February, 2014

now browsing by month

 

हाइकू–‘राजनीति’

अरु पछार्न
सडकमा फालेको
केराको बोक्रा ।

सोम सुनुवार, इलाम सदरमुकाम, इलाम ।

Share

भव्यरुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न : तर उठाउनु पर्ने पहिचानको मुद्दा ज्यूँका त्यूँ

sukachaसुनुवार डट ओआरजि समाचारदाता ।

काठमाडौं । साँस्कृतिक कार्यक्रम भनिए ता पनि आधा समय आशनग्रहण तथा मन्तव्यको औपचारिक र आधा गीत, संगीत, नृत्यको मनोरञ्जनात्मक कार्यक्रम सहित साँढे तीन घण्ट सुनुवार सेवा समाजको भवन कोटेश्वरमा उपस्थित कोइँच दर्शकलाई भर्पूर मनोरञ्जन दिँदै सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो विविध साँस्कृतिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिति सभासद यज्ञराज सुनुवारले अबको संविधान सभामा कोइँचको संस्कार संस्कृतिका बारेका बोल्ने छु भन्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसको लागि सुनुवार सेवा समाजले उहाँलाई निर्देश गर्नु पर्ने कुरा पनि कार्यक्रममा राख्नु भयो । Read More

Share

कुण्ठित मौन सङ्कल्प

-कोइँचबु काःतिच
देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट
अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले
झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा
एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि
एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ ।

पक्का मलाई विश्वास छ कि
त्रि्रो सुगठित बलिष्ठ शरीरसँग
त्रि्रो सबै प्रेमिकाको उत्तिकै आशक्ति छ भन्न सक्दिन ।
यो पनि थाहा छ कि
त्रि्रो बाहु बलले सधैं साथ दिन सक्ने छैन
एक दिन अवश्य अंगभंग हुने छ, जर्ीण्ा हुनेछ
हो, म त्यतिबेला त्रि्रो चर्तिकलाको एक्लो साँक्षी हुने छु ।

गर, जे जति गर्न सक्छौ
भन, जे जति भन्न सक्छौ
लेख, जे जति लेख्न सक्छौ
बङ्गाउ, जति बङ्गाउन सक्छौ
भ्रमको खेती गर, जति गर्न सक्छौ
सक्छौ ब्रहृम-विष्णु-शिव, जिसशको सेपमा राखा मलाई
सक्दैनौ बहुपहिचान, मिश्रति पहिचानको ओझेलमा पार मलाई
तर बुझ,
इतिहास तिमीले कहिल्यै मेट्न सक्ने छैनौ
इतिहास, इतिहास नै हो यो ध्रुव सत्य हो
हो, म त्यही इतिहासको साँक्षी बनेर बाँचेको छु
पक्क हो स्खलित सपनाहरु मृत्यु हुन्
चरु होम पोली सकेको वेवरिसे यज्ञ जस्तो
हिलो एक दिने फुलेर फुर्ति लगाउने कमल जस्तो ।
अब,
म जिउँदा सपनाहरुको खोजीमा छु
म त्यही जिउँदा सपनाहरुको उरुङभित्र
सत्य र न्यायको सुरुङभित्र बाँचीरहने छु
रक्त वीज बनेर मेरो चिनारीको युद्धमा उत्रिने छु
ओ यो सृष्टिको एक्लो व्याख्यता !
सक्छौ आऊ मेरो इतिहास नुनचुक दलेर मेटाऊ
स्वीकार, ए ब्रहृमज्ञानी सिद्ध स्वामी !
निक-बाकु, ठेङको फुरु लिँख पानी, आराकु सागुन शाँबु र्छर्केर
मृत्यशैय्याबाट व्यूँझेको मेरो जिउँदो सपनाहरु जन्माउने चुनौती ।

Share

हुस्सु भन्छ रे साह्रै चुस्छु : सभासदहरुको नालीबेली प्रियासीलाई ।

मेरी प्रिय,
तिमीलाई अविरल मिम-सि ।
हिजोआज काठमाडौं, हरेक विहानी शीतमय अनौठो हुस्सुको घुम्टोले सजिएर आउँछे । र, एक झोक्का चिसो सिरेटो उपहार थमाउँदै बढो भद्रतासाथ बाटो लाग्छे । उसको भद्रतामा न मेरो कुनै दिलचस्पी छ न उसको आवश्यकताको महसुश । नामै हुस्सु । जातै हुस्सु ।
यसैले हुस्सुको कुनै प्रवाह नगरी एकाविहानै म एक जना कोइँच अग्रजको घरमा पाहुन लाग्न पुगेँ । बहाना थियो, फागुन १० र २४ मा हुने कार्यक्रमको निम्तो ।
कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘भाईले भनेको कुरा सही रहेछ ।’
म झसङ्ग भएँ । त्यस्तो कुरा त केही गरेको थिइँन । के पो भनि पठाएँ नि । किरातीको छोरा अँध्यारोमा हानेको घुयेँत्रोले ट्याक्र्‍याक्कै कसलाई पो लाग्यो नि ! – ‘के पो कुरा गरे पठाएँ नि दाग्यु -‘ Read More

Share

हिउं–पानी पर्दा स्थानीयमा खुशी

सोम सुनुवार (काःतिच)
सुनुवार डट ओआरजी, इलाम प्रतिनिधी, ६ फागुन ।
मेची मार्ग अन्तर्गत पाँचथरकोे पौवा भञ्ज्याङ खण्डमा गएको आइतबारदेखि बर्षातसँगै हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । यसै पनि पौवामा हिउं परेको सुन्नासाथ मेचीका धेरै भागबाट चिप्लेटी खेल्न मानिसहरु ओइरिने गर्छन् । ‘हिउं पर्यो, रिम्स्योन दुम्त (राम्रै भयो)’ स्थानीय रुद्र सुनुवार भन्छन्–‘मानिस आउनु भनेको यहां दमी (रुपैंयां) फल्नु हो ।’ अधिकांश कोइंच र केही मात्रामा शेर्पालगायतको समुदायका मानिसहरुको वसोबासो रहेको छ सो स्थानमा । उनीहरुले होटल अनि व्यापार चलाएका छन् ।
होटल व्यवसाय गर्नेकालागि त राम्रो भयो नै । खेतीपाति गर्ने किसानकालागि पनि हिउं–पानीले अझ खुशी थपेको छ । ‘हिउं पर्यो, यो बर्ष वालिनाली सप्रिन्छ’ पाँचथरकै नाम्दु–मजुवाकी कर्णमाया सुनुवार खुशी व्यक्त गर्दै भन्छिन्,‘ यस भेगमा लगाइएको आलु बालीलाई फाइदा पुगेको छ ।’
यता इलामको बाघखोर, चैते, जौवारी, चनाउटे, नयाँ बजार, माइमझुवालगायत लेकाली भागमा समेत हिउ परेको छ । केही कष्टकर जनजीवनका बाबजुद यहाँका मानिस पनि हिमपातका कारण हर्षित छन् ।
पुवामझुवा–८ का धनबहादुर सुनुवारका अनुसार चैतेमा आलु बालीकालागि राम्रो भएको छ । त्यस्तै सोही गाविस वडा नम्बर–९ की डिल्लीमाया सुनुवारले बिभिन्न थरिका कोपीको नर्सरी गुम्मजमै भएकाले समस्या नभएको बरु अव तत्कालैदेखि वेमौशमी कोपी लगाउन मिल्ने गरी जग्गा भिजेको छ ।
‘लेकतिर हिउ खेल्ने मानिसहरुको आवतजावतले ग्रामीण वजारहरुमा अहिले साना होटलहरु राम्ररी चलेका छन्’ इलाम, बाघखोरकी लालमाया सुनुवार भन्छिन्–‘हिउं पर्दा रमाइलो पनि छ ।’
चिसोमा लाउने अनि खाने र पिउनेको उचित व्यवस्थापन गर्न सके यस्ता व्यापारीक केन्द्रमा बसोवास गर्ने कोइंचले मात्रै नभई सबैले राम्रो आर्थिक लाभ लिन सक्ने सम्भावना छ । यस्तो मौकामा पाहुनालाई ‘फाल्गी’ (सुनुवारी खाना¬¬) खुवाउन सके कति माज्जा आउंथ्यो होला ? तत् क्षेत्रका कोइंचह्ररुले पहिचानसहित यस्ता खाद्य तथा पेय पदार्थ प्रस्तुत गर्नेतिर ध्यान पुर्याउन् ।

Share

प्रणय दिवसमा प्रेमिकासँग मनको कुरा

-कोइँचबु काःतिच

मेरी प्रिय,

यो प्रणय दिवसको औसरमा

अलिकति

बजारमा चलेको समावेशी, सहभागिता

र, असली सामुहिक अधिकारको कुरा गरौं है,

हुन्छ हैन त ?

१) प्रिय सोच त, पिजडाको सुगा र वनको सुगाको के अन्तर छ –

२) अब भन त, वनको सुगाले कस्तो अधिकार खोज्ला ? अनि पिजडाको सुगाले कस्तो अधिकार खोज्ला ?

३) विचार गर त, पिजडाको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ कि ? वा वनको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ ?

४) कल्पना गर त, मानिसले पिजडाको सुगाको अधिकारलाई सम्बोधन गर्ला कि वनको सुगाले खोजेको अधिकारलाई सम्बोधन गर्ला –

५) अनुमान लगाउ त, मानिसले कसलाई बढी मन पराउला वनको सुगा कि पिजडाको सुगा ?

६) प्रिय भन त, भावी सन्ततीको लागि पनि सोच्ने हो भने मानिसले कस्को अधिकारलाई स्थापित गर्न विचार गर्नु पर्ला ?

७) हजुर, यता सुन न मेरी प्रिय – हामी पनि प्रष्ट हुनु छ कि पिजडाको सुगाले सम्पूण् सुगाको व्यथा बुझन सक्दैन । उ मानिसको संगत, वस, मोहमा परेको छ । मानसिक, शारारीरिक विकलङ्ग भै सकेको हुँदा सुगामा हुनु पर्ने गुण हराइसकेको छ । उसलाई दुध भात प्यारो हुन्छ । मानिसले जे बोल्यो त्यही बोली प्यारो लाग्छ । उडेर जंगल पस्न मन लाग्दैन । र, मानिसकै चाकरी गर्छ । मानिसको खेेलौना र शौख बनेर बाँच्न बस्न मन पर्छ । उ माथि मानिसले गरेको ज्यादाती, अन्यय-अत्यचार कुनै पनि हालातमा महशुस हुँदैन । बरु वनका सुगालाई अभागी ठान्छ, काम नलाग्ने ठान्छ, र, मुर्ख भन्छ । पिजडाबाट मानिसले छाडी दिँदा पनि उ मानिसको आँगन छाडेर आफ्नो पुख्र्यौली थलो वन जङ्गल जाँदैन । उ आफ्नो पिजडालाई आधुनिक अन्य सुगाले बस्न र सोच्न पनि नसक्ने सुखसयल सम्पन्न महल ठान्छ । आफुलाई बन्दी भएको कुनै पनि हालातमा सोच्दैन । बरु सबैलाई पिजडामा कैद बन्न उक्साउँछ ।

अँ प्रिय महशुस गरेका छौ नि, हिजोआज जतासुकै आदिवासी जनजातिको समावेशी र सहभागिता भएको देखिन्छ । तर मानिसको बोलीको नक्कल गर्न सिकेका पिजडाका सुगा मैनालाई घरमा पालेर वन जङ्गलको चराको प्रतिनिधित्व छ, समावेशी र सहभागिता भएको छ भने जस्तै भएको छ । त्यस्तो प्रतिनिधित्वले उठाउने कुरा भनेको आफ्नो असली बोली र व्यवहार, थाँतथलो विर्सको सुगा मैनाले बाराम्बार बोल्ने उही “गोपीकृष्ण कहु” जस्तो मात्रै हो ।

यसैले प्रिय, हामी आदिवासी जनजातिले कहिल्यै विर्रर््सनु हुन्न कि “हाम्रो संस्थागत प्रतिनिधित्वको सुनिस्चितता हुनुपर्छ भन्न” । अनि मात्र हाम्रो सामुहिक अधिकारको सुनिस्चितता हुने छ । हाम्रो संस्कार-संस्कृति, भाषा, भेषभूषा, चालचलन, जीवनशैली, परम्परागत सीप ज्ञान र थाँतथलोको संरक्षण हुने छ ।

Share

वनभोज कार्यक्रमसम्बन्धी अत्यन्त जरुरी सूचना !!!

Picnic Tickets SWS

सुनुवार सेवा समाजको २५औं रजत वर्षको उपलक्ष्यमा आयोजना गरिने विभिन्न कार्यक्रममध्ये यही आउँदो २०७० साल फागनु २४ गते शनिबारका दिन ललितपुरको बज्रबाराहीमा वनभोज कार्यक्रमको आयोजना गरिने भएकोले सम्पूर्ण सुनुवारहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा । विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना गरिने वनभोजमा यहाँहरुको पनि कुनै नयाँ नौलो प्रस्तुति भए कृपया सम्पर्क राखेर कार्यक्रम तय गर्न सहयोग पु¥याउन हार्दिक अनुरोध छ । यातायातको व्यवस्थासहित वनभोज कार्यक्रमको टिकट मूल्य रु. ६००।– (अक्षरेपि छ सय मात्र) तय गरिएको छ । उक्त टिकट अनिवार्य रुपमा कार्यक्रमस्थलसम्म ल्याउनहुन अनुरोध समेत गरिन्छ ।

टिकटको लागि :

मुना मुखिया सुनुवार, सुनुवार विद्यार्थी समाज, ९८१४९४६२३४

शोभा सुनुवार, सुसेस काठमाडौं जिल्ला समिति, ९८४११९८९१३

विवेक÷सुवास सुनुवार, सुसेस, केन्द्रिय सचिवालय, कोटेश्वर, ४१५४०५०, ९८४९०५२५९९, ९८४३५८५०५७

सिपि सुनुवार, सुसेस ललितपुर जिल्ला समिति, ९८४९१२४७०७

सुदीप सुनुवार, सुसेस भक्तपुर जिल्ला समिति, ९८१८८८९४८५, ९७४१००८७३०

 

सुनुवार सेवा समाज वनभोज आयोजक समिति २०७०

काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति, भक्तपुर जिल्ला समिति र सुनुवार विद्यार्थी समाज केन्द्रिय समिति

Share