All about Sunuwar

दशैं

कसैलाई शुभकामनाको डोको लिएर
कसैलाई ऋणैऋणको पोको लिएर
कसैलाई उमंगको सौगात लिएर
कसैलाई ब्याजमाथि स्याजको भारी बोकाएर
कसैको लागि मीठो खाना
कसैको लागि नयाँ नाना
बनेर, शरदमासमा
खुलेको आकाशसित हाँस्दै हाँस्दै
फुलेको सयपत्रीसित साइनो गाँस्दै
सवैलाई साविककै कोसेली
एक एक चिम्टी टीका र
एक एक सुइरो जमरा बाँड्दै
अर्काले पालीराखेको
खसी, कुखुरा, हाँस,राँगा, सुँगुर देखेर
ओँठ लट्कार्दै लट्कार्दै
जिब्रो फट्कार्दै फट्कार्दै
वर्षै पिच्छे बरालिदै बरालिदै
फर्की फर्की आउँछ दशैं
बाली खान पल्केको बोका जस्तै ।

चेरेहामसो
खिँची निभारे, ओखल्ढुंगा

9 Comments to दशैं

  1. Prakash Sunuwar says:

    दशैं र दशैँ मान्ने सुनुवारहरु मुर्दाबाद

  2. BB Sunuwar says:

    @ प्रकाश सुनुवार:
    तपाइले आफू दसैं मान्दिन भन्दैमा अरुको आस्था र विश्वासमाथि त्यसरी बिरोधावाशपूर्ण कमेन्ट गर्नु के तपाईलाई शोभा दियो त ? जता गयो तेतै रडाको गर्न थाल्नुहुदोरैछ नि तपाइँ त के हो ?

  3. धर्म को नाम मा वा कुनै पनि जाती को पारम्परिक चार्ड को नाम मा भाइ चारा फुटाउना खोज्ने प्रकाश जी मुर्धबाद ……

  4. keem bob says:

    धर्म को नाम मा वा कुनै पनि जाती को पारम्परिक चार्ड को नाम मा भाइ चारा फुटाउना खोज्ने प्रकाश जी मुर्धबाद ……

  5. lcve bdr sunuwar says:

    दशै र दशै मान्ने सुनवारहरु मुर्दावाद भनेर भन्नु भएको छ । यसमा म पनि सहमत त छु नै तर तपाईले यो मुर्दावाद र जिन्दावाद भन्नु पूर्व तपाईले कहिले पनि ल सुनुवार दाजुभाइहरु यो दशै भन्ने चाड हामी कोँइच सुनवारहरुको होइन भनेर यस्तो जनजागरणको कुराहरु सुनवारहरु माझ यस्तो चेतनाको कुराहरु गर्नु भएको छ ? यदी छैन भने यस्तो कुराहरु सनुवार माझ यो कुराको पूर्ण जानकारी गराउनुहोस अनि यस्ता कुराहरु भन्नुहोस

  6. Prakash Sunuwar says:

    बिबि सुनुवार लगायत माथि सबै जनाले दशैँ प्रतिको मेरो बिचारलाई कमेन्ट गर्नु भएकोमा धन्यबाद तर तपाईहरु सुनुवारको कुन नया राजाहरु बनिन खोज्नु भयो ताकी तपाईहरुले दशैँ मान्दा मैले बिरोध गर्न नपाउने ? बिरोध नगर भन्नु भन्दा किन बिरोध भैरहेको छ भन्ने कुरो तपाईहरुको खोपडिले बुझेको नै हुनुपर्छ – अरुको व्यक्तिगत चरित्र हत्या गर्ने प्रयास नगरे हुन्छ – नक्कली नाम/इमेल देखाउदैमा, मेरो प्रतिरोध गर्दैमा म डराउने होइन, निहु नै खोज्ने हो भने म पनि पछी हट्ने होइन
    पुरानो पहाड घर दाब्रे राष्नालु, माथ्लो मझुवा हालको घर धरान १८, रत्नचोक, अस्थाई बेलायत फोन नम्बर ०७८९४७११६२८ , इमेल prakashsunuwar@hotmail.com , तपाई(हरु)संग यो दशैको बारेमा घन्टौ छलफल गर्न सक्ने बुदाहरु छन् म संग – मुला ठेट्नाहरु !

  7. kormoch says:

    सानो मोबाइल वाट गरेको प्रयास सफल भएन, आज डेस्कटप मै बसेर यो प्रतिक्रिया लेख्दै छु, चेरेहामसो सर को कलममा वास्तविकतालाइ सरल शव्दहरुमा पाठक सामु पस्किदिने कला…विसंगति, विकृति र विवशतालाई यस कवितामा साच्चिकै चोटिलो रुपमा प्रस्तुत गरिदिनु भाको मा धन्यवाद !!!

  8. guro says:

    badhai Cherehamsolai bahas badhdai Jahos, Yo Dasai Koinchko ta hoina nai, Hunsakchha Dharma paribartan gareka Sunuwarharu Jo Hindu bhanda garba garchhan Nak dukhnu Sobhabik ho. Kohi chrishtian chhan, kohi Buddhist chhan. Dharma mannu Sabaiko Indivisual rights ho. Tar Am Sunuwar IPs ko dharma bhane Na hindu ho na chrishtian na ta buddha ?

  9. चेरे हाम्शो जी,सरल शब्दमा सहज तरिकाले पढ्ने जो जो पाठकहरुछन् सम्पूर्णले बुझ्ने गरि तिखो प्रहार गर्नु भाकोमा तपाईको कलम चलाउने कलाको कदर गर्न चाहन्छु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *