March, 2014
now browsing by month
२५ औं वर्ष (रजन वर्ष) को उपलक्ष्यमा फूटबल खेल आयोजना ।
कोइँच (सुनुवार) हरुको खेलकुद विकासमा सहयोग पु¥याउन स्थापना भएको किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं वर्ष (रजन वर्ष) को उपलक्ष्यमा यही २०७१ बैशाख दोश्रो हप्ताबाट फूटबल खेल आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितमा निम्न टिमहरुको सहभागिता रहने छ ।
१. सुनुवार सेवा समाज /किरात कोइँच स्पोर्टस क्लब
२. आदिवासी जनजाति महासंघ
३. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
४. आदिवासी बुद्घिजीवि टिम
५. आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकार
६. आदिवासी जनजाति युवा महासं
७. आदिवासी जनजाति विद्यार्थी महासंघ
८. स्काइ सोसाइटी
सुधारिएको चूलो अभियानमा धमिराको योगदान
सोम सुनुवार
इलाम, चैत १६/मानिसभित्रको उत्सुकताले हामीलाई धेरै कुराहरु दिलाएको छ । असहज र निकम्मा जस्ता लाग्ने बिषय पनि उसभित्रको सृजनशिलताले उपयोगी वनाएको हुन्छ । मानिस प्रकृतिमा भएका कतिपय यस्ता चिजवस्तुलाई प्रयोग योग्य वनाई छाड्छ । जसको उपयोगिता अनि महत्व पनि उत्तिकै वढी हुने गर्दछ ।
त्यस्तै हेर्दा सामान्य लाग्ने एक प्राकृतिक वस्तुको प्रयोग गरेर फाइदा लिइरहेका छन् इलाम, नामसालिङ, सोयाकलगायत गाविसका बासिन्दाले । त्यो हो–धमिराको देवल । हो, धेरैले झरि परेका बेला उम्रिएको मिठो देवले च्याउ खान पाइने भएकाले त्यसलाई उपयोगी ठान्दथे होलान् । तर, अहिले सुधारिएको चूलो वनाउने अभियान चलेकै बेला धमिराले उठाएको देवलको माटो प्रभावकारीसिद्ध भएको छ ।
‘नरम हुने भएर सुधारिएको चूलो बनाउन धमिराको देवलको माटो प्रयोग गऱ्यौं’–नामसालिङ–६ की गृहिणी सिता सुवेदी भन्छिन्–‘अनि, चुलो लिप्न पनि हामी त यही प्रयोग गर्छौं ।’
गाउमा धेरैले यसको प्रयोग गरिरहेका छन्’–नामसालिङ–८ की शर्मिला देवान अगाडि भन्छिन्–‘यहां त देवल पनि प्रसस्तै पाइन्छ । चूलो र भान्सा घर दुबैमा लिप्न साह्रै राम्रो छ देवलको माटो ।’
यता गाविसकै वडा नम्बर–४ की टङ्ककुमारी घिमिरे पनि देवले माटोकै प्रयोग गरी सुधारिएको चूलोको पुन: निर्माण गर्ने पक्षमा छिन् ।
त्यस्तै जिल्लाको सोयाक–७ निवासी प्रेम सुनुवारले पनि यसको प्रयोग बारे सुनेका वताए । साथै उनले गाउमा छिमेकीहरु धमिराको देवलको माटोबाट सुधारिएको चूलो वनाउने योजना बनाइरहेकासमेत बताए ।
नामसालिङ, सोयाक, दानाबारीलगायत दर्जनौ गाविस तुलनात्मक रुपमा गर्मी क्षेत्रमा पर्दछन् । यहां धमिराको प्रकोप निकै रहेको स्थानीय बताउछन् । धमिराको पर्याप्ततासंगै देवलको संख्या पनि अनगिन्ती पाइन्छ । त्यसैले गाविसका धेरैले देवलको माटो प्रयोग गर्न थालेका स्थानीयको भनाई छ । त्यही प्राकृतिक वस्तुको प्रयोगले आज एउटा महत्वपूर्ण अभियानलाई नै सघाउ पुगेको छ ।
सन २०१७ सम्म नेपाललाई भान्सा घरभित्रको धुवां प्रदुषण मुक्त देश वनाउन सरकारले चलाएको अभियानलाई सफल पार्न धमिराकोसमेत योगदान उल्लेख गर्न पाउदा हामीलाई गर्ब लाग्नु स्वभाविकै हो ।
जिल्लाका बिभिन्न गाविसका वासिन्दा यतिखेर सो अभियान सफल पार्न लागिपरेका छन् । इलाममा अपनाइएको यस्तो प्रबिधि देशका बिभिन्न भागमा किन नअपनाउने ? अभियान चलेका सबै भागमा मानिसका लागि समेत यो सनदेश लाभकारी हुन सक्तछ ।
गाउलेहरुलाई अधिकारका कुरा सिकाउन पाउदा दङ्ग छन् पृथसिंह
सोम सुनुवार
इलाम, चैत १०/आफूले सिकेका कुरा गाउंघरमा गई अरुलाई सिकाउन पाउदा पुवामझुवा–३ का पृथसिंह सुनुवार दङ्ग परेका छन् । गाविस कार्यालयको सहयोगमा स्थानीय मानव अधिकार तथा मेलमिलाप समितिले आयोजना गरेको मानव अधिकार मेलमिलाप जानकारी तथा सचेतना कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेपछि उनले आफू निकै उत्साहितसमेत भएको बताएका छन् ।
सुनुवारले मानव अधिकार मञ्च नेपाल इलामले २०६८/६९ मा बर्ष दिनभरि बिभिन्न चरणमा सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिममा प्राप्त ज्ञान, शिपलाई आफ्नै गाउलेहरुबिच वाडेका हुन् । त्यसो त उनी एक्लैले सबै तालिम सम्पन्न गरेका भने होइनन् । साथमा थिए मानव अधिकार मञ्च नेपाल, इलामका गायत्रा रेग्मी र पुवामझुवा गाविस कार्यालयकी सामाजिक परिचालक शान्ति गुरुङ पनि ।
गाविस कार्यालयको ३३ हजार रुपैंयाको आर्थिक सहयोगमा समितिले बिभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाविसका ८७ महिलासहित एकसय ४५ जनाले भाग लिएका थिए । पुवामझुवाको वडानम्बर–१ स्थित लक्ष्मी दुग्ध सहकारी संस्थामा सञ्चालित कार्यक्रममा ४२ जनाको सहभागिता थियो । वडानम्बर–४ स्थित शिद्धार्थ प्राविमा भएको तालिममा ३८ ले भाग लिएका थिए । त्यस्तै पुवामझुवा–५ को वालमिकी निमाविको कार्यक्रममा ३६ जनाको सहभागिता थियो भने वडा नम्बर–८ को बाघखोर स्थित जनहित दुग्ध सहकारी भवनमा भएको कार्यक्रममा २९ जनाले भाग लिएका समितिले जनाएको छ ।
मानव अधिकार र अधिकारभित्र के कस्ता कुराहरु पर्छन्, न्यायिक र अर्धन्यायिक मुद्धा के के हुन्, स्थानीय स्तरमा कस्ता मुद्धा मात्रै जिम्मा लिएर मिलाउन सकिन्छ आदि जस्ता बिषयको जानकारी दिलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको समिति अध्यक्षसमेत रहेका सुनुवारले जानकारी दिए ।
सुनुवार समाज हङकङद्वारा सहयोग प्रदान
सुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौ, चैत्र ९- सुनुवार समाज हङकङद्वारा स्व. गोपाल सुनुवारका छोरी रुबी सुनुवारलाई समाजको सहयोग कोषबाट सहयोग दिने प्रावधान अनुसार रु ५३,००० प्रदान गरिएको छ । उक्त अवसरमा सुनुवार समाज हङकङका निवर्तमान अध्यक्ष नरेश सुनुवारले हङकङका सुनुवारहरुको बारेमा प्रस्टाउदै समाजको उपलब्धीबारे जानकारी गराउनुका साथै उक्त रकम सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार मार्फत हस्तान्तरण गरियो ।
किवी कृषक आर्थिक संकटमा
सोम सुनुवार, इलाम, चैत १ । इलाम जिल्लाकै सबैभन्दा धेरै किवी खेती शुरु गरेका एक किसान अहिले आर्थिक संकटमा परेका छन् । किवीले आम्दानी दिन शुरु गरी नहालेको अवस्थामा जिल्लाको पश्चिमी गाविस–लुम्देका ४२ बर्षिय जङ्गबहादुर सुनुवारलाई आर्थिक संकट परेको हो ।
‘दुरगम भनेर सदरमुकाम केन्द्रीत बैंकहरुले लोन दिन मानेन्, गाउा घरमा सयकडा पााच व्याजदरले रिन काडेर किवी लगाएं । अहिले मलाई रिन तिर्न र अरु काम गर्न समस्या भएको छ । सबै किवीले उत्पादन दिने समय पनि भएको छैन ।’ सुनुवारले भने–‘किवीलाई माच हाल्न पिलर उठाउन, पोल राख्न र अरु व्यवस्थापन गर्नकालागि मलाई अहिले गाह्रो परेको छ ।’
उनले २०६७ सालदेखि थालेको किवी खेती अहिले ५० रोपनी क्षेत्रफलमा बिस्तार गरिसकेका छन् । अहिले उनको बारीमा पााचसय बढी किवी हुर्किरहेका छन् । यसपालि पनि उनले कलमी बिरुवा ५० थान थप लगाएको वताए । किवी खेतीमा उनी यति लागिपरेका छन् की, गाउंलेहरु भन्छन्–‘जङ्गबहादुर किवी खेतीमा लागेर बिहेसमेत गर्न भ्याएका छैनन् ।’
त्यसो त सुनुवारका किवीले उत्पादन दिन थालेको छ । गएको सिजनमा दुइसय किलो किवी उत्पादन गरेका सुनुवारले झापाको दमकतिर साडे तीनसय रुपैंया प्रति किलोका दरले बिक्री गरेको बताए ।
झण्डै एक दशक अघितिर त्यस्तै १०/१२ मन अलैंची फलाउने गरेका सुनुवार रोगले अलैंची मासिएपछि किवीतिर आकर्षित भएका रहेछन् । अहिले किवी बालिभित्र जुनार, सुन्तला र ग्राउण्ड एप्पल जस्ता फलफूलहरु लगाएको उनले जानकारी दिए ।
किवीलाई गोठे मल फाइदाकारी हुने भएर पशु पालन एक जरुरी बिषय भएको सुनुवारको भनाइ छ ।
उनका भाइ लोकबहादुर सुनुवार पनि साथसाथै किवी खेतीमा लागेका छन् । स्थानीय सिाहदेबी निमाविमा अध्यापन गर्नुको साथै उनले पनि झण्डै दुईसयको हाराहारीमा किवी विरुवा लगाएको बताए । दाइको र आफ्नो एकै खाले व्यथा रहेको बताउदै उनी भन्छन्–‘वैंकहरुले लोन दिने काममा दुरगम भनेर नपन्छियोस् । हामी गाउंको चर्को व्याजको मारमा परेका छौं ।’
किवी एक भरपर्दो बैकल्पिक वालि हो भन्ने बुझेका यी सुनुवार बन्धूहरुले अबका पााच बर्षभित्र एक सय रोपनी क्षेत्रफलमा खेती विस्तार गर्ने तथा उत्पादित किवीबाट वाइन, जाम, जेली तयार गर्ने साथै वजारीकरणकालागि काम गर्ने योजना बनाएका बताए ।
सुनुवार वन्धूले किवी खेती गरेको लुम्देको माल्टेनीे रांके–रवि–दमक सडक खण्डको रवि नजिकै पर्दछ । सडकको स्तर उन्नति गरिनुका साथै सो क्षेत्रमा पनि नेपाल बैंक, कृषि विकास बैंकलगायतका बित्तीय संस्थाले उनीहरुजस्ता व्यवसायिक खेतीमा लागेका जांगरिला किसानलाई सहुलियत व्याज दरमा लोन प्रबाह गर्न सके एकातिर लाभ प्राप्त हुने र अर्कोतिर सान्दर्भिकतासमेत झल्किने देखिन्छ ।
जिल्लामा सुलुबुङ्गका तारामणी खतिवडा र सांखेजुङ्गका टेकबहादुर विष्ट यसअघि किवी लगाएका अगुवा किसान हुन् । उनीहरुसित अहिले अडाइ–तीनसयको हाराहारीमा किवी बिरुवा छन् ।
अन्तर्राष्ट्रिय नारी दिवस – मार्च आठ
–भावना परिष्कृत सुनुवार
सचिव
आदिबासी जनजाति महिला महासंघ, बेलायत
कति अरूलाई उठाइरहन्छौँ
पहिले साँचो रूपमा आफै उठ्न सिक
आखिर कहिलेसम्म पछि र तल परिरहन्छौ
अब अगाडि हिँड्दै बढ्दै माथि माथि पुग्न सक, माथि माथि पुग्न सक
विगतको वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिन आयो । प्रायजसो सबै नारीहरूको जीवन अति पिछडिएको एसिया, अफ्रिका लगायतका कैयौँ मुलुकमा फेरि एक पटक आठ मार्चको विशेष चर्चा छायो । यसै क्रममा आजको दिन हामी नेपाली सम्पूर्ण नारीहरू पनि १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१४ लाई घरदेशदेखि परदेशसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर धुमधामले मान्ने क्रममा छौँ ।
प्रत्येक वर्ष मार्च ८ तारीखका दिन मनाइने नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै मनाइने महान सङ्कल्प र अठोट बोकेर निरन्तर जारी राखिने अनन्तकालीन महायात्रा हो । अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्च विशेष गरी नारी अधिकारसम्बन्धी चर्चा हुने मुख्य दिवस हो ।
प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य विषय (थिम) मा रहेर नाराहरू बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरूलाई समावेश गरी नाराहरू बनाएका हुन्छन् । यस १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको लागि नेपालको राष्ट्रिय नारा “महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधान सभासम्म” रहेको छ भने अन्तर्राष्ट्रिय नारा “समानता महिलाका लागि, प्रगति सबैका लागि” रहेको छ । यी नाराहरूलाई नारामा मात्र सिमित नराखेर कार्यात्मक रूपमा अगाडि बढाउनु सदैव महत्वपूर्ण रहन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरू निर्माण भई विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने १०४ वर्ष अगाडिको पुरानो काल खण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ । २९ फेबु्रअरी सन् १९०९ ताका जसको प्रारम्भिक अध्याय लेखिने काम संयुक्त राष्ट्र संघमा सामाजिक, जागरुक र चेतनशील महिलाहरूबाट शुभारम्भ भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरूको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । श्रमिक महिलाहरूले पुरुषसरह समान ज्याला र बिदा पाउनुपर्ने, नारीमाथि सदियौँदेखि हरेक क्षेत्रमा हुँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, विभेद जस्ता अनगिनत अमानवीय व्यवहारहरू प्रति खुलेर सङ्घर्षको श्रृङ्खलालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ती साहसी नारीहरूबाट । जसको फलस्वरूप लैङ्गिक विभेद, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक जस्ता क्षेत्रमा असमान हक अधिकारका विरुद्धमा आवाज उठाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सफल भए नारीहरू । त्यसपछि यस प्रकारको महिला जागृतिले सन् १९११ मा विभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको थालनी गराई छाड्यो । यही क्रमलाई निरन्तरता दिँदै रसियाले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनायो । त्यस पश्चात ८ मार्चकै दिन प्रत्येक वर्ष सबै युरोपेली राष्ट्रहरूले नारी दिवस मनाउन थाले ।
सन् १९१७ ताका आइपुग्दा मार्च आठकै दिन रसियाका नारीहरूले विश्व युद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरूको मत अधिकारको निम्ति, पुरुषसरह समान हक अधिकारको निम्ति आवाज बुलन्द पारेका थिए । जसको फलस्वरूप रसियाका राजा (जार) ले नारीहरू (रसियाका) लाई पहिलो पटक मतदान दिन पाउने अधिकार सुनिश्चित गराएका थिए । यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रूपमा निरन्तरता पाइरह्यो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मान्ने सबै देशका नारी प्रतिनिधिहरूलाई बोलाएर ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेको थियो । त्यसपछिको समयमा बिस्तारै मार्च ८ को दिन नारी दिवस मनाउने क्रमले विश्वव्यापी रूप लिँदै गयो । Read More
कोँइच ल्वो–रेमुब्लेमुकलि श्यामदार
गोरखापत्र श्योल्वो ———————————

तस्कुलः दिलिप बास्के
पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस
‘इन्टरनेसनल मदर टङ्ग दे’ २०१४ फेब्रुअरी २१ पितिमि आदिवासी जनजाति उत्थान रास्ट्रिय (आजउरा) प्रतिष्ठानमि गेरापेन्मा पाप्तु । हाश्नाःत दुम्शो मेको गेरापेन्मामि ‘थुँगा’ शारिरेशो एन्थोलोजीके रिलिस प्रा. दा. नोवल किशोर राई नु दा. तारालाल सेरेस्ठ निम्फामि पचा दुम्त ।
तस्कुलः दिलिप बास्के पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस ‘थुँगा—४’ शारिरेशोके रिलिस काथन सइसाप्थोचेला आम ममाल्वोमि ब्लेब लिटराटी आनकलि यो ‘रास्ट्र मातृभासा सेवा पुरस्कार’ (१५ दक) गेशा श्यामदार पतिक ताँःगे गोशो बा । साप्थोचे तामाङ मातृभासामि अमृत ह्योन्जन, उराँवमि बेचन उराँव, किराँती–वाम्बुलेमि गनेस द्वारोङचा नु थारु भासामि किस्नराज सरबहारीकलि श्यामदार पशोमि एँको थोचे किराँती–याक्थुङ पाःनला अमर तुम्याहाङ, किराँती–कोँइचला अतीत क्युँइतिचा, मगरला जीत सिन्जाली, किराँती–रोदुङ (चाम्लिङ) ला बयानसिं यालुङछा, किराँती–किरावा (बान्तावा) ला पदम वालाहाङ नु दिमाल भासाला सोम चातेलाकलि मेको पुरस्कारला श्यामदार पाइँसाव । गेरापेन्मामि बुअÞसु जक थापा मगरमि रेल्फु रेल्शा मुनु चिफ गेस्टमि प्लाक नु केटोस गेशा मेको श्यामदार पाम्तेमे । एँको श्यामदार

तस्कुलः दिलिप बास्के पेरालाः अमर तुम्याहाङ, अतीत क्युँइतिचा, जीत सिन्जाली, बयानसिं यालुङछा, पदम वालाहाङ नु सोम चातेला
मुरु काःकलिला मदुम्थु नेल्लेन लो नु रेमुब्लेमुकेन मे । मोपतिकेम नेल्लेन ल्वो अÞवातिकपिकिम आम ममाल्वोकलि ब्लेशा नमपचा देँःशो आम रिमाचेमाकलि गेत्थी बारपाइच्चा मे । किराँती–कोँइच ल्वो नु रेमुब्लेमुकलि गेत्थी बारपाइत्तिक लिटराटीपिकमि अतीत क्युँइतिचा काः नमी । सेस्सेब्लेसे पतिक गेमि नु शारिरेशोमि लिटराटी क्युँइतिचाके ने कोँइच मुर बासलिःशोसम लिःब दुम्शोपतिकेम नेल्लेन किराँतीकोँइच लो नु रेमुब्लेमुकलि श्याम्दार पशो तुइँसिब ।