February, 2021

now browsing by month

 

परम्परा र समयलाई जोडेको साराकाे मुक्दुमि चित्रकला

–काेइँचबु काःतिच

सारा तुनिच अर्थात दुर्गा सुनुवार । सम्भवत उनमा मुक्दुमको मेग्यो चढेको छ । र त MFA 1st semester display मा उनले समसामायिक जल्दोबल्दो सन्सारको समस्यालाइ देखिन् र क्यान्भास पोतिन मुक्दुमि दिव्य कुचीले । मुस्किलले औैलामा गन्न सकिने कोइँच चित्रकारहरुका लागि उनको चित्रको महत्व थाहा छ । कलाको दृष्टिकोणमा उनका कला बुझ्न मथिङ्गल त्यति घोत्लिनु पर्दैन अर्थात उनकाे चित्रकला अमुर्त छैनन् ।

हुन त उनले यसभन्दा अगाडि पनि कोइँच संस्कृति झल्किने चित्रकला प्रदर्शनी गरीसकेकी हुन् । तर त्यो कलाभन्दा यस पटकको कला प्रदर्शनीले कोइँच परम्परा र वर्तमान समयसँग नजीकबाट मिहीन पाराले जोडेकाे छ । यसो भनौं विश्वले भोगेको व्याथा बोकेको छ ।

कोइँच कला संस्कृतिमै बसेर पनि सन्सारसँग समवेदना सटासाट गर्न सकिने सन्देश दिएकी छिन् । एक पटक कोइँचको आदिम जनजीवनतिर फर्काएकी छिन् वर्तमान टेकेर । कन्दमुल र सातवटा काँसाको थालले कोइँचको उबेला र योबेलालाई सात तला उँधौली आयनसँग जोडेकी छिन् ।

कोइँचमा छ महिना लेक उत्तरायन र छ महिना बेँसी दक्षिणायन गर्ने पुरानो चलन अहिले भने मात्रै संस्कृतिमा सिमित रहेको छ । यसाे भनाै गाेठखर्क लेकबेँसी गर्ने दिन इतिहास भए ।  उभौलीमा ९ तला र उधौलीमा ७ तला (साकुर) पिदार गर्ने संस्कार भने यथावत छ । यही समयसंस्कारलाई भिजुयल आर्टको माध्यमबाट बौद्धिक वहसको थालनी गरेकी छिन् उनले । याे भन्दा सुखद कुरा काेइँचहरुकाे लागि अरु के नै हुन्छ र । सँगसँगै यो समय कोभिड १९ ले आक्रान्त समय हो । यसैले इम्युनिटी पावर बढाउन सकियो र प्रकृतिसँग सहकार्य गर्न सकियो भनेमात्रै कोरोन भाइरससँग कुस्ती खेल्न सकिन यथार्थ कसैबाट छिप्न नसकेकै कुरा हो । यसैले कोइँचहरुले उहिले र हालसम्म पनि कला, दासु, श्योकात, खिँःरेबि, काइँति, बाकिरेबि खानु शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने अचुक उपाय रहेछ र हो भन्ने सन्देश पस्केकी छिन् ।

उनले सबै चित्रहरुकाे भुइँमा सेतो, रातो र कलो रङको प्रयोग गरेकी छिन् । मुक्दुमी रङ्ग भनेकै रातो र सेतो हो । सेतो रङ्गलाई तटस्थ शुभ रङ्ग र पुरुषको प्रतिक मानिन्छ । रातो रङ्गलाई सृष्टि गर्ने न्यानो र संघर्ष अनि महिलाको प्रतिक मानिन्छ । काेइँचमा यही सेताे र राताे दुइ रङ्ग नै चलनचल्तीमा छ । यसैले कोइँचहरुमा २ र ८ लाई शुभ र १ र ४ लाई अशुभ अंक मानिन्छ । त्यसैगरी हरेक चित्रकाे भुइँ रङ्ग कालाे प्रयाेग गरेकी छिन । कालो रङ्गलाई कुलपुरोहित र दुइ पुस्ताहरुको पृष्ठभूमिमा मात्रै प्रयोग गरेकी छिन् । कालो रङ्गलाई अशुभ मानिन्छ । यसैले काेइँच संस्कृतिमा पोइँबो ग्याँमिले नराम्राे अपसकुन (खड्गो) काट्दा कालो धागो, कालो अक्षेता र कालो कपडाको प्रयोग गर्छन् ।


कालो रङ्ग पनि दुई पुस्ता भनौं या बुबाछोरा र आमाछोरी उनीहरु कलो रङ्ग प्रयोग गरेको कंक्रिट शहरतिर जानु कोइँच संस्कृति संकटमा रहेको देखाउँछ भने पोइँबो र ग्याँमि दुई जनाको भने पछाडितिर कालो रङ्गमा कंक्रिट शहरकाे घर देखाउनु भनेको कोइँच संस्कृतिलाई संरक्षण गर्न वा दुमा लाप्चो (खुवालुङ) बाट सुरक्षित निक्लन अब सबै नयाँपुस्ताले कोइँच संस्कृतिलाई अवलम्बन गर्नुको विकल्प नरहेको बताएकी छिन् ।

चित्रकाे भुइँकाे प्याट्रनहरु सबै काेइँच मुक्दुमी चित्रा र वाद्यवादनहरुबाट खिपेकी छिन । जसले मुक्दुम र संस्कृतिमा उनकाे लगाव र गम्भीरता के कतिसम्म छ भन्ने प्रष्टैसँग देखिन्छ । यति गहिरोरुपमा कोइँच संस्कृति माथि कलाकृति सिर्जना गरिएको र प्रर्दशनी गरिएको यो नै पहिलो हो । सारा तुनिचको भविश्य अझ उज्ज्वल होस् भन्ने हार्दिक शुभकामनासहित । शुभाशिष ।

Share

प्रतिगामी निर्णयको साँक्षी बन्दिन : वैशाखमा सुसेस सम्मेलन हुने

वैशाख २४ गते सम्मेलन हुन सक्दैन भने जेठ मसन्तभित्र सम्मेलन हुन्छ भन्ने के छ ग्यारेण्टी रु सुनुवार सेवा समाज उपाध्यक्ष् अमृतबहादुर सुनुवार र सल्लाहकार संयोजक मनप्रसाद सुनुवारले थान थापेपछि वैशाख २४ गते सुनुवार सेवा समाजको १० औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय भयो । तर सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष तथा सल्लाहकार टिकाराम मुलिचाले भने देखीजानी यस्तो प्रतिगामी निर्णयको साँक्षी बन्नु छैन भन्दै निर्णय पुस्तिकामा सही नगरी बाहिरीनु भयो । उहाँको तर्क थियो, राज्यले बैशाखमा निर्वाचनको मिति तोकीसकेको छ । अदालतमा मुद्दा छ । यदि संसद पुनःस्थापना भयो भने पनि वर्तमान सरकारले आन्दोलन गर्छ । सुनुवार सेवा समाजमा आवद्ध कुनै पनि सुनुवारहरु राजनीतिबाट अछुत छैनन् । कुनै न कुनै पार्टीमा आवद्ध त छन् । चुनाव भयो भने उम्मेदवार दिन कुद्ने यही हुनुहुन्छ । र भएन भने पनि विरोधमा झण्डा बोकेर उफ्रिने पनि सुनुवार हुनु नै हुन्छ । राज्यको राजनीतिक विचलनले सुनुवार सेवा समाजमा कसरी प्रभाव पर्छ भन्ने यी सबै कुरा थाहा हुँदा हुँदै पनि संघीय समितिले यस्तो कच्चा र प्रतिगामी निर्णय गर्नु बच्चाले खेले जस्तै हो । मेरो असहमति रह्यो । मैले निर्णय गर्ने होइन कार्यसमितिले माइन्युट गर्नुहुन्छ भने गर्नुस् ।
दुई सल्लाहकारसहित जम्मा ११ जना संघीय समितिको उपस्थिति भएको सुसेसको १० औं वैठकमा बाँकी सबैको मत भने जेठ मसान्तसम्ममा १० औं राष्ट्रिय सम्मेलन गर्नुपर्ने मत रहेको थियो ।

सम्मेलनको मुटु साधारण सदस्य
जुनसुकै सभा सम्मेलन अधिवेसनको मुटु भनेकै सदस्य हो । संस्थागत अद्यावधिक हुनुपरेउ सल्लाकार टिकाराम मुलिचाले संगठन विस्तार तथा अद्यावधिमा जोड दिए । सुसेस १० औं राष्ट्रिय सम्मेलनको मुटु पनि जम्मा साधारण सदस्यहरुको गणपुरक उपस्थिति हुनुपर्दछ । गणपुरक सदस्यहरु भनेका स्थानीय समिति वडा समिति, गाउँ÷नगर समिति, जिल्ला समिति, प्रदेश समिति, शाखा, आङ्गिक संस्थाका प्रतिनिधिहरु नै हुन् । महासचिव समीर मुखियाले अहिलेसम्म विश्वव्यापी कोभिड १९ महामारीको कारण सुसेसको स्थानीय तहको सम्मेलन गर्नसक्ने अवस्था नभएको हुँदा ठ्याक्कै यति नै स्थानीय समिति अद्यावधि भएको छ भन्ने टुँगो नभएको तर १२ वटा जिल्ला भने सम्पर्कमा भएको वताउनु भयो । सल्लाहकार मनप्रसाद सुनुवारले आफुले नवौं सम्मेलन गर्दा १८ जिल्ला अपडेट रहेको बताउनु भयो ।
सम्मेलनको लागि चैत्र २५ गतेसम्ममा अनिवार्य स्थानीय तहलाई अद्यावधिक गर्न पत्रचार गर्नुपर्ने उपाध्यक्ष अमृत बहादुर सुनुवारको धारणा रह्यो । पटक पटक सम्मेलन गर्नको लागि माइन्युट हुने तर कार्यान्वयन नहुनेमा गुबो समस्या भनेको स्थानीय तह अद्यावधिक हुन नसक्नु र नमान्नु नै हो ।

आर्थिकको कारण देखाएर सम्मेलन रोकिँदैन
पटक पटक सुनुवार सेवा समाजमा आर्थिक विषयमा प्रश्न उठ्छ । यसै विषयमा सुसेस संस्थापक कोषाध्यक्षले सुनुवार सेवा समाजको स्थापना गर्दा एक जना कोइँच आमाले झुम्के थैलीबाट १ मोहर खुशीले सहयोग गरेको र त्यो सहयोग जिन्दगीको सबैभन्दा अमुल्य सहयोग भएको उल्लेख गर्दै सुनुवारको चरित्रको वारेमा भन्नुभयो, यहाँ सुनुवार यस्ता छन् जसले एक दिन यो हामी सुनुवारको साझा घर हो भनेर एक दिन पनि सुनुवार सेवा समाजको भवनमा खुट्टा नटेक्ने र एक पैसा सहयोग नगर्नेले आर्थिक अनियामितताको कुरा वारम्वार उठाउँछ र प्रश्न गर्छ । जसले दान दियो उसले समर्पण गरेउ । उसले संस्थाको दुःख देखेर दियो । आत्मसन्तुष्टि छ ।
कोषाध्यक्ष शोभा सुनुवारले हालसम्मको आर्थिक आयव्याय प्रस्तुत गर्दै आर्थिकको कारण सम्मेलन नरोकीने वताउँदै अगाडि भन्नुभयो, सुनुवार सेवा समाजको सम्मेलनका लागि बजेट प्रस्तुत गर्न मुख्यत मलाइ प्रतिनिधिको सूची र स्थान चाहियो । संगठन विभागले त्यो सूची तयार गरेपछि खास बजेट आउँछ । तै पनि विगतको खर्चलाई हेर्दा ४ देखि ६ लाख खर्च हुन्छ । खर्च स्थानले पनि निर्धारण गर्छ । काठमाडौंमै गर्ने कि काठमाडौं भन्दा बाहिर गर्ने रु आर्थिक स्रोतको कुरा गर्ने हो भने संस्थागत दायित्व सदस्य शुल्क र स्वैच्छिक सहयोग नै हुन् ।
वैठकमा खासै त्यस्तो कुनै पनि विमतीका कुराहरु भएनन् । भित्तेपात्रो छाप्ने जिम्मा सुनुवार विद्यार्थी समाजलाई जिम्मा दिइयो भने सचिवालयको माइन्युट अनुमोदन गरियो । र खिम्ती २ हाइड्रोपावर क्षेत्रमा एफपिक गर्ने निर्णय भएको छ ।

Share

हुलाक टिकट छपाइको प्रक्रिया अगाडि बढ्यो ।

काेइँच बु काःतिच। काठमाडाै‌ ।

सुनुवार सेवा समाज संघीय समितिले शाँदार पिदारलाई प्रवद्र्धन गर्न हुलक टिकट छपाईको लागि प्रक्रिया अगाडि बढाएको छ ।सुनुवार सेवा समाजको संघीय सचिवालय वैठकमा निर्णय गरे अनुसारको तस्वीरमा सञ्चार मन्त्री पार्वत गुरुङले आज तोक लगाउनु भएको छ । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारलगायत उर्मिला सुनुवार, तारा सुनुवार र विमला सुनुवारको डेलिगेशनले उक्त तोकादेश गराएको हो । अब उक्त फाइल सचिवले हुलाक विभागमा पठाएपछि फेलाटेलिक शाखामा पुगेर टिकट ढाँचा तयार भएपछि पुनः निर्णयार्थ मन्त्रालयमै आउने छ । र, मन्त्रीले छाप्नको लागि तोक लगाएपछि हुलाक टिकट छापिने छ । यो प्रक्रिया द्रुतरुपमा भएमा र यही सरकार रहेको अवस्थामा चाँडै हामी कोइँचहरुको महान चाड शाँदार पिदारका वारेमा पनि हुलाक टिकट छापिने छ । तर विगतलाई फर्केर हेर्ने हो भने प्रेसमा पुगेको हुलाक टिकट समेत थुतिएको इतिहास छ ।

Share