All about Sunuwar

दिबासी जनजाति महिला महासङ्घ बेलायतको साधारण सभा सम्पन्न

uk— भावना परिष्कृत सुनुवार

०८ नोभेम्बर २०१४ शनिबारको दिन लण्डनको साउथहल स्थित दार्जेलिङ्ग इन रेष्टुरेन्टमा नेपाल आदिबासी जनजाति महिला महासङ्घ बेलायतको साधारण सभा अति भब्यताको साथ् सम्पन्न भएको छ l आदिबासी जनजाति महासङ्घ बेलायतका अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमुख आतिथ्य रहेको उक्त भब्य सभामा त्रिभुवन विश्व विद्यालयकी प्रोफेसर सुमाया राइ र हालै स्टोकहोल्म् ,२९ अक्टुवर २०१४ मा विश्व बाल बालिका क्षेत्रको नोवेल पुरस्कार अनरेरी अवार्डबाट सम्मानित समाजसेवीका इन्दिरा राना मगरको बिशेष अतिथि रहेको थियो l

बेलायतमा रहेका सम्पूर्ण जातिय सङ्घ संस्थाहरु ,महिला सङ्घ संस्थाहरु ,हेल्पिङ्ग युवा समूह, राजनीतिक सङ्घ संथाहरु ,धार्मिक सङ्घ संस्थाहरु ,सामाजिक सङ्घ संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्य रहनुको साथै ,विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिश्वासदिप दिगेला , नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष किरण थेबे लिम्बु ,नेपाली सङ्घीय समाज युकेका बरिष्ठ उपाध्यक्ष जंग सुनुवार ,सङ्घीय लिम्बुवान परिषदका प्रतिनिधि लोकेन्द्र ताबेहांग लिम्बु ,राइ यायोख्खा बेलायतका अध्यक्ष , किरात याख्खाछुम्माका अध्यक्ष ,युरोप शेर्पा महासंघका महासचिब कर्म पहाडी शेर्पा ,मगर संघ युकेका प्रतिनिधि ,हिमालयन अर्गनाइजेसनका प्रतिनिधि भरत थापा

मगर ,किरात याक्थुम चुम्लुङ्ग युकेकी महासचिब महेश्वरी नेम्बाङ्ग ,दुरा महिला समाज युकेकी अध्यक्ष गङ्गा माया दुरा ,छन्त्याल महिला सङ्घ युकेकी प्रतिनिधि चित्र छन्त्याल ,किरात याक्थुङ्ग चुम्लुङ्ग रशमोर शाखाका अध्यक्ष नगेन्द्र नेम्बाङ्ग ,मगर महिला शंघकी अध्यक्ष हिमाली राना ,किरात सुनुवार महिला समाज (कीसुम)युकेबाट प्रतिनिधि सेविका सुनुवार हिमाल अर्गनाइजेसन युकेका महा सचिब पदम गाहा ,गोर्खा सत्य ग्रहका संयोजक प्रेम राइ , मधेशी समाज युकेका प्रतिनिधि दिलिप महासेठ ,गैर आवासिय युकेकी उपाध्क्ष शान्ति थापा कुवर ,राज्य सतताका सम्पादक, नेपाली टि भी युरोपका संचारकर्मी राजेन्द्र भट्ट ,,राइनो एफएमका इस्टाफहरु,एभरेष्टटाइम्स साप्तहिकका प्रतिनिद्जी, रेडियो बि जी डब्लु यसबाट प्रस्तोता गोमा मगर लगायत अन्य संचारकर्मीहरु ,पत्रकारहरु ,साहित्यिक व्यक्तिवहरु, बुद्दिजिविहरु ,सल्लाहकारहरु एवंम मानव अधिकारबादी बेलायती नागरिक अतिथिहरुको समेत गरिमामय उपस्थिति रहेको थियो l

समाजसेवी इन्दिरा राना मगरलाई महासङ्घकी अध्यक्ष थापा र प्रमुख अतिथि लिम्बुदुवारा उनको महान कार्यको उच्च कदर गर्दै प्रसंसा पत्र , पुष्प गुच्छा र खादाले सम्मान गरिएको थियो l यसै गरि बिभिन्न सङ्घ संस्थाबाट उपस्थित व्यक्तित्वहरु,हेल्पिङ्ग यु नामक संस्थाका वेम्ली लन्डन युवा समूह र सम्पूर्ण सहभागीहरुले रानालाई भब्य स्वागत सम्मान दर्साएका थिए l बिगत २४ बर्षदेखी प्रिजन एसिस्टेन्ट (पिए)नामक संस्था मार्फत बन्दिगृह जेलमा रहेका अभिभावकहरुको बच्चाहरुलाई पालन पोषण र शिक्षा दिने जिम्मेवारी उठाउदै आइरहेकी रानाले बिगतमा पनि दुई वटा महत्वपूर्ण अन्तराष्टिय अवार्ड हात पारिसकेकी छिन l जेल भित्र रहेका आसय बाल बालिकाहरुको निम्ति तीन वटा आवास र दुइ वटा बिद्यालय उनले स्थापना गरेकी छिन भने युवाहरुको निम्ति समेत बिभिन्न रोजगार मुलक कार्यक्रमहरु संचालन गर्ने गरेकी छिन l

अध्यक्ष थापा र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्जवालित गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो l
नेपालको राष्ट्रिय गान र नेपाल आदिबासी राष्ट्रिय गान लगत्तै संस्थाकी उपाध्यक्ष बिमला कुमारी राइले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेकी थिइन l सबै आमन्त्रित अतिथिहरुले साधारण सभालाई शुभकामना मन्तब्य व्यक्त गर्नुको साथै बिभिन्न पृष्ठभूमिबाट उपस्थित बक्ताहरुले सामाजिक ,राजनीतिक ,धार्मिक ,सांस्कृतिक ,संचार ,साहित्य, नारी आदि बिषयमा आ आफ्नो धारणा समेत व्यक्त गरेका थिए l “जति सुकै जीवन व्यस्त भए पनि दिनको एक घण्टा परोपकारिताको बारेमा सोच्ने समय छुट्टाउनु पर्छ असल समाज सेवक बन्नको निम्ति l कोहि मानिस जन्मदैमा खराब र अपराधी हुदैन l समाज र बाताबरनले नै मान्छेलाई असल र खराब बनाउछ l बच्चाहरुलाई राम्रो संस्कार दिन सकेको खण्डमा समाजमा अपराध घट्न गइ असल नागरिकहरु राष्ट्रको लागि जन्माउन सकिन्छ” l इन्दिरा रानाले आफ्नो मन्तब्य राखने क्रममा भनिन l

सोहि अवसरमा महासङ्घकी सचिब भावना परिष्कृत दुवारा लिखित, नारी ,समाज र संस्कृति माझ बिचरित कथा संग्रह “उन्मुक्त यात्रा “लाइ अध्यक्ष कमला थापा , इन्दिरा राना ,प्रोफेसर राइ र प्रमुख अतिथि दुवारा बधाई दिदै पुष्प गुच्छा ,खादा र कलम उपहार प्रदान गरिएको थियो l बेलायतमा बसेर आफ्नो पहिचान ,भाषा ,धर्म ,संस्कार र संस्कृति जगेर्ना गर्न लागि परेका जागरुक आदिबासी महिलाहरु ,राजनीतिक र साहित्य छेत्रमा पनि चासो राख्दै अघि बढ्नु बर्तमान परिपेक्षमा नितान्त जरुरी रहेको कुरालाइ जोड दिदै , प्रोफेसर राइले मन्तव्यको व्यक्त गरेकी थिइन् l बन्दि गृहबाट उद्दार गरिएका बालबालिकाहरुको सयोगार्थको निम्ति ,उन्मुक्त यात्रा कृतिबात् उठेको रकम र सहभागीहरुबाट थप रकम उठाएर अध्यक्ष थापाको हातबाट समाजसेवी रानालाई अर्पण गरिएको थियो l २२ डिसेम्बर २०१२ मा स्थापना भएको आदिबासी जनजाति महिला महासङ्घ बेलायतले छोटो समयमा निकै प्रसंसा योग्य कार्यहरु गरेको र अझ अघाडी सम्पूर्ण बेलायतबासी आदिबासी नारीहरुको चौतर्फी बिकासको निम्ति प्रमुख अतिथिबाट शुभकामना व्यक्त गरेपछि पहिलो चरणको कार्यक्रम समाप्त भएको थियो l
कार्यक्रमको दोस्रो चरणमा महासङ्घकी महासचीब बिमला सेनले प्रगती प्रतिबेदन र भावी कार्ययोजनाहरु प्रस्तुत गरेकी थिइन जसलाई सर्ब सम्मतिबाट छलफल गरि ताली बजाएर पारित गरिएको थियो l
यसै गरि कोषाध्यक्ष बशुन्धारा राइले आर्थिक पर्तिबेदनलाइ पारदर्सिता पुर्बक प्रस्तुत गरेकी थिइन जसलाई सर्बसम्मतिबाट अनुमोदन गरिएको थियो l कार्यक्रमको अन्तमा सहभागीहरु र सल्लाहकारहरुसंग बिभिन्न बिषयमा महासङ्घले छलफल समेत गरेको थियो l
अन्तमा सभाकी सभापति कमला थापाबाट सम्पूर्ण अतिथिहरु र सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै सभा बिसर्जन गरिएको थियो l बिहान एघार बजेबाट सुरु भएको कार्यक्रमको पहिलो चरण महासचीब बिमला सेनेले र दोस्रो चरणको कार्यक्रम सचिब भावना परिष्कृत सुनुवारले संचालन गरेकी थिइन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *