June, 2017
now browsing by month
आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने ।
सरिता पुमा राई, अषाढ १२, काठमाण्डौं ।
आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने भएको छ । यहि असार १७, १८ र १९ गते महोत्सव हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएर महोत्सवको आयोजना गर्ने लागेको महासंघको अध्यक्ष अमृत सुनुवारले जानकारी दिनुभयो । त्यसैगरी आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । Read More