All about Sunuwar

शुशुच कोइँच सामिबु घरदैलो कार्यक्रम

शुशुच कोइँच सामिबु एक हौं, शुशुचको पहिचान अक्षुण्ण राखौं ।।
१. पहिचानको सर्न्दर्भमा
क) शुशुच थरको नाम कसरी रहन गयो –
ख) शुशुचको पहिलो पर्ुखा को हुन् – वंशवाली निर्माण कसरी गर्न सकिएला –
ग) शुशुचको मूल थालो कहाँ हो – कसरी, कहाँ-कहाँ छरिए – बसाइसर्राई कसरी भयो –
घ) शुशुचको मुइलि, मुइग्यो के हो – र, मुलकेम के कसरी विकास हुँदै आयो –
ङ) शुशुचको संस्कार, संस्कृति र भाषामा के कसरी विचलन आयो –
च) शुशुचको जन्म, विवाह र मृत्यु लगायत अन्य शुभ-अशुभ कार्य सर-सहयोग गर्न के कसरी अगाडि बढ्न सकिन्छ –
छ) बसाइसराइ गरेर आफ्नो वंश, संस्कार, संस्कृति बिर्सर्ेे शुशुचहरु वीचमा घट्न सक्ने भावी परिघटना, आपसी सम्बन्धमा सजगता कसरी अपनाउन सकिन्छ –

२. सामाजिक जनजीवनको सर्न्दर्भमा
क) शुशुच थरको जनसंख्या कति छ –
ख) शुशुचको आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, धार्मिक, साँस्कृतिक, भाषिक र वर्तमान अवस्था के कस्तो छ –
ग)    शुशुचहरुको थारिकुति तथा अन्य जातजातिसँगको आपसि सम्बन्ध के कस्तो छ –
घ) शुशुचहरुको वैवाहिक सन्बन्ध के कस्तो रहेको छ –

३. सहभागिता, समावेशी र पहुँचको सर्न्दर्भमा
क) शुशुचहरुको नीति निर्माणमा पहुँच के कस्तो रहेको छ –
ख) शुशुचहरुको सरकारी, गैर-सरकारी, क्षेत्रमा रोजगारीको पहुँच के कस्तो छ –
ग) शुशुचहरुको स्व तथा वैदेशिक रोजगारीको अवस्था के कस्तो छ –

४. शुशुच सङ्गठित हुनु पर्ने विशेष कारण, नीति तथा कार्यक्रमहरु ः
क) शुशुचको असली पहिचान के हो – र, यसको सर्न्दर्भ स्रोतहरु के के हुन् खोजी गर्ने ।
ख) शुशुचहरुको शुभ अशुभ विभिन्न सामाजिक, साँस्कृतिक कार्यक्रममा के कसरी सरसहयोग गरेर सहजरुपमा सम्पन्न गर्ने भन्ने सरल उपायको खोजी गर्ने ।
ग) शुशुचहरुको संस्कार संस्कृतिलाई अक्षुण्ण राख्न के कसरी ऐक्यवद्धता गर्न सकिन्छ सहकार्यको सही खोजी गर्ने ।
घ) शुशुचहरुको विभिन्न सामाजिक साँस्कृतिक कार्य सम्पन्न गर्न शुशुच कल्याणकारी कोषको स्थापना गर्दा कसरी सुचरु रुपमा सञ्चालन गर्न सकिन्छ विभिन्न ढाँचाको खोजी गर्ने ।
ङ) शुशुचहरुको स्वास्थ्या, शिक्षा र नीति निर्माणमा सहभागिता, समावेशी र पहुँच कसरी पुराउन सकिन्छ भन्ने उपयुक्त उपायको खोजी गर्ने ।
च) शुशुचहरुलाई आत्मनिर्भर र स्वलम्बी बनाउन के कस्ता कार्यक्रम आयोजना गर्ने भन्ने विभिन्न कार्यक्रमको निर्माण गर्ने ।
छ) शुशुचहरुको आर्थिक स्थितिलाई उकास्न तथा अभिवृद्ध गर्न के कस्तो कार्यक्रम आयोजना गर्ने उचित कार्यक्रमको आयोजना गर्ने ।
ज) शुशुचलाई एकापसमा आपसी सम्बन्ध विस्तार गरी संगठित गर्न तथा उनीहरुको बानी-व्यवहारमा परिवर्तन गरी समयानुकल कसरी अगाडि बढाउन सकिन्छ भन्ने उपायहरुको खोजी गर्ने ।

-शुशुच समाज -शुशुच चुप-लु)-२०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *