December, 2011

now browsing by month

 

हार्दिक निमन्त्रणा !!!

किराँतहरुको महान पर्वको उपलक्ष्यमा सपुर्ण सुनुवार दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ  

स्थान: टुडिखेल
समयः ११ AM
Share

शाँदार पिदारका केहि झलकहरु

२०६८ मंसीर २४ गतेका दिन हात्तीवन र नखिपोटमा, काठमाडौं उपत्यका सुनुवारहरुले मनाएका शाँदार पिदारका केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

Share

दिमागको तार चुँडिएकाहरुको तर सोल्डरिङ कार्य ः आदिवासी जनजातिको अभियान

सुनुवार डट ओआरजि समाचारदाता । २६ मङ्सीर । ‘स्रष्टाहरुका मातृभाषामा रचनाहरु सुन्यौं । आफ्ना रचना सुनाउँदा सुनाउँदै एक जना साथीले साहित्यकारलाई एक खालको उपमा नै दिनु भयो दिमागको तार चुँडिए पछि मात्र साहित्यकार भइन्छ भन्ने। तर हामीले खोजको भूमिका भने के हो भने तार चुँडाएर होइन त्यही चुडिएको तार जोडेर आफ्नो पहिचान, दर्शन, विचारसहितको भूमिका स्थान खोजेको हो । हामीले त्यही विशिष्ट पहिचानको आन्दोलन अगाडि बढाएको हौं, सिर्जनशील अराजकतालाई अगाडि बढाएको हौंे । त्यसका एक सदस्य कुलदीप सुनुवार पनि हुन् । उनी सुनुवार सेवा समाजमा बसेर भाषा, कला-संस्कृति, धर्म, सामाजिक चालचलनप्रति समर्पित हुन खोज्नु नै आफ्नो छुट्टै पहिचानको खोजी गर्नु हो । यस कार्यमा साथसहयोग पुर्‍याउन अहिले कुलदिप  सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवार जहाँ पढे त्यहाँका स-साना चार बालबालिकाका लागि छत्रवृत्ति घोषाणा गरेर जुन सिर्जनाशील कार्य गरियो त्यससम्बन्धमा उनको पहिचानको अभियान हामी पनि समाहित भएर सदा सम्झीरहेका छौं । र, सम्झीरहनु पर्दछ ।’ प्रमुख अतिथि सिर्जनशील अराजक समूहका एक सदस्य साहित्यकार राजन मुकारुङले कुलदीप सुनुवार स्मृति कोष समितिद्वारा आयोजित ‘साहित्यिक गोष्ठी तथा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति-२०६८’ कार्यक्रमलाई सम्बोधन गर्नु भयो । सो कार्यक्रममा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति नियमावली प्रस्तुतीसहित कुलदिप सुनुवारले शिक्षार्जन गरेको पाठशाला कुण्डली माविका चार विद्यार्थीहरुलाई रु. पचीससय  एक मुष्ट छात्रवृत्ति दिएको घोषणा समितिका सचिव नितेश सुनुवारले गर्नु भएको थियो भने संरक्षक सदस्य नरेश तथा श्यामकर्ण  सुनुवारले तत्काल कोषको श्री वृद्धिको लागि रु. एक-एक लाख अक्षय कोष प्रदान गर्नु भएको थियो । Read More

Share

नवराजको स्वास्थ्यमा सुधार तर अझै सहयोगको आपेक्ष

चुप्लु दामलोच-
२५, मङ्सिर । दुई तले घरको ढलनबाट लडेर टाउकोमा गम्भिर चोट लागेका नवराजको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अहिले बोल्न, हिड्न र मान्छे चिन्न नसक्ने भए ता पनि पहिलाको भन्दा स्वास्थ्यमा धेरै सुधार आएको उनका दाई इन्द्रले जानकारी दिएका छन् । उनी भन्छन्- ‘केही गर्न सकेको छुइन । कोइँच (सुनुवार) ले अझै साथ सहयोग गर्न सक्थे होला । तर म बिरामी छाडेर उनीहरु माझ पुग्न सकिन । जो जो स-हृदयी सुनुवारहरु छन् उनीहरु स्वयम यहीँ आएर सहयोग पुर्‍याउनु भएको छ । उनीहरु सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । अस्पतालले केही दिन अगावै विरामी घर लैजान भने पनि आर्थिक अभावका कारण डिस्चार्ज गर्न सकिएको छैन । सिन्धुलीबाटै एम्बुलेन्स पठाउन सकिन्छ कि भनेर भाई नविनलाई खबर गरी पठाएको छु ।’
भोलि वीर अस्पतलको बेडबाट उनी घर जाने सम्भावना भए पनि उनको स्वास्थ्यमा सुधार आउन अझै एक देखि दुई वर्षलाग्ने जानकारी उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अझै पनि उनको स्वास्थ्यमा सुधार गर्नको लागि पुन चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार सेवा समाज आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ ।

Share

शाँदार पिदार : सुख, समृद्धि, र शान्तिको कामना गर्दै शुरुआत

सुनुवार डट ओआरजि समाचारदाता ।
२४ मंसीर, ललितपुर । २०५८ सालदेखि मंसीरमा पनि शाँदार पिदार गर्ने चलन आए अनुसार २०६८ साल मंसीरमा दश वर्ष पुगेको छ । यस अवसरमा आज सुनुवार सेवा समाज, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात याक्थुं चुम्लुं मिलेर ललितपुर सानो हात्तिवनमा धुमधामसँग शाँदार पिदार शुरुआत गरेका छन् । काठमाडौं उपत्यकाभित्र बसेका सुनुवारले मंसीर र वैशाखमा दुई पटक शाँदार पिदार गर्ने चलन शुरु भए अनुसार राज्यले पनि वर्षको दुई पटक कोइँच लगायत किरातीहरु लगायत नेपालीहरुलाई सार्वजानिक विदा दिएको छ । आज किरातीहरुले घर घरमा पूजा गरेर शाँदार पिदार पूजा गरे पनि काठमार्डौका किरातीहरुले ललितपुर हात्तिवनमा जम्म भएर शाँदार पिदारको उठान गरेका छन् । हात्तिवनबाट ललितपुर नखिपोट आएर धुमधामसँग नाचगान गर्दै हाँसालतामसाल गरेका थिए ।

Share

Sunuwar bhasa Radio 2068-08-21

[audio:http://www.sunuwar.org/radio/program 2068-8-21.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Share

हार्दिक समबेदना (श्रदान्जली)

क्युइँतबु कल्याण कोषका सल्लाहकार तथा यस सस्थाका नाशो दल बहादुर सुनुवारको  के.एम.सी हस्पिटलमा उपचारको क्रममा २०६८/०८/१८ गतेका दिन असामयिक निधनले क्युइँतबु कल्याण कोषका सम्पूर्ण सदस्यलाई स्तब्ध बनाएको छ । दिवंगत आत्माको चिर शान्तिको कामना प्रकट गर्दै शोकाकुल परिवारजनमा धर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।

अध्यक्षः रणवीर सुनुवार
क्युइँतबु कल्याण कोष परिवार

Share