All about Sunuwar

May, 2016

now browsing by month

 

घरदेशी परदेशी

–  भावना परिष्कृत सुनुवार

घरदेशी- फेरि पनि भन्दैछु
पटक पटक सम्झाउदै छु
म पनि आउन चाहान्छु
दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा
जसोतसो जगेडा गरेर
हरियो रंगको सानो बुक पाएकोछु
पहिलो पटक हवाई गिरनमा
सपनाको सानो झोला च्यापेर
यो हरियो बुकको सहारामा
हवाई जहाज चडेर
मलाई पनि आउनु छ
जहा तिमी छौ डलर र पाउण्डको रुख उम्रने देशमा
सुन्छु त्यहा पसिनाको कदर हुन्छ रे
कर्मको बर्ग छुट्टाएर कसैलाई मान कसैलाई अपमान हुदैन रे
सुन्छु त्यहा दाम टिप्नलाई अनेक अवसर पाउछ रे
लौ न त्यो जादुको नगरीमा छडी घुमाउन म पनि आउछु
तिमी भन्छौ देशमै अवसर खोज
मैले जस्तै विदेश नरोज
युवा बिना शक्तिहीन देश रुन्छ
ब्रिद्द बाबा आमाको लौरी सहारा छुट्छ
सोचेको जस्तो नहुनाले पराइ देशमा पनि सपना टुट्छ
बिर्सेउकि तिमीले अवसर सुन्य छ देश भित्र
खालि पेट उपदेश सुन्न सकिदैन
नाता नहुनेको कृपा बर्सिदैन
नेता नचिन्नेको योग्यता र दक्षता केहि बिक्दैन
रातदिन भकारो मात्र सोरेर जिन्दगी बद्लिदैन
अब मैले निर्णय लिई नै सके
राजनीतिले बिगारेको देशबाट
राजनीतिले सप्रिएको देश आउन चाहान्छु ,बुझ्न चाहान्छु
धेर थोर मद्दत तिमीले गर्नु पर्छ है
फेरि पनि भन्दै छु
पटक पटक सम्झाउदै छु
म पनि आउना चाहान्छु
डलर र पाउन्डको बोट हुने देशमा

परदेशी – मैले नसुनेको हैन तिमीलाई
मैले नबुझेको हैन देशको परिस्थितिलाई
दाम फल्ने बोट सिहार्न कहा सहज छ र
धेरै भनि सके जादुको नगरी नसम्झनु भ्रममा छौ तिमी
सम्झाई पनि सके बाकि नराखेर सत्यतथ्य फुकाई
अनिदो आँखामा सायद तिम्रो ध्यान गएन
यी हत्केलाहरू यस्तरी चरचरी त् देशमा भकारो सोर्दानी फुटेन
अनि साच्ची तिमीले भकारोको कुरा गर्यो
भकारो सोहोरेर जिन्दगी नबदलिने कुरा भन्यो
सबै भनि सकेको छु सुनाइ सकेको छु
भन्न बाकि रहेको एउटै तितो सत्य अन्तिम पटक भन्दैछु
घरदेशमा गाइ बस्तुको भकारो सोर्ने हो
परदेशमा मान्छेको भकारो सोर्ने हो
हुन् सक्छ केहीले नसोरलान
उही हाम्रो देशमा केहि भ्रष्ट चतुरहरुले गाइ बस्तुको भकारो नसोरे जस्तै
हाम्रो बीबस्ता धेरैको साझा अवस्था
गाइ बस्तुको भकारो होस् या मान्छेको भकारो
हुनलाई त् दुवै दुखकै भकारो हुन्
तर यी दुइ बिचमा अन्तर भने छ है
अब बाकि तिम्रो बिचार
मेरो साथ् हमेसा तिम्रो लागि निर्धक्क रहेस

 

Share

रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रममा ।

[youtube]https://www.youtube.com/watch?v=sFlQWwwpbrU[/youtube]
रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रम पुजाको समयमा रमाईलो

Share

दोस्रो आदिबासी जनजाती कप फुटबल-२०७३ सुसेस ललितपुरलाई ।

winnerसुनुवार डट ओआरजी समाचारदाता ।

१ जेठ , ललितपुर । “एकताले नै सपना साकार हुन्छ” भन्ने मुल नाराका साथ किरात कोइँच स्पोर्टस क्लबले आयोजना गरेको दोस्रो अदिबासी जनजाती कप–२०७३ फुटबलको उपाधि सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएको छ । प्रतियोगिताको फाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीबीच भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ५–४ गोलले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो । खेलको छैठौ मिनेटमा सुमन मगरले गोल गर्दै ट्याक्सी व्यवसायीलाई अग्रता दिलाएको थिए । खेलको दोस्रो हाफमा ट्याक्सी व्यवसायीलाई ६३औं मिनेटमा बसन्त तामाङको गोलले खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो प्रतियोगिा भरिको क्रमशः उच्च गोलकर्ता दुरा सेवा समाजबाट निर्मल दुरा, उत्कृष्ट रक्षक कमल तामाङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट फरवार्ड सुमन मगर अञ्चल ट्याक्सी व्यवसायी, उत्कृष्ट गोलकिपर सोम सामताङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट मिडफिल्डर त्रिलोक दुरा दुरा सेवा समाज र प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी रवि थिङ सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएका छन् । पुरस्कृत खेलाडीलाई प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले वितरण गरेका थिए । प्रतियोगितामा क्रमशः सुनुवार विद्यार्थी समाज चौथो, दुरा सेवा समाज तृतीय, सुनुवार अञ्चल ट्याक्सी व्यवसायी दोस्रो र सुनुवार सेवा समाज ललितपुर प्रथम भएको थियो । विजेता टोलीलाई नगद, प्रमाण–पत्र तथा ट्रफी वितरण गरिएको थियो ।

प्रतियोगिताको प्रथम हुने टोलीलाई राजेश सुनुवार कतारबाट ट्रफी, मेडल तथा नगद ५० हजार सुनुवार सेवा समाज शाखा यूएईले सहयोग गरेको थियो । त्यसैगरी दोस्रो हुने टोलीलाई सुनुवार सेवा समाज शाखा दक्षिण कोरियाले ट्रफी, प्रमाण–पत्र तथा नगद २५ हजार सहयोग गरेको थियो । त्यस्तै तृतीय टोलीलाई अशोक ङवाचा सुनुवारले स्व. भाई गोविन्द सुनुवार प्रति समर्पित गर्दै ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद १५ हजार सहयोग गरेको थियो ।

त्यसैगरी अन्य सहयोगी संस्था सुनुवार सेवा समाज कतारबाट फेयर प्ले टोलीलाई ट्रफी लगायत अन्य विविध विधाको खेलाडीहरुलाई ट्रफी प्रयोजन गरी सहयोग गरेका थिए । त्यस्तै सुनुवार सेवा समाज शाखा मलेसिया, ओखलढुंगा एकता समाज मलेसिया, युकेबाट व्यक्तिगत सहयोग समेत यस प्रतियोगिताका लागि सहयोग गरेका थिए ।

प्रतियोगितालाई उच्च मनोबलको हौसाला प्रदान गर्न निम्ति भेट्रान टोलीलाई पनि आयोजकले समावेस गरेको थियो टोलीमा सुनुवार को–आपरेटिभ लि. , आदिवासी जनजाति फुटबल क्लब (आइएफसी) र नेपाल आदिवासी जनजाति प्रतिष्ठान गरी ३ टोलीको सहभागी थियो । भेट्रान टोलीमा सुनुवार को–अपरेटिभ लि.ले उपाधि जितेको थियो । उपाधिका लागि निरबहादुर सुनुवार कतारबाट स्वा. बुबा प्रति समर्पित गर्दै ट्रफी, मेडल र प्रमाण–पत्र सहयोग गरेका थिए । यसैबीच देश विदेशबाट आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई कदर–पत्र सहित आयोजक किरात कोइँच स्पोर्ट्स क्लबले सम्मान गरेको थियो ।

Share

अञ्चल ट्याक्सी, दुरा, सुनुवार विद्यार्थी र सुसेस ललितपुर सेमिफाइनलमा ।

semiसुनुवार डट ओआरजी समाचारदाता ।
३० वैशाख, ललितपुर । दोस्रो आदिवासी जनजाति कप २०७३ को क्वाटरफाइनलमा खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी, दुरा सेवा समाज, सुनुवार विद्यार्थी समाज र सुनुवार सेवा समाज ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । सुनुवार अञ्चल ट्याक्सी व्यवसायीले वालुङ युथलाई २–० ले, दुरा सेवा समाजले लिखु भुजी रामेछापलाई १–० ले, सुनुवार विद्यार्थी समाजले मगर फुटबल टिमलाई ५–२ ले, सुनुवार सेवा समाज ललितपुरले नेवा युथ क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।
सुनुवार अञ्चल ट्याक्सी व्यवसायीका जर्सी नं. ७ सुमन मगरले २१औं मिनेटमा र जर्सी नं. ११ का विकास मोक्तानले ६४औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी दुरा सेवा समाजका जर्सी नं. ८ का राम दुराले ८औं मिनेटमा गोल गरेका थिए । सुनुवार विद्यार्थी समाजका जर्सी नं. १७ का मार्बल सुनुवारले ६ मिनेट, जर्सी नं. ४ का विनोद गुरुङले १८ मिनेट, जर्सी नं. १६ का रोशन गुरुङ २० मिनेट, जर्सी नं. ८ का सुमन श्रेष्ठले ४३ मिनेटमा र जर्सी नं. ७ का प्रह्लाद सुनुवारले ७० मिनेटमा गोल गरेका थिए भने मगर फुटबल टिमका जर्सी नं. १० का विजय श्रेष्ठले ४० मिनेट र जर्सी नं. ७ का चन्द्र राना मगरले ४७ मिनेटमा गोल गरेका थिए । त्यसैगरी सुनुवार सेवा समाज ललितपुरका जर्सी नं. ५ का छवि रोका मगरले १७ र ३७ मिनेटमा गोल गरेका थिए भने नेवा युथ क्लबका तर्फबाट जर्सी नं. १६ का विकास महर्जनले ५५ मिनेटमा गोल गरेका थिए ।
सेमिफाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीविरुद्ध सुनुवार विद्यार्थी समाज र दुरा सेवा समाजविरुद्ध सुनुवार सेवा समाज ललितपुरबीच हुनेछ ।

Share

आयोजकलाई पन्छाउँदै सुसेस ललितपुर, सुविस, मगर र नेवा क्वाटरफाइनलमा ।

lalitpur२९ वैशाख, ललितपुर । दोस्रो आदिवासी जनजाति कप २०७३ को समूह चरणको अन्तिम खेलमा सुनुवार सेवा समाज ललितपुर, सुनुवार विद्यार्थी समाज, मगर फुटबल टीम र नेवा युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुनुवार सेवा समाज ललितपुरले आयोजक किरात कोइँच स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा र सुनुवार विद्यार्थी समाजले मंगोलियन ग्रुपलाई ट्राइबे्रेकरमा हराए । त्यसैगरी मगर फुटबल टिमले मंगोलियन युथलाई ३—० मा पराजित गरे भने नेवा युथ क्लबले रस्नालु युनाइटेडलाई २—१ हराए । आयोजक टिम र सुसेस ललितपुरको खेल १—१ गोलमा टुंगिएपछि ट्राइबे्रकरमा हार व्यहोर्नुपरेको थियो ।
क्वाटरफाइनल खेल वालुङ युथ र सुनुवार अञ्चल ट्याक्सीव्यवसायी, दुरा समाज र लिखु भुजी रामेछाप, मगर फुटबल टिम र सुनुवार विद्यार्थी समाज तथा सुनुवार सेवा समाज ललितपुर र नेवा युथ क्लबबीच हुने भएको छ ।

Share

सुनुवार अञ्चल ट्याक्सी, दुरा समाज र लिभुरा विजयी ।

sws bhaktaसुनुवार डट ओआरजी समाचारदाता ।
२८ वैशाख, ललितपुर। दोस्रो आदिवासी जनजाति कप २०७३ को दोस्रो दिनको खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघ, दुरा समाज र लिखुभुजी रामेछाप विजय भएका छन् । सुनुवार सेवा समाजविरुद्ध सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघले २–१ ले गोल अन्तरले जित हात पारे । सुनुवार सेवा समाज भक्तपुरका जर्सी नं. १६ ले खेल सुरु भएको ५ मिनेटमा सुदन गोसलले गोल गरेका थिए भने दोस्रो हाफमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघका जर्सी ९ लोक पुनमगरले ५२औं मिनेटमा गोल फर्काए । त्यसैगरी ६१औं मिनेटमा जर्सी नं. ७ का सुजन मगरले अर्को गोल थप्दै जित सुनिश्चित पारे ।
दोस्रो खेलमा सुनुवार समाज बचत तथा ऋण सहकारी संस्था लि. विरुद्ध दुरा समाजले ०–५ गोल अन्तरले जित हात पारे । दुरा समाजका जर्सी १० का निर्मल दुराले २० मिनेटमा गोलको खाता खोले भने जर्सी नं. ४ का सञ्जोग दुराले ३५ र ३७औं मिनेटमा दुईं गोल थपे । त्यसैगरी जर्सी नं. १० का निर दुराले ३९औं मिनेट र जर्सी नं. १४ का विनोद दुराले ५५औं मिनेटमा गरेका थिए ।
त्यसैगरी दिउँसोको खेलमा किरात राई स्पोर्टस् एसोसियसनलाई लिखु भुजी रामेछाप क्लब ०–१ गोल अन्तरले जित हात पारे । लिखु भुजीका जर्सी नं. ११ का अर्जुन गुरुङले खेल शुरु भएको ४ मिनेटमा गोल गरेक थिए । वर्षातका कारण मगर फुटबल टिम र मंगोलियन युथबीचको खेल स्थगित गरिएको छ । आजको खेल वर्षात नभएमा मगर फुटबल टिम र मंगोलियन युथ, सुनुवार विद्यार्थी समाज र मंगोलियन ग्रुप, सुनुवार सेवा समाज ललितपुर र आयोजक तथा रस्नालु युनाइटेड र नेवा युथबीच खेल हुनेछ ।

Share

दोस्रो आदिवासि जनजाति कप २०७३ आयोजना।

janajati_cupसुनुवार डट ओआरजी समाचारदाता ।
ललितपुर, बैशाख २७ । किरात कोइँच स्पोर्टस् क्लबले दोस्रो आदिवासि जनजाति कप २०७३ आयोजना गरेको छ । जसमा १६ टिमले भाग लिएकाछन् । प्रतियोगितामा पहिलो खेल पुन कमूनिटी र वालीङ यूथ बिच भएको थियो । वालीङ यूथले पहीले १४ मिनेटमा कर्नर किकबाट सिधै गोल गर्न सफल भएको थियो भने १६ मिनेटमा नै पुन कमूनिटीले फर्काउन सफल भएको थियो ।
निर्धारित समय सम्म १, १ गोल भएको हुनाले नतिजाको लागि पेनाल्टि सुटआउट भएको थियो जसमा वालीङ यूथले ४ मा ४ गोल र पुन कमूनिटीले ४ मा २ गोल भइ वालीङ यूथ पहिलो चरणमा विजय हुन सफल भएको थियो । भोलीको खेल सुनुवार अञ्चल यूथ सँग सुनुवार सेवा समाज भक्त्तपुर , दुरा समाज सँग सुनुवार सहकारी, लिखु भूजी सँग किरात राई स्पोर्ट समाज र मगर फूटबल टिम बिच मंगोलियन यूथ बिच हुने छ ।

Share