All about Sunuwar

October, 2013

now browsing by month

 

रेडियो लिखु ९१.३ मेगाहर्ज परीक्षण प्रसारणमा…

सुनुवार डट ओआरजि समाचारदाता ।
निकै समयको प्रतिक्षापछि रेडियो लिखु ९१.३ मेगाहर्ज पहिचानको लागि सञ्चार नारा लिएर कात्तिक १५ गतेदेखि परीक्षण प्रसारण हुने भएको छ । सम्पूर्ण प्राविधिक कार्य पूरा भइ शुक्रबादेखि परीक्षण प्रसारण शुरु हुनेछ ।
राज्यबाट सम्प्रेषित सूचना तथा अवसरहरु यहाँका सुनुवारहरुको पहुँचमा कहिल्यै पुगेन, सदरमुकामबाट पनि हामी निकै टाढा रहेकाले हरेक कुराबाट पछि पर्यौ । अब यी खाडल केही हदसम्म पुर्ने छ भन्ने मलाई आशा लागेको छ स्थानीय एक समाजसेवी वृद्ध जोस्सिदै भन्नुहुन्छ ।
राज्यबाट प्राप्त हुने सूचनाबाट हामी निकै टाढा थियौं । अब चाहिँ यसबाट टाढा नहुने बताउँदै स्थानीयस्तरमा एफएम प्रसारण हुन लागेकाले हाम्रो पनि सूचना र सञ्चारमा केही पहुँच पुगेको कुरा स्थानीयबासी टीकाराम सुनुवार भन्नुहुन्छ ।
स्थानीय युवा सन्तबहादुर सुनुवार भन्नुहुन्छ– हामीले कुनै सूचना प्राप्त गर्न सदरमुकामै धाउनुपथ्र्यो र सूचनाको पहुँचमा पुग्दा नपुग्दै त्यसको म्याद सकिसकेको हुन्थ्यो । अनि हामी जहिल्यै पनि राज्यको सुविधा र सेवाबाट बञ्चित हुने गरेका थियौं । अब हामीलाई यस्ता सास्तीबाट केही सहज हुने कुरामा आशावादी छौं ।
रामेछाप जिल्ला गुप्तेश्वर गाविसमा रहेको स्टेशनले रामेछापलगायत ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, खोटाङ र उदयपुर जिल्लाका आसपाससम्म सुन्न सकिनेछ ।

Share

झुप्रोबाट एफ एम रेडियो प्रसारणको तयारी

सुनुवार डट ओआरजि समाचारदाता ।
रेडियो लिखु ९१.३ मेगाहर्जको सम्पूर्ण प्राविधिक कार्य एन्टेना जडान, टावर रिपिङ, अर्थिन ढलान लगभग पूरा भएको छ । कार्तिक ६ गते २ जना प्राविधिकसहित मनप्रसाद सुनुवार, उत्तम सुनुवार र सुरज सुनुवारको टोली एफएमस्थल रामेछाप गुप्तेश्वर पुगेर कात्तिक ७ गतेदेखि निर्माण कार्य अगािड बढाएको हो । निर्माण कार्य सम्पन्न हुने वित्तिकै केही दिनमा परीक्षण प्रसारण गरिने कुरा एक प्राविधिक अधिकारीले बताए ।
पहिचानको लागि सञ्चार भन्ने नाराका साथ स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जले सुनुवारहरुको भाषिक, साँस्कृति, आर्थिक र राजनीतिक पक्षमा वकालत गर्ने योजना रहेको सुरज सुनुवारले बताए । रेडियो स्थापनाका लागि सम्पूर्ण सुनुवारहरुलाई सहयोगको आह्वान गरिएको र सहयोग निरन्तर चलिरहेकाले हाल झुप्रोमा नै स्टेसन स्थापना गरेर प्रसारण सुरु गरिने कुरा पनि बताउनुभयो ।
आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्ने उद्देश्यका साथ स्थापना गरिएको रेडियोले कोइँच बस्तीमा विभिन्न सूचनाका सामग्रीहरु पस्किने र राज्यबाट भएका सूचनाका भेदभावलाई हटाउने कोसिस गरिने कुरा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले बताए । हाम्रो भूमिमा राज्यका विभिन्न अवसरहरु, विकासका कार्यको पहुँच बढाउन तथा त्यहाँभित्र हुने भ्रष्टाचार, अनियमितताको सूचना सम्पूर्ण सुनुवारहरुमाझ प्रस्तुत गरी सवल र समृद्ध कोइँच गाउँ बनाउने कुरा पनि बताए ।

Share

पटक पटक मृत्युवरण गरेका सिरहाली कोइँच : सबैका राजनीतिक गुरु ।

सिरहाली सुनुवारका प्रेरक व्यक्तित्व : म्बरबहादुर सुनुवार

सिरहाली सुनुवारका प्रेरक व्यक्तित्व : डम्बरबहादुर सुनुवार

-कोइँचबु काःतिच (उत्तम)
एक भाषा, एक संस्कृति, एक जात, एक धर्मको निरंकुश शासकीय कालरात्री । घरपरिवार सबै गहिरो निन्द्रमा छन् । अचानक ढोका ढक्ढकाएको आवाज आउँछ । मानिसहरुको हल्लीखल्ली छ । ढक्ढकाहट आवाज चर्को हुँदै जान्छ । ढोका खोल्नुको विकल्प हुँदैन । लुकेर बाँच्ने सम्भावना छँदै छैन भन्दा पनि हुन्छ । तर्राईको गर्मी । कपडाले बेरिएर सुत्ने कल्पना कमै गर्न सकिन्छ जो सुकैले । कट्टु -धोती) मात्र ।
मृत्यु बरण गरेर घर परिवारसँग विदावारी हुनुको अर्को विकल्प छैन । उ आफ्नो जीवनसंगिनी र नानीहरुलाई सम्झाउँछ-‘घर बाहिर पुलिसले घेरी सके । यिनीहरुले मलाई अब जंगलमा लगेर मार्छन् । मेरो चिन्ता नलिनु । राष्ट्रको लागि मेरो बलिदानीको ठूलो महत्व रहने छ । आम नेपाली जनताको मुक्तिको लागि कसै न कसैले मर्नु त पर्छ नै । मैले मर्नु पाउँदा म खुशी छु । तिमीहरु भोली शहिदको परिवार हुने छौ । सारा देशले चिन्ने छ । मर्न त सबैले पर्छ नै कुकुर मराइ के मर्नु ? त्यसैले मेरो चिन्ता नलिनु । मेरो साथीहरु छन् उनीहरु आउने छन् । म मरे पनि मेरो साथीले तिमीहरुलाई हर्ेर्ने छन् । म अब पुलिसहरुसँग जान्छु ।’
आफ्नो जीवनर्सगिनी र छोराछोरीसँग सल्लाह गर्दै गर्दा ढोका ढक्ढकाउने क्रम बढ्दै जान्छ । ढक्ढकाहट आवाजसँगै धम्कीको आवाज पनि गर्जिन्छ- ‘ऐ ढोका खोल । ढोका खोल्छस् कि फोरी दिउँ ।’
अन्ततः गह्रो मन लिएर ढोका खोलिन्छ । एक हुल पुलिस ढोका अगाडि नै उभिए बसेका हुन्छन् । ढोका उघ्रिनु सँग बन्दुकका मुहारी र पेस्तोलले उसैलाई ताकी रहेको हुन्छन् । नानीहरु आँत्तीएर रुन्छन् । पुलिसले समातेर लैजान्छन् । उसको जीवनसंगीनी र नानीहरु पुलिससँग नलैजाना अनुनय विनय गर्छन । खुट्टामा छाँद हालेर रुन्छन् । तर उनीहरुको केही सिप चल्दैन । कट्टु मात्र लगाएको उ नाङ्गो शरिर पुलिसको घेरामा त्यो कालरात्रीभित्र हराउँछ । गाउँका आफन्तहरु सबै जम्मा हुन्छन् । उ पुलिस घेरामा परेर कालरात्री वीच विलीन भएको हल्ला गाउँमा द्रुततर फैलिन्छ । उसको मुक्तिको लागि अनेक उपाय सोच्छन् । भागवानको प्रार्थना गर्छन् । रातभरि न उ फर्किए आउँछ कि भनेर झिनो आशा पालेर आफन्तहरु जम्म भएर बस्छन् । तर उ नफर्किएपछि सबैले उसलाई मारी सकेको ढुँगो लाउँछन् । Read More

Share

सुनुवार वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता
२३, असोज, यालाखोम । सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सुनुवार सेवा समाज भवन कोटेश्वरमा सहकारी डिभिजन कार्यालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न सहकारी संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो प्रतिवेदन अनुसार शेयर पूँजी सोरा लाख चौरासी हजार, वचत निक्षेप नौ लाख उनन्असी दुइ सय पचासी रुपैयाँ बत्तीस पैसा देखिएको छ भने नगद मौज्दात वीस हजार सात सय बत्तीस हजार बहत्तर, बैंक  मौज्दात आठ लाख छ हजार पन्ध्र रुपैयाँ चौरानब्बे पैसा कर्जा लगानी पन्ध्र लाख अठासी हजार आठ सय एक्काइस रुपैयाँ चार पैसा र सम्पत्तिमा एक लाख बयालीस हजार पाँच सय एकत्तार रुपैयाँ सत्तारी पैसा र सहकारी विकास वैंकमा लगानी दश हजार लगानी गरेको उल्लेख गरिएको छ ।

Share

नेल–लि वार–चि पाइ–बा कोइँच–आनकालि चेरे दुम–ला : बाढी पीडितलाई युके महिलाको सहयोग ।

sahayogसुनुवार डट ओआरजि समाचारदाता
२०, असौज, यालाखोम । ‘आँ गालागति दुम–शो खेम वार–चि पाइबा नेल–लि कोइँचकालि थुँ हार–श–शा चेरे दुम–ला । मुलाइ यो आँ जाहानआ नोफा वार–साउ । नोफा मानेःबा दुम–ता । तामिके खोइलि ग्लोइत–ता । खिँ कोरोमि योल–ताउ । रु नेल–लि ब्लालाचिला दुम–ता । एच–चि पाल किःशा बाअÞशो नुङ । एको केतमि मुल दासाइ नुम–मे नोले खिँ सेल–नुङ । बिसेस पा किरात सुनुवार माहिला सामाज युकेङा आदेच–चे पार–मिला सुनुवार नु साल–लाहाकार बाबाना पारिस–किरितकालि चेरे–दुम–ला दे आदारनामदार थार–नुङ ।’ Read More

Share

ठूलो पाताल सुनुवार सेवा समाज गठन

सुनुवार डट ओआरजी समाचारदाता
सुनुवार सेवा समाज जिल्ला तदर्थ समिति दोलखाले ठुलोपातल गाँउ सम्मेलन २०७०÷५÷२१ गते सम्पन्न गरेको छ ।  जसको पदाधिकारीहरु निम्न प्रकारछन् ।
अध्यक्ष लाल ब सुनुवार’उप बबिता सुनुवार’ सचिव मेघ  माया सुनुवार’ सह सरस्वती सुनुवार’ कोषध्याक्ष  बिराट बिक्रम सुनुवार’ सदस्यहरु : लाल ब सुनुवार
मिला सुनुवार’ बिष्णु सुनुवार’ वीर ब सुुनुवार’ मतीमाया सनुवार’ निर ब सुनुवार
सल्लाकार : पारशसिंह सुनुवार’ दिपा सुनुवार’ टेक माया सुनुवार

Share