All about Sunuwar

भव्यरुपमा प्रथम जिल्ला सम्मेलन सम्पन्न

चुप्लु दाम्लोच
सिन्धुली । वल्लो किरात चाहिन्छ, कोइँचभूमि फिर्ता ल्याइन्छ, हा हा हाँसाल हाँसाल । परम्परागत वाद्यवादनको साथमा गीत गाउँदै परम्परागत भेषभूषामा सजिएका सिन्धुलीवासी कोइँचहरुले जिल्ला सदरमुकाम माडी बजार परिक्रम गरे । लामवद्ध भएर रमितेहरु सडकको दर्ुइ किनार थिए । कोही मोबाइलमा फोटो खिचीरहेका थिए । कोही र्‍यालीमा पसेर नाच्दै थिए । शनिवारे हाटको दिन माडी बजार एक तमासले हर्षोल्लास मनाइरहेको थियो ।
आजभन्दा लगभग १५ वर्ष अगाडि सुनुवार सेवा समाज सिन्धुली गठन भए पनि यसरी जिल्लामा कार्यक्रम भएको थिएन । जिविस सभाहलको प्राङ्गणबाट शुरु भएको झाँकी परिक्रम पुनः सभाहलमै आएर सभामा परिवर्तन भएको थियो । विभिन्न राजनीतिक पार्टी आदिवासी जनजाति संघसंस्थाहरुको उपस्थितिमा सुनुवार सेवा समाज जिल्ला समिति, सिन्धुलीको प्रथम जिल्ला सम्मेलनले महेन्द्र बसुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा रामबहादुर सुनुवार सचिव र्सर्ूयवहादुर सुनुवार कोषाध्यक्षमा पवित्रा सुनुवार र लालबहादुर सुनुवार, छत्रबहादुर सुनुवार, रश्मिला सुनुवार सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *