सुनुवार सेवा समाजको अत्यन्त जरुरी सूचना

सुनुवार सेवा समाज विगत २०४५ सालदेखि सम्पूर्ण सुनुवारहरुको भाषा, धर्म, संस्कृति तथा कोइँच (सुनुवार) हरुको उत्थानका लागि खोलिएको सामाजिक तथा अधिकारवादी संस्था भएको सर्वविदितै छ । प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल सरकार स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य, नेपाल आदिवासी जनजाति महासंघको सदस्य संगठन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूची १ मा उल्लेखित नेपाल सरकारबाट सूचिकृत मान्यता प्राप्त सम्पूर्ण कोइँच (सुनुवार) को प्रतिनिधिमूलक एक मात्र साझा संस्था हो । यस अन्तर्गत नेपाल अधिराज्यभर जिल्ला, क्षेत्र र गाउँ समितिसमेत रहेको  अवगत गराउन चाहन्छौं ।

जसमा सम्पूर्ण कोइँच (सुनुवार) विद्यार्थीको प्रतिनिधिमूलक संस्था सुनुवार विद्यार्थी समाज, कलाकारको संस्था सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज र महिलाको सुनुवार महिला समाज रहेको पनि अवगत गराउँदछौं ।
विगत केही समयदेखि विभिन्न जिल्ला तथा गाउँहरुमा अन्य संघ संस्थाका सम्बन्धन प्राप्त राजनीतिक दलका भातृ संगठनहरुले स्वघोषित रुपमा हामी नै सुनुवारहरुको आधिकारिक संस्था हौ भन्दै विभिन्न गतिविधिहरु सञ्चालन गरेको विभिन्न निकायहरुबाट जानकारी प्राप्त हुन आएकोले त्यसबाट सम्पूर्ण कोइँच (सुनुवार) हरुलाई सुनुवार सेवा समाज एक मात्र सम्पूर्ण सुनुवारहरुको छाता संगठन भएकोमा द्विविधा नहुन सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ ।

मनप्रसाद सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज
केन्द्रीय समिति, काठमाडौं

फोनः ०१४१५४०५०

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *