सुनुवार सेवा समाजको २१औ बार्षिक दिवास सुसम्पन्न

parmukh atithiko sambodhan

समाचारदाता

२९ जेठ, काठमाडौं । सुनुवार सेवा समाजको २१ औं बार्षिक दिवस  सम्पन्न भयो । संस्थाको २१ औं दिवसको अवसरमा आयोजित कार्यक्रममा लधुकथा प्रतियोगिताका विजेता झनकुमारी सुनुवार (खोटाङ) प्रथम, प्रेमकुमार सुनुवार (रामेछाप) द्वितीय, मिलन सुनुवार (खोटाङ) तृतीय र बुद्धिचाल प्रतियोगितका विजेताहरुलाई नगद तथा प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि सभासद माननीय श्रीमती दालकुमारी सुनुुवारले भन्नुभयो, सुनुवार सेवा समाजले आप्म्नो  एकाइसौं दिवस मनाउदै गर्दा अव थपिएको संविधान सभामा हाम्रो बारेमा के कस्तो नियमकानुन बन्छ भनेर सबै सुनुवार सचेत हुनु परेको छ । खास बाहुनहरुले जातिय, भाषिक तथा क्षेत्रिय स्वायत्त प्रदेश हुनुहुँदैन भनिरहेका छन । यसैले सुनुवार सेवा समाजले दबाबमूलक कार्यक्रम अगाडि सार्नु पर्छ । तर दुःखको कुरा के भने यत्रो होल (हल) मा सुनुवारहरुको उपस्थिति न्यून छ । कसरी अगामि कार्जेकारम अगाडि बढाउन सकिन्छ । कार्यकारी समििितले सोच्नु पर्ने बेला भएको छ । भर्खर वल्लो किरातको अवधारण अगाडि सारेका छौं सबै सुनुवारले आआप्म्नो क्षेत्रबाट सहायोग गर्नु पर्दछ । सहयोग गरौं भन्छु ।

atithi dasma

कार्यक्रममा अग्रणी विभिन्न समाजसेवीहरुले पनि आप्म्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । एक घण्ट आधा ढिला भएको सो कार्यक्रममा केन्द्रीय समितिको सदस्यकै उपस्थिति न्युन रहेको थियो ।

[ad][ad]

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *