Recent Comments

सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण

कोइँचबु काःतिच
गत माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु काःतिच । विपरित दिशाको झम्काभेटले कुराकानी गरिरहेका थियौं । त्यो थलोमा थापिना आइपुगे पुमा प्रविन, नव प्रतिभाशाली किराती नाटककार तथा कलाकार ।
मेरो किरात मुन्धुम मिथक पढ्नु भयो ? सोधनी भयो ।
दिएको भए पो पढ्नु, मैले जवाफ दिएँ । उक्त शिर्षकको पुस्तक लेख्न मलाई पनि कोइँच मुक्दुममा उत्पत्तिको कथा मगनी भएको थियो । धेरै पटकको अनुरोध पछि बल्ला एकसय शब्दको एक पन्ना संक्षिप्त कथा लेखी पठाएको थिएँ । समेटिएन उनको रिसर्चमा । शायद उनीको रिसर्चलाई चाहिने सूचना भएन क्यारे ।
तपाईँ त कोइँचको डब्लुटिओ रे नि ? तपाईले त पढ्नै परेउ नि भनेर उनको किताव दिए ।
थाहा पाइ हाल्नु भएकै रहेछ । किन्ने चलन चाहिँ छैन नि भन्दै उनको पुस्तक सहर्ष लिएँ ।
साँच्ची नै केही वर्षदेखि कोइँचकै लागि समय खर्चिए छ । यस अवधिमा कोइँच लोः मा पुस्तक, पत्रपत्रिका, रेडियो कार्यक्रम, भिडियो गीति एल्बम, पाठ्यपुस्तक, अनौपचारिक पाठ्यपुस्तक निक्लीए । कोइँच भेषभूषाको व्यवसायिक उत्पादन गर्न सकियो । अर्थात भेषभूषाको जगेर्ना गर्न सकिएछ । कोइँचको चाडपर्वलाई राष्ट्रियकरण गर्न सकिएछ । देशविदेशमा वहस चलाउन सकियो र कोइँचलाई अब राजनीतिक पार्टीहरुले पनि झिनोरुपमै भए पनि सम्बोधन गर्न वाध्य बनाइयो । माओवादीको घोषणा पत्र लगायत संविधान सभामा सुनुवार स्वायत्त क्षेत्र उल्लेख हुनु एक उपलब्धि मान्नु पर्दछ ।
यस वर्षमा पनि काठमाडौं उपत्यका छाडेर कोइँच (सुनुवार) भूमिमा कुद्नु परेउ ।
यही फागुन १५ गते गोकुलगंगा उच्चा मावि राशनाइलुको उद्घाटन कार्यक्रम सकेर मन्थली लागियो अँधेरोमा कच्ची पक्की बाटाहरुलाई अन्धाधुन्ध पच्छाउँदै । ३.३० मा राशनाइलुबाट बाटो लागेका हामी सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार र म बेलुकी ९ बजे मन्थली पुगियो १६ गतेको सुनुवार सेवा समाज प्रथम रामेछाप जिल्ला सम्मेलनमा सहभागी हुन । विभिन्न १३ गाउँबाट गाजाबाजासहित सम्मेलनमा आएको कोइँचहरुले नयाँ बसपार्कबाट आफ्नो झाँकी प्रदर्शनी गर्दै देवकोटा चोकबाट घुमेर रामेछाप जिविस हलको प्राङ्गणमा आएर सभामा परिणत भयो । रामेछाप जिल्लाको पुरानो नाम लेङलेङ हो । यसो भनौं रामेछापलाई कोइँचहरुले लेङलेङ भन्दाछन् । अभैm पनि विवाहमा सेउली सिलोक गाउँदा लेङलेङ खानीकी फलामकी बन्दुक … गाउँदै आइएको छ ।
सभा भन्ने वित्तिकै सबैको मनमस्तिष्कमा अमिट छाप बसेकै कुरा हो भाषण हुन्छ नै अनि नाचगान, कविता बाचन, हाँस्यव्यङ्ग्य पनि । हो, सुनुवार सेवा समाज रामेछाप जिल्ला सम्मेलनमा ती सबै कुरा भए तर अलिकति आफ्नत्व थियो त्यो सम्मेलन कोइँचको लागि । त्यहाँ कोइँचको हकअधिकारको बारेमा चर्का भाषाण थिए, राजनीतिक पार्टीलाई गाली गरिएको थियो, सरकारलाई चुनौति दिइएको थियो र कोइँच नृत्य, कोइँच गायन प्रस्तुति गरिएको थियो । दर्शक भने विभिन्न जातजाति थिए । कोइँच भुषभूषामा सजिएको रेश्मा र कोइँच गीत मात्र गाएका शिव मुखियाको स्वरले गैर कोइँचलाई पनि लट्ठाएको थियो । मन थाम्न नसकेर कोइँचको हुलमा नाच्न पसेका खस बाहुन दर्शकहरु कोइँच भेषभूषा लगाएर नाचेका कोइँच युवायुवतीहरुको वीचमा कागको हुलमा बकुल्ला भैंm देखिन्थे ।
उद्घाटन समारोह सकियो । तर गाउँ गाउँबाट आएका कोइँच युवायुवतीहरुलाई कोइँचको बास्साइ बाजा, टुङ्नामा नाच्न नपाएर मन दुःखेको थिए छ क्यार । हामी बसेको तीनतले लजमा जम्म भए प्लेतति, दुरागाउँ, बिजुलकोट, सैपुका युवायुवतीहरु । आपसी चिनजानको कार्यक्रम र मनमा लागेको कुरा बाँढ्नैक्रममै रातको १२ बज्यो । त्यसै मन मारेर छुट्टियौं ननाची । सँगैका साथीहरुले नाच्न नपाएकोमा मन खल्लो र थकथकी माने । भोलि पल्ट फागुन १७ गते दिनभरि खाना पनि नखाई रामेछापको जुनारको रस र एक प्याकेट कोकोनट विस्कुटको भरमा बेलुकी सात बजेसम्म बसेर बन्दसत्रबाट नयाँ कार्यसमितिको चयन गरीसकेपछि छुट्टी मिल्यो । हामी बुजिच साङखु, निक्थुँ मुलिच (मनप्रसाद सुनुवार), फत्तमाया थुङ्गुच सुनुवार, म भने वल्लो किरात संघीय राज्य परिषदको रामेछाप जिल्ला तदर्थ समितिको गठन गर्नेक्रममा हामी वस्ने तीनतले लजमै व्यस्त भयौं । अन्य साथीहरु बसपार्क झरेछन् । बुजिच साङ्खुले बसपार्क जाने कुरा गरे । कोरमोच पाम र याअ्ता ओकेशलाई फोन गरे । उनीहरुले आउनु भन्ने सूचना दिए । रातको ९ बजेको थियो । दिनभरीको थकान नजाने शर्तमा हामी खाना लाग्यौं । फत्तमायालाई खाना खाँदा खाँदै फोन आयो लौ आउनु परेउ भन्ने । बस पार्क लाग्र्यौ । प्लेतति शेमशेमकै एक शेर्पाको होटल रहेछ । त्यहीँ हामी जम्मा भयौं प्लेततिका कलाकारसँग राशनाइलु, गुप्तेश्वर र फर्पुका साथीहरु । अनि शुरु भयो बस्साइ बाजाको नाचमा जुवारी, सिल्पाउवु फारपुले सिलपाउ । बोक हाइ बुरकेली बोक हाइ ।
चकामन्न रात । एउटा जस्ताले छाएको छाप्रो होटल । अटाइ नअटाइ बसेका हामी । जोश उत्मुक्त थियो । कोइँच आम छोरीचेली र दाजुभाइ, बुबाहरु, थरिकुति पनि । प्लेततिकै सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका गाउँ समितिका सल्लाहकार गोविन्दले मच्ची मच्ची बास्साइ बाजा बजाउँदै नाचेका थिए । साथमा फारपुका अमृत सुनुवार जो सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज केन्द्रीय अध्यक्ष हुन नाचीरहेका थिए ।
बुर खामे ब्लाजफिल जाइ मिनु
बुर खामे ब्लाजफिल जाइ मिनु
तेङा ठुले तेङा गो
तेङा ठुले तेङा गो
लेङलेङ रागिमि ग्लुमशामिन
लेङलेङ रागिमि ग्लुमशामिन
रिमाचेमा पाइ मिनु
रिमाचेमा पाइ मिनु
सिल पाउ फारपुले सिलपाउ
सिलपाउ फारपुले सिलपाउ
प्लेतति (प्रिती) का तामिसामिले सोधे परिचयको लागि ।
ताँबे दिःमि बुर्के हो
ताँबे दिःमि बुर्के हो
मेकेन जन्मेशा हुर्केशो
मेकोन जन्मेशा हुर्केशो
बामना याअ्ता गो नाङा
बामना याअ्ता गो नाङा
जोलफे लोः काइ मापाङा
जोलफे लोः काइ मापाङा
सिलपाउ फारपुले सिलपाउ
सिलपाउ फारपुले सिलपाउ
बुर्केका ओकेश याअ्तासँग प्लेततिका छोरीचेली वीच घमासन जुहारी चल्यो ।
रात छिप्पीँदै थियो । जुहारी चर्किँदै थियो । हाँसो गुञ्जनले बसपार्क पुरै थर्काएको थियो । गस्तीमा हिँडेका प्रहरीले पनि ढोकाबाट चिहाएर बाटो लागेका थिए । जुहारी चेलेको चल्यै थियो । वाः प्लुत फारपुले वाः प्लुत । बोक हाइ बुरकेली बोक हाइ । दात हाइ फारपुले दात हाइ ।
अभैm पनि कोइँच युवायुवतिहरुलाई रमाइलो गर्न फिलिम, नाटक, स्टेज शोले सकेको रहेन छ । र, हामीलाई पनि त्यो प्रत्यक्ष उत्तेजक जोश जाँगरले रातोपिरो भएर पूर्व बल प्रयोग गरेर गाएको जुहारी गीतले दिन भरी थकान हरण गरेको थियो । बस्साइ बाजा कहिले ललितपुर जिल्लाको सुसेस कोषाध्यक्ष श्याम सुनुवार, जो प्लेततिकै हुन्ले बजाउँथे भने कहिले सञ्जीव सुनुवार, सुसेस अध्यक्ष प्रिती गाउँ समिति, ले बजाउँथे । सुसेस अध्यक्ष र सुसेस जिल्ला सदस्य कृष्ण सुनुवार औषधि खानु पर्ने भन्दै १२ बजे निस्किए । जुहारी चलेको चल्यै गरेउ । रमाइलो गर्ने कुनै सिमा थिएन । कसैको प्रवाह थिएन तर आफ्नो कर्तव्यबाट कोही पनि च्युत थिएनन् । त्यो रमाइलोमा कुनै स्वार्थ थिएन न त कुनै षडयन्त्र । त्यो रमाइलो दुई दिने भेटघाटको विदावरीको रमाइलो थियो । यसैले कसैलाई कुनै दुःखेशो थिएन । थियो, त प्रितीका साथीहरुलाई एउटै गुनासो थियो, कोइँचको पहिचानको लागि भेषभूषासहित कोइँच गीत, नृत्यसहितको झाँकी प्रदर्शनी गर्ने क्रममा जहिले पनि सम्झिन्छन् प्रिती र गुप्तेश्वरलाई । जहाँ पनि हामीले कोइँचको सन्दर्भ सामाग्रीहरु जुटाइदिनु पर्ने तर हामीले माग गरेको अध्यक्ष र सचिव पदमा भने साथीहरुले सर्वसम्मति जनाउन सकेनन् । योगदानको कदर गर्नमा साथीहरु चुके । तर ठिकै छ, साथीहरुले कोइँचको पहिचान जोगाउन र उनीहरुको हकहितको लागि जनवाकलता गर्न नचुकुन ।
रात छिप्पीँदै जाँदा होटल साहुलाई घरपेटीको दबाब बढ्दै गयो । हामीले समस्यालाई बुझी दियौं । होटलबाट बाहिरियौं श्याम सुनुवारको बास्साइ बाजाको मधुर धुनको विसाउनीमा । तर होटलबाट निस्कीए पनि विदावारीमा हत्तापत्ति मनले छुट्न मानेन । झण्डै आधाघण्टा सडकमै रमाइलो भयो । कुराकानी भयो । एक अविस्मरणीय क्षण बोकेर हामी आआफ्नो बासबस्न विदावरी भयौं फेरि अर्को त्यस्तै कुनै रमाइलो सभा, समारोह, उत्सव र कार्यक्रमहरुमा । समयको क्रमसँग एकराते जात्र बन्द हुँदै गए पनि त्यसको धङधङी यस्तै महोत्सवले पुरा गर्दै आएको छ । फेरि बास्साइ बाजा र टुङ्ना जुहारीले मौलाउने मौका पाएको छ । केही खुशी, केही गुनासो, विदावारीको यो अविस्मरणीय क्षण कानमा अभैm गुञ्जीरहेको छ, सिल पाउ फारपुले सिलपाउ, बोक हाइ बुरकेली बोक हाइ ।

One Response to “सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण”

  • नमसेवल,
    उकुसु का धेरै लेखहरू पढेकै हुं , जसमध्य अजकेा येा लेख बास्तबमै भिन्न र उत्साह जनक पायेँ ।यस लेखकेा लागि उकसु जिलाइ मुरिमुरि बधाइ र घन्याबाद , बास्तबमा यात्रा संस्मरन प्रस्तुत गर्न जति गारेा छ। त्यतिनै पढनेलाइ मजा अाउछ । यस बिधामा बिरलै कलम चलाउने काःतिच यस पल्ट खरेा उत्रेकेामा खुसित छँदै छु कति ?यसकेा सिमा ममा रहेन । अन्तमा नयाँ कार्यसमितिलाइ कार्यकालकेा सफलता केा शुभकामना ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives