग्न घर अगाडि पुग्दा बुबाको टाउको अलिकति अनि एउटा हात मात्र बाहिर देखिएको छ । आमाको दुईखुटटा मात्र देखिएको छ पुरै घर भत्केर थिचेको छ । सम्भवता लोग्ने स्वास्नी एकार्कालाई बचाउँन खोज्दा घर भत्केर पुरिएको हुनुपर्छ । गाउँले लख काट्छन् ।
सिरमि चिच्चाएर बाबा मामि भन्दै पुरिएको ठाउँमा जान खोज्छे । अरु मानिसहरुले जान दिँदैनन् । समातेर राख्छन् । आमा भन्दा भन्दै मुर्छा पर्छे । छिमेकी दिदी भाउजुहरुले पानी छ्यापेर ब्युँझाउँछन् । तर सिरमिको होस हवस उडीसकेको छ । टोलाइरहन्छे । पहिलाको जस्तो खुशी छैन । चुपचाप टाढा टाढा हेरेर बस्छे । गाउँलेहरु मिलेर पुरिएको सिर्मीको बुबा आमालाई खोतलेर निकाल्छन् । गाउँलेले रातभरि रुँघ्छन् । भुकम्पको झड्का आइरहेको छ । मिकुन पनि आउँछ । छोरा छैनन् । भएको सर सामानहरु सबै भत्किएर पुरिएको हुँदा सिर्मीलाई काकाको घरमा लगिन्छ । रेडियो नेपालबाट सरकारले राहत तथा उद्धार कार्यको घोषणा गर्छ ।
भोलि पल्ट विहान सबै जम्मा भएपछि दाहसंस्कार गर्छन् । सबै गाउँलेहरुले मिलेर अस्थाई कटेरा बनाउँछन् । त्यही कटेरामा क्रियापुत्री बस्छन् । बुल्सु खिँ बनाइन्छ  । बुबाआमाको फोटो राखिएको छ । सिरमि टोलाइ रहनछीन पहिलाको जस्तो उनको अनुहारमा चमक छैन । एक हप्तापछि सिर्मीको बुबा आमाको काजक्रिया सकिन्छ ।
गाउँका राजनीतिक कार्यकर्ता र समाजसेवीहरु घर घर गाउँ डुल्छन् । सचिव जिल्लैमा बसेको हुँदा अलमलमा छन सबै । आर्मी पुलिस सहितको गाविस कर्मचारी गा.वि.स.मा आउँछन् । गाउँमा गा.वि.स. भावनमा चहलपहल हुन्छ । राहत कार्ड बनाउँछन् । एक हप्त पछाडि हेलिकप्टरले राहत लिएर आउँछ । स्थानीय रेडियोले पनि निरन्तर समाचार सम्प्रेशण गर्छन् । राहत कार्ड वितरणमा पनि राजनीतिकरण हुन्छ । बोल्नेको पिठो बिन्छ नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै कमजोरहरुको राहत कार्डमा मुल्याङ्कन राम्रो हुँदैन । यसरी राहत कार्ड बाँड्न कसैले नागरिकता चाहिन्छ भने, कसैले जग्गाको लालपूर्जा, कसैले घर भत्केको हुनु पर्छ भने । कसैले सरकारले बाँड्न ल्याएको हो को घर भत्केको को घर नभत्केको सबैले राहत पाउनु पर्छ भने । सिर्मीलाई यी सबै कुरा गर्न शोकको भेला गाह्रो भयो । यसैले सिर्मीको साथी तोअÞशिलले गरे । सँगसँगै हिड्ने बस्ने क्रममा तोअÞशिलप्रति सिर्मीको हेर्ने, सोच्ने भन्ने कुरामा परिवर्तन आयो । उ कम बोल्ने बनेकी छे ।
दुईतिरको राहात कार्ड बनाउने र भत्केको घरको स्याहार गर्दा गर्दै तोअÞशिलको भ्याई नभ्याई भयो । तोअÞशिल सिर्मीलाई हँसाउन अनेक बहाना बनाउने जिस्काउने गर्छ । भदैनीले पुसैलाई श्रीमान स्वीकारीन अब विहे गर्ने भन्दै जिस्काउँछन् र पनि सिर्मीमा पहिलाको जस्तो प्रतिकार र ओठे जवाफ दिँदीनन् । मात्र मुसुक्क मुस्काउँछिन् ।
अनेक संघर्ष, दौडधुपको बाबजुद बल्ल पहिलो किस्ताको राहत रु.१५०० नेपाल सरकारबाट अस्थाइ टहरोका लागि पाउँछिन् सिर्मीले । अस्थाई टहरो बनी सकेको छ । गाई गोरु, बाख्रा सबै बढालाई साझा पाल्न दिइएको छ ।
बाँदो झुण्डाएको हुँदा घरमा जाँड पकाउन नहुने रक्सी बसाल्न हुँदैन । यसैले उठाएर राखेको बाँदोलाई जति सक्दो सगुन गर्नु पर्ने हुन्छ । बाँदो बुझाउन ढिलो भएको हुँदा तोअÞशिलमा नकरात्मक परिणाम देखिएको छ ।
तोअÞशिल खोकेर बेहोस हुन्छ । सिर्मी चिच्च्याउँछे – तोअÞशिल । सबै जम्मा हुन्छन् । दालसोर पोइँबो आइपुग्छ । बाँदोमा जुठपिडल भयो क्षमा पुजा गरेर छिट्टै सागुन गर्नु पर्छ भन्ने जोखना खुट्छ । तोअÞशिल सिर्मीलाई हेर्छ । सिर्मी तोअÞशिलकै छेउमा बसेकी छे । तोअÞशिल सिर्मीलाई जिस्काउँछ – पुसैनु बिहे पचा मे । सिर्मी लजाएर हाँस्छे ।
अन्ततः आँगनमा अस्थाई टहरोमा लगा बनाइन्छ । बारीको ढिलमा लहरै मेसेल्मी थान बनाएर पूजा गरिन्छ । बोकाको टाउको, चार खुट्टा र खोप्पा घरमा ल्याएर पोइँबा सिल गर्दै मेवाल पठाउँछन् । घर बाहिर नै पोइँबो नाच्छ । र, कालो कपडाले तोअÞशिललाई छोपेर सुइ सुसेला पार्दै टपरामा सत्वीऊ, फलाम, कालो सेतो, रातो ध्वजा, अक्षेताहरु राखेर पिदार गरेको सबै टपहार उठाएर ढ्याङ्ग्रो भ्mयाम्टा बजाएर पर पहरा वा जंगल वा अभेग ठाउँमा फेँकेर फर्किन्छन् युवाहरु । आँगनमा खरानी र पानी छ्याप्छन् । हैट् अछुछु भन्दै आँगनको टहरोतिर उफ्रिँदै पस्छन् । पोइँबो बिसाउँछ र एक साअÞकुरा जाँड खान्छन् ।
सुर्योदय भएको छ । दालसोर डबकामा झानेको जाँड खाना ठिक परेको छ । फोनको घण्टी बज्छ । यसो हेर्छ सांसद्को फोन हुन्छ । उठाउँछ – हेलो । उता बाट प्रतिउत्तरमा के भन्दै छ था छैन तर अँ अँ गरेर सही थापीरहेको छ तोअÞशिल । अन्तमा तोअÞशिलले भन्छ – होइन हौ माननीय ज्यू के हुनु नि । संविधान त बनाउनु भो । खोइ आफुलाई संविधान कस्तो बन्यो भन्दा पनि अब सरकारले भूकम्प पीडितलाई कस्तो घर बनाइदेला भन्ने पो चिन्ता छ । हि हि हि हाँस्दै । ल सम्झिनु भो माननीय ज्यू । तपाईँले भने जस्तो गरौंला सबै गाउँले जम्मा बनाएर मिटिङ राख्छु नि । यि आफु त सागुन गरेर भर्खरै उठियो । तोअÞशिल व्याङ्ग्यो छाड्छ– माननीय ज्यू, आफ्नो बाँदो त बुझाइयो । अब सरकारले उठाएको बाँदो कहिले बुझाउला ।
सबै गलल हाँस्छन् । कपाल कोर्दै छे । सिर्मी पुलुक्क तोअÞशिललाई हेर्छ ।
-खिचि काःत चुप्लु ओखलढुंगा

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives