सुचना । सुचना ।। सुचना ।।।

यस सुनुवार विद्यार्थी समाज केन्द्रिय समितिको चौथो कार्य समितिको पदावधि यही मिति २०७१ माघ १४ गते समापन हुने भएकोले समयमै पाँचौ राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गरि जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने भएको हुँदा¸ यस सुनुवार विद्यार्थी समाज केन्द्रिय समितिको बैठकले गरेको निर्णय अनुसार¸ सुनुवार विद्यार्थी समाजका का बा अध्यक्ष श्री मान ब सुनुवारको सयोजकत्व र सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यतामा ’सम्पुर्ण सुनुवार विद्यार्थीहरुको शैक्षिक जागरणका लागि हाम्रो अभियान । सामाजिक भाषा-सस्कृति¸ आर्थिक र राजनीतिक विकासका लागि पाँचौ राष्ट्रिय महाधिवेशन ।।´ भन्ने मुल नाराको साथ तपशिलको मिति¸ स्थान र समयमा सब्य तथा भब्य रुपले पाँचौ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय सर्वसहमतिबाट पारित गरिएको व्यहोरा जानकारी गराउँदछौ¨ ।

साथै यस पाँचौ राष्ट्रिय महाधिवेशन कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण सुनुवार विद्यार्थी¸ मातृ सस्था¸ जिल्ला कार्य समिति¸ विभिन्न विद्यार्थी सङ्गठन¸ राजनैतिक दल¸ पत्रकार¸ व्यवसायी¸ व्यापारी¸ कर्मचारी¸ अधिकारकर्मी¸ कानुनव्यवसायी¸ समाजसेवी¸ मजदुर¸ बुद्धिजिवी लगायत सम्पूर्ण व्यक्तिहरुलाई आ-आफ्नो तहबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

तपशिल
मिति: २०७१ माघ ३ गते शनिबार
स्थान: सु से स भवन कोटेश्वर¸ काठमाण्डौ¨ ।
समय: विहान ठिक ९:३० बजे ।

सयोजक
मान ब सुनुवार
आयोजक समिति
पाँचौ राष्ट्रिय महाधिवेशन
काठमाण्डौ¸ नेपाल ।

सम्पर्कका लागि
सयोजक: मान ब सुनुवार (९८४१०१०९८६)
सह-सयोजक: छविलाल सुनुवार (९८५१००८५२३)
सचिब: बीर ब सुनुवार (९८४४१४७३७१)
कोषाध्यक्ष: सागर सुनुवार (९८४९३८६१०७)

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *