१४ वर्षपछि कोइँच साहित्यमा पहिचानको बाटोमा

–कोइँचबु काःतिच ।
१८ आषाढ, काठमाडौं । होन्बा बिन्दार्वादेखि जस्तै कोइँचहरु आफ्नो भविश्य आपैंmले अन्यौल बनाइरहेको भावसहितको कोइँच कविता शङ्खु बुजिचले बाचन गरेसँगै नेपालको राजनीतिक भद्रगोलका बारेमा सपना सुनुवारले आफ्नो व्याङ्ग्य बाण हानेको थिए भने रणचण्डी बनेर उक्रिनु पर्ने धारणा रिस्ता सुनुवारको थियो । रुपक सुनुवारले कोइँचको भेषाभुषा र संस्कार संस्कृति नै पहिचानको घोतक हो भन्ने तर्क पस्के भने इँगिहोपो शिर्षक विहीन कविता पस्केर हाम्रा नेताहरुको शिर्ष स्थान नै कहाँ छ र भन्ने तर्क गर्दै यो देशको सासकीय व्यवास्था र यो देशसँग के सम्बन्ध छ के परिवर्तन भयो भन्ने विचार पोखे ।
शोभा सुनुवारको कोइँच कविताले कोइँच कविको इतिहास बकेको थियो भने भिमप्रकाश सुनुवार र ललित सुनुवार कविताको सट्टा कोइँच गीत गाउनु भएको थियो । सागर सुनुवारले दुई छोटा तर उत्कृष्ट कविता पस्केको धारणा टिप्पणीकारको थियो । यता कविताको विट मार्दा मनोरमा –काःतिच रामा) ले आमाको भावनाले ओतप्रोत गजल प्रस्तुत गरेकी थिइन ।
चुप्लु चुल्हाचौकामा साहित्यिक जमघटमा अशोक सुनुवार काल्पनिक यात्रीले कविताको इतिहास वारे लेख सहित गलज प्रस्तुत गरेका थिए । ११ बजे शुरु हुने भनिएको कविता गोष्ठी साँडे १२ बजे शुरु भएको थियो ।
वाचित कविता वारेमा सुनुवार विद्यार्थी समाजका अध्यक्ष मानबहादुर सुनुवारले धेरै राम्रो कविता प्रस्तुत् भएको र वाचित कविताहरुले कोइँच पहिचानको लागि वाकलता गरेको बताउनुभयो । साहित्यले समाज परिवर्तन मात्र होइन देशको राजनीतिक महौला नै परिवर्तन गर्न सक्छ साहित्यकारले दरोसँग नियामित लेखन कर्म अगाडि बढाउनु पर्ने बताउनुभयो नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार ।
सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचा र सदस्य प्रेम हाँबालिको उपस्थितिमा सञ्चालित साहित्यिक गोष्ठीमा सुसेस पाँचौं अध्यक्ष लोकप्रिय सुनुवारले कोइँच साहित्यको भविश्य उज्यालो रहेको बताउनु भयो । संस्थापक प्रेम हाँबालीले साहित्य यथार्थभन्दा अर्कै सन्सार हो । त्यो सन्सारमा हराउँन सकियो भने साहित्य उत्कृष्ट हुन्छ । हिँजोको साहित्य र अहिलेको साहित्यमा धेरै अन्तर भएको जानकारी गराउनु भयो ।
गोष्ठीमा बाचनको लागि दोलखाबाट जीवन सुनुवार किरात र केर कोइँचको दुई कविता प्राप्त भएको थियो ।
गोष्ठीमा चुप्लु समाजको अभियानको विगत सम्झँदै सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले भन्नु भयो, देन ए सेरेम फु कोइँच भाषाको पहिलो पुस्तक छाप्दा यति छिटै कोइँच साहित्यले विकास गर्छ भन्ने सोचेको थिएनौं तर कोइँच साहित्यको विकास पछि मात्र साहित्यमा पहिचानको मुद्दाले स्थान पाएको हो । होइन भने त्यो भन्दा अगाडि लेखिएको खस भाषाको साहित्यले पहिचानलाई समेटेको थिएन ।
इश्वरको खोजीमा कोइँचबु काःतिचको पुरानै कवितासँग कार्यक्रम सञ्चालनबाट ओझेल परेपछि उठानमा इँगिहोपोले मुर्कुट्ट कविता प्रस्तुत् गरेकोले अब विट पनि मुर्कट्ट कविताबाट मार्ने भन्दै आफ्नो अति राम्रो जाली रुमाललाई वीचमा अरुले नै धागो तानेर फेरि पनि लिखु खोला साँध लगाएर दुई वटा बनाइदिए । मेरो जालीरुमाल दुई टुक्रा भयो । अब दुई टुक्रा रुमाललाई बाँसको लिङ्गोमा दुईतिर टाँगेर झण्डा बनाएर बस्न संघर्ष गर्ने कि न पुनः जोडेर सिङ्गा जाली रुमाल बनाएर काँधमा भिरेर हा हा हाँसाल हाँसाल भनी नाच्ने ? कोइँचले आपैंmले अब निधो गर्नु पर्ने भन्ने आशयको कविता सुनाउँदै अहिले कोइँच युवाहरुमा आफ्नोपनको खोजी गर्ने जोश जाँगर बढेको पहिचानतिर युवा जागरुक रहेको बताउनुभयो । विगतमा केवल निरासावादी, प्रेमविछोडका कविता सुन्न पाइन्थ्यो । आज त्यसमा पनि नयाँ युवा अनुहारहरुले कविता लेखन र वाचन गरेको हुँदा पनि आयोजकले सोचे अनुसारको साहित्य गोष्ठी सफल भएको बताउँदै गोष्ठीका मियोे भनियो बनाइयो र यो मियोले केही काम गर्दैन काम भने गोरु र मान्छेले गर्ने हो अब दाई गरेर पराल बाँधियो । खला खाली गरेँ भन्दै कार्यक्रम समापन गर्नुभयो ।
चुप्लुमा साहित्यिक गोष्ठी भएको हुँदा कोइँच खाजा एर र आलु खाजा बाँडिएको थियो । १४ वर्षपछि कोइँच साहित्य अब पहिचानको बाटोमा लागेका निश्कर्ष निकालियो ।

Share

Leave a Reply

Your email address will not be published.