समयको सत्ता

-आँकाला

खै ! गर्भमा कष्ट प्रद
कुर्दा कुर्दा
ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन
अरुको शाहारामा जीवन जिउने क्रम
अनायासै थोपरी दिएर
कहिले सक्षम स्वावलम्बी बन्ने ?
सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न
बाल मुस्कान टक्र्याए
सौर मण्डल तिब्र गतिमा दौडाउन
ताथैया बामे सारें
अहँ ! कान बन्द गरेर बसे झैं भान भो !
नाकका सिंगान जाडोमा
कलिलो हत्केला
पोटिलो गालामा लत्पतिंदा
हिउँदे सिरेटोमा
अलिकति धुलो मिश्रण
चरचरी फुटेर रगत तप्प खसे /

सोह्र बर्षे जवानीले छुँदा
घामलाइ टक्क अडी रहन
सांकेतिक युगल हाँसो चढायौं
सौर मण्डलको खेल रोक्न
बैसालु शक्ति प्रदर्शन गर्दै
ब्रेक लगाउन
चुम्बकीय शक्ति घटाउने क्रममा
काँध थाप्ने इच्छा व्यक्त गर्यौं
अहँ ! रापिलो घामले
आँखा बन्द गर्यो वा
एक टुक्रा बादलले छेकी दियो /

चाउरिएको गाला छाम्दै
उल्टो घुम्ती चक्र लगाउन
फेरी एक पटक
अनुनय बिनय चढाएँ
जवानी बन्ने सपना देखें
बिभत्स खित्का छोडेर हाँस्यो
सत्ता जमाएर समयले उफ !

– 20 जनवरी 2013
बाघदाद

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *