All about Sunuwar

January, 2011

now browsing by month

 

प्रधानमन्त्री द्वुरा ठाडो आदेश

माघ १८। प्रधानमन्त्री माधव कुमार नेपालले बैकल्पिक ब्यवस्था नभएसम्म पशुपति क्षेत्रको श्येषमान्तक वनमै किरातहरुले समाधिस्थ गर्न पाउने ठाडो आदेश दिनु भएको छ र बैकल्पिक ब्यवस्थाको निम्ति सम्बन्धित निकायसित छलफलका लागि आज बैठक बोलाउनुहुने छ।

Share

शान्तिपूर्ण जुलुशमा सुनुवार सेवा समाजका महासचिव घाइते तथा अध्यक्ष गिरप्mतार

सुनुवार डट ओआरजि  समाचारदाता ।

माघ १७, पशुपति ।वर्षौ पहिलेदेखि पशुपति मृगस्थली वनमा किरात (कोइँच (सुनुवार), राई, लिम्बु, याक्खा) हरुले लास गाड्दै आएकोमा संस्कृति मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषले एकतर्फीरुपमा किरातीहरुलाई लास गाड्न नदिने निर्णय गरेको हुँदा गरिएको दुई घण्टे चक्काजाम कार्यक्रममा प्रहरी हस्तक्षेप गरियो । उक्त समयमा असरु ग्याँस हानिएको थियो । जसमा सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवार लगायत अन्य ११ जना किरातीहरु घाइते भएका छन् भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, किरात राई यायोक्खाका अध्यक्ष चतुर्भक्त राई, सभासद राम राई र सभासद सुदन राई लगायत १६ जना किरातीलाई प्रहरीले कुटपिट गर्दै चार घण्टा थुनामा राखी छाडेको छ ।
तत्पस्चात प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउन चार किरात संस्थाका पदाधिकारी सभासदहरु गएका छन् भने भोलि पनि थप सशक्त आन्दोलन गर्ने घोषणा किरात समन्वय समितिको अध्यक्ष चतुर्भक्त राईले भन्नु भयो ।

Share

पशुपतिमा किरात (कोइँच, राई, लिम्बु, याक्खा) हरुको लाश गाड्न दिइएन

सुनुवार डट ओआरजि समाचारदाता ।
माघ १६, पशुपति । अहिले साँझ ५.०० बजे पशुपति विकास क्षेत्र अन्तर्गत रहेको श्लेस्मान्तक वनमा किरात राईको लाश गाड्न लैजाँदा पशुपति विकास कोषले लाश गाड्न दिएन । किरातीहरुमा लाश गाड्ने संस्कार छ । त्यसैले उपत्यकामा बसोवास गर्दै आएका किराँती (राई, लिम्बु, याक्खा, सुनुवार) हरुले पशुपतिको मृगस्थली डाँडादेखि दक्षिणी भागका जंगलमा उहिलेदेखि लास गाड्दै आएका थिए । अहिले साँझ एक्कासी पशुपतिमा लास गाड्रन आएका किरातीहरुलाई लाश गाड्न नदिएको हुँदा लाशलाई सडकमा तेर्साएर किरातीहरुले नारा जुलुश गरीरहेको छन् ।
२०५५ सालमा पनि यसै गरी किरातीहरुको लास गाड्न दिइएको थिएन । यस वर्ष पनि सो स्थलमा लाश गाड्न नदिने कोषले निर्णय गरेको हो । यस्तो निर्णयले आदिवासीहरुको मानव अधिकार हनन् भएको कुरा किरात राई यायोक्खाका उपाध्यक्ष दुर्गा राईले बताउनु भयो ।

Share

षक्करपोS षक्करपोS षक्करपोS

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर द्वुारा प्रकासित स्मारीका बार्षिक पत्रिकाकेा लागी सुनुवार लेखक ज्यूहरुले आफना रचनाहरु www.sunuwar.org (info@sunuwar.org) र sws-ji-samitillitpur@yahoo.com मा उपलब्ध गराउनु होला।

१. लेख रचनाहरु कोँइच सुनुवार  भाषा, नेपाली भाषा र अंग्रेजी भाषा यी तिन मध्य जुनै एकमा लेख्न सकिने छ। बढी भन्दा बढी प्राथमिक्ता आफनो मौलिक तथा मातृी भाषा सुनुवारलाई प्राथामित्ता दिईने छ।
२. लेख रचनाहरुको किसिम–कथा, कबिता, गित, मुक्तक, सुनुवार संस्कृति, संस्कार, किपटीय विषय, जिवनी, आत्मकथा, सुनुवार इतिहास स–प्रमाण सहित र विश्वमा भएका रोचक घटनाहरु आदि। Read More

Share

गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा

समवेशिकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा download गरेर पढनुहोस्

Sunuwar_Gorkhapatra_Magh

Share

NEW CHAIRPERSON OF KSWS UK 2011

Kirant Sunuwar Welfare Society UK would like to inform everyone that on 16th January 2011, an emergency meeting was held at Farnborough. This was because the Chairman had decided to step down due to unavoidable personal circumstances. At the meeting, the executive committee and advisory committee members accepted the Chairman’s resignation, thanked him for his contribution so far and wished him well for the future.
The meeting was also utilised to discuss appointment of new Chairperson. After deliberations, the committee announced that the Vice-Chairperson Jang Bahadur Sunuwar would be appointed as the new Chair and that his vacant position would be filled by Khadananda Sunuwar.
Both new appointees promised to undertake their new roles with sincerity and wholehearted commitment.

Chhatra Sunuwar
Secretary
KSWS UK

Share

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा लाल लाँ मालाचा बुइशशि लाँ लाचा

हार्दिक समावेदना


हाम्रा परम मित्र तथा सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष टंकराम सुनुवारका पूजनीय माता श्रीमती पूर्णकुमारी सुनुवारको आज बिहान २ बजे असमायिक निधन भएको छ । उहाँको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा विहान ६.०० देखि हार्दिक श्रद्धाञ्जलीको राखिएको थियो । एक घण्टा पछि विहान ७.०० माइला छोरा टंकाराम सुनुवारले दागवत्ती दिनु भायोका थियो । उहाँको आत्मको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारमा पर्न गएको दुःखपीर मार्का प्रति समवेदन प्रकट गर्दछौं ।

चुप्लु समाज, दुरदा डट कम, सुनुवार डट ओआरजि परिवार

Share