सुनुवार विद्यार्थीद्वारा भित्तेपात्रो सार्वजनिक

यालाखोम । सुनुवार विद्यार्थी समाजद्वारा प्रकाशित वार्षिक भित्तेपात्रो एक समारोहकाबीच सार्वजनिक गरियो । उक्त समारोहका प्रमुख अतिथि माननीय सभासद श्रीमती दालकुमारी सुनुवार सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारलगायत नेकपा एमाले ओखलढुङ्गा जिल्ला अध्यक्ष यज्ञराज सनुवार नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवार र किरात राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष सुवराज सुनुवारको उपस्थिति थियो ।
उक्त समारोहमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले आ-आफ्नो पार्टीको विचार व्यक्त गर्दै सुनुवार सेवा समाजमा विभिन्न विचार बोकेका आम सुनुवारहरु अट्नुपर्ने कुरा राखेका थिए । संविधान निर्माणलगायत संघीय राज्यबारे प्रत्येक राजनीतिक दलको आ-आफ्नै विचार र नीति भएको कारणले हामी आदिवासी जनजातिले पाउनुपर्ने हक अधिकारसम्बन्धी बहसलाई अगाडि बढाउन नसकेको कुरा स्थानीय नेताहरुले व्यक्त गरेका थिए ।
उक्त समारोहमा रामेछाप जिल्ला हिमगंगा गाविसस्थित शोभादेवी सुनुवारको घरमा आगो लागेर नष्ट भएकोले तत्काल सहयोगस्वरुप सुनुवार विद्यार्थी समाजले उठाएको रु। ९०६५ नौहजार पैसट्ठी सुनुवार सेवा समाज परोपकार विभागअन्तर्गत जिल्ला समिति रामेछापलाई हस्तान्तरण गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *