December, 2014

now browsing by month

 

पुष्पा बनिन बेलायतमा पहिलो पुलिस कन्स्टेबल !

pushpaबेलायत जस्तो बिकास र प्रबिधिले सुसम्पन्न राष्ट्रको पुलिस फोर्समा मौका पाउनु आफैमा चुनौतिपूर्ण छ हाम्रो जस्तो पिछडिएको रास्ट्रको नागरिकले ! प्राय यसो भनि रहने कति पाया अभिभावकको बचनलाई झुथलाउदै ,नया पुस्ताहरुको लागि प्रेरणाको श्रोत र सफलताको नमुना बनेकी छिन कोइञ्च तमि पुष्पा सुनुवार ! बाबु होम ब सुनुवार दसुचा रआमा पबित्र सुनुवारको जेठी छोरी पुष्पा सुनुवारले ,बेलायत स्थित साउथहामटन पुलिस ट्रेनिंग सेन्टरबात पी सी (पुलिस कन्स्टेबल ) को कोर्स सफलता पुर्वक पुरा गरेकी छिन ! यसरि बेलायतको पोलिस फोर्सको अफिसरमा नेपालि महिला तर्फबाट उनि प्रथम महिला पी सी हुन् ! ठूलो साहस र क्षमतावान पुष्पा बहु आयामिक व्यक्तित्वकि धनि छिन !” यु के पी सी को लागि हजारौले आबेदन दिन्छन ! ति मंध्य सैयोको संख्यामा छनौट भए पनि बिभिन्न कठिन र चुनौती पूर्ण चरणहरु पार गर्दै निश्चित केहि संख्यामा मात्र तालिमको लागि योग्य ठहरिन्छन ! जो हर छेत्रमा अब्बल र सक्षम छन् ,अनुसाशनको हिमायती छन् उनीहरुले मात्र यु के पी सी जस्तो जिम्मेवार र चुनौतिलाइ सामना गर्दै सफलता हासिल गर्छन !” पुष्पाको तालिम प्रक्षिकले प् सी कोर्सको बिसयमा प्रकाश पार्ने क्रममा भने ! ११ डिसेम्बर २०१४ बिहीबारको साँझ ११ जना नया कन्स्टेबलहरुलाई परिवार र आफन्तहरु माझ एक भब्य समारोह बीच प्रमाण पत्र वितरण गरिएको थियो ! पुष्पाको अभिभाबक नेपाल उपचारको क्रममा हुनु भएकोले अभिभावकको तर्फबाट जंग सुनुवार किरात सुनुवार सेवा समाज बेलायतबात महा सचिब भक्तमान सुनुवार र किसूमस (किरात सुनुवार महिला समाज ) यु के बात भावना परिष्कृत र परिवारको अन्य सदस्यहरुको उक्त समरोहमा उपस्थिति रहेको थियो ! उनको यो सफलता सुरुवात मात्र रहेको र गर्न अघाडी धेरै बाकि रहेको प्रस्ताउदै अगाडिको उच्च पदहरुको निम्ति अभ्यास र अध्यन निरन्तर जारि राख्दै जाने ,आफ्नो राष्ट्र नेपालको नाम चिनाउने मार्गमा डटी रहने पुष्पाले बताईन !उनि किसुमस युकेको सचिब र रसमोर नेपाली युवा समाज यु के को अध्यक्ष पनि हुन् !

Share

जोतिने क्रम यथावत : यत्ति हो भूमिका मात्र बद्लियो ता पनि मनखुश

soo-कोइँचबु काःतिच
२०५८ सालमा । औंलामा गन्न सकिन्थ्यो, नेपाल सरकारले फोल, शाँदारलाई राष्ट्रिय चाड घोषणा गर्दा शाँदार पिदार गर्ने र शाँदार सिल नाच्ने कोइँचहरु । पटक पटक लेखियो, दिनको दर्ुइ सय ज्याला दिएर शाँदार नाच्न कोइँच बन्न नसकेका सुनुवार जुटाउनु पथ्र्यो । त्यो पनि मै हुँ भन्ने हुने खाने र कोइँच बन्न नसकेका जागिरे सुनुवारहरु आउँदैनन् थे । तत्कालीन अवस्थामा गलैँचा मजदुर र निर्माण कार्यमा संलग्न कोइँचहरुलाई बटुल्नु पर्दा उनीहरुको दैनिक ज्यालाको मोल तिर्नु पथ्र्यो । कोइँच भेषभूषा त कसैले लगाउँदैन थे । यसो भनौं कोइँच भेषभूषा लगाउन लाज मान्थे पाखे, गवाँर र पिछडिएको मान्छेको दर्जा पाइने डर थियो ।
२०६६, ६७ सम्म नखीपोट, टुँडिखेलमा उभिनु वाध्येता नै थियो म लगायत, लोकप्रिय, अतीत मुखिया र अन्य साथीहरुलाई । कसैले ढोल बजाउन जान्दैन थिए त कसैले ढोल ताल जाने पनि देशवाली पारा निकाल्थे । अरुले कसरी मनोरञ्जन लिन्छ भन्दा पनि यसरी बजाउनु पर्छ भनेर देखाउने घमण्ड हुन्थ्यो र एकलकाँटे बन्ने चलन थियो । हुन त अझै पनि त्यो चलन यदाकदा छ । यसैले सबैले जान्ने सरल ताल र नाच्न मिल्ने ताल सामान्यीकरण गर्न जरुरी थियो । जो रहोसे र रमाइलो गर्न मन गर्थे उनीहरुलाई शाँदार गीत आउँदैन थ्यो । यसैले उनीहरुलाई शाँदारको कोइँच गीत गाउँन पनि आफु युवा पुस्ताहरुको वीचमा उप|mीनु पथ्र्यो । केटीहरु नाच्नु हुँदैन भन्ने हिन्दू धर्मको प्रभाव र चलन गाउँको शाँदारमा छ । यसैले संस्कृति विस्तारको लागि ढोल नबजाइ केटीहरुले कसरी नाच्ने भनेर नाचको चाल सिकाउन पनि आपै+m नाच्नु पथ्र्यो हौसाउन ।
दिखासिखी गर्न र मुलाधारमा छिर्न अनेक उपय रचियो । धेरै पत्रकार साथीहरुलाई शाँदार पिदारमा बोलाएर लेख्न अनुरोध गरियो । कतिपय मिडिया हाउसमा चिनेको नाताले कोइँच बु र शाँदार सम्बन्धि आर्टिकल लिएर धाइयो । शाँदार पिदार आवोस्, आदिवासी दिवास आवोस्, कुनै पनि राष्ट्रिय महोत्सव आवोस् आज सञ्चार माध्यममा कभर वा त एयरपेनल फोटो कोइँचको आउनुका पछाडि चिने जानेका कतिपय आदिवासी जनजाति पत्रकार साथीहरुका भूमिकालाई हामीले बिर्सनु हुँदैन ।
आज परिस्थिति बद्लिएको छ । सबैले प्रश्न गर्छन् – खोइ डे्रस ? कहिल्यै देख्दिन त तपाईँले ड्रेस लगाएको मैले। कहिले कुटनीतिक गाली पनि खानु पर्छ, जो अगुवा उही बाटो हगुवा ?
तर यी गाली, यी प्रश्नले केही हदसम्म खुशी तुल्याउँछ । रिस उठ्दैन । यसो भनौं अब कसैको गाली, व्याङ्ग्याले रिस नउठ्ने भइए छ । Read More

Share

कोइँचहरुको शाँदार पिदारका केही झलकहरु

shyanderकोइँचहरुको शाँदार पिदारका केही झलकहरु click here to see more

Share

कोइँचहरुको शाँदार पिदार सम्पन्न तर जातीय विभेद यथावत

shyander-कोइँच बु काःतिच
२८ मंसिर, काठमाडौं । सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यमा नाअसो कान्छाराम सुनुवारले साङ पोल्दै उद्घाटित कोइँचहरुको शाँदार पिदार सम्पन्न भएको छ । काथमादौं तुँदीखेल अपभ्रंशरुप काठमाडौं टुँडीखेलमा किराती कोइँच र र्राईहरु मिलेर यस वर्षो रापवा शाँदार पिदार -उँधौली) परम्परागत वाद्यवादन ढोल झयाम्टा बजाएर धुमधामसँग शाँदार पिदार मनाए । कोइँच पहिलो महिला कलाकार सारा तुनिच (दर्ुगा सुनुवार) को टोलीले पहिलो पटक शाँदार पिदारमा फेस पेन्टीङ अभियान चलाएका थिए । प्रायः जसो कोइँच युवायुवतीहरुले आफ्नो गालामा नेपालको झण्डा पेन्ट गरेर कोइँच लेखाएका थिए भने शेमशेमतुली पादामतुली पेन्ट गरेर आइ लभ कोइँच लेखाएका थिए ।
गत वर्षएक घेरामा मात्र कोइँच युवा युवति नाच्थे भने यस पटक दर्ुइ घेरामा नाचेका थिए भने कोइँच व्यवासायीहरुले शाँदार पिदारको शुभकामना आदानप्रदानको लागि व्यानार सौजन्य गरेका थिए । नाच स्थल पुरै कोइँच व्यवसायीहरुको शुभकामना व्यानारले भरिएको थियो । कोइँच भेषभूषा र त्यसको प्रयोगको अपव्याख्या तथा गलत प्रयोग भएको हुँदा जानकारीको लागि सूचना केन्द्र पनि स्थापना गरिएको थियो ।
गत वर्षजस्तै यस वर्षपनि कोइँचहरुले घर घरबाट खाजा ल्याएर टुँडीखेल पुरै बिस्कुन बनेर राता पहेँा बनेर खाजा खाएको दृश्यले पुनः कोइँच गाउँको शाँदार पिदारको झझल्को दिईरहेको थियो । अधिकांश कोइँचहरु आफ्नै भेषभूषामा थिए । कतिपयले फोटो खिचेर फेसबुकमा रङ्गीनाकै लागि पनि कोइँच भेषाभूषा लगाएर नाच्नु भन्दा पनि फोटो खिच्नमै व्यस्त देखिन्थे ।
काठमाडौं जिल्लाको आयोजनामा सम्पन्न सो शाँदार पिदारमा कार्यक्रमको अन्तमा प्रहरी हस्तक्षेप भएपछि कोइँच युवाहरु आक्रोसित हुँदै जाइलागे पनि खासै अप्रिय घटना भने भएन । हामी यो देशको नागरिक हामीले हाम्रो परम्परागत चाड मनाउन रमाइलो गर्न नपाउने – आफ्नो चाड मनाउन पनि पुलिसको अधिनमा बस्नु पर्ने – प्रश्न उठाइरहेका थिए । प्रहरी हस्तक्षेपपछि आम कोइँच युवयुवतिहरुले वल्लो किरात जिन्दावाद नारा समेत लगाएका थिए ।
सुसेस काठमाडौं सचिव आशिष सुनुवारले प्रहरीलाई हाम्रो चार्डपर्वमा अनावश्यक हस्ताक्षेप नगरीदिन डि्यटी अफिसरलाई जानकारी गराएपछि प्रहरी फर्केका थिए भने सुसेस अध्यक्ष गोपाल सुनुवारले हामी आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक बनेर बाँच्नु पर्दाको पिडा पोख्दै अगाडि भने, यो देश हाम्रो पनि हो भन्ने भावना हामी कोइँचहरुमा हुनुमा कुनै अर्थ राख्दैन । आज दिनभरी हामीले खर्च गरी गरी हाम्रा कोइँच दाजुभाई दिदीबहिनीलले आइ लभ नेपाल भनेर फेस पेन्ट त गरेउँ तर एकल जातीय खस बाहुन सरकार र राज्यले हामीलाई यो देशको काम नलाग्ने मर्ुख भोटे भनेर दोश्रो दर्जाको नागरिकको व्यवहार गर्छ । हिन्दूहरुको चाड पर्वमा राज्यले लगानी गरेर सुरक्षा प्रदान गर्छ तर हामीले मनाउने चार्डपर्वमा चिँ ल ल रात परेउ चाँडो उठाउ भनेर हस्ताक्षेप गर्छ । संस्थागत रुपमा पर्ूव जानकारी दिएर मनाइएको चार्डपर्वमा त यस्तो छ । सामान्य नागरिकले कसरी मान्छन् त हिन्दूइतर धर्म संस्कृति ? खोइ कहाँ छ धर्म निरपेक्ष ? खोइ कहाँ छ जातिय समानता ? खोइ कहाँ छ समावेशी ? खोइ कहाँ छ मानवाधिकार ?

Share

उधौली शाँदार पिदार भव्य रुपमा मनाइयो

shynader1सुनुवार डट ओआरजी
ललितपुर, मंसिर २० । किरातहरुको महान चाड उधौली आज ललितपुरको हात्तिवनमा विशेष पूजाआजा गरी मनाए । प्रत्येक वर्षको मंसिर पूर्णिमा तथा बैशाख पूर्णिमा मनाइने चाडमध्ये मंसिरे उधौली सुनुवारले भव्य रुपमा मनाए । विहान सबेरैदेखि ललितपुरको हात्तिवनस्थित माङखिम मन्दिरमा आआफनो मुक्दुम अनुसार पूजा आजा गरी मनाए ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सुनुवारहरुको मुक्दुम पूजा गरी नखिपोटमा शाँदार सिल नाचियो । प्रकृति पूजक सुनुवारहरुले नयाँ अन्नबाली भित्र्याइ सकेको र लेकका चराचुरुङ्गीहरु बेसी झर्ने बेला भएको संकेत गर्दै उधौली शाँदार पिदारको आयोजना गरेका हुन् ।शाँदार सिल यही आउँदो मंसिर २७ गते टुँडिखेलमा आयोजना गरिनेछ ।

Share

लुम्दे लगायत सन्सारभरी शाँदार पिदार सम्पन्न ।

– सुनुवार डट ओआरजि समाचारदाता
२० मंसिर । विश्व मानव समुदायको कल्याणार्थ धुमधामसँग परम्परागतरुपमा पोइँब, नाअसोहरुले प्रकृति र पित्री पूजा गर्दै रापवा शाँदार पिदार सम्पन्न भएको छ । एक जमनामा कोइँचभूमिभित्र मात्र शाँदार पिदार सिमित थियो । अहिले नेपालमा मात्र होइन विश्वभरि शाँदार पिदार विचरणमा छ । आज लुम्देमा सुनुवार सेवा समाज इलम-पाँचथर सर्म्पर्क समितिका अध्यक्ष बुद्ध सुनुवारको आयोजनामा भव्यरुपमा रापवा शाँदार पिदार सम्पन्न भयो । त्यस्तै गरी काठमाडौं, कतार, हङकङ, बेलायतमा शाँदार पिदार सम्पन्न भएको छ ।
जब २०५८ सालमा किरात चाड शाँदार पिदार, चासोक तङनम, चोसुवा, उँधौलीले राष्ट्रिय चाडको मान्यता पायो, सँग सँगै किरात चाड मनाउने परम्परा विश्वव्यापी हुँदै गयो । आदिवासी जनजाति कोइँच, र्राई, लिम्बु, याक्खाहरुले आफ्नो परम्परा, भाषा, धर्म, कला, संस्कृति संरक्षण सर्म्बर्द्धन गर्न निरन्तर लागि परेको छन् । किराती भाषा, धर्म, कला, संस्कृति जोगाउनकै लागि विभिन्न किरातजन्य संघसंस्था पनि थपिएका छन् । तर पुख्र्यौली थाँतथलोमा किरात चाड मनाउने खाँटी परम्परा भने लोप हुँदै गइरहेको छ । समयको परिवर्तनसँगै आधुनिकीकरण हुँदै गएको छ ।
यसको मूल कारण भने गोर्खा साम्राज्यको विस्तारसँगै १८६२ देखि कोइँचको किपट हरण गरी भूमि माथिको सामुहिक अधिकार खोसिए पछि कोइँच गाउँको परम्परागत संस्कार-संस्कृति खुम्चिँदै जानेक्रममा झन् १८८२ सालमा जबर्जस्ती हिन्दू धर्म लादिएको हुँदा आदिवासी जनजाति कोइँचहरुले लोपोन्मुख अवस्थामा गुज्रनु परेको हो । भूमि सुधार ऐन २०१३, परिच्छेद २२ धारा ३ क मा किपट सम्बन्धी व्यवस्थामा १) किपट जग्गामा रैकर सरह फार्छर्ेेाजिनामा गर्न सकिनेछ, २) किपट जग्गामा रैकर सरह मालपोत ठेकिनेछ भन्ने व्यवस्था गरेपछि हिन्दू धर्मको पर््रवर्द्धन कोइँच भूमि भयो र आफ्नै धर्म, कला-संस्कृति प्रति व्यवास्ता बढ्यो ।
ता पनि वर्षा दर्ुइ पटक शाँदार पिदार मानिदै आएको छ । अहिले शाँदार पिदारले विश्वव्यापी यात्रा गरिरहेको अवस्थामा धेरै संस्कृत्रि्रेमीहरुका लागि भने शाँदार पिदार भनेको के हो – किन मान्ने – कसरी मान्ने – कति दिन मान्ने – अनेक कौतुहल भने जागीरहेको छ तर मर्ूतरुप लिन सकेको छैन ।
पर्ूर्वी नेपाल, कोइँच भूमि ओखलढुंगा, सोलु, रामेछाप, सिन्धुली, दोलखा, उदयपुर जिल्ला वरीपरि छरिएर रहेका कोइँचहरुले हर्र्सोल्लास र उल्लासमय रुपमा मान्ने शाँदार पिदारको ऐतिहासिक थाँतथलो हो वल्लो किरात भूमि ।
आफ्नै बलबुताले परम्परागत् आदिवासी जनजाति धर्म-संस्कृति जेनतेन जोगाइ राखेका कोइँचहरु पनि र्राई लिम्बु, याक्खा जस्तै किरात चाड मान्न महिना दिन अगाडिदेखि शाँदार पिदारको विशेष तयारीमा जुट्छन् ।
शाँदार पिदारको अघिल्लो दिन दुमो गुइँ गुइँ, गुदुल्मा-बुप्थेलको सिँगारपटारको साथसाथै सेसेञ्जरि फु, होल्फा-गिल्फा, फोअÞका संकलन गरिन्छ । शाँदार पिदारको अघिल्लो रात ; सागुन, कास पिदार गरी दुसुर अर्थात् महामारी रोगव्याधि फाल्न र शाँदार देयि जगाउन कोइँचहरु नाअÞसोको घरमा जम्मा भएका हुन्छन् ।
सबै कोइँच गाउँमा बेलुकी नाअÞसो घरमा सागुन, कास गरेर फर्के पछि चफोनिफोहरु सबैको घर घरमा पोँद खामे, चिरो तयार गरिन्छ । ङोल बनाइन्छ । बली दिने पशुपंक्षीलाई पानीपाति गरिन्छ । धुपदुवार गरिन्छ । र, खाना खाएर ङोल, सोली बोकेर ढोलझयाम्टा बजाउँदै नाच्दै शाँदार ग्योरको बाटो लागिन्छ ।
शाँदार पिदार आदिवासी जनजाति कोइँचहरुको धेरै चाडहरु मध्ये अति व्यवस्थित चाड हो । यसैले आ-आप\mनो मर्यादाक्रममा सबैभन्दा अगाडि ङोल, त्यसपछाडि तोःलो अनि दुमोदुमोचहरुसहित हातमा दुनशेर लिइ ठाउँ ठाउँमा देयिलोकिहरुलाई चढाउँदै शाँदार ग्योर जाने गरिन्छ । ग्योर जाँदा लगिने ङोल कोइँच गाउँ अनुसार फरक फरक भए पनि खिँचीको ङोलमा भने रातोसेतो ख्येदार मात्र होइन ख्याँगु पिदारमा जस्तै बोकिपातको क्याःता पनि झुण्डाइन्छ ।
मुइँलि दुमो सबैभन्दा अगाडि शाँदार ग्योर पुग्नु पर्दछ । त्यसपछि सुरी दुमो, सुरोम दुमो, बादेम दुमो, राब दुमो, वाअÞशि दुमो, लाल लाँको मेसेल-मि, शेन-मा दुमो शाँदार ग्योरमा प्रवेश गर्छ । अन्तिममा शाँदार ग्योर परिसरमा महिलाको प्रतिनिधि दुमा मुइलि दुमोको प्रवेश हुन्छ । दुमा दुमोचलाई देखेपछि जत-ना दुमोचहरुको तडकभडक, चुरीफुरी, अर्थात् फूर्ति बढो रोचक लाग्दछ । दुमा दुमोचहरु नखरा देखाउँदै फर्किन खोज्छन् । अन्ततः जत्ना दुमोले दुमा दुमोलाई पकाएर शाँदार ग्योरमा भित्र्‍याउनु पर्दछ । यसरी जात्ना र दुमा दुमो भेट हुँदा सबै श्रद्धालु भक्तजनले फुल अक्षेता चर्ढाई पूजा-आराधना, मान सम्मान गर्दछन् । दुमोचहरुले पनि एकार्काको दुमोमा फूल अक्षेत चढाइ ढोकाढोक गर्ने गर्दछन् । जात्ना र दुमा दुमो एकापसमा भेट हुँदा भक्तजनहरुले चढाएको फूल अक्षेताले जात्ना र दुमा दुमो दुबैलाई लागे चिताएको कुरा अर्थात् भक्तजनको मनोइच्छा पुरा हुने जनविश्वास रहि आएको छ । आदिवासी जनजाति कोइँचहरुको महान् चाड शाँदार पिदारको आत्म नै दुमो हो । यसैले कोइँचहरु शाँदार सिलमा शारीरिक चाल, गीतको सूर लय भन्दा पनि दुमोको ताललाई महत्व दिने गर्दाछन् । कोइँच अग्रजहरु दुमोको ताल सुन्ने विक्तिकै दुमोचहरु कहाँ के गर्दै छन् – भन्ने कुरा नहेरी नदेखी भन्न सक्दछन् ।
सबै दुमो शाँदार ग्योरमा प्रवेश गरेपछि पार्मो पिदार, शेन्मा पिदार, वाअशि पिदार, हामतिम पिदारसँगै विभिन्न पशुपंक्षीको बली दिने क्रम जारी हुन्छ । अन्य गाउँको शाँदार पिदारमा अघिल्लो राति नै बुल्फे पिदार गरी गुथि पशु राम्बा दोतेक काम शुरु गरे पनि खिँचीमा भने बली दिने गुथि पशु शाँदार ग्योरमै दोथाइन्छ ।
विभिन्न देवदेवी तथा पर्ूखाको पूजा आराधना गर्दै विश्व मानव कल्याणको कामना मुख्या लक्ष्य रहेको कोइँचहरुको महान चाड शाँदार पिदारमा बाली -सुरोम) पिदार, हुग्रो थुनेर मृत मानिसको आत्मलाई कुविचार, भूत, पिशाचबाट छुटाउने बुल्नु पिदार, एकोपेको पिदार, भेडा बली दिई गरिने आमारसाही डामारसाही शेन्मा पिदार खिँचि शाँदार ग्योरमा मात्र गरिन्छ ।
शाँदार पिदार मात्र साँस्कृतिक क्रियाकलाप मात्र होइन यसले समाजमा भाइचारा र अपासी सद्भावको केन्द्रविन्दू पनि हो । यो चाड कोइँचले आयोजना गरे पनि आम मानव समुदायकोको साझा चाड हो । अन्य जातजातिको साँस्कृतिक चाड पर्वमा जस्तो भेदभाव शाँदार ग्योरमा गरेको पाइँदैन । सुख, शान्ति, समृद्धि, सदभावको लागि सबै चाफोनिफो मिलेर पिदार गरिसकेपछि शाँदार ग्योरमा नाअÞसोको हातबाट साहा लिने टिका थाप्ने चलन रहेको छ ।
शाँदार ग्योरमा पिदार गरि सकेपछि घर घर पुगेर सुरो पुर्‍याउने जिम्मा नाअÞसोको हुन्छ । तर हिजोआज नाअÞसो, पोइँबो, ग्याँमिको उपस्थितिको कमी महशूस गर्न सकिन्छ । नयाँ नाअÞसो बन्न कोइँच युवाहरु अनिच्छुक देखिन्छन् भने पुराना नाअÞसोहरु बुढा भएर गाउँ घुम्ना सकीरहेका छैनन् । साथै राजनीतिक तथा धार्मिक विचलनको कारण आदिवासी जनजाति कोइँचमा नाअÞसोहरुको सामाजिक आर्थिक संरक्षण अझसम्म हुना सकेको छैन ।
एकापसमा राग, द्वैश, वैमनस्यता, कलह नहोस् भनी अझै पनि कोइँचहरु घर घरमा उपद्रो गर्दै शाँदार नाच्दै घुमे पनि केही भन्दैनन् । सबैले रमाइलो नै अनुभूत गर्छन् । यसैले ख्यालख्यालमै चार इन्च उखान चरितार्थ भएको हुन सक्छ । तर यस्तो रमाइलो, परम्परा, चलन र संस्कृतिलाई गोर्खा राज्यले अन्य राज्यहरुलाई आफ्नो उपनिवेश बनाउँदा वल्लो किरातलाई पनि राज्य मात्र होइन सामाजिक, सांस्कृतिक तथा भाषिक सम्मिलन गर्‍यो ।
बहुल जाति, भाषा, धर्मको जति सुकै ठूलो ढोङ फुके पनि व्यवहारिक रुपमा एकल भाषिक, धार्मिक, साँस्कृतिक तथा एकल जातीय राष्ट्र नेपालमा आदिवासी जनजाति कोइँचहरुले दर्ुइ शताव्दि पर्ूवदेखि आप\mनो विशुद्ध आदिवासी संस्कार संस्कृति मान्नबाट विमुख हुनुपरेका थिए र छन् । किरात धर्मको लागि कुनै साथ सहयोग नभए पनि हिन्दु धर्मको लागि भने वाषिर्करुपमा राज्यको कोषबाट करोडौं बजेट विनियोजन हुँदै आएको छ । दिन दिनै किरात धर्म-संस्कृतिका संरक्षक नाअÞसो, पोइँबो, ग्याँमि लोपोन्मुख अबस्थामा छन् । यसरी किरात कोइँचहरुको परम्परागत धर्म-संस्कृति विस्तारै लोपोन्मुख हुनुमा को कति दोषी हुन् त –
समय बद्लीरहेको छ । तर हाम्रो सोचाइ जाहीँको ताहीँ छ । अझै पनि हाम्रो दास मन मस्तिष्कबाट मुक्ति पाउन सकीरहेको छैनौं । हामी आधुनिक हुने क्रममा हाम्रो संस्कार-संस्कृतिलाई संशोधन गरीरहेका छौं । आफूलाई आदिवासी जनजाति भन्दै छौं तर हाम्रो संस्कार संस्कृति अन्य धर्म-संस्कृतिसँग सम्मिलन गर्न खोजी रहेको छौं । नौ वर्षपछाडि पुनःजीवन प्राप्त खिँची शाँदार पिदारले पनि हामी यस्तै यस्तै संकेतको सू-सुचित गरीरहेको आभास मिल्दछ । के हामीले आउँदो पुस्तालाई कुमारी संस्कार-संस्कृति अर्थात् खाँटी आदिवासी जनजाति कोइँच संस्कार संस्कृति हस्तान्तरण गरीरहेका छौं त –

Share

सुचना !सुचना!! सुचना!!!

आदिबसी जनजाती राष्ट्रिय आन्दोलन , नेपालको घोषित जनजागरन कार्यक्रम तथा किरात समुदयको उधौली चाड अर्थात रापवा श्यदर पिदारको उपलक्छेमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण सुनुवार समुदय,वल्लो किरात संघिय राज्य परिषदका घटक जातिय संस्थाका प्रतिनिधिज्युहरु,वल्लो किरात भुमी बासी आदिबसी जनजातिहरु,गैर जनजाती लगायत न्याय प्रेमी जनताहरुमा उक्त दिनको कार्यक्रममा सहभागीताको निम्ती सुनुवार सेवा समाज केन्द्रिय समिती तथा वल्लो किरात संघिय राज्य परिषद हार्दिक अनुरोध गर्दछ ।
पुनस्च :-
मिती : २०७१ मङ्सिर १९ गते ।
स्थान : सुनुवार सेवा समाज भवन कोटेश्वर ,काठमाण्डौ ।
समय : बिहान १०३० बजे ।
कार्यक्रम आयोजक
सुनुवार सेवा समाज केन्द्रिय समिती ।
सह-आयोजक
वल्लो किरात संघिय राज्य परिषद ।

Share