January, 2012
now browsing by month
विकट गाउँमा ‘कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८’
ओखलढुङ्गा ।
कुलदीप सुनुवार स्मृति कोषले यस वर्ष ‘कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८’ प्रदान गरिएको छ ।ओखलढुङ्गाको विकट गाँउ खिजिकातीमा अवस्थित श्री कुण्डली मा.वि.मा अध्ययनरत चार विद्यार्थीहरुले यो छात्रवृद्धि पाएका छन् ।स्व.कुलदीप सुनुवारको हरेक वर्षको मंसिर २६को वार्षिकीमा विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष स्व.कुलदीप सुनुवारले शिक्षा प्ररम्भ गर्नु भएको विद्यालयमा ‘कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८’ प्रदान गर्ने घोषना गरेको थियो ।संस्थाले छात्रवृद्धिका लागि निर्देशिका समेत बनाएको थियो ।संस्थाले बिभिन्न आधार र सिमाहरु मध्ये मुलत विद्यार्थीको आर्थिक अवस्था, शैक्षिक स्तर, विद्यालयको र घरको दुरी, समावेशी जस्ता आधारमा विद्यार्थिहरु छनोटमा गरेको थियो ।छात्रवृद्धि पाउनेहरुमा कक्षा ६ मा अध्ययरत मेलिना न्यौपाने कक्षा ७ मा अध्ययरत निसा सुनुवार, पूजन भुजेल तथा कक्षा ८ मा अध्ययरत सबिता तामाङ् छन् ।अबिभावक, शिक्षक, बिद्यार्थीहरुको उपस्थित रहेको कार्यक्रम गत माघ ३ गते भएको हो । कुण्डली मा.वि. स़ंजोरमा विद्यालय व्यावस्थापन समितिको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सभापति विद्यालय व्यावस्थापनका अध्यक्ष खेमराज सुनुवार, प्रमुख अतिथि संस्थाका सचिव नितेश सुनुवार, विशेष अतिथि विद्यालय मुल समितिका अध्यक्ष रेखनाथ न्यौपाने, अतिथिमा अविभावक शिक्षक संघका अध्यक्ष शुभराज सुनुवार यस्तै अतिथिमा संस्थाका सदस्य थीर ब सुनुवार, शिक्षकहरु नारायणप्रसाद ढकाल, कृष्णनबहादुर खड्का, नर बहादुर खड्का,कलमप्रसाद न्यौपाने, पदम सुनुवार आदि रहेका थिए ।कार्यक्रममा कक्षा ८मा अध्ययरत विद्यार्थीहरुले स्वागत गीत गाएका थिए, स्व. कुलदीप सुनुवारका शिक्षक समेत रहेका शिक्षक कृष्ण बहादुर खड्काले आफ्नो विद्यार्थीको निधनले आफु दुखित रहेको बताउँदै आफुले कुलदीपसँग विताएको समयको सम्झना गर्नु भयो । उनी एक महेनती र अनुसासित विद्यार्थी रहेको बताउँदै आफुले पढाएका बिद्यार्थीहरु मध्ये अंग्रेजी विषयमा माष्टर डिग्रि गर्ने उनी मात्र रहेको समेत बताउनु भयो ।”मैले मेरो विद्यार्थीमात्र नभै एक असल गुरु समेत गुमाएको छु” भन्दै खड्काले कुलदीप सुनुवारको आत्माको चीरशान्तिको कामना गर्दै उहाँको संस्थाको उत्तरउत्तर प्रगतिको कामना गर्नु भयो ।यस्तैगरी बिद्यालयका नारायणप्रसाद ढकालले स्व.कुलदीप सुनुवारले विद्यालयको शैक्षिक विकासका लागि गरेको सहयोगको चर्चा गर्दै उहाँको आत्मा शान्तिको कामना गर्नु भयो ।यस्तै बिशेष अतिथि रेखनाथ न्यौपानेले कुलदीप सुनुवारको निधनले भाव विह्वल बनाएको बताउँदै यस क्षेत्र लगायत सिङ्गो राष्ट्रले एक बहुप्रतिभालाई गुमाएको बताउनु भयो ।कुलदीप सुनुबार लगायत उहाँको परिवारले विद्यालय स्थापना गर्नका लागि ठूलो योगदान पुर्याएको बताउदै उहाँप्रति भावपूर्ण श्रृद्धाञ्ली अर्पण गर्नु भयो ।त्यसपश्चात प्रमुख अतिथिले छात्रवृद्धि प्रदान गर्नु भयो साथै कक्षा ५ देखि १० सम्म अध्ययनरत पहिलो, दोस्रो, तेस्रो विद्यार्थीहरुलाई अतिथिहरुले प्रति बिद्यार्थी ८ उत्तरपुस्तिका प्रदान गर्नु भयो ।कार्यक्रममा बिद्यार्थीहरुले कविता, गीत प्रतुत गरेका थिए ।बहुप्रतिभाका धनी दाई कुलदीप सुनुवारको निधनले सिङ्गो राष्ट्रले क्षति बेहोरेको बताउदै प्रमुख अतिथि नितेश सुनुवारले स्व. कुलदीपले गर्नु भएका कार्यहरुको चर्चा गर्नु भयो । कुलदीप सुनुवारका रूची उहाँले गर्न खोज्नु भएका अधुरा कार्य पुरा गर्न तथा उहाँलाई अमरत्व प्रदान गर्न संस्थाले बिबिध कार्यक्रम गदै आएको जानकारी दिदैँ छात्रवृद्धि निर्देशिकाका वारे प्रष्ट पार्नु भएको थियो ।दाई कुलदीप सृजनशील कार्य रुचाउनु हुने भएकाले संस्थाले पनि बौद्धिक सृजना गर्ने जो कोहिलाई पनि संस्थाले सहयोग गर्ने समेत बताउनु भयो ।साथै अन्त्यमा सबै बिद्यार्थीहरुलाई बधाई दिदै सृजनशील कार्यमा लाग्न आग्रह गर्नु भयो ।अन्तमा सभापति खोमराज सुनुबारले कुलदीप सुनुवार स्मृति कोषलाई धन्यबाद दिदै सबै बिद्यार्थीहरुलाई संस्थाका वारे जानकारी राख्न अनुरोध गर्नु भयो ।साथै भाबि दिनमा विद्यालयमा कुलदीप सुनुवारको नाममा बिबिध कार्यक्रम आयोजना गर्ने बताउनु भयो । Read More
सुनुवार विद्यार्थीको राष्ट्रिय महाधिवेशन सम्पन्न
ओआरजी समाचारदाता
काठमाडौं । विगत लामो समयदेखिको अन्तरालपश्चात् सुनुवार विद्यार्थी समाजको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । उक्त समाजमा २१ सदस्ययीय नयाँ कार्ड समिति चयन भएको छ ।
उक्त समाजको अध्यक्षमा सुदीप सुनुवार (ओखलढुङ्गा), उपाध्यक्ष मानबहादुर सुनुवार (दोलखा), सचिव इन्द्रसेन सुनुवार (ओखलढुङ्गा), सहसचिव मुना सुनुवार (झापा), कोषाध्यक्ष छविलाल सुनुवार (रामेछाप) तथा सदस्यहरुमा सविता सुनुवार (ललितपुर), सविता सुनुवार (रामेछाप), सजिना सुनुवार (रामेछाप), Read More
मिथोस
इन लाँ रिमतिके रिमतिके पेरसास नाँ तासला
मुकु जिशो मिच निमफा इन कलि मिमशा सेँसास ।।१।।
रिससे गेरससे कुरदिथदे ङोन तेमेते लाइँतिनि
रिमचारिमशो इन लाँ द, अँयकलि मिमशा मजाअ्नि ,
गोइनु रिशशो गेरशो नातनेलल दुमशा लितेमे मसथेास
मुकु जिशो मिच निमफा इन कलि मिमशा सेँसास ।।२।। Read More
खल्लिवल्लि
जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि,
तिम्रेा याद साँचि छाति भरि गर्दै सानु दुख कष्ट खल्लिवल्लि ।।१।।
कहिले तारिक मल्लिक फाहाद ,कहिले तारिक मल्लिक अब्दुल अजिज
इन्जिन संगै दैाडिन्छु म थकाइ मार्न कुर्छु सानु जुमा , खमिस,
तिम्रै माया प्रिति अनि तिम्रै सानेा न्यानेा काखकेा लाग्छ सधैं तलतलि
जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगिल्ल ।।२।।
Read More
सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने ।
काठमाडौं, पुस, २५, २०६८
संविधानसभाको संवैधानिक समितिका अध्यक्ष निलम्वर आचार्यले संविधानसभाको राज्यपुर्नसंरचन समितिले प्रस्ताव गरेको सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने वताएका छन् ।
वल्लो किरात संघिय राज्य परिषदले संविधान सभाको राज्यपुर्नसंरचना समितिले प्रस्ताव गरेको १४ वटा संघिय राज्यहरुमध्येको सुनकोशी राज्यलाई वल्लो किरात राज्य घोषणा गर्न माग गर्दै आज सोमवार संवैधानिक समितिमा वुझाएको ज्ञापनपत्र बुझ्दै सभापति आचार्यले सो कुरा बताएका हुन । Read More