All about Sunuwar

रिमाचोमा 

स्थान ( बैठक कोठा ), समयः दिउसो , पात्रहरूः तोसिल , नम्सीफु , सेवल
तोसिल सोफामा आरामले बस्दै ष्याँदर सीलको भिडियो अन गर्न थाल्छ । उनकी श्रीमती नम्सीफु रंगीचंगी धागो सुल्झाउदै फेनेरेल्फ बुन्नमा व्यस्त छिन १ ढ्याम्म ,ढ्याम्म ,ढ्याम्म ।।।झ्याकुम ,झ्याकुम झ्याकुम ।।। ढोल र झ्याम्टाको ताल र धुनले नम्सीफुको ध्यानभंग हुन्छ ।
नम्सी – जब आफ्नो जरी (चाड ) आउछ तब हामि जस्तै बिदेशमा बस्नेहरु नोस्टाल्जिक हुन् पुग्छन भन्थे ! हो बामेबात आन बाबु, उसमाथि पनि आफ्नो रिमाचोमा जतिको प्यारो अरु हुने सक्दैन १ बरु छोरा छोरीहरुसँगै बसेर हेर्दा राम्रो हुने थियोकि बुढो ?
तोसिल – हेरुम्लानी फेरि पनि के भो र ! आफ्नो गाउघर तिर श्यांदर आउदा मैनाभर ढोल सिल गर्दै गाउ घुमिन्थ्यो रे उइले ! अब ऐले हामि अडियो सुन्दै भिडियो हेर्दै मैना बिताम्ला ! तिमि बरु त्यो झल्लरि मल्लारी छाडी देउ । ढोल र झ्याम्टाको ताल धुन खुबै मिलेको छ । आऊ बरु नाचौँ बुढी बुढा१ यो घ्याप्पे पेट पनि हलुङ्गो होलाकी कतै !(नाम्सिको हात तान्दै) ।
नम्सी – होइना अब श्यादर आउदै छ फेनेरेल्फा लगाउनु पर्दैन तिमि बुढालाई रु फुर्का सबै चुट्टेको रछ र यसो बल्ल तल्ल मौका मिलाई गास्दैछु कहा नाची बस्न पाउछु म १ एकछिन पछि सबैलाई भोक लाग्छ भन्सेरी बन्ने पर्यो ! आफु भरखर थाकेर आकोछु कामबाट कुन जागरले नाचौ अब ! उ सेवाल आयो, अब बाबु छोरा नाच ! मलाइ आफ्नो काम गर्न देउ (बैठक कोठामा सेवलको प्रबेस)
सेवाल –आज बाबा हजुरको काम छैन (सिधै बाउतिर प्रश्न गर्छ)
तोसिल- किन हौ, मेरो खाली कामै मात्र भइरहोस् भन्छौ जस्तो छ नि तिमरले रु म बुढो गोरु हु तर हलो तान्नुमा अझै तिमरलाई पछि राख्छु ल रु किरातीको छोरो पो हु बाबै ! अनि खै त् तेरो लोबम (सोफामा बस्दै)
सेवाल – त्यसो भनेको हैन बाबा ! प्राय हजुरको कामै हुन्छ । आज यसरी घरमा रमाइलो गर्दै बस्नु भएको देख्दा खुसी लाग्यो ,मेरो इन्टेन्सन गलत थिएन ! हजुर आफूले नेगेटिभ लिनुहुन्छ भने हामीले के नै भन्न सक्छौ र रु मिम्सिमा त काममा गाकिछे आज उनको लेट सिफ्ट हो राति अबेर मात्र घर फर्किन्छे !अनि चण्डी हेर्नु भएको रछ्नी त्यै भएर बाबालाई जोस चलेको जस्तो छ डान्स गर्नलाई ! चण्डी डान्स क्या फनि लाग्छ !(हास्दै)
तोसिल- सेवाल ,आजदेखि चण्डी भन्न बन्द गर श्यादर भन्न सिक श्यादर ! ल योश्यादर भिडियो पछी हेरम्ला ऐलेलाइ भने बसेर बात नै मार्नु जरुरि लाग्यो ! कुराको प्रसंगमा उठेको बिषय बस्तुलाई ठिक समयमा क्लियर कट गर्नु बेस्ट हुन्छ ! ममी ल तिमि पनि साथ् देउ है मलाइ ! ल आइजा बस छोरा बाउको छेउमा ! अब छोरीलाइ भने उनको हाम्रो फुर्सद मिल्दा बताम्ला ! ( छेउमा छोरालाई सबाउदै)
तोसिल- आज छुट्टि हो मेरो कति मात्र ओभर टाइम गर्नु । शरीरलाई पनि आराम दिनुप¥यो नि ।खासमा त् नाइट डिउटी थियो मैले अफ लिए ! आज साँझ ढोल सिलको प्राक्टिस गर्ने सल्ला भाकोछ ! अनि तँ आज दिनैभरि घरैमा छस् रु सुतेर बसिस् ?
सेवाल- रातभरि काम गरेर बिहान ६ बजे त आएर सुतेको हो नि म पनि । आज अलि छिट्टै उठेको युनिको एसाइनमेन्ट गर्न । त्यही गर्दै बसेको थिएँ । तपाइले चण्डीको भिडियो लगाउनु भएछ । ढोल झ्याम्टाको धुनले मलाई पनि बसेको ठाउबाट उठाएरै छाड्यो ।
तोसिल – ल हेरन चण्डी भन्यो फेरि ! हामी किराँतीहरुको विशेष पर्व उधौली र उभौलीलाई ,हाम्रो कोइंच सुनुवार भाषामा श्यांदर जरी भन्छौ ! राइहरुले साकेला ,लिम्बुहरुले सिसेक्पा र अन्य किरातीहरुले आ आफ्नो जातीय भाषामा बिभिन्न नामले आफ्नो रिमाचोमा झल्काउने नामबाट उभौली उधौली मान्छन ! चण्डी शब्द हिन्दु संस्कृति बाट आएको हो खास गरि हाम्रो जिजु किकि पिकिहरुको पालोमा ! यहि चण्डी शब्दले हाम्रो रिमाचोमा झल्काउने जरीको श्यांदर नाम ओझेलमा परेको हो १ यो थाहा भएदेखि गाउ देखि ठाउ सम्म आफ्नो मौलिक रिमाचोमा झल्काउने चाड पर्वलाई आफ्नै जातीय बोलीमा पुकार गर्ने अभियान चलेको छ १ पिता पुर्खाहरुले आदिम काल देखि मानि आएको र भनि आएको संस्कृतिलाइ रिति थितिलाई संरक्षण र सम्बर्धन गर्नु हाम्रो ठुलो दायित्व हो छोरा बुझी राख्नु तिमीले
नाम्सिफू – अब यसले बुज्ला र यस्तो कुरा रु अलि अंग्रेजी भाषामा भान्दिदा प्रष्ट हुन्छ होला १
तोसिल – गलत १ एकदम गलत ११ आफ्नो बारेमा बुझाउनु पर्दा आफ्नै भाषामा बुझाउनु राम्रो कुरा हो नाकी अरुको भाषामा १ त्यै भएर तिमि हामीले आफ्नो छोरा छोरीलाई घर भित्र आफ्नै नेपाली भाषा नै सिकाएको हैन र रु अझ हामीले त् आफ्नो मातृ भाषा कोइच लो सुनुवार भाषा पनि बोल्न सिकाउनु पर्छ र आफुले पनि बोल्नु पर्छ १ भाषा र संस्कृति रहे सम्म हरेक मानिसको आफ्नो जातीय र राष्ट्रिय पहिचान रहन्छ १ जब भाषा र संस्कृतिको अवसान हुन्छ तब मान्छेको पहिचान र अस्तित्व समाप्त हुन्छ १ हामि जुनसुकै देशमा जुन उद्देश्यले बसोबास गर्न पुगे पनि नेपाली नै भएर बाँच्ने छौ ,कोइंच सुनुवार नै रहने छौ ! बुजिस छोरा तैले  ( सेवाल तिर हेर्दै )
सेवल – बाबा ,ममि म राम्रो संग बुझ्न सक्छु आफ्नो राज्यको भाषा तर आफ्नो सुनुवार भाषा कोइंच लो भने सिक्ने तरखरमा छु ! अनलाइनबाट कोइंच लो र सुनुवार भाषा सिक्ने चाँजो मिलाउदैछु कातिच सरसंग ! घर भित्र हजुरहरु प्राय नेपालीमा बोल्नु हुन्छ ! हामीलाई सिक्ने मौका मिलेको छैन १ अनि ममि ,मेरो समकालीन साथीहरु सबलाई यो युकेको हावाले छोको छैन १जसको बाबु आमा हजुरहरु जस्तै बिचार धाराका छन् उहाहरुको छोरा छोरीले आफ्नो देश र आफ्नो बारेमा सरोकार राख्ने कुराहरु आफ्नै भाषामा सुन्न र भन्न रुचाउछन १ अनि ममि एउटा कुरा थप्छु म , मानिसलाई उसले बुझ्ने भाषामा भन्दा उसको दिमाखमा छुन्छ र उसको आफ्नै भाषामा भन्दा सिधै उसको मुटुमा छुन्छ १आमा तिर हेर्दै भावुक बन्दै०म अंग्रेजी भाषा राम्रो संग बुझ्छु तर यसले मेरो दिमाग सम्म मात्र छुन्छ भने नेपाली र कोइंच लोमा ,मेरो आफ्नो भाषामा भनेको कुराले मुटुमा सिधै मुटुमा छुन्छ १
तोसिल – स्याब्बास छोरा १ बल्ल अब चाइ केटो सप्रेछ १ यति भए पछि त् बाउ बाजेको नाक थाम्ने छ बुढी हाम्रो हिरोले १ अनि अघि तैले श्यादर सिल्लाई किन फनि लाग्छ भनेको हा रु
सेवल – बाबा ,त्यो चाइ मैले सत्य भनेको हो है १ अब गाउ घरमा यस्तो हुन्छ उस्तो हुन्छ भन्नु हुन्छ तर हामीले देख्न पाएका छैनौ १ शहरतिर जन्मी हुर्कियो १ स्कुलमा खालि दशैँ, तिहार,तीज आदि हिन्दु पर्वको बारेमा पढियो र नेपाल देखि विदेश जहा बसे पनि नेपालीहरुको मुख्य चाड पर्वमा दशैँ ,तिहार र तिजको मात्र चर्चा भएको देखिन्छ १ अनि मिडियाबाट पनि दशैँ तिज जसरि श्यादर ,साकेला ,लोसार ,जितिया तपाइहरुले भन्नु भए जस्तै बिभिन्न जात जातिहारुको चाड पर्वको बारेमा चर्चा नै हुदैन त् जति हुनु पर्नेहो १ अब यस्तोमा यदाकदा कलरफुल लुगा गहनामा ड्रम बजाउदै बुरुक बुरुक उफ्रेर नाचेको देख्दा फनि लाग्दैन त् १(हास्दै )
नम्सी – सिसि पाउ १ आफ्नो रिति परम्परालाई त्यसरी हाँसोमा उदाउनु हुन्छ रु अब त्यै दशैँ र तिज जस्तो एकल भाषा धर्म संस्कृतिको पहिचान दिने पर्वको मात्र चर्चा मिडियाले गरे पछी, समाजमा लादे पछी अन्य धर्म संस्कृतिका पर्वहरु ओझेलमा परेका हुन् र पारिएका हुन् भनेर त अघि नै तिम्रो बाबाले भनि सक्नु भयोनी १ यी सब राजनीतिक चलखेलका कुरा हुन् र राज्य सत्ता एकात्मक्बादीहरुको पन्जामा फसेको हुनाले हामि जस्तो आदिबासीहरुको पहिचानहरु ,अधिकारहरु धमिलियेका हुन् र खोसिएका हुन् १ तिम्रो बाबा ,बाजे ,बराजुहारु लाहुरे भर्तिहुनु ,बाजेहरूले किताव छुन नपाउनु ,हामि आफ्नो धर्म संस्कृति खुलेर मान्न नपाउनु ,भाषा बोल्दा जंगली भनि माग्नु र बोल्नबाट बन्चित हुन् ,जबर्जस्ति हिन्दुकरण गरेर हाम्रो अस्तित्वलाई मास्न खोज्नु आदि जस्ता प्रसस्तै कारणहरु छन् आफ्नै देश भित्र हामि जस्तो मुल्बासिहरुले भोगेका पीडाहरु १ अन्याय र विभेदका दलदलमा छन् हाम्रै आफ्नाहरू अझै आफ्नो देशमा आफ्नो अपनत्व महसुस गर्न नपाएर १
तोसिल – आजको समयमा हामीले राजनीतिक बिषय माथि अपडेट हुन् त् अत्यन्त जरुरि छ १ जसको कारणले हामि धेरै पछि परेका छौ र आफ्नै राज्यमा ,आदिम कालदेखि रजगज गरि आएका हामि ,फिरन्तेहरुबाट शोसित दमित हुदै हुदै आज दोस्रो दर्जाको नागरिक बनेका छौ १ हाम्रो भाषा ,धर्म , संस्कार ,भूगोल खोसिएर नाङ्गो अवस्थामा छौ र यो हाड र छाला मात्र दिन बाकि रहेको अवस्थामा चेत जगाउन नसके अगाडी अन्धकार मात्र रहने छ १ भै गो अब यो बिषयलाई मोडौ अर्को दिन बिस्तारै छलफल गर्दै गरम्ला १ एलेलाई हाम्री आउना लागेको श्यांदर पिदारको बारेमा छलफल गरम १
सेवाल – कुरा अब प्रष्ट भयो अलिकति भए पनि १ जे होस् म यसलाई गहिराइमा बुझ्न चाहान्छु १ आखिर किन यस्तो पक्षपात एकाइ देशको नागरिक हरु माथि भनेर सोच्ने त् गर्थे म १कुरा त् पोल्टिकल के भन्छ राजनीतिले पो ठुलो भूमिका खेलेको रहेछ १ म यसलाई आजको दिनबाट अध्यन गर्न थाल्नेछु १ ल बताउनुस बाबा ममी श्यादर लाइ उधौली अनि उभौली किन भनेको हो ?
नाम्सिफू – ल बाउ छोरा मजाले श्यादरको गनथन गर म चाइ खाजा बनाउन जान्छु बरु के खाने रु
तोसिल – युकेको चिसोमा फाल्गी खाना पाए मज्जा आउने थियो आफ्नै गाउको याद गर्दै नत्र नया पाकेको अन्नको जाइतुइ बनाउन शयादर जरिमा खाना मिल्ने १(हास्दै जिस्केको भावमा )
नम्सी- नया अन्नको जाइतुइ कसरि बनाउ र खै योअर्काको देशमा १ त्यो तेस्को ,आस्डा भन्ने सपिङ्ग सेन्टरमा खेत बारी देखिदैन कोठो भकारी मात्र भरियका देखियो १ (उठेर जादै )
सेवाल – म त् जे दिनुहुन्छ खान्छु कपाकप अनि आज डिनरबनाउने काम मेरो है ममी, हजुर आराम गर्नुस १ बाबा सुरु गरम अब श्यादर गनथन १
तोसिल –ऐले नेपाली मैना मङ्सिर हो र यो जाडो मैनामा मंसिरे पुर्णिमा पर्छ र यतिखेर मानिने किराती पर्वलाई उधौली भनिन्छ १अब पुसको पहिलो हप्ता तिर भेट्छ उधौली श्यादर! यो पर्व पितृ र प्रकृति संग कृषि अनि पशुपालन संग सम्बन्धित छ १ धान ,कोदो र अन्य अनाज पाके पछि कटान गरि कोठो भकारीमा भरिन्छ र नया अन्नबाट बनेको जाइतुइ खानाको परिकारलाई पित्रिहरुको पिदार गरि चडाए पछि नोगी खाने चलन छ १ हाम्रो पितृदेव इगीहोपो ,याब्रे गुब्रे ,शय्दार देयिलाई सामुहिक रुपमा नाशो र ग्यामी पोइब बाट पिदार नाम्दार गरिन्छ १ यतिखेर जाडो भएकोले बस्तुहरु उधो झर्छन र गोठ बेसीमा सारिन्छ १ खोलाको माछाहरु तलतिर बग्दै जान्छन भने चराहरु पनि न्यानो जग्गा खोज्दै बसाइ सर्छन १ अन्न बालि थन्काए पछि कामबाट फुर्सद मिल्दा पितृ र प्रकृतिलाई जस्तो खोला नाला ,बन पहाड ,माटो ,ढुंगा ।घाम पानी आगो सबैलाई पुज्ने र धन्यबाद दिने चलन छ जुन हाम्रो किराती सुनुवारहरुको धर्म मुग्दुममा आधारित छ र जसलाई श्रुति स्मृति भनिन्छ! सुनेर छयाप्प स्मृतिमा जस्ताको तस्तै राखेर भन्ने सुनाउने प्रथा छ १ जसको ब्याख्या गर्ने हो भने यति कम समय र अल्प ज्ञानले भ्याउदैन छोरा १ बृहत छ किरात धर्म संस्कृतिका नालिबेलिहरु अनि उतिकै रोचक र ब्यबहारिक छ किरात दर्शन १ एक किसिमले हामि कृषकहरुको यो कृषि पर्व पनि हो १ अनि जेमा हाम्रो जीवन आश्रित छ तिनैलाई इश्वर मान्छौ हामि किराती १ त्यसैले अन्न ,पानी ,हावा ,आगो अन्य प्रकृतिका सबै रुपलाई पूजेको हो १ कोइंच मुग्दुमको बारेमा ज्ञान लिनको निम्ति तिमीले अनलाइन कोइंच लो सिक्दा आफ्नो टिचरलाई पनि सोध्न सक्नेछौ जो कोइंच भाषा संस्कृति सम्बन्धि ज्ञाता मानिन्छन !यसै गरि हामि सुनुवार कोइंच जातिहरुको धर्म ग्रन्थ मुग्दुम र संस्कृतिका बारेमा अतित ,मुखिया ,कातिच उकुसु , डाक्टर लाल रापचा , लोकप्रिय सुनुवार ,टिकाराम मुलिचा जस्ता अग्रज र युवा बुद्दिजिविहरुले लेखेका पुस्तकहरु ,लेख रचनाहरु खोजि खोजि कन पढ्नु पर्छ तिमीहरु जस्तो युवाहरुले १
सेवाल – हुन्छ बाबा १ उधौली के हो मोटामोटी थाहा भयो अनि उभौलीको अर्थनी बाबा र?
तोसिल – गर्मि याम बैशाखमा बुद्द पुर्णिमाको दिन उभौली पर्छ १ सबै किरातले बर्षको दुइ पटक आफ्नो साझा महान पर्वलाई मान्छन भनि सके मैले १ यतिखेर जौ ,उवा ,गउ , दाल,केराउ नाना जातको अन्न बालीहरु पाक्छन यसरि नया बाली उठाएर नौगी खाने र अर्को सालको लागि बाली रोप्ने गरिन्छ १ चराहरु ,माछाहरु सबै उकालो चद्छन र बस्तुहरु पनि उभोतिर लाग्छन १ गोठ बेसिदेखी लेक तिर सारिन्छ १ अरु सबै उधौली जसरि नै उभौलीमा पनि पितृ र प्रकृतिलाई नै मुख्य रुपमा पिदार नाम्दर गर्दै मानिन्छ १ बिशेष प्रकारको रुखबाट ढोलहरु तयार पारिन्छ पराम्परागत तरिकाबाट १ ढोलहरु बिभिन्न प्रकारका हुन्छन र फरक फरक बिशेषता र अर्थ बोकेको हुन्छ १ जनवारको छाला मोडेर बनाएको बाजा गाजा बजाउने भिन्न बिशेषता भएका हामि जस्तै अन्य जातिहरु नेपालका आदिबासी भनेर चिनिन्छौ छोरा! अनि श्यादर पर्व मान्द व्यक्ति र परिवार लागेर पुग्दैन यसको निम्ति त पुरै समुदाय जुट्नु पर्छ १ श्यादर मान्दा गरिने बिधिबिधानहरु ब्यबस्थित गर्नको निम्ति टोलि विभाजन गरिन्छ र प्रतेक टोलीले स्वस्फुर्त भै भूमिका निभाउछन १ चाड पर्व भन्ने बित्तिकै बिशेष खानपान र गहना लुगा फाटा संग जोडिएको हुन्छ ! गरिवले रुनु पर्ने ऋण काढेर पनि खोक्रो आडम्बर देखाउनु पर्ने धनीलाई मात्र चैन हुने खालको पर्व हैन हाम्रो श्य्दार १ कसैलाई रिजाएर आफ्नो दुना सोझाउने सत्ता र शक्तिसंग जोडिएको सामान्ती चाड भन्दा पृथक छ श्य्दार जरी ! एकै समुहमा श्यादर देया देयिको पिदार नाम्दार गरिन्छ १ सबै कार्य सामुहिक्रुपमै सम्पन्न हुने हुदा एकै थलोमा बसेर खानपान गरि हासी खुसीको साथ् पर्व उत्सव मानिन्छ १ गहनाको रुपमा महिलाहरु रेजिमाला ,दुग्री बुलाखी ,बाग्मुखे छुरा अनिबार्य लगाउछन अरु आफ्नै हैसियत र रुचि अनुसार सजिञ्छन १ तर रंगी चंगी धागोले बुनेको कुप्नी , फेनेरेल्फ , चुमेरुन, लुजेग्योबास ,क्लातोरी आदि अनिबार्य सबैले लगाउनु पर्छ १ एकै पहिरनमा सबैले समान अनुभव गर्ने गर्छन!
सेवल – आहा १ कति राम्रो संस्कृति रहेछ त् हाम्रो १ अझै बढी बुझ्न मन लाग्यो बाबामलाइ त् १
तोसिल – अब नेपाल जाने हो उभौली मान्न बुद्द जयन्ति छेका आफ्नै गाउमा श्यादर मान्न अनि सबै कुरा बुज्नेछास आफ्नै पुर्खाको थलोबाट १
सेवाल – हुन्छ बाबा म जानेछु आफ्नो किकि पिकिहरुको जन्म भूमिमा १अनि बाबा मलाई त् युके अमेरिका तिर थयाङ्गस गिभिंग मनाउने डेको प्रसंग संगपो मिल्दो जुल्दो लाग्यो हाम्रो उभौली उधौली त् १ अमेरिकाबाट बेलायत प्रबेस गरेको भनिने थयाङ्गस गिभिंग डे पनि नया अन्न बाली पाके पछि काटेर थन्काउने र भगवानलाई धन्याबाद दिदै नया अन्न खाने चलन संग सम्बन्धित छ १ हामीलाई अन्न प्रसस्त फलाएर दिनु भएकोमा धन्यबाद र सधै भरि यसरि नै अन्न टन्न फलाई हाम्रो जीवनको रक्षा गर्नुस भनि प्राथना गर्छन रे १ अनि बाबा कुरा बुझ्दा त संसार भरको मुलबासिहरुको संस्कृति ,प्रकृति कता कति उस्ता उस्तै लाग्ने खालको हुदो रहेछ है रु
तोसिल – हो नि त छोरा धर्म संस्कृतिको बिषयमा संसार भरिको मानिस प्राय एकै मनोविज्ञानको सुत्रले बाधिएको हुन्छन !प्राय विश्वभरको आदिबासी सबैको चाड पर्व संग संगै जस्तो आउछ अब यस बारेमा त भनि रहनु जरुरि छैन!भर्खर तिमि त् युनिभरसिटीको ढोका टेकेको २० बर्ष पुगेको ठुलो छोरा हौ हाम्रो ! तिम्रो युनिको पढाइ त् एक दिन पुरा हुन्छ तर जिन्दगीको युनिभरसिटि नेभर इण्डिङ्ग !अरु धेरै सिक्ने छौ अब समयको बिश्व बिद्द्यालालय र जीवनको पुस्तकहरूबाट !
सेवल – बाबा क्या दर्शन पेल्दिनु भाकोनि कुरामा !जे होस् , आइ लाइक इट बाबा १ थयांक यु सो मच फर श्यारिंग मि अबौट और ग्रेट कल्चर १(अँगालो हाल्दै )
सेवाल – अब याद राख्नु पर्ने मुख्य कुरा पनि छ छोरा! यति राम्रो हाम्रो धर्म संस्कृतिलाई विदेशको एक कुनामा नाची गाइ बसेर मात्र संरक्षण र संबर्धन पक्कै हुनेवाला छैन १ जब सम्म राज्यमा हाम्रो माग र अधिकारहरु सुनिश्चित हुदैन ,हाम्रो श्यांदर पर्वले पनि हिन्दु धर्म दशैँ जतिकै मूल्य र मान्यता पाउदैन तब सम्म हाम्रो संस्कृतिहरु सुरक्षित हुनेवाला छैन !यसको निम्ति हामीले यो बिदेशमा रहेर पनि आफ्नो आधिकारको लागि आवाज उठाई रहनु पर्छ १ हाम्रो आवाजले देशमा हुनेहरुलाई उर्जा मिल्छ र एकदिन त्यो उर्जाले आमुल परिबर्तन युक्त युगको स्थापना गर्नेछ ! बिभिद भाषा धर्म संस्कृति भएको हाम्रो जस्तो फूलबारी रुपी देशमा ,सबैको भाषा धर्म संस्कृतिले समान रुपमा संरक्षण र सम्बर्धन पाउनुपर्छ ! खास गरि राष्ट्रको समब्रिद्दि पनि तब मात्र सम्भव हुन्छ जुन दिन आदिबासी जनजातिहरुको भाषा धर्म संस्कृतिको संरक्ष्ण गर्नुमा राज्य सफल हुन्छ !
नम्सी – ल बाबु छोरा सोपले नु पोसे गोम्बल पाक्यो गनथन सक्यो भने खाने मेसो गरे हुन्छ !( भान्छा कोठाबाट आवाज आउछ बाबु छोरा उतै हेर्छन )
सेवल – हस ममी हामि आयिम १ जाम बाबा किचेनमा मलाइ त खाजाको बास्नाले गर्दा गारो पार्यो भोक चम्केर १( दुवै जना उठेर अर्को कोठा तिर लाग्छन )
नाम्सिफू – अब युकेमा फुर्सदको कुरा नगर केटी सबैको हालत उस्तै हो! मिलाएर आइज न १ श्यादर पनि आउदै छ भेटघाट पनि हुने १जरी पनि मान्न पाइने , रिति थिति नपुगे पनि ,गाउ घरको जस्तो नभए पनि परदेशमा आफ्नो संस्कार धान्ने प्रयास गर्नु कम सानो कुरा होइन भन्छु है म त् १ ल ल दिदीकोमा आइजा तेरो लागि किप्सुरफेने बनाइ दिम्ला पांच हैन सात रंग हालेर वासरेलुको प्रतिक बनाइ दिम्ला १ तेरो भेनाको फेनेरेल्फ्मा झुम्का बुन्नु छ १ ल है राखे म फोन पछि बोल्दै गरौला लोबम १(फोनमा बोल्दै )
सेवल – ममी अब हजुरको पालो यो झुम्का झाम्की कलरफुल ड्रेश लगाउनुको अर्थ बताई दिनु मलाइ १
नाम्सिफू – जुनसुकै शुभकर्म गर्दा यो इन्द्रेणीको प्रतिक वासरेलु भेष भुषा लगाउनु पर्छ हामीले १ बिधिबिधानामा केहि तल माथि भएमा क्षमा पाउन सकिन्छ श्यादर देयीबाट १ नकारात्मक शक्तिलाई रोकेर सकारात्मक शक्ति ग्रहण गर्छ र जिउमा लगाए पछि सुरक्ष कवच जस्तै काम गर्छ भन्ने बिस्वास रही आएकोले ,श्यादर मान्दा ढोल बाजाहरु छुदा ढोले सबैले पुजारीले ,अन्यले समेत यो खालको अनेक रंगिन भेष भुषा लगाउनु पर्छ १ ९ रंगिन फेनेरेल्फ देखाउदै ०
सेवल – यो पटक त म पनि लगाउछु ममी पोर साल त् केटाहरुले बिल्ला गरेर हो१ अब मलाइ थाहा भयो भाषा नबोल्दा ,आफ्नो संस्कार संस्कृतिको जगेर्ना हुन् सकेन भने हाम्रो रिमाचोमा माथि हाम्रो अस्तित्व माथि के कस्तो खतरा आइलाग्ने रहेछ भनेर १ अझ अगाडी बुझ्नु पर्ने धेरै रहेछ १ अनि ति जसले बिल्ला गरे आफ्नो भाषा र संस्कृतिलाई तिनीहरुलाई बुझाउनेछु जसको महिमा र गरिमाको बारेमा १ कतिपय बाबु आमाहरु आफ्नो छोरा छोरीले अंग्रेजी भाषा र संस्कृतिमा रमाएको नै चाहानु हुन्छ जस्तो छ उहाहरुको लागि म खेद प्रकट गर्दछु १ र म आफुलाई लक्की ठान्छु मलाइ मातृ भुमि र कर्म भुमि दुबैको संस्कृति संग समाजस्य मिलाएर हिड्न सिकाउने बाबु आमा हुनुहुन्छ म संग १
नाम्सिफू – हो छोरा हामि हागा पात जस्तै हौ बिदेशमा १ हाम्रो जरा त् नेपालमा छ १ हिजो हाम्रो पुर्खाहरुले भष्मे फाडेको कोइंच भुमि वल्लो किरात वरिपरि छ १अनि पातको ,फूलको ।डालीको अस्तित्व जरामा नै निहित हुन्छ १
सेवल – वाउ ! इट्स सो हार्ट टचिंग म़मा १ हजुरको कुराले झन् छोयो भित्र सम्म १ ( आमाको छेउमा लेपासिदै )
नाम्सिफू – ल ल भयो धेरै मस्का नमार छोरा ! मलाइ फेनेरेल्फ बनाउनु छ १ अनि भरखर तेरो इम्चिली छ्य्माले फोन गरेकी थि १ कन्छोको लागि ,क्ष्य्माको लागि श्यादर्मा लगाउने पहिरन बनाइ दिनु पर्यो रे १ अनि आज जर्ना बाबु छोरा मिलेर बनाउ है म त काम समाते ! ( बुन्न थाल्दै )
सेवल – हुन्छ म़मा १ हामि किचन समाल्ने छौ १ हजुर ढुक्कले फेनेरेल्फ बनाउनु !
तोसिल – पख पख १ पहिल भिडियो त् हेरम श्यादर्को १ भरखरै खाएको खाना पनि पचाउनु पर्योनि नाचेर ! ( भिडियो अँन गर्दै )
ढ्याम ढ्याम ढ्याम ।।। झ्याकुम झ्याकुम झ्याकुम ।।।।ढोल र झ्याम्टाको तालसंग रंगी चंगी कोइंच पहिरनमा सजिएर सलाक गाउदै नाचेको दृश्य टिभी स्क्रिन भरि आउछ १ हा हा हासल हासाल खल्पी खलपा बासल ठिटी ठिटा गासल गासल है गासल गासल गासल गासल ।।।।अललालालालाला संग सो १
बाउ छोरा नाच्न थाल्छन नाम्सिफुलाई पनि नचाउछन !
शब्द अर्थ
रिमाचोमा -पहिचान कोइंच लो – सुनुवार भाषा कोइंच -किरात सुनुवार जाति फेनेरेल्फ -सप्तरंगी झुम्केरुमाल कोइंच सुनुवार पुरुषहरुको जातीय पहिरन जर्ना -भोजन कन्छो- छ्यामा सानी आमाको श्रीमान श्यादर -उभौली / उधौली इम्चिली -सानी लोबम -बहिनी जरी -चाड पर्व किप्सुर फेने -कोइंच महिलाहरुले लगाउने खास पटुकाको झुम्का क्लातोरी -हातले बुनेको सप्तंगी कोइंच पुरुष जातीय कम्मर पेटी कुप्नी -मजेत्रो लुजे ग्योबास -कलात्मक सप्तरंगी सियो धागो राख्ने खोल कोइंच नारीहरुको पहिरन चुमेरुम -सप्तरंगी थैली कोइच नारीहरुको पहिरन जाइतुइ -खानपान

Leave a Reply

Your email address will not be published. Required fields are marked *