December, 2011
now browsing by month
नियम सबैले मानीहाल्छन् भन्ने छैन ।
चुपलु दामलोच ।
यालाखोम, १२ ग्युसिच । ‘नियम बनाउँैमा सबैले मान्छन् र लागु हुन्छ भन्ने छैन । जनताले नमान्न पनि सक्छन् । कुनै पनि नियम, कानुन मान्नको लागि समाज स्विकार्य हुनु पर्छ ।’ डा. महेन्द्र लावतीले स्वायत्त क्षेत्र सम्बन्धि वैचारिक संरचना र यसको अन्तराष्ट्रिय प्रयोग विषयक आफ्नो कार्यपत्रको जवाफ दिने क्रममा भन्नु भयो । नयाँ संघीय संरचनामा स्वायत्त क्षेत्र मार्फत सिमान्तकृत, बहिष्करणमा परेका र पिछाडिएका समुदायहरुको अधिकारको सुनिश्चितता विषयक संवाद कार्यक्रम द ग्रण्ड होटल, सोल्टीमोड, काठमाडौंमा सम्पन्न कार्यक्रमको दोश्रो सत्रमा संविधानसभा विषयगत समितिहरुको मस्यौदामा प्रस्तावित स्वायत्त क्षेत्रको अधिकार बाँडफाँड सम्बन्धि प्राब्धानहरु माथि समीक्षा विषयक कार्यपत्र डा.मुक्तसिंह लामा तामाङले प्रस्तुत गर्नु भएको थियो ।
युएनडिपि संवैधानिक सम्वाद केन्द्र, नयाँ वानेश्वरद्वारा आयोजित उक्त कार्यक्रमको सहजकर्ता राजनीतिक विश्लेषक श्याम श्रेष्ठ हुनुहुन्थ्यो । सो कार्यक्रममा पर्ूवका लेप्चा, बोदो -मेचे) देखि पश्चिम दार्चुलाका व्याँसि शौका आदिवासी जनजाति लगायत आदिवासी सभासद ककसको सदस्यहरुको उपस्थिति थियो ।
मध्यमाञ्चलस्तरीय मातृभाषा सङ्गोष्ठीमा किराँती कोइँच (सुनुवार) भाषा
सुनुवार डट ओआरजि समाचारदाता ।
काभ्रे, ११ पुस । ‘आदिवासी जनजातिको भाषाले उनीहरुको पहिचान बोकेको हुन्छ । यसलाई बचाइराख्न साहित्य सिर्जना गर्नु पर्छ । साहित्य सिर्जना गर्दै जाँदा नयाँ नयाँ शब्दहरु थपिँदै जान्छ र समाजले पचाउँदै जान्छ, अनुमोदन गर्दै जान्छ र भाषा समृद्ध बन्छ ।’ मध्यमाञ्चल स्तरीय मातृभाषा सङ्गोष्ठीको उद्घाटन गर्दै कुलपति श्री वैरागी काइँलाले कार्यक्रमलाई सम्बोधन गर्नु भयो । Read More
टुडिखेल शाँदार पिदारका केहि झलकहरु
२०६८ पुस २ गतेका दिन टुडिखेलमा सुनुवारहरुले मनाएका शाँदार पिदारका केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
शिकारीहरुको गाउँमा धुमधाम शाँदार पिदार
सुनुवार डट ओआरजि समाचारदाता । १ पुस, याला (ललितपुपर) । नाम मात्रको राजधानीको जिल्ला । साँस्कृतिक, राजनीतिक, आर्थिकरुपले सम्पन्न काठमाडौं उपत्यका । तर यही सुविधा सम्पन्न जिल्लाको अधिकांश भाग वा गाउँहरु दुर्गम गाउँहरुसँग कुर्नै पनि किसिमले फरक छैन भन्दा पत्यार नलाग्न सक्छ । हो, राजधानीको ललितपुर जिल्लाको ठूलो दुर्लुङ गाउँ विकास समिति पुग्दा जोसुकैले खास भाषाको यो उखानलाई एक पटक होइन पटक पटक याद गर्ने छन्, नजीकको देउता हेला । यही नजीकका देउताहरु मध्येका एक जमनाको कहलिएका जागिरे शिकारी अर्थात् कोइँचहरुको अवश्थालाई अनुभूत गरियो भने साह्रै कहली लाग्छ । कुनै जमनामा ठूलो दुर्लुङको गुमराङबासी कोइँच सुनुवार सरकारलाई जीउँदै शिकार बुझाएर दक्षप्रद शिकारी कहलिएका थिए तर हिजोआज ती दक्ष शिकारीहरु सात घरमा सीमित हुन पुगेका छन् । पुरै गाउँ जैसीहरुको पेवा हुँदै छ । Read More