August, 2013

now browsing by month

 

कोही छ सहासी कोइँच सामिबु ? रिखी तर्पणीमा सम्मिलित कोइँच चाड : जुन अहिले खोज्दा बेनामी भै दियो ।

555282_528405990561058_953555223_n-कोइँचबु काःतिच
दुध कुण्डा गयौं
सुनपाति ल्यायौं
सै बाम्बु सै सै
सै बाम्बु सै सै
हिजो विहानैदेखि रक्षा बन्धनको शुभकामना लिइयो । तर मैले उहाँहरुलाई सेम टु यू भन्न बाहेक अरु केही सकिन । मलाई रक्षा बन्धन होइन रिखी तार्पनिको याद आइरहेको थियो । यो समय हिमाली तिर्थको समय हो । कोइँचहरु यसलाई सिदी लाचा भन्छन् । र, दुध कुण्ड, पाँचपोखरी जान्छन्, दुध, मकै, फर्सि, काँक्रा, जाँड, रक्सी चढाउँछन् । नाच्छन् । त्यसको बदलामा सुःरो वापत सुनपाति, धुपी लिएर फर्किन्छन् ।
कोइँच मात्र होइन मंगोलियन मूलका आम आदिवासी जनजातिहरुको तीर्थव्रतको दिन हो खसबाहुनको हिन्दू ज्योतिषशास्त्र अनुसार सबैले शुभकामना आदानप्रदान गरीरहेको रक्षबन्धनको दिन । ऋषिलाई तर्पण दिने दिन भएकोले यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ हिन्दू धर्ममा ।
हामी आदिवासी जनजाति कोइँचहरु यस दिन आफ्नो गाउँघरमा जे जे प्राप्त हुन्छ तिनै खानेकुराहरु बोकेर लेकाली तिर्थमा निस्कीन्छौं । पोइँबो, ग्याँमिहरु जामा पगरी लगाएर ढ्याङ्ग्रो ठोक्दै उकालो लाग्छन् । नुहाउँछन् र आफ्ना गुरुको शिर उठाउँछन् । कोइँचहरु यस दिन पोइँबो, ग्याँमी र नाअÞसोको घर घरमा नाअसो, पोइँबो, ग्याँमी भाग लिएर आदारसम्मान प्रकट गर्छन् । जो जो तिर्थाब्रतमा निस्किँदैनन् उनीहरु आ-आफ्नै घरमा एक जोर सागुन राखेर पिदार नाम-दार गर्छन् । लागामा चेनचेन पाति र निक बÞाकु फेर्छन् । Read More

Share

अन्याय, विभेद र अत्याचार भयो भने विद्रोहको अधिकार पनि मानव अधिकार हो

शंकर लिम्बु

सर ! हामीले उजूर गर्ने सबै ठाउँमा उजूर ग¥यौं कतैबाट हाम्रो समस्याको समधान भएन । अहिले त उल्टै आर्मि लगेर राख्ने निर्णय गरेको छ । हामीले कानूनको बाटोबाट उजूरी गर्नु भनेको त रुवाई सुनाउनमात्र रहेछ । ढोरपाटन शिकार आरक्षबाट पिडितहरुले आज यस कुरा लाहुर्निपको कार्यलयमा सुनाउँदा के जवाफ दिने भनि म घोत्लिदै थिएँ । तुरुन्त अर्को कुरा उठ्यो । सर हामी रुकुम, रोल्पा र बाग्लुड.का मगरहरुले १० बर्ष जनयुद्ध लड्यौं तर हामीलाई केहि भएन अब हामी हाम्रोलागि लड्छौं । हामीलाई घाँस दाउरा गर्न, गाईबस्तु भेडा बाख्रा चराउन, डोको डालो बुन्न नदिने, पाइलै पिच्छे पैशा तिराउने, विजुली बत्ति निकाल्न र सडक खन्न पनि रोक्ने आरक्ष हामीलाई भोकभोकै मार्न बनाएको हो, हाम्रो माटोमा ०३९ सालमा आरक्ष बनाएर जनवारलाई मात्र होइन हामीलाई पनि जनवारसँगै शिकार गर्दैछ, फगत फरक भनेको जनवारलाई बन्दुकले मार्छ हामीलाई कानून र नियम बनाएर मार्दैछ । अहिले त झन आर्मि राख्ने निणय गरेको छ यसले हामीलाई नै असुरक्षित बनाउछ । यसरी चारैतिरबाट हामीलाई मार्ने नै हो भने, हामी पनि छाड्दैनौं भन्दा, जवाफमा मैले कानूनको शासन छ, कानूनबाटै न्याय पाइन्छ भनी भन्न पनि सकिन किनकी आदिवासीको पीडालाई मलम लगाई न्याय दिने कानून मैले नै हेर्दा पनि विभेदकारी नै छ । आदिवासीको विरुद्धमा नै छ । शायद मेरो कलमले लेखिदिने कानूनी उजूरीहरुले ढोरपाटन आरक्ष पीडित आदिवासीलाई न्याय दिन्छ भन्ने मलाई नै शंका छ । मलाइ त म हाइस्कुल पढदा कलम बलियो की तरबार भन्ने बादविबादमा कलम बलियो भनि तर्क गरेको सम्झँदा त्यो होइन रहेछ नेपालमा आदिबासीको लागि त तरबार नै बलियो हो कि जस्तो लाग्न थाल्यो ।
मानव अधिकारको विश्वब्यापी घोषणापत्रमा भने झै अन्याय, विभेद र अत्याचार भयो भने विद्रोहको अधिकार पनि मानव अधिकार हो । भन्ने शिद्धान्त सत्य रहेछ झुट त नेपालको कानून पो रहेछ । जस्ले आदिवासीलाई अन्याय र अरुलाई फाइदा नै फाइदा पु¥याउँदो रहेछ ।

source : www.facebook.com/shankar.limbu.505?hc_location=stream

Share

कतार एन आए एन मा किशोर सुनुवार

चुप्लु दाम्लोच
साउन, कतार । गैर-आवासीय नेपालीहरुको सङ्गठन एन आर एन, कतार शाखामा आदिवासी जनजाति कोटाको सदस्यमा किशोर सुनुवार निर्विरोध निर्वाचित भएका छन् । ओखलढुङ्गा जिल्ला खिँचि काःत, पेलुका सुनुवार अहिले कतारमा बस्दै आएका छन् । अहिले अन्य पद तथा सदस्यहरुको निर्वाचन भने भइसकेको छैन । सुनुवार सुनुवार सेवा समाज कतार शाखाका प्रथम उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कतार च्याप्टरका सदस्य पनि हुन् ।

Share

मूलसमारोह कार्यक्रममा सुुनुवार सेवा समाजको झाँकी ¥यालीमा सहभागी

१९ औं बिश्व आदिवासी दिवस २०७० को मूलसमारोह कार्यक्रममा सुुनुवार सेवा समाजको झाँकी ¥यालीमा सहभागी सुनुवारहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यबाद ब्यातm गर्दछ । सहभागी नामवली केन्द्रीय समिति ललितपुर जिल्ला समिति १. मन प्रसाद सुनुवार १. चन्द्र प्रकाश सुनुुवार २. रणवीर सुनुवार २. भवानी सुनुवार ३. उतम कुमार सुनुवार ३. फत्र माया सुनुवार ४. पे्रम कुमार सुनुवार ४. प्रेमा सुनुवार ५. मोहन सुनुवार काठमाडौ जिल्ला समिति ६. दिर्घबहादुर सुनुुवार १. गोपाल बहादुर सुनुवार ७. शान्ति माया सुनुवार २. मान बहादुर सुनुवार ८. समिर मुखिया सुनुवार ३. राज कुमार रापचा ९. विवेक सुनुवार ४. शोभा सुनुवार अन्य सहभागीहरु बिद्यार्थी समाज १. जिवन सुनुवार काठमाडौ १.मुना मखिया २. प्रेम माया सुनुवार ललितपुर २. छविलाल सुनुवार ३. पूर्ण माया सुनुवार ललितपुर ३. सूर्य प्रकाश सुनुवार ४. राजेन्द्र सुनुवार काठमाडौ ४. मनिका सनुुवार ५. पाम बहादुर सुनुवार ललितपुर ५. समित सुनुवार ६. देबिका सुनुवार ललितपुर ७. कुला देबी सुनुवार ललितपुर ८. चन्द्र माया सुनुवार ललितपुर ९. मोहन माया सुनुवार काठमाडौ १०.दाल कुमारी सुनुवार काठमाडौ ११. संयोचा सुनुवार भक्तपुर १२. बिमला सुनुवार ललितपुर १३. रेखा सुनुवार १४. केसर सिंह सुनुवार काठमाडौ १५. क्षेत्र बहादुर सुनुवार काठमाडौ १९ औं बिश्व आदिवासी दिवस २०७० को मोटर साईकल ¥यालीमा सहभागी सुनुवार बन्धुहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यबाद ब्यातm गर्दछ । सहभागीहरुको नामवली । १.मन प्रसाद सुनुवार २.रणवीर सुनुवार ३.उतम कुमार सुनुवार ४.पाम बहादुर सुनुवार ५.खिम बहादुर सुनुवार ६.चन्द्र प्रकाश सुनुवार ७.सामुयल सुनुवार ८.राज कुमार रापचा ९.आषिश सुनुवार १०.मोहन कुमार सुनुवार ११.बिमला सुनुवार १२.प्रेम कुमार सुनुवार १३.जिवन कुमार सुनुवार १४.नाराणय सुनुवार १५. हेम सुनुवार १६.प्रशान्त सुनुवार १७.गोपाल ब.सुनुवार १८.रमेश कुमार सुनुवार १९.तोरण सुनुुवार २०.प्रदिप सुनुवार २१.पुण्य सुनुवार २२.बुद्धिराज सुनुवार २३.दशराम सुनुवार २४.ओमराज सुनुवार २५.समिर सुनुवार २६.ईश्वर किरण सुनुवार २७.विवेक सुनुवार २८.क्षेत्र ब सुनुवार

Share

किरण सुनुवार पुनः इलाम जिल्ला समिति सुसेसमा निर्वाचित

चुप-लु दाम-लोच

साउन, इलाम । सूदुर पर्वका कोइँचहरु पहिचानको राजनीतिमा सचेत बनेका छन् । संविधान सभाको निर्वाचनको वहस चलीरहेको बेला आम कोइँचको भविश्यको लागि पुनः कोइँचहरु संगठित हुनु परेको छ । पूर्ण समानुपातिक प्रतिनिधिसहित पहिचानसहितको संघीयताको लागि आदिवासी जनजातिहरु सक्रिया जागरुक भइरहेको बेला कोइँचहरु मात्र कहाँ चुप लागेर बस्ने कुरै भएन यसैले सुनुवार सेवा समाज जिल्ला समिति इलामले कोइँचको हक अधिकारको लागि जिल्ला सम्मेलनबाट अगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नकै लागि पनि निर्वाचित नयाँ कार्य समितिको चयन गरेको छ । किरण सुनुवारको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु देहयवमोजिम रहेका छन् : देवी सुनुवार-इलाम नगरपालिका, मदनकुमार सुनुवार-मंगलवारे, अमरदीप सुनुवार-माइमझुवा, निरुपा सुनुवार-गजुरमुखी, गंगा सुनुवार-प्याङ, गीता सुनुवार-माइपोखरी, कर्णबहादुर सुनुवार-इरौटार, टेकप्रसाद सुनुवार-लुम्दे, डेविट सुनुवार-इभाङ, लिलामाया सुनुवार-लुम्दे ।

सो सम्मेलनले सोम सुनुवारको अध्यक्षतामा कोइँच पत्रकार समाज, रत्न सुनुवारको अध्यक्षतामा महिला समिति, मुकेश सुनुवारको अध्यक्षतामा युवा कार्य समिति, पृथसिङ सुनुवारको अध्यक्षतामा नाअÞसो समिति पनि गठन गरेको जानकारी प्राप्त भएको छ ।

Share

रामेछाप खिम्तीको पहिरोमा एक जना कोइँचको मृत्यु

चुप्लु समाचारदाता
साउन २९, खिम्ती । गएको बेलुकीको भिषण वर्षको कारण रामेछाप खिम्तीको पहिरोमा परि एक जना सुनुवार लगायत ७ जनाको मृत्यु भएको छ । पहिरोमा वेपत्ता मानिसको खोजी कार्य तिव्र रुपमा चलीरहेको छ । गत बेलुकीको भिषण वर्षको कारण खिम्ती नाङथलीकी ११ वर्षीय सिता सुनुवारको मृत्यु भएको छ भने उनको आमा किर्नेटार अस्पतालमा वेहोस अवस्थामा उपचार गरिँदै छ । उनको बहिनीको दुबै आँखा काम नलाग्ने गरी क्षती भएको र अवस्था गम्भिर भएको हुँदा पहिरोले बगाएको घरबाट उद्धार गर्न नसकिएको समाचार स्रोतले जनाएको छ । खिम्ती ४ कटुन्जेका थापा परिवारका चार जना र रश्नाइलुका तीन जना तामाङको मृत्यु भएको पुष्टी भएको छ । अन्य बेपत्ता भएकाहरुको एकिन डेटा उपलब्ध हुन सकिरहेको छैन । सुनुवार सेवा समाज रामेछाप जिल्ला समिति तथा सुनुवार सेवा समाजका केन्द्रीय समितिका प्रतिनिधि उक्त स्थलमा गइ उद्धार कार्यमा संलग्न हुनुहुन्छ ।

Share

Nepalis IPs movement: Still a long way to go

 (आदिवासी दिवासको दिन प्रकाशित रिपब्लिका राष्ट्रिय दैनिकबाट साभार ।)

DEV KUMAR SUNUWAR

Looking back at the last 18 years in the history of Nepali Indigenous People (IP), also known as Adivasi Janajati, from the very first International Day of World Indigenous People on August 9 in 1995 to 2013, there are stories of both glory and despair.
Known as ‘nationalities,’ the government for the first time recognized the concept of ‘Indigenous Nationalities’ in 1997 by promulgating an ordinance thereby creating a National Committee for the Development of Indigenous Nationalities led by Prof. Sant Bahadur Gurung.
In 1999, the Committee identified 61 caste/ethnic groups as ‘nationalities.’ In 2002, the government finally approved and enlisted 59 caste/ethnic groups as ‘Indigenous Nationalities’ by enacting the National Foundation for Development of Indigenous Nationalities Act.

IPs define themselves as Adivasi-Janajati who have distinct cultural identities, languages, traditional religions, customs and cultures, traditional territories, and those who have a history of their own.
According to the 2011 Census, IP comprise 35.81% of the total population of 26,494,504. Even though IP make for a significant proportion of the population, throughout the history of Nepal indigenous people have been marginalized by the dominant groups in terms of land, territories, resources, language, culture, customary laws, and political and economic opportunities.
The IPs’ tireless efforts for many years to assert their rights and identity ultimately forced the government to recognize them as ‘Indigenous Nationalities.’
In 1926, the Newars in Kathmandu formed an organization called Nepal Bhasa Bikas Mandal, and in 1949, Chwasapasa was founded. The Tharu community formed Tharu Kalyankari Sabha in 1941.
After the restoration of democracy in 1950, there was an alliance of Pichadieka Barga Sangathan (Backward Class Organization in 1956) comprising Tharu Kalyankari Sabha, Gurung Kalyan Sangha, Kirat League, and the Dalit Sangha. But the then King Mahendra-led partyless Panchayat system intensified its autocracy with the slogan of ‘one race (Nepali-jati), one language (Khas-Nepali), one dress (Daura-Surwal for men and Sari for women), one culture (Hindu), and one religion (Hinduism)’ which didn’t help indigenous people.
The restoration of democracy in 1990 saw the spurt of non-governmental organizations of IPs and greater successes in the surge of their movement.
In 1991, the Nepal Federation of Nationalities (NEFEN), the forerunner of Nepal Federation of Indigenous Nationalities (NEFIN), an umbrella organization of the country’s indigenous nationalities, was founded comprising merely nine different Indigenous Nationalities Organizations – Gurung, Magar, Newar, Rai, Limbu, Tamang, Sherpa, Thakali, and Sunuwar. NEFIN now unites 56 different IP organizations widely distributed throughout the Tarai, Hills and Himalaya under one umbrella, has its branches in 71 districts and nearly 3,000 villages. “Initially, NEFIN centered its movement on establishing their identity as Indigeneity and voicing in support of the ‘first settlers’ of the country,” says Nagendra Kumal, Central Chairman of NEFIN. NEFIN then had initiated the drive to raise awareness on distinct languages, cultures, religions, lifestyles and indigenous knowledge. But today, NEFIN has taken its movement from cultural, social and religious planes to political.”
Following the establishment of NEFIN, there seemed a spurt of organizations of IPs, along with joint organizations, combining various indigenous nationalities. Some of them with federal structure are the National Indigenous Women’s Federation (where as many as 31 IP women’s organizations are aligned, with branches across 50 districts and 1,500 villages), NGO Federation of Nepalese Indigenous Nationalities (NGO-FONIN), Association of Nepalese Indigenous Nationalities Journalists (ANIJ), the forerunner of Federation of Nepalese Indigenous Journalists (FONIJ), and so forth.
This expanded not merely the networks but also helped acquire recognition from the state, political parties, civil society and internationally and equally increased greater awareness among Indigenous Nationalities relating to their identities, own languages, cultures, and ways of life.
Read More

Share