सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो ।

sws_lalitpurसुनुवार डट ओआरजी समाचारदाता ।
२१ भदौ, काठमाडौं । सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो । सभाको सभाअध्यक्ष सुनुवार सेवा समाज जिल्ला समितिका अध्यक्ष श्री चन्द्र प्रकाश सुनुवारले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मन प्रसाद सुनुवार हुनुहुन्थ्यो । कार्यक्रममा सुनुवार सेवा समाज जिल्ला समितिका सचिव देव कुमारी सुनुवारले संस्थाको प्रगती प्रतिबेदन तथा भावी योजनाबारे बताउनु भएको थियो भने सोही समितिका कोषाध्यक्ष श्याम सुनुवार “खिम”ले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा विभिन्न बक्ताहरुले मन्तव्य दिएका थिए भने प्रमुख अतिथी केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवारले सम्पुर्ण सुनुवार बन्धुहरु एक भएर पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि संघर्ष गर्न छोड्न नहुने बताउनु भयो । कार्यक्रममा जिल्ला समितिको गतिविधिमा साथ सहयोग गनेुहुने महानुभावहरुलाई प्रमुख खतिथि श्री मन प्रसाद सुनुवारले कदर पत्र वितरण गर्नु भयो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *