प्रकाश सुनुवार

now browsing by tag

 
 

“पत्रे अनुरोध”

पहाडहरु सिञ्चित भए
सेतो हिमालका छाती चिरिए
तराईहरु पनि रक्ताम्मे भए
नदीहरु रंगिए
जंगली पातहरु छिर्केमिर्के भए
गाउँ अनि शहरहरुका
स्कुलका भित्ताहरु पोतिए
कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए
जताततै नमेटिने गरि डोवहरु बसे
रक्तरंजित भए
कतिपय ठाउँमा अतिरंजित भए
हो, रक्ताम्मे भएकै हो
लाग्छ कि,
रातो देखिनुमा मात्रै
रगत भनिएको होइन,
जुनकुनै
साउने झरीले पखालिन सक्तैन
युगौंका माघहरुले कठ्याङ्ग्र्याउन सक्तैन
परिवर्तनका खोक्रा भ्रमका खहरेहरुले झन
कसरी पो बगाउन सक्छ र ?
शान्तीको ब्यारेकहरु स्थापना हुँदैमा
कन्टेनरमा बन्दुकहरु बेस्कन कोच्दैमा
बिद्रोहहरुलाई क्यान्टोन्मेण्टमा कैद गर्दैमा
पत्रपत्र परेर बसेका रगतका डोवहरु
कसरी मेटिन सक्छ र ?
कसरी धमिल्याउन सक्छ र ? Read More

Share

पिंजडा भित्रका कबिता

नेलकडी ठोकेर

पिंजडा भित्र बन्दी बनाइएको

शताब्दीयौं भयो – मेरो कबिता !

पिंजडा –

दन्तेकथाको एकिकरणको,

अन्धा/ बहिरा/ लाटा राजतन्त्रको,

पञ्चायत नामको,

झुक्याउने प्रजातन्त्रको,

फोस्रो लोकतन्त्रको,

प्रमाणीत हुन नसकेको गणतन्त्रको ।

पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने

कबिताको पिडा भने उहिका उहि/ जस्ताको तस्तै

सम्बोधन हुन नसकेका थुप्रै कबिताहरु

यत्रतत्र बन्दी छन् यहाँ । Read More

Share

गुलाबका फुलहरु

आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु

पस्किंदै थिए सुगन्ध

अनि सुगन्धित हुँदै थिए

पृथक अस्तित्वका लागि

कोलम्बो तिर ठडिएका नदिहरु

र, गुलाबका फुलका सुगन्धित शक्तीले

प्रज्वलित हुंदै

कनाकरायन नदिसंगै थुप्रै नदिहरु

राजपक्षका जल्लाहदहरुको सामनामा

उर्लिसकेका थिए सयौं पटक । Read More

Share

मुक्तिसंग्राम

कपिलबस्तुमा
बुद्ध जन्मिएकै कारणले मात्र
शान्तीप्रेमी हुन सक्दिन अब म
बिश्वयुद्धहरुमा अरुको निमित्त
ज्यान समर्पन गरेकै आधारमा मात्र
बहादुर कहलिनु हुँदैन अब म ।

 

तर पनि
शान्तीप्रेमी र बहादुरहरुले
फेरि अर्को
मुक्तिसंग्राम बिश्वयुद्ध आयोजना गरिरहेका छन् ।
Read More

Share

तोरावोरा देखि अबोतावादसम्म

ओसामा

तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ

तिम्रो हत्यालाई न्याय हो भनिंदैछ ।

गोप्य र अनौठो खाले एक प्रकारको

शान्ती पर्सिएको छ

र न्याय पस्किएको छ

ग्राउण्ड जीरोमा ह्वाइटहाउसले ।

यो भन्दा पनि अझ बढि

शान्ती र न्यायको लागि

तिमी फेरि फेरि किन नजन्मीने त

तिमीलाई मारेर फेरि फेरि अपराध किन नगर्ने त

शान्ती र न्यायको खातिर

तिमी बास्तबमै मर्‍यौ

अझै कति मर्दैछौ

कि त मरुभुमिको तेललाई थाहा छ

कि त ह्वाइटहाउसलाई थाहा छ

बिन लादेन

तिमीलाई अन्तिम श्रद्धान्जली

भर्जिनिया वाटरमा फूलेको

एक थुँगा लालिगुरांसको ।

(२ मे २०११, सोमवार)

– Prakash Sunuwar

Share