१६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै

सामाचारदाता, काठमाण्डौं, अगस्ट ९,
१६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै छ । नेपाल भरि बाट राजधानि काठमाण्डौंमा रहेका ४० भन्दा बढि आदिवासी समुदाय आ-आफ्ना मौलिक साँस्कृतिक झाँकि सहित राजधानि स्थित नेपाल प्रज्ञा प्रठिष्ठानको भवनमा जम्मा भै आदिवासी दिवसको अवसरमा विषेश समारोहमा सहभागि भएका छन् ।Click here for more photos

Share

One Comment to १६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै

  1. kormoch says:

    १६औँ विश्व आदिवासी दिवस को बारेमा निकै चर्चा परिचर्चा सुनियो । पाम जी सँग ललितपुर देखि काठमाण्डौंको सडकको जाम छिचोल्दै ११:३० मा प्रज्ञा भवन कमलादी पुगियो । आदिवासी संघ – संस्थाहरु आ-आफ्ना ब्यानर बोकेर मौलिक झाँकि सहित उत्साहित भैरहेका थिए । तेत्रो अथाह भीडमा सायद कोइंचहरु नदेखिएका होलान् भनेर खोज्दै गएको त २ जना भाइ र २ जना बहिनी सहित २ जना बृद्व बृद्वा मात्र भेटियो । संख्या ले के फरक पार्छ र? जोश र जाँगर त अथाह भएको वहाँहरुको अनुहारमा स्पष्टै देखिन्थ्यो । झाँकि कता रहेछ भन्दै खोज्दै गएको त ४ वटा ढोलहरु जमिन मा असरल्ल लडिरहेका थिए । गर्दै जाँदा यस्ता साना तिना गल्ति त भैहाल्छ नि । सबैलाइ आदिवासी दिवस २०६७ को शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *