हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार र कोइँच एकताको आधार

–कोइँचबु काःतिच
फुल्यै फुल्यो तोरीको
आँखा राम्रो मोरीको
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल हाँसाल– कोइँच किशोरहरुको चासो ।
आठानी चारानी कम्पनी
सुनुवारको छोरी म पनि
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल  हाँसाल– सिँगौरी खेल्दै कोइँच किशोरीहरु ।
यो वर्षको यालाखोम (काठमाडौं उपत्यका) मा यसरी नै कोइँच किशोर किशारीले हर्सोल्लाश र उमंगले गीत गाउँदै शाँदार सील नाचेर किरात कोइँचको महान् चाड शाँदार पिदार मनाए । किशोर किशोरी मात्र होइन के बालबच्चा के बुढाबुढी, सबै कोइँचहरुले आफ्नो पुर्खा र प्रकृतिसँग वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै शाँदार पिदार मनाएका छन् । समयको मागानुसार वा परिवर्तित राज्यको नीतिसँगै शाँदार पिदारले कोइँच गाउँ मात्र होइन नेपालदेखि विदेशसम्मै आफ्नो ख्याति र विश्वासको जालो विस्तार गरेको छ ।
शनिवारको दिन । सम्पूर्ण कलकारखाना, कार्यालय र शैक्षिक संस्थाहरु विदा छन् । चारैतिरबाट खुम्चिँदै गएको काठमाडौंको टुँडीखेल । टन्टलापुर घाम । दौरा सुरुवाल, त्यसमाथि पेटे भोटो अझ त्यस माथि सप्तरङ्गी फेनेरेल्फु (चरा (डाँफे, मुनाल) को पखेटाको नक्कल गरिएको), ढाका टोपी, कम्मरमा क्लाःतोलि (चरा (कल्चौंडे र धोब्नी) को पुच्छारको नक्कल गरेर बनाइएको) र काँधमा भिरेको ठूलो ढोल । कसैको हातमा झ्यापटा झ्याम झ्याम । फेनेरल्फुको फुर्का झामझाम र फुरुक्क फुरुक्क हल्लिने गरी डाँफे र मुनाल भुट्भुटी खेले जस्तै कुम उचालेर, कल्चौडा चराले विहानी सूर्यको झुल्कोसँग चिर्बिराएर पुच्छार हल्लाए जस्तै कम्मर मर्काइ मर्काइ क्लाःतोलि हल्लाएर पसिनाले लपक्कै भिजेर उत्तेजित भई नाचेका कोइँच किशोरहरु ।

नाच्यो झिल्के नाच्यो
बारुली कम्बार भाच्यो
हा हा हाँसाल हाँसाल
जेठको चर्को घामको पर्वाह नगरी नाचेका किशोरहरुलाई उत्तेजित पार्दै गरेका कोइँच किशोरीहरुको शाँदार गीत । हातमा स्याउली । शिरमा शिरपूmल, कानमा माडवरी, चेप्टेसुन । कसैकोमा पहेँलो एयर रिङ र टप । नाकमा बुलाकी र ढुङ्ग्री । काँडे पहाँलो, आठानी, चारानी, कम्पनी गलामा दोकाँधे भिरेको । देब्रे छातीमा छपक्कै झुण्डिएको क्योङ, माचिङ्ग र लुजे बास । गुन्युचोला र फरियामाथि फरियाकै पछाडिपट्टिको ताल भएको कोतोमबेचि । हातमा बाला, बाघमुखे चुरा र गोडामा कल्ली लगाएर कोइँच किशोरी खुलामञ्च र टुँडीखेलमा नीलो तथा वैजनी रङमा ढकामक्क फुलेको शिरिषका फुलसँग छमछमी नाँच्दै प्रतिस्पर्धा गरिरहेका थिए । मानौं यो प्रतिस्पर्धामा बल्ल कोइँच सौन्दर्यले विजयोत्सव मनाइरहेको थियो ।
कोइँच भेषभूषाको बाक्लो उपस्थिति थियो । सम्पूर्ण मानिसहरुको भीडलाई आँखाको नानीले एक पलकमा समात्न सक्ने कुरै भएन । सबैलाई खण्ड–खण्ड गरेर दृश्यपान गर्नु पर्ने सबैका लागि वध्येता रह्यो । आफ्नो साथी, प्रेमीप्रेमिका लिएर आफ्ना अबिभावकका माझ खुलेर रमाइलो गर्न उत्साहित देखिन्थे कोइँच किशोर किशोरी । उनीहरुमा कुनै धक लाज थिएन । न कुनै बाधा व्यवधान । लाग्थ्यो यही हो सभ्य, स्वतन्त्र र मर्यादापालक खुला समवेशी समातामूलक समाज । भ्रम सिर्जना हुन्थ्यो, एक दिनको लागि भए पनि यो देश साँच्चै आदिवासीको आत्मसम्मान भएको लोकतान्त्रिक गणतन्त्र नेपाल भइसक्यो । त्यस उन्मुक्त, आनन्दामय हुलमा कुनै उमेर, लिङ्ग, धर्म, जाति, भाषा, संस्कृति र विचारले कसैलाई सीमारेखा कोरेको थिएन । न त कोही उत्पीडित देखिन्थे । न कसैलाई वहिस्करणमा परेको महशुस थियो  । थिए त सबै समान थिए । सबै सम्मानित थिए । तर ‘यसखाले स्वतन्त्रता भनेको छाडा स्वतन्त्रता हो, क्रम नमिलेको, कुनै प्रक्रिया र पद्धति नभएको उट्पट्याङहरुको हुल मात्र भयो’ कतिपय कोइँच सुनुवार, आदिवासी सामुहिक मानवाधिकारको उल्टो कित्तामा उभिएर खस बाहुन, अमेरिकी, बेलायती गिदी वा अतिक्रमित बाहिरीए संस्कार संस्कृतिले भरिपूर्ण परम्परावादी कोइँचका असरल्ल गुनासोहरुबाट भने भीड अछुतो थिएन ।

नयाँ शाँदार पिदार ग्योरको स्थापना
राज्यले वर्षमा एक दिन (मङ्सिर महिनाको पुरा जुन लाग्ने दिन) विदा दिएको हर्सोल्लाशमा उपत्यकाको सानो हात्तीवनमा आजभन्दा दश वर्ष अगाडि कोइँच शाँदार पिदार ग्योरको स्थापना भएको थियो । त्यसपछि नयाँ ठाउँमा नयाँ ढंगाले शाँदार पिदार गर्ने क्रमको वाश पिदारको सारा नै उठ्यो । २०६२÷६३ को आन्दोलन पछि वर्षको दुई दिन विदा दिने क्रमसँगै उहिलेदेखि शाँदार पिदार गरिँदै आएको सोलु, रामेछाप, ओखलढुंगा लगायत दोलखा, इलाम, झापा, सुनसरी, उदयपुर, सिन्धुली, काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा मात्र नभएर यस वर्ष सर्लाहीको परवानीपुर, सिँधुलीको टाँडी, उदयपुरको गाईघाटमा पनि नयाँ शाँदार ग्योर स्थापना गरि शाँदार पिदार गरियो ।
‘हामी मूल थलोबाट विस्थापीत भएर वा बध्येतावश बाहिर बसोबास गर्नु परेकोले हामी संस्कृतिविहीन, भाषाविहीन भएर बस्नु परेको छ । यसैले पहिचान विहीन भएका छौं । हामी कोइँच सुनुवारको पहिचानको लागि पनि शाँदार पिदार गरेका हौं । सुनुवार सेवा समाज सर्लाही जिल्ला समितिले शाँदार ग्योरको स्थापना गरे पनि मध्ये तराईका कोइँचको पहिचान र आस्थाको केन्द्र बन्ने हामीले लक्ष्य लिएका छौं ।’ सुनुवार सेवा समाज सर्लाहीका अध्यक्ष बुद्धिबहादुर सुनुवारले भन्नु भयो । धुमधामसँग स्थापना गरी मनाइएको शाँदार पिदार गरिने गाउँ परवनीपुर, भोर्लेनीमा २५ घर कोइँच झुरुप्प बसोबास गर्दै आएका छन् ।
यही अवसरमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले राष्ट्रिय जनगणना २०६८ सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो– ‘हामीले हाम्रो पहिचानको लागि २० औं वर्ष लडीरह्यौं । तर सुनुवार जातिय नामले कोइँच (सुनुवार) को स्पष्ट पहिचान दिन सकेन । हामीले हाम्रो थर, जाती, मातृभाषा, दोस्रो भाषा र धर्म वारे सचेत भएर यो जनगणनामा घर–घरमा आउने जनगणना संकलक (गणक) लाई टिपाउनु पर्दछ । अब हामी सबै सचेत हुनुपर्छ ।’

आ ङारमि
राज्यले अलिकति मात्र सकारात्मक छड्के दृष्टि लगाउँदा पनि कोइँचको संस्कार संस्कृतिले यति सारो मौलाउने मौका पाएको छ अर्थात् पाउँदोरहेछ । अहिले हामी कोइँचलाई के के न गर्न पायौं भन्ने लागेको छ । कोइँच भाषा, धर्म, कला, संस्कार–संस्कृतिलाई राज्यले एक भाषा, एक धर्म, एक संस्कृतिको रुपमा हिन्दू धर्म, हिन्दू संस्कार–संस्कृति र हिन्दू (खस) भाषा लादेर मास्ने काम ग¥यो । (पछिल्लो समाय अरु (जस्तै ः क्रिस्चियन, बौद्ध र अन्य) धर्मले पनि अतिक्रमणका कदमलाई तीव्रता दिएको छन् ।) हामी बहिस्करणमा प¥यौं । अभैm पनि कतिपय कोइँच बन्न नसकेका सुनुवारमा त्यो बहिष्करणको पीडा महशुस भएको छैन वा नहुन सक्छ । र, खोक्छन् उनीहरु, ‘हामी त जिमीभूमीको राजा सूर्यवंशी, क्षेत्रीय जाति, वैश्य वर्णमा पर्ने (सुनुवार सेवा समाजकै मुखपत्र वर्ष १ अंक १ मै छापिएको पनि छ) ।’ कतिले त कोइँच भाषा, धर्म, कला, संस्कार–संस्कृति प्रक्रियाविहीन र असभ्य भएको प्रतिक्रिया दिन्छन्, कोखामा ड्याम्म लात्तले हानेकै छन् । कसैले भन्छन्, ‘पढ्ने बेला ह्याबिङ र सिट अप गर्दै छाती नपाउँदै समय बिती गो अनि केही गर्न नसके पछि राज्यलाई दोष दिएर हुन्छ, ।’ त कति सुनुवार आपैंmले देश, काल, परिस्थितिलाई मध्ये नजर नगरी भारत, युके, हङकङ … को उदाहरण दिँदै आफ्नै स्व–पहिचानलाई घृण गर्छन् ‘सुनुवारहरु आफुले केही गर्न नसक्ने, पढ्न नमान्ने, जागिर खान नचाहने अरुलाई मात्र दोष थुपार्न जान्ने, अरुले खाए गरेको आरिस मात्र गर्ने, आदेश, प्रक्रिया र समय अनुसार चल्न नजान्ने जाति हुन् । म त सुनुवार भन्न पनि आपैंmलाई लाज लागि सक्यो ।’ आकाशतिर थुकेर चोखो चोखो भनी निक बÞाक छर्किएर चोखिए जस्तै कोरा सोचाइ भ्रम । कुरा ग¥यो कुरैको दुःख । कोइँच उफ्रियो उफ्रियो आपैंm थच्चियो । किन ? कारण धेरै छन् । अभैm पनि आफ्नो जन्मथलोमै कोइँच (सुनुवार) ले पहिचान÷परिचय÷चिनारी या रिमाचेमा र मान्यता पाउन नसकेको अवस्था छ । देशको कुनै पनि लगत, इतिहासमा आफ्नो चिनारी कायम नभएको कोइँच (सुुनुवार) ले विश्वव्यापीताको गफ हाँक्दा कति सुहाउला वा कति अरुले विश्वास गर्लान् ? सोचौं त यो देशको व्यवहारलाई – दश वर्षसम्म कक्षा छ मा पढ्ने लाखौं कलिला बच्चाहरुलाई यो राज्यले ‘सुनुवार’ सुनको काम गर्ने जात हो भनेर पढाएकै हो । देशको प्राज्ञहरुको संस्था नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो बृहत् नेपाली शब्दकोशमा (कोइँच भाषा चाहिँ अनेपाली ?) सुनुवार र सुनार पर्यायवाचीको रुपमा राखेर शुद्र जात लेखेकै हो । अन्य गैर–सरकारी संस्थाको लेखन, प्रकाशन र व्यक्तिगत तथा व्यापारिक प्रकाशनको कुरा त गर्दै नगरौं ।
कति कोइँचले याद गरे गरेनन्, कुन्नी ? देवी सुनुवार (जो दलित हुन्) भनेर काठमाडौंको चोकचोकमा जातीय पहिचानलाई मिचेर मानव अधिकारको नाममा मैना सुनुवारको आमाको विशाल होडिङ बोर्ड झुण्डाइँदा किन कोही कोइँच हुन नसकेको सुनुवारको टाउको दुख्दैन ? वा आफ्नो चिनारी माथि धावा बोल्दा किन कुनै पनि कोइँच सुनुवारमा एकताको प्रतिवद्धता जाग्दैन । किन हाम्रो सामुहिक लडाईको लागि मानव संसाधानको विकास, आर्थिक, भौतिक सहयोग गर्ने विश्वव्यापी सञ्जालको खाँचो महसुश हुँदैन । कि देवी र मैना जस्ता दलित सुनुवारसँगै आदिवासी कोइँच सुनुवारको पहिचानको स्तर, श्रेणी एउटै हो भन्ने कोइँच बन्न नसकेका सुनुवारहरुलाई लाग्छ ? वा अब कोइँच सचेत भए– जाबो, यो खस बाहुनले दिएको खस भाषी जातीय नाम ‘सुनुवार’ (सुन कोशी वारि बसेकोले सुनुवार भनिएको भन्ने अर्थमा हो वा अरु नै ) छाड्यौं । हामी, हाम्रै मातृभाषा कोइँचबाट हाम्रो जातीय नाम ‘कोइँच’ लेख्दै छौं, लेखेका छन्, लेख्ने छन्, भन्ने सोंचको विकास भइसकेको छ । या त कुनै कोइँच सुनुवारलाई चिनारीको चिन्ता छैन वा चिनारीलाई धोती लगाएर संसारमा कुनै जातपात छैन, छ त पुरुष र स्त्री दुई जात मात्र छन् भन्ने लैंगिक सीमारेखालाई अङ्गीकार गरिरहेका छन् ? त्यसो हो भने पक्कै पनि त्यस्ता बुज्रुक सुनुवारहरुलाई जात र जाति वीचको भिन्नता राम्ररी थाहा रहेछ भन्ने प्रष्ट हुन्छ । होइन भने सुनुवार आदिवासी चिनारी सँगसँगै अब असली कोइँच रिमाचेमा (पहिचान÷चिनारी) को लागि आफ्नो मातृभाषामै नाम, जातीय नाम, थर, धर्म लेख्ने, भन्ने, मान्ने र अरुलाई बुझाउने चलनको शुरुआत गर्ने बारेमा पनि शाँदार पिदारको हर्सोल्लाससँगै जोडेर बहस चलाउँदा राम्रै हुन्थ्यो कि ? हा हा हाँसाल हाँसाल, मुल चिँ थितीथिता आम लोः, मुलकेम, ओलो, वाःसि राइशा खिँमिन बाअÞसाल । ख्येक खुये …

Share

2 Comments to हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार र कोइँच एकताको आधार

  1. uttam jee. ramro lekh lekhnu vaye chhha lekhko lagi dhanyabad

  2. Bapuns Sunuwar Koinch says:

    tapain le byakta garnu bhayeko kura lai ma hridaye bata nai samman garda chhu ra ajha pani kada rup ma prastut hunhunchha bhanne asha pani linchhu / tara eauta kura chahin ali prasta bhayena ke maina sunuwar bhaneko koincha nai hun ra ? hun bhane tyo kura patta lageko bela ma kina yesko biruddha ma kina su. se. sa utrena ta maidan ma afno jatitwo ko brikriti aunda ? sampurna samaj sangh ma basera sampurna lai jankari dina ta saknu pareu ni ta kina bhayena yesto ?

Leave a Reply

Your email address will not be published.