सैपू चण्डीमा सुनुवारहरुले दिलखोलेर कम्मर मर्काईमर्काई नाच्ने भए

नेपाल सरकार, संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्द्धारा सैपू गा.वि.स.को जिर्णोदार चण्डीस्थान र मैदान निर्माण हुने भएको छ । उमेरले ६० को डाँडा काटेता पनि युवा जोसजाँगरका धनी अग्रज ईन्द्रशेन सुनुवारको विषेश पहलकदमिमा यसपाली सैपू चण्डीस्थानको मर्मत सम्भार हुने भएको हो । आजहुने काम आजै गर्नु पर्दछ र समयको वहुत ख्याल गर्नु पर्दछभन्ने मान्यता वोक्नुहुने उहाँकै उत्प्रेरणाका कारण सैपूका युवाहरु, जोसजाँगरका साथ आफ्ना संस्कृति संस्कार र ग्रामिण क्षेत्रका विकासमा एकजुटभएर लागि परेकाछन् । विकासले विनास पनि सँगै ल्याउछ भन्ने भनाई अनुसार, सैपूमा यातायात पुर्याउने क्रममा सडक निर्माण गरिन्दा सैपू चण्डीस्थानको मैदान पुरिनका साथै दर्शकहरु वस्ने स्थान पनि भत्किएको थियो । चण्डीस्थान निर्माण गरिने खवरले पुजारी नुइन्द्र सुनुवार ज्यादै हर्षित हुनु भएको छ भने सैपूले चफोहरुले समेत खुसी व्याक्त गरेकाछन् । अव सैपू चण्डीमा सुनुवारहरुले दिलखोलेर कम्मर मर्काईमर्काई नाच्नसक्ने सैपू पुजाँरीको भनाई रहेकोछ ।  

संस्कृति मन्त्रालयमा पेश गरिने प्रस्तावना निर्माणमा युवाहरुलाई निरन्तर घच्घचाउनका साथै परियोजना प्रस्तावना पेश गरिएपश्चात पनि उहाँकै निरन्तर फलोअपका कारण लिखु सुसेली संरक्षण परिष्द्ले चण्डी स्थान निर्माणका लागि परियोजना प्राप्त गर्न सफल भएको चफो भगत सुनुवार वताउदछन् । त्यस्तै अग्रज चत्तुरमान सुनुवारका अनुसार इन्द्रशेन सुनुवार चण्डीमा आफू कहिले ननाँचे पनि देशवाली देखि सैपूका चफोहरु कसले नाचेननाचेको खुवै यादगर्ने र सवैलार्ई चण्डीनाचमा सहभागिताका लागि हौसला पुर्याउने संस्कृति प्रेमी भएकाले पनि चण्डीस्थान मर्मतमा उहाँको ध्यान पुगेको बताउनु हुन्छ । त्यस्तै पुजारीका दाजु चेतबहादुर सुनुवारका अनुसार शुरोपूर्याउनका लागि ढोलेहरु घरघरमा जानेक्रममा उहाँको घरमा पुग्दा लोपहुन लागेको धोविनी एवं काष्यनाच अनिवार्य रुपमा नाच्न हौसाला र उत्प्रेरणा दिएकै कारण सैपूमा अहिले सम्म धोविनी र काष्यनाँच जिवितै रहेको वताउनु हुन्छ । सैपू चण्डीमा राँगा, बोका र भाले बलिदिइन्छ  भने चण्डी देखि तीन दिनसम्म सैपूका संपूर्ण सुनुवारहरुको घरहरुमा र दुरागाउँ गा.वि.स. मा बसोबास गरिरहेका क्यूइतिच दाजुभाइहरुको घरमा समेत ढोलेहरुले शुरो पु्र्याउन जाने गर्दछन् । सैपूमा तीन दिन लगातार सैपूले सुनुवारहरु चण्डी पर्व मनाउने गर्दछन् ।
 
यसरी एकजना अग्रजको संस्कृति र संस्कार प्रतिको लगावले सैपूको जिर्णादार चण्डीभवन र मैदानको मुहार यसपाली फेरिने भएको छ ।
Share

Leave a Reply

Your email address will not be published.