हाम्रो एउटा दाइ

हाम्रो एउटा दाइ

कोही थाहा नपाई बाँचेर पनि मर्छन्
कोही थाहा नपाई मरेर पनि बाँच्छन्
कोही बाँचेर पनि मरेको थाहा पाउँदा पाउँदै
लाज पचाएरै जिउँदो भएको प्रमाण पेश गरि टोपल्छन्
हो, हाम्रो पनि एउटा दाइ छ
साथी हो
उनी त्यसै क्याटगोरीमा पर्छन् ।

वास्तवमा
उनी बेला बेलामा झस्किन्छन्
निन्द्राबाटै कहिले तर्सेर व्युँझे झैं पनि गर्छन्
र,
आपैंmले आफुलाई चिमोटी हेर्छन्
बाँचेको कसी लाउन
जिउँदो भएको चाल पाउन ।

उनलाई थाहा छ,
प्रत्यक्ष
उनी आप्mनो विचार लेख्न सक्दैनन्
परोक्ष
उनी आप्mनो मनको भावना पनि पोख्न सक्दैनन् ।
कहाँ पाउनु र उनले अब
ताँबे गिद्दे लेकको त्यो रेअ्केको कलमले लेख्न
लिकु पोकुको मुसो लोस्पासँग मसी माड्न
भित्रीखानीका कागतेले बनाएको जुकपात पस्तोक बनाउन
बटुल्न नै सक्दैनन् अब उनले
हिँड्ने खुट्टाहरु भट्भटेको काम्रोले बाँधेर खजा भएका छन्
सोच्नै सक्दैनन् अरु कुरा
विचरा, उनलाई बेला बेलामा
कालिमाटी, कोटेश्वर, शान्तिनगर, सिनामंगलतिर
अदृश्य सदृश्य रुपमा मनमायाले आएर
वर्तमानमा फिउजन गराइ दिन्छिन
र पो अलिकति बाँचेका छन्
र थोरै बाँच्नुको जिजिविषा साँचेका छन्
नभए त,
उनले तादि नै स्वर्गीय घोषणा गरी सक्ने थिए आफुलाई ।

तिसुप रिससे (क्योथेकुल)
तिसुप, काःत, चुपलु
[ad][ad]

Share

One Comment to हाम्रो एउटा दाइ

  1. suke -naash says:

    वास्तवमा हाम्रा कोइँच श्रस्टा हरु अद्वितिय छन । कला छ, कला देखाउने मन्च छैन, शृजनशील छन्, शृजना पस्क्ने थाल छैन, उदवेग छ, आवेग छ, यहाँ पिल्सिरहनु को पिडा छ, मल्हम छैन, केवल पिन्जडा को सुगा ले जस्तो नक्कल गरेर आफु जिउंदो भएको प्रमाण दिनु परिरहेको छ । चेतना भएर पनि अचेत भएको नाटक गरिरहनु परेको छ । हो, यो सृजना पढेपछि मलाइ तेस्तै लागिरहेछ, हामि कति अभिनय गर्न सिपालु रहेछौं भनेर । अब हामि सुगा होइन, साँचिकै मान्छे बन्नु पर्छ । सर्जक लै मुरि मुरि धन्यवाद !

Leave a Reply

Your email address will not be published.