सुनुवार सेवा समाजको महासचिव र सचिवद्धारा राजिनामा, संस्था अस्तव्यस्त अवस्थामा

भगत सुनुवार

सुनुवार सेवा समाज, केन्द्रीय समितिका वर्तमान महासचिव खडोस सुनुवार र सचिव मनोज सुनुवारले आफ्ना असन्तुष्टीहरु सहित पदबाट राजिनामा दिएकाछन् । विशेष राष्ट्रिय सम्मेलन समपन्न भएको सात महिना नवित्दै राजिनामा दिनुमा नेतृत्वतहमा रहेका केही व्यक्तिहरुको संस्थामाथि अनावश्यक हालिमुहाली, संस्था संचालनमा उनीहरुको असक्षमता, अदुरदर्शिता, सवै सुनुवारलाई समेटनुकोसट्टा संस्थामा चरम गुटवन्दी र आफूहरुमाथीको धाकधम्कीनै मुख्य कारण रहेको भनाई उनीहरुको रहेको छ । संस्थागत प्रकृया, निर्णय र सामूहिक नेतृत्व भन्दा पनि व्यक्तिबादी प्रवृति र चिन्तन संस्थामा हावीभएका कारण अहिलेको अवस्था सृजना भएको भनाई समेत उनीहरुको रहेको छ । विधानले महासचिव र सचिवलाई तोकेको अधिकार र कार्य अरुकसैले लहडवाजीमा विधी प्रकृयानपुर्याइ गरिदिनाले पनि उनीहरु राजिनामा दिन वाध्य भएको भनाई समेत केही केन्द्रीय सदस्यहरुको रहेको छ ।> यसरी संस्थाको महसचिव र सचिव दुवै जनाले राजिनामा दिएपछि संस्थाको वैठक कसले वोलाउने भन्ने अन्यौलताका कारण संस्थाको वैठक बस्नमा कठिनाइ भएको देखिन्छ । महासचिव र सचिवले राजिनामा फिर्ता नलिएमा उपाध्यक्ष सहित अन्य ७ जना केन्द्रीय समितिका सदस्यहरुले समेत पदबाट राजिनामा दिने मनस्थितिमा रहेको वुझिएको छ । विधानमा सल्लाहकार परिषद्को व्यवस्था भएता पनि सात महिना वितिसक्दा सम्म सल्लाहकार परिषद् गठन गर्न नसक्नाका कारण अहिलेको समितिका पदाधिकारीहरु कुइरो भित्रको काग जस्तै भएकाछन् । आफूले पनि कुनै समाधानको उपया निकाल्न नसक्ने र राय सुझावका लागि सल्लाहकार परिषद् समेत गठन नभएका कारण संस्था थप जटिलता तर्फ उन्मुख भएको देखिन्छ । स्मरणरहोस आठौ केन्द्रीय कार्य समिति चयनको विषयलाई लिएर उठेका विवाद सम्मानीत सर्वोच्च अदालतको उत्प्रेषण रिट खारेजी र जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट विधान सम्मत अर्को निर्वाचन गर्नु भनि संस्थाको नाममा आएको लिखित निर्देशननुसार संस्थाको विशेष राष्ट्रिय सम्मेलन गत मंसीर ३० देखि पौष १ गते सम्म काठमाडौमा आयोजना गरिएको थियो । यसरी मेजरपदहरुमा रहेका सातजना मध्ये एकजना उपाध्यक्ष र एकजना सचिव वाहेक अन्यसवै मेजरपदका पदाधिकारीहरु अघिल्लो विवादित टिममा रहेका व्यक्तिहरुनै रहेका छन् । तीन वर्ष सम्म अघिल्लो कार्य समितिमा र अहिले ६ महिना समेत गरी जम्मा तीनवर्ष ६ महिना दोहोरिएर मेजरपदहरुमा रहेका केही व्यक्तिहरुकै संस्थामा हालिमुहाली रहेको कारण अहिलेको अवस्था सृजना भएको भनाइ विभिन्न सुनुुवारहरुको रहेको देखिन्छ । यिनै पदाधिकारीहरुहुन जसले अघिल्लो तीन वर्षसम्ममा पनि सल्लाहकार परिषद्को गठन गर्न सकेका थिएनन् ।

अहिलेको केन्द्रीय समिति प्रति आम सुनुवारहरुको भरोसा र विश्वास टुट्दै गएको देखिन्छ । प्रमुखत निम्न विषयहरुका वारेमा अहिलेको सुनुवार सेवा समाज, केन्द्रीय समिति चुकेको देखिन्छ ।

१) ठोस नीति तथा कार्यक्रमको अभाव
तीन वर्ष ६ महिना वितिसक्दा पनि संस्थाको ठोस नीति तथा कार्यक्रम अझै वनेको छैन् । सातौ सम्मेलनमा तत्कालिन अध्यक्ष टंकराम सुनुवारको पालाकै नीति तथा कार्यक्रमलाईनै तानतुन पारी अहिलेको नीति तथा कार्यक्रम मानिएको छ । नीति तथा कार्यक्रम समय सापेक्ष वन्नसक्नु पर्दछ । भोलिको दिनमा संस्थाले कस्ता कार्यक्रमहरु गर्दै छ भन्ने स्वयम केन्द्रीय समितिमा रहेका व्यक्तिहरु अनभिज्ञ छन् । यसर्थ विशेष साधारण सभाको तत्काल आयोजना गरी नयाँ नीति तथा कार्यक्रम सहित संस्थालाई अगाडि वढाउनु जरुरी देखिन्छ ।

२) विधानमा व्यवस्था भएवमोजिम विभिन्न समितिको निर्माण र सल्लाह परिषद्को गठन हुननसक्नु
संस्थाको केही समितिहरुको निर्माण भएता पनि अझै अरु समितिहरुले पूर्णता पाएको देखिन्दैन र समितिगत गतिवीधिहरु प्राय सून्यनै देखिन्छन् । सल्लाहकार परिषद् गठन नभएको ३ वर्ष ६ महिना भएको देखिन्छ । यसरी विभिन्न समितिले पूर्णता नपाउदा र सल्लाहकार परिषद् अहिले सम्म गठन नहुनाका कारण संस्थाको गतिवीधिमा सून्यता र अहिलेको जटिलता आएको देखिन्छ । यसर्थ विभिन्न समितिलाई पूर्णतादिन र अविलम्व सल्लाहकार परिषद्को गठन गरिनु जरुरी देखिन्छ, जस्का कारण संस्थामा देखिएका समस्याहरुको किनारा लगाउन सल्लाह सुझाव वेलैमा प्राप्त होस ।

३) आदिवासी जनजातिका सवाल, संविधान सभा र राज्यको पुनर्संरचनाका वारेमा घनिभूत छलफल चलाउन नसक्नु
आदिवासी जनजातिका सवाल, संविधान सभा र राज्यको पुनर्संरचनाका वारेमा सुनुवार जातिका वीचमा र अन्य जात जातिहरुका वीचमा समेत घनिभूत छलफल चलाउन ढिलो गर्नु हुँदैन । कार्ययोजना सहित केन्द्र देखि गाउँ समिति सम्म यी विषयहरुका वारेमा अविलम्व छलफल चलाइनु पर्दछ । गैह्रआदिवासी जजनजातिबाट मात्रै नभइ आदिवासी जनजातिबाट समेत सुनुवार जातिको अधिकार अतिक्रमण र हनन हुनसक्ने सम्भावनाका वारेमा समेत सचेत रहनु पर्दछ । ठूलो माछालो सानो माछालाई निल्ने प्रवृतिबाट सजक रहनु जरुरी देखिन्छ ।

४) आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महिला महासंघको सम्मेलनमा कुनै भूमिका निर्वाह गर्न नसक्नु
आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महिला महासंघको राष्ट्रिय सम्मेलन अहिलेकै समितिको कार्यकालमा समपन्न भए । तर यी दुवै सम्मेलनका वारेमा सुनुवार सेवा समाजको भूमिका सून्य देखियो । दुवै महासंघमा सुनुुवार सेवा समाजको प्रतिनीधित्व गराउन अहिलेको समिति चुकेका छ । यी दुवै सम्मेलनका सुसेसको स्पष्ट दृष्ट्रिकोण र विचारका अभावका कारण प्रतिनीधित्व हुन नसकेको स्पष्ट हुन्छ ।

५) संस्थालाई आर्थिक एवं संगठानिक एवं आर्थिक रुपमा मजवुद गराउन नसक्नु
संस्थालाई आर्थिक रुपमा कसरी मजवुद वनाएर लैजाने भन्ने कुनै योजना केन्द्रीय समितिमा अहिलेसम्म वन्न सकेको देखिन्दैन । न कुनै छलफलको आयोजना नै । विचार र आर्थिक सवालमा संस्था खोक्रो देखिन्छ । लेवी ले समेत निरन्तरता पाएको देखिन्दैन् । प्राकृतिक प्रकोप, राष्ट्रिय विपतिमा सुनुवार जातिलाई पुर्याइने मानविय एवं आर्थिक सहयोगका वारे केन्द्रीय समितिको भूमिका सून्य रहेको  देखिन्छ । सम्मेलनताका जतिसुकै समिति निर्माणका हल्ला चलाएता पनि गाउँ र जिल्ला स्तरका गतिवीधि समेत सून्य देखिन्छ । विभिन्न समितिका वैठक र भेटघाट सून्यछन् । केन्द्रबाट न तल्लो समितिलाई सर्कुलर जानेगरेको छ न तल्लो समितिले माथिल्लो समितिलाई प्रगतिप्रतिवेदननै वुझाउने गरेका छन् । यसरी केन्द्र र तल्ला समितिका वीचमा सम्पर्क र सम्वन्ध स्थापित नभएकै कारण समग्र सुनुवारहरुले सुनुवार सेवा समाज छ भन्ने अनुभूति गर्न सकेका छैनन् ।

अवको निकास ः अविलम्व केन्द्रीय समितिको वैठक डाकिनु पर्ने
महासचिव र सचिवले दिएको राजिनामाका कारण अहिले संस्थामा उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर राख्दै अविलम्व केन्द्रीय समितिको वैठक डाकिनु जरुरी देखिन्छ । सल्लाहकार परिषद्को गठन नभएको अहिलेको अवस्थामा संस्थाका अग्रजहरु, सुनुवार समाजसेवी र स्वयम महासचिव र सचिवको उपस्थितिमा उनीहरुले दिएको राजिनामाका वारे मिहिनरुपमा केन्द्रीय समितिमा छलफल चलाइनु उपयुक्त देखिन्छ । जसबाट गल्ती भएको छ, आफ्नो गल्ती स्वीकार्दै दिलैदेखि माफि माग्दै आगामी दिनमा गल्ती नदोहरयाउने शर्तमा र कानुनको वर्खिलाप नहुने गरी माफिमिनाह सहित सवै पदाधिकारीहरु एकभएर अगाडि वढने वातावरणको श्रृजना गरिनु पर्दछ । संस्थाको खातिर र हितमा दुवैजनाले आफ्नो राजिनामा समेत फिर्ता लिनु पर्दछ । राजिनामा फिर्ता नलिने र राजिनामा स्वीकृति गर्ने लहडवाजि संस्थामा रहेमा र यसै राजिनामा प्रकरणका कारण थप अन्य पदाधिकारी र सदस्यहरुले समेत राजिनामा दिनेक्रम नवढला भन्न सकिन्न । वेलैमा वुद्धि पुर्याउन सकेमा संस्थालाई थप संकटबाट मुक्त गर्न सहजता हुनेछ । अन्यथा विशेष राष्ट्रिय सम्मेलनको माग फेरी नउठला भन्न सकिन्न ।

हामीले वितेकादिनहरुबाट शिक्षालिदै र माथी उल्लेखित विषयहरुलाई समेत मध्येनजर राख्दै सुनुवार जातिको एकतामा त्यागगर्न सक्नुपर्दछ । कमीकम्जोरी वितेका दिनमा जसजसका भएकाछन् सवैले म–म भन्दै आत्मालोचित हुन उपयुक्त ठहरिन्छ । सुनुवारहरु विवादमात्रै नगरी आवश्यक परेकावेला एकहुन सक्दछन् भन्ने सन्देश आगामी दिनहरुमा अगाडि लैजान सक्नु पर्दछ । सुनुवारहरुमा रीस आवेग माात्र नभई उनीहरुमा पनि सदभाव, मेलमिलाप र एकअर्का प्रतिको विश्वास अझै कायम रहेछ भन्ने सन्देश गाउँ र विदेश सम्म पुर्याउनु अतिनै जरुरी देखिन्छ ।

Share

Leave a Reply

Your email address will not be published.