हार्दिक समावेदना ।

केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइश्शि लाँ लाचा ।

atiramजसलाई यो समाजको लागि धेरै आशा थियो, उसैले यो सन्सार छाडेर गएपछि सपनाहरु अधुरै विचल्लीमा परेका छन् । बढो दुःखद घटनालाई मनले नमानी नमानी पनि स्वीकार गर्नु पर्ने अनुभूती शुन्य यो पीडा । किन, हामी जुन व्यक्ति प्रति धेरै अपेक्षा गरीरहेका छौं उही व्यक्ति हामीसँग टाढा हुन्छ ? शायद … शायद …
सुनुवार सेवा समाज, केन्द्रीय समितिका सदस्य शोभा सुनुवारका दाजु, जुझारु, संस्कृतिप्रेमी, समाजसेवी साथै शिक्षक हाम्रा अनन्य, सहहृदयी मित्र रामेछाप भूजी वडा नं. ३ ठिन्केप पिपलडाँडाका नवराज सुनुवार (अतिराम) को हिजो काठमाडौं आउनेक्रममा काभ्रेमा मोटरसाइकल दुर्घटनामा परी असमायिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामनासहित इँगिबुलबुल सायबुलबुल आत्मले बुइश्शि लाँ समातेर इँगिसोरी आनिलासिरि पार्मेसोरीमा समाहित होस् भनि आदारनाम्दार टक्राउँदै यस दुःखद घडीमा शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समावेदना (उइत्थिखाइलि) प्रकट गर्दछौं ।

मनप्रसाद सुनुवार, रणवीर सुनुवार, समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार लगायत

सुनुवार सेवा समाज केन्द्रीय समिति, चुप्लु समाज, सुनुवार डट ओआरजि सम्पूर्ण परिवार ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *